Skip to main content

घुम्टे दर्शन

 




घुम्टे नै त हो गहना गल्कोटको घुम्टे नै त हो सान

घुम्टे नै त हो गल्कोटको आखिर त्यो धुक धुकी प्राण

बिहानी हुन्छ घाम झुल्की घुम्टेमा हटी सारा अँध्यारो

लाग्दछ मलाई आफ्नै घर गाउँ अति नै धेरै प्यारो

घाम  डुबेमा दिन्छ संकेत घुम्टे साँझ पर्न थालेको

देखिन्छ चारैतिर घर घरमा दियो बत्ती बालेको

पर्दछ पानी पनि बडो बेगले घुम्टेबाटै पुत्याई

हुत्तिन्छ हुलुवा खोला हुल्ल हुल्ल खान्छ खेतै हुत्याई

आकाश नै गर्जिदा गड्याङ्ग गर्दै  गर्जिन्छ घुम्टे झन

थर्र काँप्दछ धरती नै भयले त्रसित हुन्छ मन 

बर्षामा बादलले ढाक्दछ घुम्टे पुष माघ  हिउँले

आकर्षित पार्छ सबलाई घुम्टे , हिमालको भिउले 

हो यो गल्कोटको शिरताज घुम्टे गल्कोटको गौरव

फिंजाएको  छ यसले चारैतिर आफ्नो सारा बैभव 

झुक्ला बरु सारा संसार नै यहाँ सक्दैन घुम्टे झुक्न

संचित गर्छ सारा सम्पति घुम्टे जान्दैन व्यर्थै फुक्न 

बनस्पति र बन्य जन्तुले पूर्ण जडीबुटीले पूर्ण 

छैन कुनै पनि कुरामा कमी यो छैन कतै अपूर्ण

घुम्टेको धुरीमा चढेर हेरेमा देखिन्छ रे संसार

घुम्टे हो गल्कोटको धन धान्यकै भीमकाय धन्सार 

जे खोजिन्छ त्यही भेटिन्छ घुम्टेमा सुनिन्छ यो भनेको 

कति छ कति छ सम्पति घुम्टेको  कसले छ गनेको 

विष फुल्छ घुम्टेमा बन्छ औषधि खोज्नलाई धाइन्छ 

सोत्वा पनि बन्छ औषधि विषको  घुम्टेमा नै पाइन्छ

कोहीले गर्छन् दर्शन देवताको कोहीले  प्रकृतिको

गर्दछ यो लेक घुम्टेको जर्गेना  धर्म र संस्कृतिको

हरिण मृग र घोरल घुम्दछन्  बाघ भालू घुृम्दछन्

घुम्टे माथि माथि उड्ने चरीहरू आकाश नै चुम्दछन्

गुराँस फुल्दा त्यहाँ रंगी विरंगी सारै सुन्दर लाग्ने 

भक्तजन धाउँछन् घुम्टेमा सधैंं चाहेको बर माग्ने 

रुपा लसुने बिरमिला  निउरो  साग पाइन्छ धेरै

घाँस पात र जडीबुटी खोज्नेको लाग्दछ सधैं घेरै

राम रमिता चाडपर्वमा लाग्छ घुम्टेमा ठूलो मेला

चारैै चौरासबाट नै हुन्छन् मान्छे  माथि धुरीमा भेला

पूजा आजा पनि  त हुन्छ घुम्टेमा नाच र गान  हुन्छ 

घुम्टेमा हुने हरेक उत्सवले मन सबको छुन्छ

प्रभु आएर बसेथे रे घुृम्टेमा उहिले कुनै बेला

बत्ती बाली झरेथे रे सुरुङमा परेन्छ केही फेला

पैसा खसाले खस्छ रे तलै बज्दै छिर्लिङ र छिर्लिङ

पुग्न सकिंदो हो कहा कहाँ भए त्यहाँ कुनै घिर्लिङ

घुम्टे नै त हो गल्कोटको चिनारी टाढाबाटै देखिने

घुम्टेकै त हो कथा व्यथा कविका कलमले लेखिने

घुम्टे हो भन्थे ठेलो फाल्दा भीमले बनेको अग्लो धुरी

झारेथे भीमले  पारि बराहकै बेसरी चुरी झुरी 

तल्लो घुम्टे उपल्लो घुम्टे हो घुम्टे उस्तै उस्तै नै लाग्ने 

खुशी पारी पठाउँछ घुम्टे.आए  जोसुकै केही माग्ने 

जति गरे पनि बयान घुम्टेको  अति नै थोरै हुन्छ

घुम्टेले नै गल्कोटलाई एउटै  फूल मालामा बुन्छ  

घुम्टेबाट सकिन्छ सजिलै हेर्न  हिमाल र तराई 

घुम्टेको नजरमा छैनौं हामी त कोही पनि पराई  ।


७–८–०७३

२३–११–२०१६









Comments

Popular posts from this blog

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

मेघालयका पृुलिसका फन्दामा पर्दा

  मेरो पुष्पलालको नेतृत्वको पार्टीका रहँदादेखि नै तिल कार्कीसित आत्मीय मित्रता भएको थियो ।  पछि तिल कार्कीको परिवारसित मेरो पारिवारिक सरहको सम्बन्ध पनि स्थापित हुन पुगेको थियो । पुष्पलालको पालादेखि स्थापित भएको तिल कार्कीको परिवारसितको मेरो गहिरो सम्बन्ध पछि नेकपा माले  कालमा पनि यथावत रहेको थियो ।  मैले शिलाङ छोडे पछि त्यहाँ गएर बस्ने घर नै तिल कार्कीको घर बनेको थियो । वास्तवमा शिलाङमा तिल कार्कीको घर उनको नीजी घर नभई  उनका बुबाले काम गर्ने क्रिश्चियन मिसनरीको स्वामित्वमा रहेको घर कम्पाउण्ड थियो ।  तिल कार्कीको बुबालाई बस्न खान काम गर्न दिएको घर एउटा सैनिक व्यारेक जस्तै थियो ।  लहरै कोठा कोठा भएको ।  ठूलो कम्पाउण्ड भएको प्रशस्त जमीन भएको । तिल कार्की त्यतिबेला नेकपा मालेसित सम्बन्धित प्रवासी नेपालीको संगठनको नेतृत्व गरिरहेका थिए । म शिलाङ पुग्दा दीपक विश्वकर्मा पनि शिलाङ पुगेका रहेछन् । तिल कार्की कै घरमा पुगेका रहेछन् । तिल कार्कीको घरमा नै हाम्रो भेट भयो ।  पोखरामा नेकपा मालेको रहेर काम गरिरहेका दीपक आफ्नो  बाबुले काम गरिरहेको मेघालयत...