Skip to main content

राजा कमरेड


कसम कहाँ सोंचको थिएँ र मैले  हिजो कमरेड यस्ता होलान् भनर

लुक्दै छिप्दै

दुश्मनका आँखा छल्दै

झोलामा पुस्तक र  दस्तावेज बोकर बुकुरा बुकुरा पुग्दथे उनी

लाल सलाम कमरेड भन्दै

गरमजोशीकासाथ हात मिलाउँथे उनी

कसैले जडौरी दिएको टालो भिर्थे उनी

चप्पल नपाए खालि खुट्टा पनि हिंड्थे उनी

आटो पीठो ढिंढो जे टकार्यो 

मुख मिठाइ मिठाइ खान्थे उनी

पाएनन् कतै बास भने

सेल्टर भने

ओढारमा पनि रात गुजार्थे उनी

कतै गास पाएनन् भने

सिनो खाएर पनि भोक टार्दथे उनी 

किसान र मजदूरहरूका बुकुरा बुकुरामा पुगेर

अँध्यारो रातमा टुकी बालेर 

क्रान्ति र मुक्तिका कथा सुनाउँथे उनी

क्रान्ति र मुक्तिका सुन्दर सपना देखाउँथे उनी

भिख मागेर केही पाइंदैन 

लडेरं नै ल्यउिन पर्दछ आफ्नो राज भन्दथे उनी

कम्युनिष्टको आफ्नै सेना हुनु पर्दछ भन्थे उनी

लाल सेनाका कुरा गर्दथे उनी 

जनवाद समाजवाद र साम्यवादका कुृरा गर्दथे उनी

सर्वहाराको सत्ता स्थापना गर्ने लक्ष्य बताउँथे उनी

पाटीका कार्यनीति रणनीति र कार्यक्रमका दस्तावेजमाथि बहस चलाउँथे उनी

माक्र्सवाद लेनिनवाद र माओवाद के हो राम्ररी बुझाउँथे उनी

रातो कितावका उक्तिहरू त कुरै पछि दोहोराउँथे उनी

बर्गीय प्रमे नै साँचो प्रेम हो भन्दथे उनी

बर्ग शत्रुप्रति घृणा गर्न सिकाउँथे उनी 

उनका अनुहारमा 

माक्र्स एंगेल्स, लेनिन स्तालिन र माओको तस्बीरको तेज देखिन्थ्यो 

उनी आफै माक्र्स एंगेल्स लेनिन स्तालिन माआ पो हुन् कि जस्ता पनि लाग्दथ्यो 

देश र जनताका मुक्तिको निम्ति उनी

जेल जान पनि उनी तयार दखिन्थे

नेल पहिरिन पनि उनी तयार देखिन्थे

छातीमा गोली थाप्न पनि उनी तयार देखिन्थे

कतिपल्ट त उनी दुश्मनका हातमा पनि परेका थिए

दुश्मनका लाठी र बुट पनि खपेका थिए 

उनका शरीरभरि

घाउ चोटका खतै खत थिए 

दुश्मनका यातना शिविरमा

हर प्रकारका कठोरतम यातना झेलेका थिए 

संघर्षको भट्टीमा खारिएर इस्पात बनेका थिए 

अपशोस्

पूर्वको लालिमा जस्तै

हिजो दूर दराजमा गाउँमा उदाएका कमरेड 

आज राजधानीमा अस्ताए जस्तो छ 

भगवानका बरु दर्शन पाउन सकिएला सजिलै

कमरेडको दर्शन पाउन गाह्रो छ 

सुनिन्छ हामीसित मिली राजा फाले पछि 

कमरेड आफै राजा भएका छन्  रे

नयाँ राजा बनेका छन् रे

सिंहासनमा नै गएर बसेका छन् रे

प्रहरी र सेनाको घेरामा सुरक्षित रहेका छन् रे

कतै  सवारी चलाउन परेमा

सडक सारा खालि गरिन्छ रे 

सुरक्षाकर्मीको कडा सुरक्षा घेरामा नै उनी गन्तव्यमा पुग्छन् रे

बरु हिजोका राजा 

मुकुटबिनाका राजा

जनताकाबीचमा खुलेआम हिंड्छन्

पैदल हिंड्छन्

नमस्ते भन्छन् 

नमस्ते थाप्दछन् 

जनता उनको दर्शन पाउँदा

साक्षात भगवानको दर्शन पाएको अनुभूीत गर्दछन् 

अनर्थ भयो कि 

हिजो घृणा र आक्रोशका पात्र रहेका राजा

आज जनताबीचमा श्रद्धा र भक्तिका पात्र बने

हिजो जनताका बीचमा श्रद्धा र आस्थाका पात्र बनेका कमरेड

जाज जनताका बीचमा घृणा र आक्रोशका पात्र बने 

यस्तो नहुनु पर्दथ्यो कि 

हिजो महलका राजा आज झोपडी खोज्दै हिंडिरहेछन् 

हिजोृ झोपडीका कमरेड आज महल खडा गर्दै बसिरहछन् 

लाग्दछ  कहिलेकार्ही त 

राजा आज कमरेड भएका छन् 

कमरेड आज राजा भएका  छन् 

राजा बरु हिजोका कमरेड जस्तै बिना गार्ड पैदल हिंड्छन्

हिजो फाटेका चप्पल लाएर हिंड्ने कमरेड अति महंगा चिल्ला कारमा सवारी चलाउँछन् 

यही होला कमरेडको क्रान्ति 

जनवाद समाजवाद र साम्यवादको प्राप्ति

यही होला हिजो कमरेडले देश र जनताललाई देखाएको सपना 

निश्चय नै

हिजो कमरेडलाई देख्दा श्रद्धाले शिर झुक्दथ्यो

आज कमरेडको नाम सुन्नासाथ घृणाले नाख खुम्चिन्छ

जे होस, कमरेड हिजो यस्ता थिएनन्

कसम कहाँ सोंचको थिएँ र मैले हिजो कमरेड यस्ता होलान् भनेर !


२४–६–२०७७

१०–१०–२०२०

















Comments

Popular posts from this blog

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

मेघालयका पृुलिसका फन्दामा पर्दा

  मेरो पुष्पलालको नेतृत्वको पार्टीका रहँदादेखि नै तिल कार्कीसित आत्मीय मित्रता भएको थियो ।  पछि तिल कार्कीको परिवारसित मेरो पारिवारिक सरहको सम्बन्ध पनि स्थापित हुन पुगेको थियो । पुष्पलालको पालादेखि स्थापित भएको तिल कार्कीको परिवारसितको मेरो गहिरो सम्बन्ध पछि नेकपा माले  कालमा पनि यथावत रहेको थियो ।  मैले शिलाङ छोडे पछि त्यहाँ गएर बस्ने घर नै तिल कार्कीको घर बनेको थियो । वास्तवमा शिलाङमा तिल कार्कीको घर उनको नीजी घर नभई  उनका बुबाले काम गर्ने क्रिश्चियन मिसनरीको स्वामित्वमा रहेको घर कम्पाउण्ड थियो ।  तिल कार्कीको बुबालाई बस्न खान काम गर्न दिएको घर एउटा सैनिक व्यारेक जस्तै थियो ।  लहरै कोठा कोठा भएको ।  ठूलो कम्पाउण्ड भएको प्रशस्त जमीन भएको । तिल कार्की त्यतिबेला नेकपा मालेसित सम्बन्धित प्रवासी नेपालीको संगठनको नेतृत्व गरिरहेका थिए । म शिलाङ पुग्दा दीपक विश्वकर्मा पनि शिलाङ पुगेका रहेछन् । तिल कार्की कै घरमा पुगेका रहेछन् । तिल कार्कीको घरमा नै हाम्रो भेट भयो ।  पोखरामा नेकपा मालेको रहेर काम गरिरहेका दीपक आफ्नो  बाबुले काम गरिरहेको मेघालयत...