Skip to main content

राजा कमरेड


कसम कहाँ सोंचको थिएँ र मैले  हिजो कमरेड यस्ता होलान् भनर

लुक्दै छिप्दै

दुश्मनका आँखा छल्दै

झोलामा पुस्तक र  दस्तावेज बोकर बुकुरा बुकुरा पुग्दथे उनी

लाल सलाम कमरेड भन्दै

गरमजोशीकासाथ हात मिलाउँथे उनी

कसैले जडौरी दिएको टालो भिर्थे उनी

चप्पल नपाए खालि खुट्टा पनि हिंड्थे उनी

आटो पीठो ढिंढो जे टकार्यो 

मुख मिठाइ मिठाइ खान्थे उनी

पाएनन् कतै बास भने

सेल्टर भने

ओढारमा पनि रात गुजार्थे उनी

कतै गास पाएनन् भने

सिनो खाएर पनि भोक टार्दथे उनी 

किसान र मजदूरहरूका बुकुरा बुकुरामा पुगेर

अँध्यारो रातमा टुकी बालेर 

क्रान्ति र मुक्तिका कथा सुनाउँथे उनी

क्रान्ति र मुक्तिका सुन्दर सपना देखाउँथे उनी

भिख मागेर केही पाइंदैन 

लडेरं नै ल्यउिन पर्दछ आफ्नो राज भन्दथे उनी

कम्युनिष्टको आफ्नै सेना हुनु पर्दछ भन्थे उनी

लाल सेनाका कुरा गर्दथे उनी 

जनवाद समाजवाद र साम्यवादका कुृरा गर्दथे उनी

सर्वहाराको सत्ता स्थापना गर्ने लक्ष्य बताउँथे उनी

पाटीका कार्यनीति रणनीति र कार्यक्रमका दस्तावेजमाथि बहस चलाउँथे उनी

माक्र्सवाद लेनिनवाद र माओवाद के हो राम्ररी बुझाउँथे उनी

रातो कितावका उक्तिहरू त कुरै पछि दोहोराउँथे उनी

बर्गीय प्रमे नै साँचो प्रेम हो भन्दथे उनी

बर्ग शत्रुप्रति घृणा गर्न सिकाउँथे उनी 

उनका अनुहारमा 

माक्र्स एंगेल्स, लेनिन स्तालिन र माओको तस्बीरको तेज देखिन्थ्यो 

उनी आफै माक्र्स एंगेल्स लेनिन स्तालिन माआ पो हुन् कि जस्ता पनि लाग्दथ्यो 

देश र जनताका मुक्तिको निम्ति उनी

जेल जान पनि उनी तयार दखिन्थे

नेल पहिरिन पनि उनी तयार देखिन्थे

छातीमा गोली थाप्न पनि उनी तयार देखिन्थे

कतिपल्ट त उनी दुश्मनका हातमा पनि परेका थिए

दुश्मनका लाठी र बुट पनि खपेका थिए 

उनका शरीरभरि

घाउ चोटका खतै खत थिए 

दुश्मनका यातना शिविरमा

हर प्रकारका कठोरतम यातना झेलेका थिए 

संघर्षको भट्टीमा खारिएर इस्पात बनेका थिए 

अपशोस्

पूर्वको लालिमा जस्तै

हिजो दूर दराजमा गाउँमा उदाएका कमरेड 

आज राजधानीमा अस्ताए जस्तो छ 

भगवानका बरु दर्शन पाउन सकिएला सजिलै

कमरेडको दर्शन पाउन गाह्रो छ 

सुनिन्छ हामीसित मिली राजा फाले पछि 

कमरेड आफै राजा भएका छन्  रे

नयाँ राजा बनेका छन् रे

सिंहासनमा नै गएर बसेका छन् रे

प्रहरी र सेनाको घेरामा सुरक्षित रहेका छन् रे

कतै  सवारी चलाउन परेमा

सडक सारा खालि गरिन्छ रे 

सुरक्षाकर्मीको कडा सुरक्षा घेरामा नै उनी गन्तव्यमा पुग्छन् रे

बरु हिजोका राजा 

मुकुटबिनाका राजा

जनताकाबीचमा खुलेआम हिंड्छन्

पैदल हिंड्छन्

नमस्ते भन्छन् 

नमस्ते थाप्दछन् 

जनता उनको दर्शन पाउँदा

साक्षात भगवानको दर्शन पाएको अनुभूीत गर्दछन् 

अनर्थ भयो कि 

हिजो घृणा र आक्रोशका पात्र रहेका राजा

आज जनताबीचमा श्रद्धा र भक्तिका पात्र बने

हिजो जनताका बीचमा श्रद्धा र आस्थाका पात्र बनेका कमरेड

जाज जनताका बीचमा घृणा र आक्रोशका पात्र बने 

यस्तो नहुनु पर्दथ्यो कि 

हिजो महलका राजा आज झोपडी खोज्दै हिंडिरहेछन् 

हिजोृ झोपडीका कमरेड आज महल खडा गर्दै बसिरहछन् 

लाग्दछ  कहिलेकार्ही त 

राजा आज कमरेड भएका छन् 

कमरेड आज राजा भएका  छन् 

राजा बरु हिजोका कमरेड जस्तै बिना गार्ड पैदल हिंड्छन्

हिजो फाटेका चप्पल लाएर हिंड्ने कमरेड अति महंगा चिल्ला कारमा सवारी चलाउँछन् 

यही होला कमरेडको क्रान्ति 

जनवाद समाजवाद र साम्यवादको प्राप्ति

यही होला हिजो कमरेडले देश र जनताललाई देखाएको सपना 

निश्चय नै

हिजो कमरेडलाई देख्दा श्रद्धाले शिर झुक्दथ्यो

आज कमरेडको नाम सुन्नासाथ घृणाले नाख खुम्चिन्छ

जे होस, कमरेड हिजो यस्ता थिएनन्

कसम कहाँ सोंचको थिएँ र मैले हिजो कमरेड यस्ता होलान् भनेर !


२४–६–२०७७

१०–१०–२०२०

















Comments

Popular posts from this blog

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...