पहिले नै चिनिएको थियो उनलार्ई राम्ररी नै
उनी को हुन् भनेर
फेरि चिनियो
बसेर अँ्रध्यारो कुनामा
दुस्मनसित चुपचाप
कुनि कुन कुन मुद्दा छिनियो
देखाएरै होला ठूलै आश
उनलाई फेरि किनियो
दिएरै होला मागेका जति सबै कुरा
ऋुण मालिकको तिरियो
हुन सक्दछ
हिसाब किताब मिलाउन भनेरै सारा
दुश्मनका टांग मुनि पनि छिरियो
के मतलब उनलार्ई
कुनै कुरा सच्चियो कि विरियो
बोकाएको भारी जति मालिकले
चुपचाप भिरियो ।
८–७–२०७७
Comments
Post a Comment