एक बिहान मैले आफ्नो फेसबुक हेर्न थालें । त्यहाँ शुरुमा नै मणिराम भट्टराईको ठूलो फोटो देखा पर्यो । मैल सोंचे मेरो फेसबुकसित मणिराम भट्टराई जोडिएका छैनन् । कसरी उनको फोटो मेरो फेसबुकमा देखा पर्यो । मणिराम भट्टराइको फोटो तल लेखिएका शब्दहरू पढ्दै जाँदा पो मलाई थाहा भयो यो त उनीप्रति श्रद्धांजली व्यक्त गर्न राखिएको फोटो रहेछ । म छाँगाबाट खसे जस्तो भएँ । यो मेरो लागि अत्यन्त अकल्पनीय कुरो थियो । म मर्माहत भएँ । मैले फेसबुक बन्द गरें । त्यतिबेला नै पोखराबाट प्राध्यापक यमबहादुर क्षेत्रीको फोन आयो । उनले दुखद समाचार सुनाउँदै भने मणिराम भट्टराईको दुखद मृत्युको खबर दिन मैले तपाइंलाई फोन गरेको हुँ । मैले भने मैले फेसबुकबाट भर्खर मणिराम भट्टराईको मृत्यु भएको खबर थाहा पाएको छु । यमबहादुर क्षेत्री त मणिराम भट्टराईबीच चिनजानी आसामको हाप्फलुंगमा भएको थियो । हाफलुग पहाडी जिल्ला हो । ब्रिटिशले रेल पुराएको पहाडी जिल्ला । मणिराम भट्टराई र यमबहादुर क्षेत्री दुबैले हाफ्लुंग कलेजमा अध्ययन गरेर गुवाहाटी विश्वविद्यायलबाट वी ए पास गरेका थिए । यमबहादुर क्षेत्रीले केही दिन भैरहवा क्याम्पसमा पनि अध्यापन गरेका थ