Skip to main content

जनार्दन आचार्यको संझनामा


 

त्यतिबेला मेरो मित्र दुर्गा प्रसाद अधिकारी बाबु मणिसिंह गुरुङको जीवनी लेख्ने कार्यमा लागेका र त्यसको आवश्यक सामाग्री जुटाउँदै थिए । यसै सन्दर्भमा हामीले मदन पुरस्कार पुस्तकालयबाट मणिसिंह गुूरुङले १९३६ तिर शिलाङबाट प्रकाशित  र सम्पादित गरेको पत्रिका गोर्खा सेवकका प्रतिहरू प्राप्त गर्न सकिन्छ कि भनेर त्यसका हर्ता कर्ता कमल मणि दीक्षितलाई भेट्न पुलचौक पुगेका थियौं । हामीले त्यस दिन कमल मणि दीक्षित जनार्दन आचार्यले सम्पादन गरेको साप्ताहिक समाचारपत्र साप्ताहिक समाकालीनमा मैले गुवाहाटीका प्रेमसिंह सुवेदीका सम्बन्धमा लेखेको लेख पढ्दै रहेछन् । उनले हामीले भेट्नासाथ मलाई भने म तपाइंले साप्ताहिक समकालीनमा गुवाहाटीका प्रेमसिंह सुवेदीका बारेमा लेखेको लेख अध्ययन गर्दै थिएँ । तपाइंंले आसामतिरका साहित्यकारहरूका बारेमा कलम चलाएर निकै महत्वपूर्ण काम गर्नु भएको छ ।  तपाइंले माओवादीका सम्बन्धमा  पनि लेख लेख्नु हुने रहेछ । ती लेखतिर मेरो खासै चासो छैन । तर तपाइंले  आसामतिरका साहित्यकारहरूका बारेमा लेख लेखेर हामीलाई महत्वपूर्ण सूचना उपलब्ध गराउनृु भएको छ । पछि तपाइंले यसलाई पुस्तकको आकारमा प्रकाशित गर्नु होला ।  र्मैले कमल दीक्षितलाई भेट्दा उनलेृ मैल. जुन आसामका साहित्यकार प्रेमसिंह सुवेदीको बारेमा लेख लेखेको थिएँ र त्यनिबेला उनले पढिरहेका थिए तिनको मृत्युृ र्भैसकेको छ । स्वयं मलाई  समकालीनका लेख पुस्तकको रुपमा प्रकाशित गर्ने सुझाव दिने कमल मणि दीक्षितको पनि मृत्यु भैसकेको छ ।  मैले लेख लखेर प्रकाशित गरिरहेका पत्रिका साप्ताहिक समकालीनका सम्पादक जनार्दन आचार्यको पनि हालै मृत्यु भएको छ । वास्तवमा मैले यो लेख यिनै साप्ताहिक समकालीनका सम्पादक जनार्दन आचार्यको असामयिक मृत्युृको दुखद घडीमा उनको सम्झनामा लेख्न थालेको हुँ ।

त्यतिबेला म राजधानीबाट प्रकाशित सबै पत्र पत्रिका पढ्ने गर्दथें । साप्ताहिक समाकालीनको पनि म पाठक थिएँ ।  शायद यसै सिलसिलामा मैले जनादर्न आचार्यको नाम बिशेष रुपमा सुनेको हुँदो हुँ ।  मैले वामभपन्थी साथीहरूबाट सुन्दथें जनादर्न आचार्य कुनै जमानामा कम्युनिष्ट थिए । अहिले राजावादी भएका छन् । मैले त्यसलाई सहज रुपमा लिएँ । कैयौं चर्चित कम्युनिष्ट नेताहरू पनि राजाबादी भएको सन्दर्भमा जनार्दन आचार्य राजावादी हुनु कुनै नोलो र अचम्भको कुरा भएन । थिएन । जे भए पनि मैले जनार्दन आचार्यलाई एकजना  देशभक्त राष्ट्रवादी व्यक्तिको रुपमा बुझेको थिएँ । उनको लेखनीले त्यही कुरा जनाउँथ्यो ।  उनको यो पक्ष मलाई निकै मन पर्दथ्यो ।

एकपल्ट म काठमाण्डौमा गएको बेलामा साप्ताहिक विमर्शको कार्यालयमा पुगेको थिएँ । म त्यहाँ पुगेको थिएँ गोविन्द बर्तमानलाई भेट्न । भैरहवामा बसेर पत्रकारिता गर्ने गोविन्द बर्तमान काठमाण्डौ फर्केका थिए र साप्ताहिक बिमर्शमा काम गर्न थालेका थिए ।  उनले मलाई काठमाण्डौ गएको बेलामा साप्ताहिक समकालनीनको अफिसमा उनलाई भेट्न सकिन्छ भनेका थिए ।  त्यतिबेला नै मलाई गोविन्द बर्तमानले त्यहाँ पुगेका जनार्दन आचार्यसित मेरो परिचय  गराइदिएका थिए । गोविन्द बर्तमानको पहल वा अग्रसरतामा मेरो जनादर्न आचार्यसित परिचय भयो । त्यो हाम्रो प्रथम र अन्तिम पनि परिचय भएको रहेछ । यतिबेला गोविन्द बर्तमान पनि हामी सामु छैनन् । जनादनै आयार्य पनि हामीबीच छैनन् । उनीहरू मेरो स्मृतिमा मात्र बाँचिरहेका छन् ।  शायद राजाबादी भनेर म जनार्दन आचार्यसित त्यति खुलर बोलिनंं । जनार्दन आचार्य पनि मसित खुलेर बोलेनन् ।

जनार्दन आचार्यले साप्ताहिक समकालीनको सम्पादन र प्रकाशन गर्न थाले ।  राििष्ट्रयताको सवालमा यो पत्रिका खरो उत्रेको थियो । यस कारण पनि यसले लोकप्रियता प्राप्त गरेको थियो ।

मैले एउटा पत्र लेखेर आसामतिरका ओझेलमा परेका नेपाल िसाहित्यकारहरूका बारेमा कलम चलाउने बिचार जनार्दन आचार्यको सामु राखेको थिएँ । उनले मलाई पत्रको जबाब नलेखे पनि मैले आसाम मेघालय, नागालैण्ड, मिजोराम ,मणिपुर आदि ठाउँका नेपाली साहित्यकारहरूका सम्बन्धमा कलम चलाउन थालें र धमाधम साप्ताहिक समकालीनमा प्रकाशनार्थ पठाउँदै गएँ ।  जनार्दन आचार्यले मेरा लेखहरू ठूलो महत्व र  प्राथमिकता दिंदै छाप्न थाले । जबसम्म साप्ताहिक समकालीन प्रकाशित भइरह्यो मेरो कलम पूर्वोत्तर भारतका नेपाली साहित्यकारहरूका बारेमा चल्दै रह्यो ।  साप्ताहिक समकालीन बन्द भए पछि मेरो त्यस तर्फका लेखकहरूका सम्बन्धमा कोर्ने कमल पनि बन्द भयो । बन्द भएको जस्तै भयो । 

जे होस्, र्मैले साप्ताहिक समकालीनमा लेखेर प्रकाशित गरेका लेखहरूले निकै लोकप्रिता पाए जस्तो मलाई लाग्दछ । वास्तवमा मलाई नचिन्ने र मेरो नाम नै नसुनेका पाठकहरूले साप्ताहिक समकालीनमा प्रकाशित लेखबाट चिन्न थाले । धेरैका मुखबाट र्मैले सकारात्मक टिप्पणी सुन्न पाएँ ।

कमल दीक्षितले मलाई यी लेखलाई पुस्तकको रुपमा प्रकाशत गर्नु होला भनेका कुरा मैले भुलेको थिइनंं । उसरी मेरो बिचार पनि ती लेखलाई पुस्तकको रुपमा प्रकाशित गर्ने नभएको होइन । तर पनि त्यस कार्यले गति लिन सकेको थिइनं । मैले ती लेखहरूलाई टाइप गराएर  बर्षाैं पहिलेदेखि कम्प्युटरमा कैद गरेर राखेको भए पनि शुद्धासुद्धि सम्बन्धमा सरसर्रती पढ्ने समय निकाल्न सकिरहेको थिइनंं । कोराना ( कोविद– १९)को महामारी  अभिशापको रुपमा बिकराल रुप लिंदै विश्वभरि फैलिंदै त्यसले नेपाल प्रवेश गर्दा लकडाउनको अवस्था आए पछि त्यो समय मेरो निम्ति  बरदान साबित  हुन पुग्यो । किसानले बर्षभरि लगाएको बालीनाली  तयार भए पछि स्याहार्न थाले जस्तै मैले यसै बेला चारैतिर छरिएका मेरा लेख रचनालार्ई संकलन गरेर बिटा बिटा वा मुठा मुठा पारेर राख्ने मौका पाएँ । पुस्तकको रुपमा क्रमश प्रकाशित गर्ने सोंच पनि बनाउन थालें । यस क्रममा मैले मेरा साप्ताहिक समकालीनमा प्रकाशित लेखहरूको पनि शुद्धा अशुद्धि समेत हेरेर मोठो पारेर राखेको थिएँ । त्यसको भूमिकामा मैले जनार्दन आचार्यलाई पनि संझेको थिएँ । उनलाई पनि धन्यवाद दिएको थिएँ । तर त्यो पुस्तक प्रकाशनार्थ छापाखानाको ढोका घच्घचाउन नपुग्दै जनार्दन आचार्य हामीबीच रहेनन् । उसो त मेरा त्यतिबेला साप्ताहिक समकालीनमा प्रकाशित लेखहरू पुस्तकको रुपमा प्रकाशित गर्नुहोला भन्ने कमल मणि  दीक्षित पनि यतिबेला हाम्रो सामु छैनन् ।  मैले जसको बारेमा लेखें र जो त्यतिबेला जीवित नै थिए तीमध्ये कति यतिबेला यो संसारमा छैनन् । कति राम्रो हुँदो यो पुस्तक उनीहरूकै जीवनकालमा प्रकाशित भएको भए । के गर्ने समय आफ्नो गतिले चल्छ । समयलाई नै कसैलाई पर्खने समय नहुन सक्दछ ।

यसै प्रंसंगमा मलाई एउटा कुराको संझना भइरहन्छ । मैले साप्ताहिक समकालीनमा शिलाङका कवि तथा निबन्धकार कृष्णप्रसाद ज्ञवालीको सम्बन्धमा लेख्न थालेको थिएँ । यो कुरा मित्र दुर्गाप्रसाद अधिकारीले आफन्तीको विवाहको सन्दर्भमा बुटबलमा आएको बेलामा  उनकी छोरीलाई जनाएका रहेछन् । त्यतिबेला बिरामी भएर ओछ्यान परेका कृष्णप्रसाद ज्ञवालीलाई यो कुराको जानकारी भएको रहेछ । साप्ताहिक समकालीन शिलाङमा पनि पुग्दोरहेछ । मैले कृष्णप्रसाद ज्ञवालीका बारेमा लेखेको लेख समाकालीनमा क्रमश प्रकाशित हुँदै गएको भए पनि शिलाङ पुग्न समय लागेछ । आफ्नो मृत्यु हुनुभन्दा एक दिन अघि कृष्ण प्रसाद ज्ञवालीले छोरीसित साप्ताहिक समकालीन मगाएर मेरो लेख छ छैन हेर्न लगाएछन् । मेरो साप्ताहिक समकालीनमा प्रकाशित भएका अंक त्यहँ पुगिसकेका रहेछन् ।  यसरी मैले कृष्ण प्रसाद ज्ञवालीका बारेमा लेखेका लेखहरू उनको मृत्यु अघि प्रकाशित गरेको भए पनि तिनीमाथि नजर लगाउन नपाउँदै उनको मृत्यु भयो । यो कुरा  मलाई खट्किरहन्छ । म संझिन्छु जब म कृष्ण प्रसाद ज्ञवालीको शिलाङको बडाबजारमा स्थित पुस्तक पसलमा बसेर कुनै लेख रचना बारेमा टिप्पणी गर्दथें उनी मलाई भन्दथे – मलाई लाग्दछ तपाइं त  समालोचक बन्नु हुन्छ होला । मलाई लाग्दछ त्यतिबेला मसित कवि वा निबन्धकार कृष्ण प्रसाद ज्ञवाली बोलिरहेका थिएनन् । उनीभित्रको समालोचक बोलिरहेको थियो । हुन त भनिन्छ साहित्यिक सृजना आफैमा समालोचना हो र समालोचना आफैमा साहित्यिक सृजना हो । 

मलाई लाग्दछ जनार्दन आचार्यले मेरा उत्तर पूर्वांचलका भारतका साहित्यकारहरूका विषयमा  लेखिएका लेखहरू प्रकाशित नगरिदिएको भए मैले ती सम्बन्धमा कलम चलाउने पनि थिएन होला शायद । उनले नियमित  रुपले साप्ताहिक समालोचनामा मेरा लेख प्रकाशित  गरिदिएर मलाई उत्तर पूर्वांचलको साहित्य र साहित्यकारहरूका विषयमा कलम चलाउन उत्प्रेरित गरिरहेका थिए । यसको निम्ति म जनार्दनप्रति आभारी छु । 

एकपल्ट  साप्ताहिक विमर्शको कार्यालयमा मैले पत्रकार गोविन्द बर्तमानलाई भेट्दा अचानक भेट भएका र सामान्य परिचय गराइएका जनार्दन आचार्यका सम्बन्धमा मैले धेरै कुरा जान्ने कुरा पनि भएन र उनले पनि मेरो सम्बन्धमा धेरै कुरा जान्ने कुरा भएन । फेरि पनि साप्ताहिक समकालीनले हामीलाई जति एक अर्कादेखि टाढा भए पनि नजिक ल्यायो ।  उनको असामयिक मृत्युको खबरले मलाई दुखित बनाएको छ । यिनै शब्द संझनाबाट म उनीप्रति हार्दिक श्रद्धांजति प्रकट गर्दछु । 

६–१०–२०७७

१९–१–२०२०

 



Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...