्यही जनवरी महिनाको ११ तारिकका दिनमा ९८ बर्षका उमेरमा शिलाङ मेघालयका नेपालीका नेता ध्रुवनाथ जोशीको मृत्यु भएको दुखद समाचार सुनें । दुखित भएँ । उनको मृत्यसिते शिलाङका पुरानो पीढीको युग समाप्त भयो जस्तो लाग्दछ । ध्रुवनाथ जोशी नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाका ससुरा हुन् ।
मेरो धुैवनाथ जोशीसितको सम्पर्क र सम्बन्ध निकै पुरानो हो । शायद मैले सर्वप्रथम उनलाई १९६६ मा आसामको तत्कालीन दरंग ( हाल शोषितपुर ) जिल्लाको गढपालमा आसाम गोर्खा लिगको आर्ठौ सम्मेलनको बेलामा भेटको थिएँ । जुन सम्मेलनमा मैले आसामका नेपालीका चर्चित नेता दलबीर सिंह लोेहार, बिष्णु प्रसाद उपाध्याय, सेते राना, डि आर सुब्बा , प्रसाद सिंंह सुब्बा, सी वी क्षेत्री,, चर्चित साहित्यकार लीलबहादुर क्षेत्री, अनुराग प्रधान,हरिप्रसाद शर्मा खनाल अधिबक्ता खेमराज अधिकारी,पत्रकार कर्णसिह क्षेत्री लगायतका अनेक चर्चित व्यक्तित्व तथा हजारौं उपस्थित प्रतिनिधिहरूलाई प्रत्यक्ष भेट्ने मौका पाएको थिएँ । यसमा सम्मिलित प्राय जसो सबै जसो नेपाली नेता तथा बुद्धिजीवीहरू भारतीय कांग्रेससित आवद्ध थिए । त्यतिबेला दलबीर सिंह लोहार भारतीय कांग्रेसका आसामका मजदुर संघका सभापति थिए । विष्णुलाल उपाध्याय आसाम विधान सभाका एम एल ए थिए । यही सम्मेलनले आसामका गेोठ गोठमा घुमेर डम्बर सिंह गुरुङले निर्माण गरेकोआसाम गोर्खा लिग जस्तो राजनैतिक पाटींलार्ई आसामका कांग्रेसी नेताले त्यसको नाम परिवतन गरेर आसाम गोर्खा सम्मेलन बनाई त्यसलाई भारतीय कांग्रैसको एउटा मोर्चा बनाउन चाहन्थे । यस काममा उनीहरू सफल पनि भए । पहिलो दिन विष्णुलाल उपाध्यायको अध्यक्षतामा बसेको सभाले नाम परिवर्तन गर्न खोज्यो । सकेन । यस नाम परिवतैनको बिरोध गर्ने पहिलो व्यक्ति म नै थिएँ । दोस्रो दिन दलवीर सिंह लोहारको अध्यक्षतामा बसेको सभाले केही प्रायोजित तालीको आधारमा नाम फेर्यो । गोर्खा सम्मेलनको बेलामा आसाममा मेरो ध्रुवनाथ जोशीसितको सम्झना धुमिल भइसकेको छ ।
जब म १९६६ देखि शिलाङमा एक प्रकारले स्थायी रुपमा बस्न थाले.ं मेरो ध्रुवनाथ जोशीसित घनिष्ठ सम्बन्ध भयो । उनी त्यतिबेला गोर्खा पाठशालामा प्रधान अध्यापक थिए । सुनेको थिएँ ध्रुवनाथ जोशी पढ्नमा अत्यन्त तेज थिए । तर उनले म्याट्रिक पास गरे पछि कलेजतिर लागेनन् । जम्मा म्याट्रिक पास गरेको भए पनि उनी निकै अध्ययनशील र ठू्रला विद्धान नै थिए । शिलाङको मोप्रेममा बस्ने ध्रुवनाथ जोशी त्यहाँका नेपालीका ठूला नेता मानिन्थे । माथि भनिसकियो उनी मूलत कांग्रंस पार्टीका नेता थिए । उसरी शिलाङमा ध्रुवनाथ जोशीको मुख्यत पाँच किसिमको परिचय थियो । शिक्षाविद् । गोर्खा पाठशालाका प्रधानाध्यापक भए । पछि गोर्खा पाठशालामा बुद्ध भानु सरस्वती कलेज स्थापनामा यिनको ठूलो हात रह्यो । राजतैतिक नेता । भारतीय कांग्रेसका नेता । यही पार्टीमा रहेर उनी १९७२ मा मेघालय राज्यको स्थापना भएदेखि ३० बर्षसम्म लगातार मेघालयन विधान सभा सदस्य भए । पार्टीका सचेतक भए । मंत्री भए । सामाजिक नेता । मेघालय शिलाङका नेपालीहरू उनलाई नेपाली जातिका नेता मान्दथे । लेखक सम्पादक । ध्रुवनाथ जोशीका सम्पादनमा शिलाङबाट फिलिंगो उषा पत्रिकाको सम्पादन भएका थिए । उनले आसामका प्रथम नेपाली पत्रकार समाजसेवी मणिसिंह गुरुङका बारेमा लेख लेखेका छन् । उनले गोर्खा हाई स्कूलका संस्थापक कप्तान भुवनसिंह राईको बारेमा लेख प्रकाशित गरेका छन् । उनी धार्मिक नेता थिए । उनकी बंगालीका धर्म गुरु ठाकुर अनुपचन्दका अनुयायी थिए । यसैले शिलाङका बंगाली उनलाई धर्म गुरु मान्दथे । उनका पाउमा दाम चढाएर सांटांग दण्दवत गर्दथे ।
ध्रुवनाथ जोशीको पुख्र्यौली घर कास्की हो । उनको थर अधिकारी हो । उनी जैसी बाहुन हुन् । तर ध्रुवनाथ जोशीको परिवारले आफ्नो थर जाशी लेख्न थाले पछि शिलाङका जुन सुकै थरका जैसी बाहुनहरूले आफ्नो थर जोशी लेख्न थालेका हुन् । त्यसमा अपवाद मेरा एकमात्र पत्रमित्र प्रेमलाल जैसी ( बन्जाडे ) मात्र थिए । शिलाङ जोशी परिवारमा दुई जोशी परिवार निकै प्रसिद्ध थिए । ध्रुवनाथ जोशी र लोकनाथ जोशी । लोकनाथ जोशी शिलाङका सबभन्दा धनी व्यक्ति मानिन्थे जसको शिलाङको मुटुमा नै एउटा बस्ती जति जमीन थियो । जसलाई देखभाल गर्ने कोही नभएर मेघालयनका कानून अनुसार नेपालीले नेपालीलाई वा गैर ट्राइबललाई बेच्न नपाइने हुनाले उनको शेष पछि सिन्कीको मोलमा बेचियो ।
जे होस्, विविध कारणले मेरो ध्रुवनाथ जोशीसित गहिरो सम्बन्ध हुन पुगेको थियो । पहिलो कारण त्यतिबेला मेरो राजनैतिक सामाजिक साहित्यिक सांस्कृतिक र शैक्षिक क्षेत्रमा सक्रियताले गर्दा उनीसित सम्बन्ध स्थापित भयो । दोस्रो कारण शिलाङमा हुने प्राय जसो हरेक कार्यक्रममा मेरो सहभागिता हुने र त्यहाँ ध्रुवनाथको पनि उपस्थिति हुनाले घनिष्ठ सम्बन्ध स्थापित भयो । तेस्रो कुरा उनका जेठा छोरा विनोद जोशी र म सहपाठी थियौं । पहिले हामी दुबै सेन्ट एन्थनी कलेजमा अध्ययन गर्दथ्यौं । पछि त्यहाँ दर्शनशास्त्र विषय त्यस बर्ष नराखिएकोले हामीहरू शिलाङ कलेजमा भर्ना भएका थियांैं ।
सत्तरीको दशकतिर नेपालको पृष्ठभूमि भएका केही हाम्रा साथीहरूको सम्पर्क पुष्पलालको नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसित भयो । हामी त्यसमा संगठित भएर काम गर्न थाले पछि अथवा हामीले कम्युृनिष्ट बिचारको प्रचार प्रसार गर्न थाले पछि ध्रुवनाथ जोशी र हामीबीच फाटो आउनु स्वाभाविक नै थियो । ध्रुवनाथ जोशीका समर्थक नेपालीहरूले हामीलाई दुई किसिमले प्रहार गरे । पहिलो प्रहार थियो यिनीहरूले नेपालको राजनीति गर्दछन् । भारत र अझ आसाम मेघालयमा बसेर नेपालको राजनीति गर्नु ह्ुँदैन । दोस्रो प्रहार थियो । हामीहरू कम्युनिष्ट हौै । कम्युनिष्ट बिचार खराब बिचार हो । त्यतिबेला शिलाङमा नेपालका नेपाली र भारतीय नेपालीबीच अन्तरविरोध बढेको थियो ।
पुष्पलाल शिलाङ पुगेको बेलामा उनले ध्रुवनाथ जोशीसित भेट्ने इच्छा राखेका थिए । तर हामीले पुष्पलाललाई सार्वजनिक नगरेको हुनाले भेट गराएनौं । अहिले सोच्दा भेट गराएको भए राम्रो हुन्थ्यो जस्तो लाग्दछ ।
शिलाङमा हाम्रा विरोधीहरूले एउटा गोप्प पर्चा नेकालेका थिए त्यसमा लेखिएको थियो यिनीहरू नस्कलपंथी हुन् । बेनामे प्रचारमा एक नम्बरमा प्रा गोपीनारायण प्रधानको नाम थियो । दुई नम्बरमा मेरो नाम थियो । त्यस पछि टंकप्रसाद पोखरेल,इश्वरी प्रसाद खनाल धर्मलाल भूसाल आदि नौ जनाको नाम थियो । मैले यसै प्रसंगमा मेरो सम्पादनमा निस्किेने पत्रिका नयाँ चेतनामा बहुला कुकुर भुक्दैछन् शीर्षकको समाचार प्रकाशित गरेको थिएँ । बहुला कुकुर भुक्दै्र छन् शीर्षकमा ध्रुवनाथ जोशीको पनि नाम परेको थियो । यस कुरालाई लिएर आफूलाई शिलाङका रैथाने नेपाली भन्ने खास गरी ध्रुव नाथका समर्थकहरूले यस शीर्षकको समाचार लेखेको कारण मलाई मेघालयनको विधानसभा उपस्थित गराई माफी मगाउन भन्ने सुझाव दिएका रहेछन् ध्रुवनाथ जोशीलाई । कुनै पनि सांसद ( विधान सभा सदस्य ) को बिरुद्धमा उनलाई अपमान हुने भाषा प्रयोग गरिएमा विधानसभामा उपस्थित गराई क्षमा यात्रना गराइन्थ्यो । क्षमा याचना गर्न लगाइन्थ्यो । युंग इन्डियाका सम्पादक तथा प्रोफेसर कपिला चटर्जीलाई कडा आलोचना गरेर समाचार लेखकेो कारणले उनलाई विधानसभा ( एसेम्बली ) मा उपस्थित गराई माफी मगाइएका उदाहरण थिए । मलाई त्यसरी नै उपस्थित गराई माफी मगाउने सवालमा ध्रुवनाथ जोशीले आफ्ना समथर्कलाई जबाब दिएछन् – यस्तो गल्ती मैले गर्नु हुँदैन । मैले साहनीलाई विधान सभा सदस्यको मानहानि अवहेलना भयो भनेर विधान सभाका खडा गरे भने त त्यसको रिपोर्टिंग देशका सबे चर्चित पत्रिकामा हुृन्छ । दिल साहनी त एकैचोटि भारतभरि पत्रकारको रुपमा चर्चाकोृ शिखरमा पुग्दछन् ।
नयाँ चेतनाको यही अंकमा मैले तुलबहादुर क्षेत्रीको एउटा कविता – स्वगं जाने लालयित मान्छेलाई प्रकाशित गरेको थिएँ । ध्रुवनाथ जोृशीकी आमाले बिहान बिहान पूजा गर्दै टिन टिन घण्टी बजाएको सुनेर ध्रुवनाथ जोशीको घर नजिकै लोकनाथ जोशीको कम्पाउण्डमा डेरा गरी बसेका तुलबहादुर क्षेत्रीले व्यंगात्मक कविता स्वर्ग जान लालयिमत मान्छेलाई लेखे पछि त्यस कविताले हामीबीच बढिरहेको अन्तरविरोधको आगोमा ध्यु थप्ने काम गर्यो । तुलबहादुृर क्षेत्रीलाई उनको मोप्रेम स्थित डेरामा जान गाहो भयो । उनले आफ्नो डेरा सार्न पर्ने अवस्था आयो । त्यतिबेला म अखिल शिलाङ नेपाली विद्यार्थी संघको अध्यक्ष थिएँ । तुलबहादुर क्षेत्रीलाई सुरक्षित रुपमा डेरा सार्न हामीले रणबहादुर क्षेत्री र कृष्ण गुरुङको नेतृत्वमा विद्यार्थीहरूको एउटा टोली म्रोप्रेम पठाउने निर्णय गर्यौं । बिद्यार्थीको टोलीले तुलबहादुर क्षेत्रीलाई लोकनाथ जोशीको कम्पाउण्डबाट डेरा सार्न थाल्दा म्रोप्रेमका धुवनाथ जोशीका समर्थंकले उपलब्ध हात हतियार सहित उनीहरूलाई घेरामा हाले । चर्काचर्की कुरा भयो । लडाई नै हुन्छ कि भन्ने जस्तो बाताबरण बन्यो । तर मोप्रेम कै पाका व्यक्तिहरूले हस्तक्षेग गरेर भिडन्तको अवस्थालाई टाले । तुलबहादुर क्षत्रीको डेरा सर्ने कार्य सहज भयो ।
ध्रुवनाथ जोशीले मलाई गभर्नर हाउसदेखि केही बर बार्डंलेकमाथि एजी अफिसको बाटोमा हिड्दै गर्दा चरम्प मेरो हात समातेर भनेका थिए – साहनी तिमी कडा आलोचना गरेर लेख्दछौं । यस्तो कडा आलोचना गर्ने मान्छेले धेरै दुख पाएको मैले देखेको छु । त्यस्तो कडा आलोचना गर्ने बानी नबसाल । मैले ध्रुवनाथ जोशीले त्यतिबेला भनेको कुरालाई गंभीरतापूर्वक लिइनं । तर मेरो कडा आलोचना गर्ने कलमले जनयुद्धको बेलामा केही दुख बेहोर्नु पर्यो । त्यतिबेला मैले ध्रुवनाथ जोशीका कुरा सम्झेको थिएँ ।
धु्रवनाथ जोशीले मलाई भनेका थिए – साहनी तिमीले एल एल एम पढ्नु पर्दछ । मैले उनले भनेको यो कुरा गंभीरतापूर्वक लिएको थिएँ । तर परिस्थितिबश यतातिर ध्यान दिन पाइनं । एल एल एम पढ्ने ईच्छा भए पनि मौका परेन ।् मौका जुरेन ।
धु्रवनाथ जोशीले मलाई भेट्नासाथ सोध्ने एउटा कुरा थियो तिम्रो बर्तबन्ध भयो भएन । मैले भएको छैन भन्दा उनले भन्दथे बर्तबन्ध गर्नु पर्दछ ।गर । मैले एकपल्ट उनलाई भनेको थिएँ । हाम्रो समाजमा सानो भनिएको जात कहिले माथि जान सक्दैन । आखिर बाहुन खसेर क्षेत्री हृुन सक्दछ । क्षेत्री खसेर दमै कामी गाईने सार्की हुन सक्दछ । एक दिन हामी सबै हुने भनेको दमै कामी गाईने सार्की र्नै हो । यसैले बर्तबन्ध गर्न बेकार छ । यसको जबाबमा उनले भनेका थिए – हामीलेृ दमै कामी गाइने सार्कीलाई पनि माथि उठाएर बाहुन बनाउनु पर्दछ ।
ध्रवनाथ जोशीले मलाई एकपल्ट भनेका थिए – साहनी तिमीले सामान्य ज्ञान हरेक विषयमा राख्न जरुरी छ । तिमीले आए एसी सी स्तरमा साइन्सका किताव पनि पढ्नु पर्दछ । फिजिस्क क्यामिसट्री वाइलोजी आदि जस्ता विषयमा थोरै भए पनि ज्ञान प्राप्त गरेको हुनु पर्दछ । थोरै ज्ञान जुन सुकै विषयमा पनि हुनु पर्दछ ।्
ध्रुवनाथ जोशी विहान नौ बजेसम्म सुत्दथे । यसैले उनलाई भेट्न जाने मान्छे नौ दश बजे पछि मात्र उनको घरमा जानु पर्दथ्यो । ध्रुवनाथ जोशी राति लगभग तीन चार बजेसम्म पढिरहन्थे । बिहान हुन थाले पछि सृुत्दथे । यो उनको अचम्भको बानी थियो ।
म शिलाङ नगएको झण्डै दुई दशकभन्दा बढी भयो होला । मैले धु्रवनाथ जोशीलाई नभेटेको चार दशकभन्दा बढी भयो होला । तथापि मेरो उनीसितको भेटघाट अझ पनि ताजा जस्तो लाग्दछ । शिलाङबाट आउने साथीहरूले मलाई ध्रुवनाथ जोशीका बारेमा खबर दिइरहन्थे । अनेक कुरा सुनाइरहन्थे । केही बर्ष अघि मलाई शिलाङबाट आउने साथीहरूले भनेका थिए – धु्रवनाथ जोशीले एक बर्षदेखि आफ्नो स्मृति शक्ति गुमाइसकेका छन्, । उनले आफ्नो घर परिवारका कुनै्र पनि सदस्यलाई चिन्दैनन् । आफैले आफैलाई पनि चिन्दैनन् । पछि फेरि शिलाङबाट आउने साथीहरूले मलाई सुनाए ध्रुवनाज जोशीको गुमेको स्ममरण शक्ति फर्केर आयो ।
यही जनबरी ११ का दिन मृत्यु भएका ध्रुवनाथ जाशीप्रति यिनै संझना र शब्दद्वारा म हार्दिक समवेदना तथा श्रद्धांजलि व्यक्त गर्दछु । शोेक सन्तप्त परिवारप्रति धैर्य धारणा गर्ने शक्ति मिलोस् भन्ने कामना गर्दछु ।
२–१०–२०७७्
१५– १–२०२१
Comments
Post a Comment