Skip to main content

रुप कार्कीको सम्झनामा

 

 
 
 पmेस बुकमा पढें । काठमाण्डौ आउँदै गर्दा भारोत्तलनका विश्व विजेता रुप कार्कीको बाटामा नै मुत्यु । निश्चित रुपमा यो अत्यन्त  दुखद खबर थियो । मैले सोंचे रुप कार्कीको मृत्यु अमेरिकाबाट नेपाल आउँदा बाटोमा नै भएको होला । तर  पूरा कुरा पढे पछि मलाई थाहा भयो – रुप कार्कीको रुपन्देहीबाट उपचारको लागि काठमाण्डौ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको रहेछ । मलाई के पनि थाहा भयो भने रुप कार्की हाल नेपालमा नै रहेछन् । रुपन्देहीमा नै रहेछन् । नेपालमा भएको अवस्थामा नै उनको मृत्यु भएको रहेछ । 
म रुप कार्कीलाई चिन्दैनथे । उनीसित मेरो भेटघाट चिनाजानी केही थिएन । उनी मेरा लागि शत प्रतिशत अपरिचित व्यक्ति थिए । 
यस्तै केही महिना वा बर्ष अघि होला एक दिन मलाई फोन गर्दै बसन्त  पोखरेलले भनेका थिए – भारोत्तलनका विश्व विजेता रुप कार्की अमेरिकाबाट आएर रुपन्देहीमा कतै बस्दारहेछन् । उनी गल्कोट बांग्लुङका मान्छे रहेछन् । तपाइंका गाउँले । उनलाई भेटेर लेख लेख्नु भए राम्रो हुन्थ्यो । मलाई बसन्त पोखरेलको सल्लाह सुझाव मन परेको थियो ।  कुनै न कुनै क्षेत्रमा चर्चित बनेका व्यक्तिमाथि कलम चलउनु मेरो धर्म जस्तै भएको थियो । मैले बाग्लुङका अट्लान्टिक भुवनसिंह विश्वकर्माको विषयमा पनि कलम चलाएको थिएँ । उनी मेरै घरमा पनि आएका थिए । तर रुप कार्की गल्कोट कै व्यक्ति भए पनि कहिले मसित सम्पर्कित भएका थिएनन् । फेरि पनि रुप कार्की रुपन्देहीमा नै  छन् भने पछि मैले गल्कोट बाग्लुङबाट रुपन्देहीमा आएर बस्ने केही साथीहरूलाई रुप कार्कीको बारेमा केही थाहा छ कि भनेर सोध पुछ नगरेको होइन । तर मैले सोधेका कुनै पनि गल्कोटबाट बुटबल आएर बसेका व्यक्तिले मलाई उनीबारे कुनै सूचना दिन सकेनन् । जानकारी गराउन सकेनन् । यसैले मैले उनीबारे खोजतलाश गर्न छोडिदिएँ ।  कोलम्बसले खोजतलाश गरेर अमेरिका पता लगाए भने मैले रुपन्देहीमा आएर बसेका रुप कार्कीलाई गंभीरतापूर्वक  खोजतलाश गरेको भए लगभग एक  बर्षको अवधिभित्र पता लगाउन नसक्ने त कुरै भएन । थिएन । पक्कै हो मैले विषय बस्तुलाई त्यति गंभिरतापूर्वक लिइनं । फेरि कुरा के पनि थियो भने मैले सोंचें उनी अमेरिकाबाट छोटो समयको लागि आएका होलान् । तुरन्त अमेरिकािितर नै फर्किसकेका होलान् । अमेरिकामा बस्ने आदत बनेको मान्छे नेपालमा कहाँ ठहरेर बस्न सक्दछ र ? अझ यो भन्दा पनि गंभीर कुरा त  के थियो भने  केही समय पछि मैले रुप कार्कीलाई बिर्सिसकेको थिएँ । यसको सोझो अर्थ हो मैले उनको सम्बन्धमा खोज तलाश गर्न छोडिसकेको थिएँ । खोजतलाशलाई निरन्तरता दिएको थिइन् ।
जे होस्, हाल आएर मैले गल्कोटबाट नै बुटबल आई बसोवास गरिरहेका बर्तमान नबीन  औद्योगिक  कदर बहादुर रिता उच्च माध्यमिक बिद्यालयका प्रधान अध्यापक तथा पत्रकार प्रेमबहादुर बस्नेतले रुप कार्कीका बारेमा फेसबुकमा लेखेका कुराबाट उनी गल्कोट कुन ठाउँका व्यक्ति  रहेछन् भन्ने कुरा थाहा लाग्यो र साथसाधै उनीबारे केही थप जानकारी पनि प्राप्त भयो । बस्नेत लेख्दछन् – बाग्लुङ जिल्ला गल्कोट भुङखानी जन्मिनु  भई हाल तिलोत्तमा नगरपालिका बडा नं ६ भलबारी  र लामो समय अमेरिका बस्दै  आउनु भएका  १५०० के जी तौल उचाल्ने नेपाली शक्ति तोलनका खेलाडी २ पटक अन्तर्राष्ट्रिय स्वर्ण पदक विजेता रुप कार्कीको अकल्पनीय निधनले खेलकूदको राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा अपुरणीय क्षति भएको छ ,।  
हाल अमेरिकामा बसोबास  गरिरहेका केही समय बुटबलमा बसेर पनि संचार जगतसित जोडिएका पत्रकार तथा लेखक किरण मरहट्ठा रुप कार्कीको बारेमा फेसबुकमा लेख्दछन् – मेरो अभिभावक जसले अमेरिका आएदेखि आजसम्म निरन्तर पथ प्रदर्शन गर्नु भो ...! वहाँ यस संसारमा हुनुहुन्न भन्ने पत्याउन सकेको छैन ।  आफ्नो सीपले मातृभूमिलाई उन्नत गराउँछु भन्दै २५ बर्षे अमेरिकी जीवन त्यागेर नेपाल पुग्नुभएका विश्वच्याम्पियन रुप कार्की भिनाजुको स्वर्गमा बासहोस् ।  प्रिय भिनाजु म तपाईलाई सदैव सम्झिरहने  छु । 
अधिवक्ता बिमल राज भट्टराई फेसबुकमा लेख्दछन् – अन्तर्राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियन रुप कार्कीलाई श्रद्धांजली । नेपालको नाम विश्व सामु पुराउन सफल भारत्तोलनका अन्तर्राष्ट्रिय च्याम्पियन, अत्यन्त  मिलनसार सहयोगी रुप कार्कीको असामयिक निधनले मन साह्रै दुखी बनायो ।
फेसबुकमा सुरेन्द्र श्री लेख्दछन् – भारत्तोलनका अन्तराष्ट्रिय खेलाडी विश्व च्याम्पियन रुपन्देही तिलोत्तमा निवासी, देश कै अनमोल रत्न आदणीय रुप कार्कीको अकल्पनीय निधन भएको छ । हामी स्तब्ध भएका छौं । 
मणि ज्ञवाली फेसबुकमा लेख्दछन् – विश्वमा नेपाललाई चिनाउने अभियानमा लाग्नु भएका दाजुको दुखद खबरले अति नै मर्माहत भएको छु ।
यतिबेला मलाई निकै पश्चाताप लागेको छ रुप कार्कीसित भेट हुन नसकेकोमा । उनीसित सम्पर्कित हुन नसकेकोमा ।उनीबारे दिलोज्यानले खोजतलाशमा नलागेकोले ।  म र्सोच्दछु मैले कालिम्पोङ पुगेर पारसमणि प्रधानलाई भेटेको थिएँ । दार्जीलिङ पुगेर कम्युनिष्ट नेता माइला बाजे ( रतनलाल ब्राह्मणलाई भेटेको थिएँ । सगरमाथा आरोहण गर्ने तेन्जिङ शेर्पालाई भेटेको थिएँ ।  काठमाण्डै पुगेर बालकृष्ण सम माधव प्रसाद घिमिरे भवानी भिक्षु आदिलाई भेटेको थिएँ ।  इलाहावाद पुगेर हिन्दीका समालोचक अमुत रायलाई भेटेको थिएँ  । तर पनि आफ्रनै घर दैलोमा रहे भएका रुप कार्कीलाई भेट््न सकेनछु ।  निश्चित रुपमा रुप कार्की हामी सबै नेपालीको लागि गौरव हुन् । उनले खेलकूदको जगतबाट नेपालको नाम उँचा पारे । नेपालको नाम सगरमाथाको उचाइमा पुराए ।  जुनसुकै क्षेत्रबाट अघि बढेर नेपालको नाम उँचा बनाउने व्यक्ति हाम्रा लागि निश्चित रुपमा सम्मानीय हुन्छन् । रुप कार्की हाम्रो लागि सम्मानित व्यक्ति हुन् । उनले एउटा इतिहास लेखेर गएका छन् । यिनै शब्दले म उनीप्रति हार्दिक श्रद्धांजली व्यक्त गर्दछु ।  
१०–१०–२०७७                                                                                         

Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...