Skip to main content

मणिराम भट्टराईको संझनामा



एक बिहान मैले आफ्नो फेसबुक हेर्न थालें ।  त्यहाँ शुरुमा नै मणिराम भट्टराईको ठूलो फोटो देखा पर्यो । मैल सोंचे मेरो फेसबुकसित मणिराम भट्टराई जोडिएका छैनन् । कसरी उनको फोटो मेरो फेसबुकमा देखा पर्यो । मणिराम भट्टराइको फोटो तल लेखिएका शब्दहरू पढ्दै जाँदा पो मलाई थाहा भयो यो त  उनीप्रति श्रद्धांजली व्यक्त गर्न राखिएको फोटो रहेछ । म छाँगाबाट खसे जस्तो भएँ । यो मेरो लागि अत्यन्त अकल्पनीय कुरो थियो । म मर्माहत भएँ । मैले फेसबुक बन्द गरें । त्यतिबेला नै पोखराबाट प्राध्यापक यमबहादुर क्षेत्रीको फोन आयो । उनले दुखद समाचार सुनाउँदै भने मणिराम भट्टराईको दुखद मृत्युको खबर दिन मैले तपाइंलाई फोन गरेको हुँ । मैले भने मैले फेसबुकबाट भर्खर मणिराम भट्टराईको मृत्यु भएको खबर थाहा पाएको छु । यमबहादुर क्षेत्री त मणिराम भट्टराईबीच चिनजानी आसामको हाप्फलुंगमा भएको थियो । हाफलुग पहाडी जिल्ला हो । ब्रिटिशले रेल पुराएको पहाडी जिल्ला । मणिराम भट्टराई र यमबहादुर क्षेत्री दुबैले हाफ्लुंग कलेजमा अध्ययन गरेर गुवाहाटी विश्वविद्यायलबाट वी ए पास गरेका थिए ।   यमबहादुर क्षेत्रीले केही दिन भैरहवा क्याम्पसमा पनि अध्यापन गरेका थिए । मणिराम भट्टराई त्यतिबेला भैरहवा क्याम्पसमा लाइब्रेरियन थिए । 

त्यतिबेला मैले सोंचेको थिएँ मणिराम भट्टराईको मृत्यु भैरहवामा भएको होला ।  पछि मलाई ज्ञानुले सुनाइन् – मणिराम भट्टराईको मृत्यु पोखरामा भएको रहेछ ।  यो कुरा चाल पाए पछि मैले यमबहादुर क्षेत्रीलाई फोन गरें– मणिराम भट्टराईको मृत्यु त  पोखरामा भएको रहेछ । मैले भैरहवामा भएको होला भन्ने सोंचेको थिएँ । उनले भने जेठा छोरा डा. लेखनाथ भट्टराईले तराईकमो जाडो छल्न पोखरा बोलाएका थिए । उहाँ दुई महिना बस्न आउनु भएको थियो । सामन्य अवस्थामा उहाँलाई मणिपाल अस्पतालमा भर्ना गरिए पछि मृत्यु भयो । जेठा छोरा पी एन क्याम्पसमा प्राध्यापक थिए । मैले भैरहवामा अध्यापन गर्दा उनी त्यहाँ विद्यार्थीं थिए ।

मणिराम भट्टराईसित मेरो भेट नभएको एक युग भएको थियो भन्न सकिन्न्छ । पछिल्लोपल्ट उहाँसित मेरो भेट कहिलो भयो मलाई यकिन थाहा छैन । मेरो उहाँसित पछिल्लोपल्ट भेट कुनै कार्यक्रममा भएको थिया होला शायद । भैरहवामा भएको कुनै कार्यक्रममा । म भैरहवामा भएका कार्यक्रममा सामेल नभएको बर्षौं भयो । यसैले मेरो उनीाँसित भेट नभएका बर्षौं भयो होला ।

यसै प्रसंगमा म संझिन्छु शिलाङकमा सेन्ट एन्थनी कलेजका नेपाली विषयका प्रा गोपीनाराण प्रधानलाई ।  उनको केही बर्षअघि दुई महिनाजति कममा रहेर मृत्यु भयो । होशमा नआई मृत्यु भयो । उनले मृत्यु हुनुभन्दा झण्डै एक बर्ष अघि मलाई लेखेका थिऐ –भाई अब म मर्ने बेला भयो । म एकपल्ट तपाई र धर्मलाल भूसाललाई भेट्न चाहन्छु । शिलाङ आउनुहोस् ,। हामील यो कुरालाई गंभीरतापूर्वक लिएनौं । उहाँलाई भेट्न शिलाङ जाने कुरा त सोंचेका थियौं । उहाँलाई नभेटेको दुई दशकभन्दा बढी समय भएको हुनाले पनि हामी उहाँलाई भेट्न उत्सुक थियौं ।  तर उहाँको मुत्यु यति छिटै होला भन्ने कुरा सोंचेका थिएनौं ।

मणिराम भट्टराईसित भेटघाट नभएको लामो समय भए पनि उनले मलाई चाहेमा वा मैले उनलाई चाहेका भेट गर्न कुनै महाभारतको युद्ध लड्न पर्ने थिएन । तर कुनि मैले उनलाई भेट्न कुनै पहल गरिनं । उनले पनि मलाई भट्न कुनै पहल गरेनन् । लामो समयसम्म हाम्रो भेट भएन । शायद टाढा बसे पछि सम्बन्ध पनि टाढिने रहेछ । एक अर्काका नजिक भएर पनि टाढा भएको जस्तो हुने रहेछ । 

म भैरहवा क्याम्पसमा अध्यापन गर्न थालेको २०४० देखि हो । क्याम्पसमा अध्यापन गर्न थाले पछि शिक्षक र विद्यार्थीसित सम्बन्ध हुने नै भयो ।  कर्मचारीसित सम्बन्ध हुने नै भयो । प्रशासकसित सम्बन्ध हुने ने भयो । लेखासित  सम्बन्ध हुने नै भयो । पुस्तकालयसित सम्बन्ध हृुने नै भयो । यी मध्ये सबभन्दा बढी सम्बन्ध पुस्तकालयसित  हुन्छ होला शायद । यो कुरो सही भए पनि गलत भए पनि मेरो भैरहवा क्याम्पसम पढाउँदा मणिप्रसाद भट्टराईसित निकै गहिरो सम्बन्ध भएको थियो । आत्मीय सम्बन्ध भएको थियो । उनी आफ्ना मनमा सबै कुरा मसित खोल्दथे । म पनि आफ्ना मनका कुरा सबै उनलाई खोल्दथें ।  हामी बिचारको आदान प्रदान गर्दथ्र्यौं ।

उनी लाइबे्रेरी साइन्स पढेर लाइब्रेरियन बनेका थिए । उनले त्रिभुवन विश्व विद्यालयबाट इतिहास विषयमा एम ए पास गरेका थिए ।  त्यतिेबला उनमा र ममा पनि पढ्ने पढाउने लहर चलेको थियो । मैले पनि ख्याल ख्यालमा त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा  एम एको जाँच दिएर सबै विषयमा पास गरे पनि भिलेज प्रोफायल नबुझाएका हुनाले मेरो डिग्री पुरा भएन ।  त्यतिेबेला नैे धनपति उपाध्यायले समाजशास्त्रमा एम ए दिएर पिचडी गर्ने विचार प्रकट गरे ।  मैले उनलाई अंग्रेजीमा एम ए गर्ने सुझाव दिएँ ।  धनपति उपाध्यायले अवध विश्वविद्यालयबाट अंग्रेजीमा एम ए दिएर  राम्रो अंक ल्याएर उत्तीर्ण गरे ।  धनपति उपाध्यायलाई अंग्रेजीमा एम ए दिन मणिराम भट्टराईले साथ दिएका थिए । दुबैले एकसाथ अवध विश्व विद्यायलबाट अंंग्रेजीमा एम ए पास गरेका थिए । 

पछि मणिराम भट्टराई रुपन्देही क्याम्पसमा अंग्रेजीका प्राध्यापक भए । क्याम्पस प्रमुख  पनि भए ।  शुरुमा अर्घाखाँचीमा स्कुलमा शिक्षक भएका मणिराम भट्टराईले अध्ययन र अध्यापनको क्षेत्रमा ठूलो प्रगति गरेका थिए ।  उनले मलाई भनेका थिए उनले हाई स्कुलमा पढाउँदा ४०० रुपियाँ तलब पाउँथे । त्यतिेले सजिलै एक तोला सुन किन्न सकिन्थ्यो । म भैरहवा क्याम्पसमा सहायक प्रध्ँयापकको रुपमा नियुक्त हुँदा मेरो तलब ९¬¬०० रुपियाँ  जति थियो ।  अझ मैले शुरुमा पोखराको पी एन क्याम्पसमा पढाउँदा मेरो तलब ६०० रुपियाँ थियो । त्यतिले खाएर लाएर भाडा तिरेर पनि लभभग दुई सय जति बचत हुन्थ्यो । मणिराम भट्टराईले अर्घाखाँचीमा अध्यापन गर्न थालेको त्योभन्दा अझ पहिले हो । त्यसैले ४०० तलब पनि कम होइन ।  म सोंच्दछु मेले शिलाङमा नेपाली प्रोसिडिङ हाई स्कूलमा हिन्दी शिक्षकको पदमा नियुृक्ति पाएको थिएँ । त्यतिबेला सरकारले हिन्दी शिक्षकलाई तलब दिन्थ्यो जम्मा १५० रुपिया्रँ मात्र । त्यो पनि खान लाउन डेरा गरी बस्न प्रयाप्त थियो ।

जे होस्, हाई स्कूलमा  ४०० रुपयाँ तलबमा शिक्षकको पदमा जागिरे जीवन शुरु गरेका मणिराम भट्टराई अन्ततः रुपन्देही कलेजका  क्याम्पस प्रमुख हुन पुगेका थिए । निश्चित रुपमा यो उनको ठूलो प्रगति  हो । सफलता हो ।

मैले बुझे अनुसार मणिराम भट्टराई अत्यन्त  सरल, अत्यन्त सह्रृदयी तथा सहयोगी व्यक्ति हुन् । अत्यन्त उदार व्यक्ति हुन् । अत्यन्त मिलनसार व्यक्ति हुन् । सबभन्दा बढी उनी शिक्षाप्रेमी व्यक्ति हुन् । उनले सबैलाई अध्ययन गर्नलाई ठूलो सहयोग गर्दथे । कुन पुस्तक पढ्नु पर्दछ सल्लाह दिन्थे । उनी सबैका अभिभावक जस्ता थिए । उनी आँखामा राखे पनि नबिझाउने खालका व्यक्ति थिए । 

मलाई थाहा छैन म भेरहवामा रहँदा बस्दा मणिराम भट्टराईको त्यति नजिकको मान्छे भएर पनि किन त्यति टाढाको व्यक्ति भएँ  । त्यसरी नै उनी मेरा त्यति नजिकका व्यक्ति भएर पनि किन त्यति टाढाका व्यक्ति जस्ता भए । 

राजनैतिक रुपले म भेरहवा क्याम्पसमा अध्यापन गर्दा नेकपा मालेसित सम्बन्धित थिएँ । संगठित थिएँ । उनी पनि माले समर्थक नै थिएँ । तर २०४७ मा बहु्दल आए पछि मैले नेकपा माले परित्याग गरेको थिएँ । राजीनाम दिएर होइन । त्यतिबेलाका लुम्बिनी इन्चार्ज के पी ओलीलाई मौखिक रुपमा नेकपा मालेले त्यतिबेला लिएको े लाइन चित्त बुझेन भनेर । तर मणिराम भट्टराई माले हुँदेै शायद एमाले भए । शायद एमालेमा नै रहे । यसले गर्दा पनि हामीबीच दुरी बढेको हुन सक्दछ । मणिराम भट्टराईले भिन्न राजनैतिक लाइन लिए भनेर होइन उनको बढी उठबस पार्टी कार्यक्र्रममा हुन थाल्दा शायद । यदि यो कुरा  पनि हामीबीच दुरी बढ्नको खास कारण होइन भने हामी एक अर्कादेखि टाढा बस्न थालेर पनि हुन सक्दछ । यसै प्रसंगमा म सम्झिन्छु शिलाङमा छँदा मेरो दलबहादुर घलेसित घनिष्ठ सम्बन्ध थियो । हामीबीच अन्त्यन्त गहिरो आत्मीयता थियो । तर उनी शिलाङ छोडर चितवनको माडीमा बसोबासो गर्न थाले पछि हामीबीच कुनै पनि प्रकारको सम्पर्क भएको छैन । संवाद भएको छैन । यस्तो पनि हुँदो रहेछ । मणिराम भट्टराई र मबीच पनि यस्तै भएको हो कि ? हामीहरू आ आफ्नो दृुनियाँमा हराएर पो हो कि ?  कुरो ज होस, मैले भन्न खोजेको कुरा के हो भने मणिराम भट्टराई र मबीच भेटघाट सम्पर्क र संवाद नभएको एक दशकभन्दा पनि बढी समय भइसकेको थियो । हामीहरू यति नजिक भएर पनि टाढाका जस्ता भएका थियौं ।  यो नै अत्यन्त दुखको कुरा भयो ।  फेरि पनि साँचो कुरा या पनि हो कि मणिराम भट्टराईसित मेरो लामो समयसम्म  भेटघाट सम्पर्क र संवाद नभए पनि उनी मेरो ह्रृहयमा रहिरहेका थिए । उनी मेरो लागि सम्मानित व्यक्ति थिए । बिर्सन खोजे पनि विर्सिन नसकिने व्यक्ति थिए ।

मलाई निकै दुख यस कुराको हुन गएको छ कि हामी एक अर्कादेखि  यति नजिक भएर पनि लामो समयसम्म  हामीबीच भेटघाट सम्पर्क मात्र होइन कुनै पनि प्रकारको संवाद समेत पनि हुन सकेन ।

म सोंच्दछु समाजमा मणिराम भट्टराई जस्ता असल मान्छे पाउन गाह्रो छ । उनको असामयिक मृत्युले हाम्रो समाजलाई ठूलो क्षति पुगेको छ । यिनै शब्दले म मणिराम भट्टराईप्रति हार्दिक श्रद्धांजलि व्यक्त गर्दछु ।

१७–१०२०७७






 

 

 

Comments

Post a Comment

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...