Skip to main content

Posts

Showing posts from February, 2021

संसद पुराण

बखान गरिन्छ बेलायत संसदीय लोकतन्त्रको जननी हो  बखान गरिन्छ  बेलायतको संसदले महिलालाई पुरष बनाउन सक्दैन  पुरुषलाई महिला बनाउन सक्दैन  अरु जे पनि गर्न सक्दछ  भन्न  त संसद अरु केही होइन  गफ गर्ने थलो हो पनि भनिन्छ बेलायती लेखक एम फोस्टरले भनका छन्े  समाजवादको तुलनामा उनलाई  संसदीय लोकतन्त्र किन मन पर्दछ भने  संसदीय लोकतन्त्रमा बोल्न पाइन्छ  संसदीय लोकतन्त्रमा मनका कुरा खोल्न पाइन्छ  लेनिनले भने  संसद सुंगुरहरूकै खोर भए पनि  कम्यृुनिष्टहरू त्यहाँ जान सक्दछन् संसदमा गएर संसदको धज्जी उडाउन सक्दछन्   संसदमा गएर संसदको भण्डाफोर गर्न सक्दछन् संसदमा गएर संसदको जग नै हल्लाउन सक्दछन् भत्काउन सक्दछन्  क्षत विक्षत पार्न सक्दछन्  ध्वस्त पार्न सक्दछन्  माओले.भने  संसद भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँ हो तर आज कति लेनिन र माओका  असली चेला हौं भन्नेहरूले हाम्रै मुलुकका कति कमरेडहरूले   संसद भनको सुखी र समृद्ध देश बनाउने कारखाना हो भनेका छन् संसद भनेको समाजवादमा पुग्ने मूल बाटो हो भनेका छन्  हिजो नयाँ जनवादका कुरा गर्ने कति कमरेडहरूले  हिजो माक्र्सवाद लेनिवाद माओवाद जिन्दावाद भन्ने कति क

जनताको शत्रु

  पहिले नाटक पद्यमा लेख्ने चलन थियो । शेक्सपियरले ३७ बटा नाटक लेखे । उनले पद्यमा नाटक लेखे । कालीदासले अभिज्ञान शाकुन्तलम् नाटक पद्यमा लेखेका थिए ।  उहिलेका ग्रिक नाटककार सोफोकिल्ज एक्सिलस ये्ुरोपिडिस आदिले पनि गद्यमा नै नाटक लेखेका थिए । सोफोक्लिजको संसारकै अत्यन्त  दुखान्त  नाटक भनेर चिनिने नाटक किंग इडिपस पनि पद्यमा नै लेखिएको थियो । नेपालका शेक्सपियर भनेर चिनिने बालकृष्ण समले मुकुन्द इन्दिरा भक्त प्रह्mाद आदि जस्ता नाटक पनि पद्यमा नै लेखे । गद्यमा पनि नाटक लेख्न सकिन्छ र प्रभावशाली नाटक लेख्न सकिन्छ भनेर अघि सर्ने नाटककार हुन् नर्वेका हेनरिक इब्सन (  १८२८–१९०६ ) । भनिन्छ गोपाल प्रसाद रिमालमा हेनरिक इब्सनको ठूलो प्रभाव परेको थियो । हेनरिक इब्सनको निकै चर्चित नाटक डल्स हाउस ( पुतली घर ) हो । यसले महिलालाई विद्रोहको लागि सडकमा उतारेको छ । हेनरिक इब्सनको अर्को प्रसिद्ध नाटक हो एनेमी अफ द पिपुल ं ( जनताको शत्रु ं) । यस नाटकलाई आनन्द देव भट्टले नपाली भाषामा अनुवाद गरेका थिए जसलाई प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको थियो । तर यहाँ म नाट्य साहित्यको चर्चा परिचर्चा गर्न लागिरहेको छैन । त्यो

ओलीको प्रतिगमनले दिएको संंकेत

      मैले बुझे अनुृसार के पी ओली हिजो नेकपा मालेका कुनै ठूला नेता होइनन् । थिएनन् । कुनै शक्तिशाली तथा प्रभावशाली नेता होइनन् । थिएनन् । तथापि राष्ट्रघाती महाकाली सन्धि पास गर्नलाई शेरबहादुर देउवासित हातमा हात र काँधमा काँध मिलाएर विस्तारवादी भारतलाई साथ दिए पछि यिनी बलिया हुँदै गए । कसैको आड लिए पछि वा कसैको आड पाए पछि एउटा छेस्को पनि सतीसाल जस्तो देखिदो रहेछ । आफू नजिकैको कुरा गर्ने हा भने हिजो पंचायतकालमा दीपक बोहरा कति शक्तिशाली थिए भन्ने कुरा जग जाहेर छ । तर पंचायत ढले पछि दीपक बोहरा चाउरिएको मरीज जस्ता भए । भोलि के पी ओलीको हालत पनि त्यही हुने हो । त्यो भन्दा अझ बदतर हुने हो ।  उनको हालत दीपक बोहराको भन्दा हजार गुना कमजोर हुने हो । यतिबेला देशी विदेशी शक्तिको साथसाथै अवसरवादी झुण्डको साथ मिलेको हुनाले यिनी हिटलर जस्तै बलिया देखिन पुगेका छन् । तर दुनियाँलाई थाहा छ संसार हल्लाउने हिटलरको चिहान पनि भेटिएको होइन । कुनै दिन फिलीपिन्सका शासक मार्कोसले पनि हिटलर बन्न खोज्दै विपक्षीमाथि आक्रोश पोख्ने गरेका थिए । उनले निर्वाचनमा ९० प्रतिशलभन्दा बढी मत पाएर आफूलाई विजयी घोषित गरेका थिए ।

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा