Skip to main content

ओलीको प्रतिगमनले दिएको संंकेत

 


 

 

मैले बुझे अनुृसार के पी ओली हिजो नेकपा मालेका कुनै ठूला नेता होइनन् । थिएनन् । कुनै शक्तिशाली तथा प्रभावशाली नेता होइनन् । थिएनन् । तथापि राष्ट्रघाती महाकाली सन्धि पास गर्नलाई शेरबहादुर देउवासित हातमा हात र काँधमा काँध मिलाएर विस्तारवादी भारतलाई साथ दिए पछि यिनी बलिया हुँदै गए । कसैको आड लिए पछि वा कसैको आड पाए पछि एउटा छेस्को पनि सतीसाल जस्तो देखिदो रहेछ । आफू नजिकैको कुरा गर्ने हा भने हिजो पंचायतकालमा दीपक बोहरा कति शक्तिशाली थिए भन्ने कुरा जग जाहेर छ । तर पंचायत ढले पछि दीपक बोहरा चाउरिएको मरीज जस्ता भए । भोलि के पी ओलीको हालत पनि त्यही हुने हो । त्यो भन्दा अझ बदतर हुने हो ।  उनको हालत दीपक बोहराको भन्दा हजार गुना कमजोर हुने हो । यतिबेला देशी विदेशी शक्तिको साथसाथै अवसरवादी झुण्डको साथ मिलेको हुनाले यिनी हिटलर जस्तै बलिया देखिन पुगेका छन् । तर दुनियाँलाई थाहा छ संसार हल्लाउने हिटलरको चिहान पनि भेटिएको होइन । कुनै दिन फिलीपिन्सका शासक मार्कोसले पनि हिटलर बन्न खोज्दै विपक्षीमाथि आक्रोश पोख्ने गरेका थिए । उनले निर्वाचनमा ९० प्रतिशलभन्दा बढी मत पाएर आफूलाई विजयी घोषित गरेका थिए । तर शपथ ग्रहण पनि गर्न नपाउँदै उनले देश नै छोड्न पर्यो ।  विदेशको आश्रय लिन पर्यो । जिउँदा छँदा उनले आफ्नो मुलुकमा खुट्टा टेक्ने ठाउँ समेत पाएनन् ।  मृत्यु पछि उनको लाशले फिलिपिन्समा बास पनि पाएन । भोलि यही हालत के पी ओलीको नहोला भन्न सकिन्न । त्रिभुवन विश्व विद्यायलले कोर्समा राखेको एउटा पाठ कुनै मान्छे बाइ चान्स हिरो बनेको कथा समावेश गरिएको थियो । मलाई लाग्दछ के पी ओली पनि बाइ चान्स सत्तामा पुगेका मान्छे हुन् । बाई चान्स हिरो जस्तो बन्न पुगेका हुन् ।

०७ सालमा परिबर्तन भयो । यस परिवर्तनका नेता थिए वी पी कोइराला । ०२८ सालमा झापा विद्रोह भयो । त्यसको नेतृत्व मोहन चन्द्र अधिकारी, राधाकृष्ण मैनाली सी पी मैनाली आदिले गरेका थिए ।  ०३६ सालमा ठूलो आन्दोलन भयो । यसको नेतृत्व मूलत बिद्यार्थीले गरेका थिए । ०४६ सालमा परिवर्तनन भयो । यसको नेतृत्व नेपाली कांग्रेंस, सात बाम तथा जनमोर्चाले गरेका थिए । त्यतिबेला एमाले थिएन । माले थियो । मालेको महासचिव झननाथ खनाल थिए । ०५२ सालबाट शुरु भएको दश बर्षे जनयुद्धको नेतृत्व मूलत प्रचण्ड बैद्य बाबुराम बादल आदिले गरेका थिए । जनयुद्धका ेसबभन्दा कट्टर विरोधी थिए के पी ओली । ०६२–०६३ को जन आन्दोलनका नेतृत्व गरका थिए कांग्रेस बाम मार्चा तथा माओवादीहरूले ।  के पी ओलीले गणतन्त्रवादी आन्दोलनको खिल्ली उडाउँद भनेका थिए –बैलगाढा चढेर अमेरिका पुगिदैन । अहिले यिनी गणतन्त्रको ठेकेदार बनेका छन् । मालिक बनेका छन् ।

यदि हामीले गणतन्त्रलाई भर्खर जन्मेको बच्चा ठान्ने हो भने त्यसको माया दुई प्रकारका आमालाई मात्र हुन्छ । एउटा जन्माउने आमालाई । अर्को पालन पोषण गरेर हुर्काउने आमालार्ई । प्राचीनकालदेखि अहिलेसम्म आमाबारे बोलेका कथाहरूले यही कथाको कथा कहन्छन् । के पी ओली गणतन्त्र जन्माउने आमा त हुन चाहेनन् चाहेनन् उनी हुर्काउने आमा पनि हुन चाहेनन् । यदि उनी साँच्चिकै गणतन्त्रका हुर्काउने आमा हुन्थे भने शायद गणतन्त्रको मुटु मानिएको संविधानलार्ई च्यात चुत पारर फाल्ने थिएनन् ।  संविधानलाई कुल्चेर संसद विघटन गर्ने थिएनन् । दिन दहाडै संविधानको हत्या गर्ने थिएनन् । 

बर्तमान संविधानलाई पूर्ण सर्व स्वीकृत संविधान मान्न किन पनि सकिन्न भने यसको निमार्ण प्रक्रियामा बर्तमान बैद्ध तथा विप्लव समूहलाई समेत समावेश नै गराइएन । तर आफूलाई बतमान संविधानका माता पिता ठान्नेहरूले यसलाई कुल्चिन मिल्ने होइन । के पी ओलीलाई हामी के भन्ने । हामीले उनलाई संविधानलाई कुल्चिने शासक मान्ने हो भने उनले यही सविधानको नाममा हजारौं हजार बिप्लवका कार्यकर्ता तथा नेतालाई झुठा मुद्दा लगाएर बिरालाले पाठा सारे जस्तै एक ठाउँबाट अर्को ठाउँमा सार्दै हिरासतमा राखेका छन् । जेल काचेका छन् ।  हिजो पंचायतले बहुदलवादीलाई जे गर्दथ्यो त्यही के पी ओलीको सरकार गर्दै छ । होइन यिनले संविधानको संरक्षण गरेका छन् भन्ने हा भने संंविधानका धारा आत्मा तथा मर्मलाई समेत कुल्चिदै संसदको विघटन गरेका छन् । संसद विघटन पछि उनलाई काम चलाउ सरकार मान्ने हो भन पनि उनले मंत्री परिषदका विस्तार पनि गरेका  छन् । संंवैधानिक पदमा पनि आफ्ना मान्छे भरेका छन् । आफ्ना मान्छे भर्ती गरेका छन् ।

प्रधानमंत्री के पी ओलीले बर्तमान संविधान मान्ने र यस संविधानले परिकल्पना गरेको राजनैिितक आर्थिक सामाजिक सांस्कृतिक आदि अवधारणा मान्ने वा पूंजीवादी संसदीय व्यवस्था मान्ने मान्छेको लागि त साह्रै नै अहित हुने काम गरेका छन् । यस अर्थमा उनले कांग्रेस र प्रचण्ड माधव नेपाल समुह आदिलाई अत्यन्त अहित हुने काम गरका छन् । भनौं बर्तमान संविधानको खिलाप काम गरेका छन्  । बर्तमान राजसत्ता विरोधी काम गरेका छन् । पूंजीवादी संसदीय व्यवस्थाको मूल्य र मान्यताको विपरीत काम गरेका छन् ।  तर पनि भन्नै पर्दछ यो उनको संसद विघटन गर्ने कामले आमूल परिवर्तन चाहने शक्तिलाई भने अप्रत्यक्ष रुपमा उनकै चाहना विपरीत बल पुराएको छ । अर्कोतिर उनको कदमले राजावादी शक्तिलाई भने फाइदा नै पुराएको छ ।  के पी ओलीको प्रतिगमनकारी कदमले मुलुकका क्रान्तिकारी अग्रगामी शक्तिलाई आमूले परिवर्तनको लागि नकाँरात्मक रुपमा भए पनि मलजल पुराएको छ भने प्रतिगामी शक्तिलाई सकारात्मक रुपमा नै बल पुराएको छ । कुरो प्रष्ट छ के पी ओ खुदै आफू भने प्रतिगमनकारी शक्तिसित  साइनो जोड्ने बाटोमा अग्रसर रहेका छन् । 

फ्रान्सका राजा लुई चौदहले घमण्डको शिखरमा पुगेर भनेका थिए राज्य भनको मै हुँ । पछि जतताले उनलाई अचानोमा राखेर गिंडेका थिए । यतिबेला के पी ओलीले आफूलाई सर्वेसर्वा ठानेका छन् । उनले कुनै नेता वा व्यक्तिलाई गनेका छैनन् ।  कुनै दललाई गनेका छैनन् ।  यही भएर त उनले संविधानलाई हिटलरी पाइतालाले कुल्चेर विघटन गर्ने दुस्साहस गरेका हुन् । संसद विघटनले अरुलाई के कति फाइदा वा नोक्सान पुराउँछ त्यो अध्ययन र अनुसन्धानको विषय हो । तर यसले अन्ततः के पी ओलीलाई नै नोक्सान पुराउने कुरा निश्चित छ । यसले उनको राजनैतिक जीवनको अन्त्य भएको घोषणा गर्ने छ ।  भन्दछन् निभ्ने बेलामा बत्ती झ्याप्प बल्दछ । के पी ओलीको संसद विघटन त्यस्तै कदम हो । भन्छन् मर्ने बेलामा कमिलाको प्वाख उम्रिन्छ ।  के पी ओलीको गैर संविधानिक तरिकाले संसद विघटन  गर्नु भनेको मर्ने बेलामा कमिलाका प्वाँख उम्रे जस्तै कुृरा हो । भन्छन् मासिने बेलामा बाँस फुल्दछ ।  यतिबेलाको संसद विघटनले के पी ओलीलाई मासिने बेलाको बाँस फुलेको अवस्थामा पुराएको छ । संविधानलाई कुल्चिदै संसद विघटन गर्नु ओलीको पतनको दिनको पराकाष्ठा हो भन्न सकिन्छ ।

के पी ओलीको प्रतिगमनकारी प्रतिक्रान्तिकारी कदमले उनको पतनका दिनको शिलान्यास त गरेकै छ ।  यसका साथसाथै उनको प्रतिगामी कदमको सति गई मस्ती गर्ने हस्तीहरूलाई पनि नांगेझार पारेर दोवाटोमा खडा गरेको छ । हिजो उनीहरू यसो हेर्दा आफ्ना कुरा र बिचारमा सतिसाल जस्तो दृढ जस्ता देखिए पनि आज उनीहरू पिपलपाते देखा परेका छन् । दुई जिब्रे देखा परेका छन् । पिंध नभएका लोटा जस्ता देखा परेका छन् । हिजो जसले हामीले प्रधानमंत्रीले सनकको भरमा संसद विघटन गर्न नसक्ने संविधान बनायौं भनेर धाक लगाउँथे उहीहरू आज अवाक बनेका छन् ।   खाक भएका छन् । यसले के कुरा साबित गर्दछ भने अवसरवादीहरू कहिले पनि सत्यका पुजारी हुन सक्दैनन् । उनी देश र जनताको हितैषी हुन सक्दैनन् । जे होस्, अरुलाई ढाल्छु भन्दा के पी ओलीको प्रतिगामी कदमले पहिला त उनी आफैलाई ढालेको छ । त्यस पछि ढालेको छ उनको प्रतिगामी कदमको सति जाते अवसरवादी तत्वहरूलाई । जे होस्, प्रधान मंत्री के प ीओलीको प्रतिगामी कदमले को के के हो र को कहाँ खडा छ भन्ने कुरा स्पष्ट पारेको छ । यसले नकारात्मक रुपमा भए पनि देश र जनतालाई ठूलो शिक्षा दिएको छ ।

३०–१०–२०७७

   


                                                                                                                                                                                                                                               

 

 









 


Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...