पहिले नाटक पद्यमा लेख्ने चलन थियो । शेक्सपियरले ३७ बटा नाटक लेखे । उनले पद्यमा नाटक लेखे । कालीदासले अभिज्ञान शाकुन्तलम् नाटक पद्यमा लेखेका थिए । उहिलेका ग्रिक नाटककार सोफोकिल्ज एक्सिलस ये्ुरोपिडिस आदिले पनि गद्यमा नै नाटक लेखेका थिए । सोफोक्लिजको संसारकै अत्यन्त दुखान्त नाटक भनेर चिनिने नाटक किंग इडिपस पनि पद्यमा नै लेखिएको थियो । नेपालका शेक्सपियर भनेर चिनिने बालकृष्ण समले मुकुन्द इन्दिरा भक्त प्रह्mाद आदि जस्ता नाटक पनि पद्यमा नै लेखे । गद्यमा पनि नाटक लेख्न सकिन्छ र प्रभावशाली नाटक लेख्न सकिन्छ भनेर अघि सर्ने नाटककार हुन् नर्वेका हेनरिक इब्सन ( १८२८–१९०६ ) । भनिन्छ गोपाल प्रसाद रिमालमा हेनरिक इब्सनको ठूलो प्रभाव परेको थियो । हेनरिक इब्सनको निकै चर्चित नाटक डल्स हाउस ( पुतली घर ) हो । यसले महिलालाई विद्रोहको लागि सडकमा उतारेको छ । हेनरिक इब्सनको अर्को प्रसिद्ध नाटक हो एनेमी अफ द पिपुल ं ( जनताको शत्रु ं) । यस नाटकलाई आनन्द देव भट्टले नपाली भाषामा अनुवाद गरेका थिए जसलाई प्रज्ञा प्रतिष्ठानले प्रकाशित गरेको थियो । तर यहाँ म नाट्य साहित्यको चर्चा परिचर्चा गर्न लागिरहेको छैन । त्यो मेरो उद्देश्य हुँदा पनि होइन । खासमा त मैले यहाँ चर्चा गर्न खोजेको कुरा त माननीय प्रधानमंत्री कमरेड के पी शर्मा ओलीको प्रतिगमनको सम्बन्धमा नै हो । जब मैले कमरेड के पी ओलीको प्रतिगमनको सम्बन्धमा चिन्तन मनन गर्न थाल्दछु मलाई झल्यांस हेनरिक इब्सनको जनताको शत्रु नाटकको स्मरण हुन्छ । वास्तवमा मैले यो नाटक आजभन्दा झण्डै चार दशक अघि शिलाङको स्टेट सेन्टरल लाइब्रेरीमा बसेर अध्ययन गरेको थिएँ । लाइब्ररीमा बसेर नाटक पढ्न शुरु गरे पछि म त्यो अन्त्य नभएसम्म बसेको ठाउँबाट उठ्दा पनि उठिन । मैले त्यतिबेला अंग्रेजी भाषामा पढेको एनेमी अफ द पिपुल अझ पनि मेरा मस्तिष्कमा ताजै छ । जनताका शत्रु नाटक नर्वेली भाषामा लेखिएको थियो ।
हेनरिक इब्सनको नाटक जनताको शत्रुका प्रमुख पात्र हुन् डा. स्टकमान । उनले शहरवासीलाई प्रदुषित पानी वितरण गरेर उनीहरूको स्वास्थ्यमाथि खेलबाड गरिनु हुँदैन भनेर त्यसको विरोधमा आवाज उठाउँदछन् । त्यस सम्बन्धमा उनले व्यापक समर्थन पनि प्राप्त गरेका हुन्छन् । त्यस शहरका मेयर उनकै दाई हुन्छन् । उनी ठूलो रकम खर्च गरेर जनतालाई शुद्ध पानी वितरण गर्न चाहँदेनन् । उनलाई जनस्वास्थ्यसित खासै चासो हुृँदा पनि हुँँदैन ।
यसै प्रंसंगलाई लिएर आफ्नै दाई मेयरसित उनको टक्कर हुन्छ । जन चेतना फैलाउन उनले पत्र पत्रिकामा यस सम्बन्धमा समाचार लेख आदि छपाउन खोज्दछन् । मेयरले पत्रकारहरूका मुख नै
थुनिदिन्छन् । उनका लेख समाचार कुनै पनि कुरा पत्र पत्रिकामा प्रकाशित हुन सक्दैनन् । उनले आफ्नै पैसाले आफ्ना कुरा छपाउन चाहन्छन् । प्रेस छाप्न मान्दैन । प्रेसलाई समेत मेयरले किनेका हुन्छन् । उनले हलमा सभा राखेर यस कुरालाई सार्वजनिक गर्न खोज्दछन् । हल उपलब्ध हुँदैन । हल पनि मेयरले रोक्दछन् । अन्ततःएउटी बृद्ध महिलाले उनलाई सभा राख्नलाई उनको घर कम्पाउण्ड उपलब्ध गराउँछिन् । माइकिङ गर्ने साधन पनि उनलाई प्राप्त हँदैन । उनले कागजलाई माइक जस्तो बनाएर प्रचार प्रसार गर्दछन् र बृद्ध महिलाका घर आँगनमा सभा राख्छन् । तर हुन्छ के भने मेयर कै मान्छे सभाका सभाध्यक्ष बन्दछन् । उद्घोषक बन्दछन् । उनीहरू नै डा. स्टकमानको विरुद्धमा बोल्दछन् । बल्ल बल्ल डा स्टममान बोल्न थाल्दछन् । तर जँड्याहा मान्छेले हो हल्ला गरेर उनका कुरा कसैलाई सुन्न दिंदैैनन् ।
मलाई के पी ओली जनताको शत्रुको नाटकका खलनायक पात्र हुन् जस्तो लाग्दछ । मेयर जस्ता पात्र हुन् जस्तो लागेको छ । वास्तवमा उनले सत्तामा पुगे पछि त्यही काम गरेका छन् जो हिजो डा स्टकमानका दाई मेयरले गरेका थिए ।
मैले पहिले नै लेखिसकेको छु । के पी ओली कुनै पनि आन्दोलन विद्रोह क्रान्ति वा जनयृुद्धका नेता होइनन् । माओवादीले संचालन गरेको १० बर्षे जनयुद्धको सबभन्दा बढी विरोधी यिनै के पी ओली थिए । उनले माओवादीको जनयुद्ध कहिले भनेनन् । माओवादीको जनमुक्ति सेनालाई कहिले जनमुक्ति सेनाको दर्जा दिएनन् । उनले माओवादी जनयुद्धका शहीदलाई कहिले शहीद मानेनन् । उनले कहिले बेपत्ता वा घाइते भएका माओवादीहरू तथा शहीद परिवारको कुनै वास्ता गरेनन् । कदर गरेनन् । माओवादीलाई उनले आतंकवादी भनिरहे र दुत्कारिरहे । तर उनी यतिबेला घाइते माओवादीको उपचार गरिदिने ,शहीद परिवारलाई सहयोग गर्ने , जनयुद्धमा शदादत प्राप्त गर्ने माओवादी योद्धालाई शहीदको सम्मान दिने , अयोग्य घोषित गरिएका माओवादी जनसेनाका योद्धालाई विभिन्न पदमा नियुक्ति गर्ने, अदालतमा मुद्दा परेर फरार भएका भनिएका र प्रहरीले खोजिरहेको माओवादीलाई बालुवाटारमा बोलाएर संरक्षण दिने जस्ता कुरा गरिरहेको छन् । उनी यतिबेला हिजो आफूले नै आतंकवादी घोषित गरेका एक थरि माओवादीलाई आफू्रतिर तान्न कलाहीन नाटकको प्रदर्शन गरिरहेका छन् । उनी सकभर खास गरी प्रचण्डबाट असंतुृष्ट भएका वा उनले उनीहरूमाथि खासै ध्यान पुराउएनन् भन्ने अवधारणा राखेका वा नराखेका माओवादीलाई पनि आफ्नो क्याम्पमा भर्ती गर्ने वा उनको अरिगाल वा साइबर सेनामा भर्ती गर्ने उद्र्दी समेत जारी गरिहेका छन् । अर्कोतिर उनी आफैले प्रतिवन्ध लगाएको विप्लव समूहसित पनि बार्ताको लागि ढोका खुला गरेका छन् भन्ने पनि सुनिन्छ । यद्पि उनी बिप्लवका मान्छेप्रति अत्यन्त क्रूर र बर्बर देखिन्छन् । यसरी हेर्दा एकातिर उनी झाक्रीहरूमाथि हिटलर र हिजोका एक थरि माओवादीमाथि गान्धी बन्न खोजेको जस्तो पनि देखिन्छ । उनले यतिबेला प्रचण्डबाट सतुष्ट हुन नसकेका स्वयं के पी आफैले असक्षम बताएका माओवादीहरू, शहीद तथा बेपत्ताका परिवार तथा घाइतेप्रति देखाएको उदारता गोही कै आँसु भए पनि राम्रै कुरा हुन भन्न सकिन्छ ,। आफ्ना कुरा व्यवहारमा नउतारे पनि सोंचसम्म राख्ने कमरेड के पी ओलीको जय होस् । मैले यहाँ चर्चा गरेको विशेष कुरा यो पनि होइन तर ।
मैले यहाँ खास भन्न खोजेको कुृरा के हो भने यतिबेला यो मुलुकमा आओवादी जनयुद्ध र ०६२–०६३ कट्टर विरोधी कमरेड के पी ओली नै त्यसको उबलब्धिको मालिक हुन पुगेको छन् । मालिक बन्न खोजका छन् । मालिक बन्न नचाहे पनि मालिक जस्तो भएको नाटक मंचन गरेका छन् । यतिबेला कमरेड प्रचण्ड जहाँ पुगेको र जहाँ उभिएको भए पनि १० बर्षे जनयुद्धका महानायक हुन भन्न सकिन्छ । यतिबेला मुलुकमा जे जति अग्रगामी परिवर्तन भएको छ त्यो १० बर्षे जनयुद्धको जगमा उठेको ०६२ – ०६३ जन आन्दोलनको प्रतिफल हो भन्न सकिन्छ । यतिबेला यसको बाली नाली १० बर्षे जनयुद्ध र गणतन्त्रका कट्टर विरोधी के पी ओलीले नै स्याहारेका छन् । कुरा प्रष्ट छ , शुरुमा संविधान सभा कांग्रेसको माग थियो । तर कांग्रेसले यो माग छोडिसकेको थियो । कांग्रेस २०४७ सालमा आयोगद्वारा संविधान निर्माण गर्ने कुरामा थन्किएको थियो । जनयुद्धमा लागेको माओवादीले नै जवरजस्त रुपमा संविधानसभाको माग गरेको थियो । संविधान सभा माओवादीको एजेन्डा थियो । के पी ओलीको होइन । तर यतिबेला के पी ओाली संविधानसभा उनकै माग भए जस्तो गरिरहेका छन् । २०७२ सालको संविधान आफैले कुल्चे पनि आफैले लेखे जस्तो गरेका छन् । संविधान आफूले बनाए जस्तो गरेका छन् । संघीयता, धर्म निरपेक्षता, समानुपातिक प्रतिनिधित्व , समावेशीता आदि सबै माओवादीकै एजेन्ढा हुन् । गणतन्त्र माओवादी कै एजेन्डा हो । तर यतिबेला माओवादीको दश बर्षे जनयुद्धको जगमा उठेको दोस्रो ऐतिहासिक जन आन्दोलनको उपलब्धिको बाली नाली के पी ओली नै स्याहारेका छन् । मुठीमा कब्जा गरेका छन् । बिचरा कमरेड प्रचण्ड र माधव नेपाल झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ आदि जस्ता नेता हामी यहाँ छौं भन्दै सडकमा पुगेका छन् । सत्ताको सिंहासनमा गएर के पी ओली बसेका छन् । कुरो यहाँ गर्ने मर्ने हनुमान नाम पाउने ढेढूको जस्तो हालत भएको. छ । अवस्था यहाँ खेती पाती किसानले गर्ने तर बाली नाली जमीन्दारले सोहोर्ने जस्तो भएको छ ।
कमरेड प्रचण्ड माधव नेपाल झलनाथ खनाल आदि नेतालाई आफू सडकमा गएकोमा त्यति पीर छैन होला शायद । उनीहरूको ठूलो पिर होलो आफूले लगाएको बाली नाली अरुले उठाइदिन्छ कि भन्ने भन्दा पनि बाली नाली लगाउने खेतबारी नै गडगडाउँदै उर्लेको खहरे खोलाले बगाएर लैजान्छ कि । खोलो पहिरोले स्वाहा पारिदिन्छ कि । आफू्रले जीवनभरि रगत पसिना बगाएर प्राप्त गरेको उपलब्धि नामेट पारिदिन्छ कि ? सिंहदरबारको सम्पति नारायणहिटी दरबारमा लगेर बुझाइदिन्छ कि ? यतिबेला म विश्व प्रसिद्ध नाटककार हेनरिक इब्सनलाई संझिरहेको छु । उनको नाटक जनताको शत्रुलाई संझिरहेको छु ।
६–११–२०७७
Comments
Post a Comment