Skip to main content

संसद पुराण


बखान गरिन्छ

बेलायत संसदीय लोकतन्त्रको जननी हो 

बखान गरिन्छ 

बेलायतको संसदले महिलालाई पुरष बनाउन सक्दैन 

पुरुषलाई महिला बनाउन सक्दैन 

अरु जे पनि गर्न सक्दछ 

भन्न  त संसद अरु केही होइन 

गफ गर्ने थलो हो पनि भनिन्छ

बेलायती लेखक एम फोस्टरले भनका छन्े 

समाजवादको तुलनामा उनलाई 

संसदीय लोकतन्त्र किन मन पर्दछ भने 

संसदीय लोकतन्त्रमा बोल्न पाइन्छ 

संसदीय लोकतन्त्रमा मनका कुरा खोल्न पाइन्छ 

लेनिनले भने 

संसद सुंगुरहरूकै खोर भए पनि 

कम्यृुनिष्टहरू त्यहाँ जान सक्दछन्

संसदमा गएर संसदको धज्जी उडाउन सक्दछन्  

संसदमा गएर संसदको भण्डाफोर गर्न सक्दछन्

संसदमा गएर संसदको जग नै हल्लाउन सक्दछन्

भत्काउन सक्दछन् 

क्षत विक्षत पार्न सक्दछन् 

ध्वस्त पार्न सक्दछन् 

माओले.भने 

संसद भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँ हो

तर आज कति लेनिन र माओका  असली चेला हौं भन्नेहरूले

हाम्रै मुलुकका कति कमरेडहरूले  

संसद भनको सुखी र समृद्ध देश बनाउने कारखाना हो भनेका छन्

संसद भनेको समाजवादमा पुग्ने मूल बाटो हो भनेका छन् 

हिजो नयाँ जनवादका कुरा गर्ने कति कमरेडहरूले 

हिजो माक्र्सवाद लेनिवाद माओवाद जिन्दावाद भन्ने कति कमरेडहरूले

हाहाहाकी संसदीय बाटो नै रोजका छन्

खुल्लमखुला संसदीय अभ्यासमा नै हामफालेका छन्  

संसद कै सती जाने घोषणापत्र जारी गरेका छन्  

तर पनि यो मुलुकमा 

संसद सधै अफाप सिद्ध हुँदै आएको छ 

हिजो एउटा राजाले बल्ल बल्ल जग बसालेको संसदलाई 

शिशु संसदलाई 

हावा पानी माटो नसुहाउँदो भन्दै मिचमाच गरेर फालिदिएका थिए  

तीस बर्षको कठोर  कठिन तपस्या पछि 

जन्मेको थियो बहुदलीय संसद

त्यसलाई संविधानको धारामा टेकर 

अर्का दक्षिणपन्थी राजाले अकालमा नै घाँटी निमोठर फालिदिएका थिए 

तैपनि  औषधि उपचार गरेर पुन खडा गरिएको संसदलाई पनि 

बल्ल बल्ल उठेर धूलो टक्टकाउन नपाउँदै

फेरि अर्का वामपन्थी राजाले पछाडिबाट छुरी हानेर ढलाइदिएका  थिए              

संजीवनी बुटी खुवाएर बल्ल बल्ल ब्युँताएको संसदलाई 

राम्ररी सास फर्न नपाउँदै 

ताते ताते सर्न नपाउँदै   

बामे सर्न नपाउँदै

फेरि झन् अर्का दक्षिणपन्थी राजाले जिउँदै ढलाएर आर्यघाटमा पृुराउन खोजेका थिए

सार्वभौम शक्ति सम्पन्न संसद 

पृुरुषलाई महिला र महिलालाई पुरुष बनाउन नसके पनि 

अरु जो पनि गर्न सक्ने संसद

जसले जता पल्टायो उतै पल्टिने भएको छ

जसले जता ढलायो उतै ढल्ने भएको छ   

जुन राजालाई जतिबेला सनक चल्छ उतिबेला 

पहिरिने खालि मुकुण्डो. भएको छ 

जुन राजालाई जतिबेला सनक चल्दछ उतिबेला

झ्याली खेल खेल्ने भकुण्डो भएको छ  

परस्परमा कुस्ती खेल्ने अखाडा भएको छ

मल्ल युद्धको खुला मैदान भएको छ

रणनैतिक दाउपेचको ठूलो क्रिडास्थल भएको छ

मुक्कामुक्की गर्ने रिंग भएको छ 

आखिर के भएको छैन र अभागी संसद 

माइक र कुर्सी फालाफाल गर्ने नाट्यशाला भएको छ

जल जमीन जडीबुटी जंगल बेच्ने खुला बजार भएको छ 

कल कारखाना उद्योग धन्दा तहस नहस पार्ने भष्मासुर भएको छ 

स्वतन्त्रता स्वाधीनता तथा सार्वभौम सत्ताको सौदावाजी गर्ने प्लेटफार्म भएको छ 

भ्र्रष्टचारी दुराचारी दलाल कमीसन खोर तस्कर  तथा गद्दारहरूको सुरक्षित आश्रय स्थल भएको छ 

हालै एउटा कमरेडको सनकको शिकार भएको संसद यही संसद हो 

हालै अर्का कमरेडले अदालत अथवा सकडबाट ब्युँताउन खोजेको संसद पनि यही संसद हो 

भन्न सकिन्न कसैको सनकले ढाल्न नसक्ने प्रतिवद्धता जनाउँदै लेखिएको भनिएकोृ  आजको संविधानले 

बाचा कबृुल गरेको संविधानले

संधीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले

कमामा पुगेको संसदलाई पुरनजीवन दिन सक्छ कि सक्दैन

जय संसद 

जय संसदवाद ।

८–११–२०७७


 

 



 




Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...