Skip to main content

संसद पुराण


बखान गरिन्छ

बेलायत संसदीय लोकतन्त्रको जननी हो 

बखान गरिन्छ 

बेलायतको संसदले महिलालाई पुरष बनाउन सक्दैन 

पुरुषलाई महिला बनाउन सक्दैन 

अरु जे पनि गर्न सक्दछ 

भन्न  त संसद अरु केही होइन 

गफ गर्ने थलो हो पनि भनिन्छ

बेलायती लेखक एम फोस्टरले भनका छन्े 

समाजवादको तुलनामा उनलाई 

संसदीय लोकतन्त्र किन मन पर्दछ भने 

संसदीय लोकतन्त्रमा बोल्न पाइन्छ 

संसदीय लोकतन्त्रमा मनका कुरा खोल्न पाइन्छ 

लेनिनले भने 

संसद सुंगुरहरूकै खोर भए पनि 

कम्यृुनिष्टहरू त्यहाँ जान सक्दछन्

संसदमा गएर संसदको धज्जी उडाउन सक्दछन्  

संसदमा गएर संसदको भण्डाफोर गर्न सक्दछन्

संसदमा गएर संसदको जग नै हल्लाउन सक्दछन्

भत्काउन सक्दछन् 

क्षत विक्षत पार्न सक्दछन् 

ध्वस्त पार्न सक्दछन् 

माओले.भने 

संसद भनेको खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँ हो

तर आज कति लेनिन र माओका  असली चेला हौं भन्नेहरूले

हाम्रै मुलुकका कति कमरेडहरूले  

संसद भनको सुखी र समृद्ध देश बनाउने कारखाना हो भनेका छन्

संसद भनेको समाजवादमा पुग्ने मूल बाटो हो भनेका छन् 

हिजो नयाँ जनवादका कुरा गर्ने कति कमरेडहरूले 

हिजो माक्र्सवाद लेनिवाद माओवाद जिन्दावाद भन्ने कति कमरेडहरूले

हाहाहाकी संसदीय बाटो नै रोजका छन्

खुल्लमखुला संसदीय अभ्यासमा नै हामफालेका छन्  

संसद कै सती जाने घोषणापत्र जारी गरेका छन्  

तर पनि यो मुलुकमा 

संसद सधै अफाप सिद्ध हुँदै आएको छ 

हिजो एउटा राजाले बल्ल बल्ल जग बसालेको संसदलाई 

शिशु संसदलाई 

हावा पानी माटो नसुहाउँदो भन्दै मिचमाच गरेर फालिदिएका थिए  

तीस बर्षको कठोर  कठिन तपस्या पछि 

जन्मेको थियो बहुदलीय संसद

त्यसलाई संविधानको धारामा टेकर 

अर्का दक्षिणपन्थी राजाले अकालमा नै घाँटी निमोठर फालिदिएका थिए 

तैपनि  औषधि उपचार गरेर पुन खडा गरिएको संसदलाई पनि 

बल्ल बल्ल उठेर धूलो टक्टकाउन नपाउँदै

फेरि अर्का वामपन्थी राजाले पछाडिबाट छुरी हानेर ढलाइदिएका  थिए              

संजीवनी बुटी खुवाएर बल्ल बल्ल ब्युँताएको संसदलाई 

राम्ररी सास फर्न नपाउँदै 

ताते ताते सर्न नपाउँदै   

बामे सर्न नपाउँदै

फेरि झन् अर्का दक्षिणपन्थी राजाले जिउँदै ढलाएर आर्यघाटमा पृुराउन खोजेका थिए

सार्वभौम शक्ति सम्पन्न संसद 

पृुरुषलाई महिला र महिलालाई पुरुष बनाउन नसके पनि 

अरु जो पनि गर्न सक्ने संसद

जसले जता पल्टायो उतै पल्टिने भएको छ

जसले जता ढलायो उतै ढल्ने भएको छ   

जुन राजालाई जतिबेला सनक चल्छ उतिबेला 

पहिरिने खालि मुकुण्डो. भएको छ 

जुन राजालाई जतिबेला सनक चल्दछ उतिबेला

झ्याली खेल खेल्ने भकुण्डो भएको छ  

परस्परमा कुस्ती खेल्ने अखाडा भएको छ

मल्ल युद्धको खुला मैदान भएको छ

रणनैतिक दाउपेचको ठूलो क्रिडास्थल भएको छ

मुक्कामुक्की गर्ने रिंग भएको छ 

आखिर के भएको छैन र अभागी संसद 

माइक र कुर्सी फालाफाल गर्ने नाट्यशाला भएको छ

जल जमीन जडीबुटी जंगल बेच्ने खुला बजार भएको छ 

कल कारखाना उद्योग धन्दा तहस नहस पार्ने भष्मासुर भएको छ 

स्वतन्त्रता स्वाधीनता तथा सार्वभौम सत्ताको सौदावाजी गर्ने प्लेटफार्म भएको छ 

भ्र्रष्टचारी दुराचारी दलाल कमीसन खोर तस्कर  तथा गद्दारहरूको सुरक्षित आश्रय स्थल भएको छ 

हालै एउटा कमरेडको सनकको शिकार भएको संसद यही संसद हो 

हालै अर्का कमरेडले अदालत अथवा सकडबाट ब्युँताउन खोजेको संसद पनि यही संसद हो 

भन्न सकिन्न कसैको सनकले ढाल्न नसक्ने प्रतिवद्धता जनाउँदै लेखिएको भनिएकोृ  आजको संविधानले 

बाचा कबृुल गरेको संविधानले

संधीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले

कमामा पुगेको संसदलाई पुरनजीवन दिन सक्छ कि सक्दैन

जय संसद 

जय संसदवाद ।

८–११–२०७७


 

 



 




Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...