Skip to main content

Posts

Showing posts from April, 2021

पुस्तक प्रेम यात्रा ( १ )

   पुस्तक प्रेम यात्रा ( १ )  मेरा  बुबा रविलाल साहनीका पालामा नेपालमा स्कूल कलेज स्थापित भएका भए पनि हाम्रो गल्कोट राज्य वा खोलामा कुनै स्कूल स्थापित भएको थिएन ।  जब कि मेरो बुबा लक्ष्मी प्रसाद देवकोटाको जमानाका व्यक्ति हुुनुहुन्थ्यो । फेरि पनि मेरा बुबाले ऐन श्रेष्टा, धार्मिक पुस्तक तथा तिलस्मी कथा कहानीमा रुचि राख्नु हुँदोरहेछ भन्ने कुरा कति मेरै अनुभव र कति आमाका कुराबाट थाहा पाएको हुँ । फेरि कति कुरा उहाँले बाकसमा थन्काएर राखेका पुस्तकका पाना पल्टाएर चाल पाएको हुृँ । उसरी मेरा बुबाले मलाई पढाउन थाले पछि गल्कोटमा खास गरी हरिचोरमा मिडिल स्कूल स्थापित भैसकेको अवस्था थियो । त्यस मिडिल स्कूलको नाम थियो भरथ चैतन्य मिडिल स्कूल ।  बुबा गाउँको मुखिया भएको कारणले पनि गाउँ घरमा आवश्यक पर्ने काजग पत्र तमसुक राजीनाम रसीद आदि लेख्ने गर्नुहुन्थ्यो । बुबाले लेखेका कतिपय कागजपत्र अभैm पनि मसित सुरक्षित नै छन् ।  आफूले आफ्नै प्रयासले सामान्य लेख पढ गर्न जानेको हुनाले पनि होला बुबा मलाई लेख पढ गराउन निकै प्रयास गर्नृुहुन्थ्यो । बटौलीमा दोकानको लागि मालसमान चलाउन जाँदा साथमा ठूलो बर्णमाला बोकेर आउनु

एमसीसी एमसीसी एमसीसी

  जब कसैले कसैलाई दान दिन चाहन्छ उसले कसैलाई पनि मैले दिएको त्यो दान तैंले जसरी भए पनि लिनु पर्दछ भन्दै जबरजस्ती गर्दैन । त्यसरी नै  जब कसैले कुनै देशको विकासको लागि अनुृदान दिन्छ उसले तैंले मेरो अनुदान  लिनै पर्दछ भनेर जोर बल लगाउँदैन ।  तर एमसीसीको सन्दर्भमा यस्तो कुरा देखिएको छैन । नेपालमा एससीसी  दान अनुदान वा लगानी गर्ने भन्ने अमेरिकाले नेपालमाथि यो स्वीकार गर्नै पर्दछ भनेर दबाब दिइरहेको छ । अझ यो एससीसीलाई नेपालले संसदबाट पास गराएर लिन पर्दछ भन्दै दबाब दिइरहेको छ । संसदबाट पास गराउन धम्कीको भाषा बोलिरहेको छ । अर्कोतिर सरकार पनि त्यसलाई कुनै दुलहीलाई जस्तै बाजा बजाएर ढोल पिटेर अन्मनाएर भित्राउन  वा कुनै बलिको बोकालाई जस्तै जल छरी मन्साएर छप्काउन तयार भए जस्तै  संसदबाट नै पास गराउन मरिहत्ते गरिरहेको छ । यसको लागि नेपाली कांग्रेसकाट शेरबहादुर देउवा एमसीसीलाई संसदबाट पास गराउन दाम्लो छिनालेर लागेको देखिन्छ भने अर्कोतिर एमालेबाट सरकारका पुगेका केपी ओली यसलाई संसदबाट पास गराउन मरिहत्ते गरिरहेका छन् । किन ? जानकारहरू भनिरहेका छन् शेरबहादुर देउवा र के पी ओलीले संंसदबाट एमसीसी पास गराउन अ

नेत्र पंथीको चीन भ्रमणमा भ्रमण गर्दा

   राहुल सांकृतायन एकजना घुमक्कड विद्धान व्यक्ति हुन् । उनले घुमक्कड शास्त्रमा यात्रा साहित्यको निकै धेरै चर्चा गरेका छन् । त्यसको महत्व बारे प्रकाश पारेका छन् । यात्रा साहित्यको महत्व बारे बोल्दै उनले भनेका छन् – मेरी समझ में दुनिया की सर्वश्रेष्ठ बस्तु है घुमक्कडी । घुमक्कड से बढकर व्यक्ति और समाज का कोई हितकारी नहीं हो सकता । आदिमकालमा मान्छेको घुमक्कड प्रबृत्तिप्रति प्रकाश पार्दै उनी भन्दछन् – प्राकृतिक आदिम मनुष्य परम घुमक्कड था ।  खेती बागबानी घर–द्वार से मुक्त वह आकाश  की पक्षियों की भाँति पृथ्वी पर विचरण करता था । यात्रा र पुस्तक अध्ययनको भिन्नता देखाउँदै राहुल भन्दछन् – मंैं मानता हूँ,  पुस्तक भी कुछ कुछ घुमक्कडी का रस पैदा करती है,लेकिन जिस तरह फोटो देखकर आप हिमालय के देबदार के बनों और श्वेत हिम मुकुटित शिखरों के सौन्दर्य , उनके रुप, उनके गन्धका अनुभव नहीै कर सकते, उसी तरह यात्रा कथाओं से आपको उस बूँद से भेट नहीं हो सकती, जो कि एक घुमक्कड को प्राप्त होता है । घुमक्कडीलाई सर्वश्रेष्ठ विभूतिको रुपमा परिभाषित गर्दै यसको मानव समाजमा अन्तर्निहित भूमिकाका सम्बन्धमा बोल्दै राहुल अगा

सेटिङ सेटिङ सेटिङ

  आजभोलि नेपालको राजनीतिमा सेटिङको निकै ठूलो चर्चा छ । सेटिङको निकै ठूलो बोलाबाला छ । व्यापार छ । कारोबार छ । खेल छ । विद्यायलमा सेटिङ  । न्यायालयमा सेटिङ । कार्यालयमा सेटिङ । संसदमा सेटिङ । सरकारमा सेटिङ । पक्कै हो यस सेटिङले पत्रकारिता जगतमा पनि प्रभाव जमाएको छ । यतिबेला पत्रकारहरू  सेटिङमा लामबद्य भएर लागेको अवस्था छ । बुटबल टु डेको २१ चैत्र २०७७ को यही साल मरिन्छ क्यारे ओइलिगयो डाँडैको पिपलु लेख हेरे पछि झल्यांस मलाई आशा पत्रिकामा प्रकाशित चिठीको स्मरण भयो । त्यो चिठीको शीर्षक थियो– तीन पत्र । यो तीन पत्र मराठी कथामा आधरित थियो । लेखकले यस पत्रको लागि कुमुदिनी परिवारप्रति आभार प्रकट गरेका थिए । तीन पत्र लेखेका थिए कालिङपोङका लेखक कवि नरबहादुर दाहालले । यो प्रकाशित भएको थियो शिलाङबाट आशा पत्रिकामा  १९६४ मा  । यसलाई प्रकाशित गरेको थियो नेपाली साहित्यकार सम्पर्क समितिले । यो सम्पर्क समिति भवानी भिक्षुको विशेष अग्रसरतामा शिलाङमा १९६४ मा स्थापित भएको थियो । आशा पत्रिकाका प्रधान सम्पादक थिए प्रा गोपीनारायण प्रधान । यसमा माया ठकुरीको बौलाही कविता प्रकाशित भएको थियो । आशामा प्रकाशित नरबहाद