Skip to main content

पुस्तक प्रेम यात्रा ( १ )

 

 पुस्तक प्रेम यात्रा ( १ ) 

मेरा  बुबा रविलाल साहनीका पालामा नेपालमा स्कूल कलेज स्थापित भएका भए पनि हाम्रो गल्कोट राज्य वा खोलामा कुनै स्कूल स्थापित भएको थिएन ।  जब कि मेरो बुबा लक्ष्मी प्रसाद देवकोटाको जमानाका व्यक्ति हुुनुहुन्थ्यो । फेरि पनि मेरा बुबाले ऐन श्रेष्टा, धार्मिक पुस्तक तथा तिलस्मी कथा कहानीमा रुचि राख्नु हुँदोरहेछ भन्ने कुरा कति मेरै अनुभव र कति आमाका कुराबाट थाहा पाएको हुँ । फेरि कति कुरा उहाँले बाकसमा थन्काएर राखेका पुस्तकका पाना पल्टाएर चाल पाएको हुृँ । उसरी मेरा बुबाले मलाई पढाउन थाले पछि गल्कोटमा खास गरी हरिचोरमा मिडिल स्कूल स्थापित भैसकेको अवस्था थियो । त्यस मिडिल स्कूलको नाम थियो भरथ चैतन्य मिडिल स्कूल । 

बुबा गाउँको मुखिया भएको कारणले पनि गाउँ घरमा आवश्यक पर्ने काजग पत्र तमसुक राजीनाम रसीद आदि लेख्ने गर्नुहुन्थ्यो । बुबाले लेखेका कतिपय कागजपत्र अभैm पनि मसित सुरक्षित नै छन् ।  आफूले आफ्नै प्रयासले सामान्य लेख पढ गर्न जानेको हुनाले पनि होला बुबा मलाई लेख पढ गराउन निकै प्रयास गर्नृुहुन्थ्यो । बटौलीमा दोकानको लागि मालसमान चलाउन जाँदा साथमा ठूलो बर्णमाला बोकेर आउनु हुन्थ्यो । सानो छँदा मैले पढ्न पटक्कै नमाने पनि बुृबाले मलाई ठूलो बर्षमालाबाट कखरा बाह्रखरी पिटी पिटी भए पनि रट्न लगाउनृु हुन्थ्यो । पढाउनृुहुन्थ्यो । जबरजस्ती पढ्न सिकाउनृु हृुन्थ्यो । बाबा आमा पढ्न सक्ने बनाउनृु हुन्थ्यो पनि । पढाउँदा मलाई भन्नु हुन्थ्यो– तँ मैले यसरी पढाउँदा पनि पढ्न खोज्दैनस् ।  मैले लेखपढ गर्न त गोठमा रहँदा  रुखका ठूटामा लेखेर  सिकेको हुँ ।  म अहिले सोच्दछु त्यतिबेला बुबाको लागि रुखको टुटो नै पुस्तक वा स्लेट पाटी भएको रहेछ ।

बुबाले के कति वा के कस्ता पुस्तक पढ्ने गर्नुहुन्थ्यो त्यसको सम्पूर्ण ज्ञान त मलाई हुृन सकेन । तथापि उहाँले धार्मिक पुस्तक पढ्नुहुन्थ्यो भन्ने कुरा मैले दोकानमा छँदा रामायणा हो वा कृष्ण चरित्र बेला बखमा लय हालेर बाचन गरेको सुनेको हुनाले चाल पाएको हुृँ । पछि मैले घरमा थोत्रो कृष्ण चरित्रको पृुस्तक भेटेकाले त्यही पुस्तक पढेनुहुन्थ्यो होला भन्ने अडकल काट्न सकिन्छ ।

आमा तुलसी साहनीले मलाई भन्नुहुन्थ्यो – तेरा बुबाले बिर्सिका पढ्नु भएको थियो ।  त्यो पुस्तक बाँसखोलाका एकजना ठकुरीले मागेर लगेका हुन् । आमाले बिर्सिका भनेको पुस्तक वास्तवमा बीर सिक्का रहेछ । यो पुस्तक मैले कैयौ फुटपाथका पुस्तक पसलमा पनि देख्ने गरेको थिएँ । हाल आएर मैले बुटबलको हिमालय पुस्तक पसलबाट बीर सिक्का किनेको छु । तिलस्मी कथाको पुस्तक रहेछ यो । रोचक र ज्ञानबद्र्धक पनि । 

बामियाका काजी मल्ल ठकुरी गल्कोटे राजा भरतबम मल्लको अदालतमा डिट्ठा बिचारी थिए । एकपल्ट उनले बुबालाई  कुनै एउटा जटिल मृुद्दा मिलाइदिन भनेछन् । बुबाले त्यो मुद्दा मिलाइदिइसकेपछि उनले बुबालाई बक्सिस दिन चाहँछन् र भनेछन् – म तिमीलाई ओभरकोट वा मुलुकी ऐन बक्सिस दिन्छु । कुनै एउटा रोज । बुबाले मुलुकी एन रोज्नु भएछ । राणाकालको पहाडी कागजमा  छापिएको मुलुकी ऐन  बुबाको बाकसमा धेरै बर्षसम्म रहिरहेको थियो । तर पछि कान्छा बुबाका छोरा माइला दाईले लेख पढ गर्न जाने पछि हाम्रो आँटीमा बाकसमा राखेको मुलुकी ऐन निकालेर कुनि कहाँ बेपत्ता पारिदिन पुगे त्यसको अत्तोपत्तो हुन सकेन । आमा पवित्रा साहनीले भन्नु भएको थियो – माइलाले बाकस खोतल खातल पारेर पुस्तक लगेको हो कुनि कहाँ पुृरायो । 

बुृबाको मृत्यु पछि आमा तुलसीले तैले लख पढ गर्न जानिनस् भने दोकानको बहीखाता कसले हेर्ने ? बासकमा भएका पुस्तक र कागजपत्र कसले पढ्ने ? पछि उमेर पुगे पछि तँ मुखिया होलास्  । तिरो बुझेको रसीद काटेर दिनु पर्ला । बल्ल त्यतिबेला पढ्नृु पर्दोरहेछ भन्ने चेत पनि आयो मेरो मनमा । फेरि पढेने रुचि पनि बढ्यो मेरो मनमा । आमा तुलसीले मलाई हरिचौर ( दरम ) को भरथ चैतन्य मिडिल स्कूलमा भर्ना गरिदिनु भएको थियो ।

स्कूल हिंडेर अलि अलि लेख पढ गर्न जाने पछि मेरो मनमा केही न केही कुरा पढ्ने भोक जाग्यो । त्यति बेला बुबाले पुस्तक   थुपारेर राखेका बाकस मेरो लागि ठूलो पुस्तकालय बन्यो । म माथि हुलुवा साहनी डाँडाको घरको आँटीमा जान्थे. र बुबाले बाकसमा थृुपारेर राखेका पुस्तक निकालेर पढे्न थाल्दथें । सानामा म शास्त्र ( लोक कथा ) सुन्नमा अत्यन्त रुचि लिन्थें । सुत्नेबेलामा आमा पवित्राले हामीलाई शास्त्र सुनाउनुहुन्थ्यो । आमासित स्टकका स्टक शास्त्र हुन सक्ने कुृरा भएन । यसैले उहाँले एउटै लोककथालाई पनि पटक पटक दोहोराउनुहुन्थ्यो ।  बेला बखतमा हाम्रा घरमा सानिमाहरू बस्न आउनृुहुन्थ्यो । सुत्नेबेलामा म सानीमाहरूलाई पनि शास्त्र हाल्न (  लोक कथा सुनाउन ) लगाउँथे । कुरा के भने मेरो सानैदेखि कथामा रुचि थियो । रुचि जन्मियो ।

म स्कूल पढ्न जानेबेलामा गल्कोटमा कुनै पुस्तक पसल थिएन । हामीले स्कूलमा पढ्ने पाठ्य पुस्तक चित्र प्रसाद गौचनको कपडा पसलमा उपलब्ध हुन्थे । उपलब्ध गराइन्थ्यो । त्यतिबेला  हामीले पाठ्य पुस्तक किन्ने पुस्तक पसल भनेको हटियाको चित्रप्रसाद गौचनको कपडा पसल हुन गएको थियो  ।

स्कूलका पाठ्य पुस्तकले मात्र मेरो पढ्ने प्यास मिटिने सक्ने कुरा भएन । यसैले पनि होला म बुबाले बाकसमा राखेको पुस्तक पल्टाएर हेर्ने गर्दथेंं । त्यहाँ भएको एउटा पुस्तकको नाम हो मधुमालतीको कथा । यो उपन्यास जस्तो थियो । यो तिलस्मी कथा नै हो । यो पुस्तक पढेर मेरो कथा सुन्ने (  शास्त्र सुन्ने ) प्यास मेटिन सक्ने भयो । म बडो रुचि र उत्सुकतापूर्वक मधुमालतीको कथा पढ्न थालें आँटीमा बसेर । मलाई समय बितेको थाहा नै हुँदैनथ्यो । 

हाम्रो तीन कक्षाको पाठ्य पुस्तकमा एउटा कथा संंग्रह राखिएको थियो ।  त्यस पुस्तकको नाम थियो इसपका नीति कथा । तर त्यस कथा संग्रहलाई मैले पछिसम्म इसपनितीका कथाको  रुपमा बुझिरहेको वा संझिरहेको थिएँ ।  पछि मैले अंग्रेजीमा अध्ययन गर्दा  र अंग्रेजीमा अध्यापन गर्दा ग्रिक साहित्यको पनि अध्ययन र अध्यापन गर्नु पर्ने भयो । मैले कक्षा तीनमा पढेको कथा संग्रह प्राचीन ग्रिकका कथाकार एसप ( ६२०–५६४ ई पूं ) का कथा पो रहेछन् । उनका कथालाई फेबल्स भन्दछन । फेबल्स नीति कथा हुन् । यिनी छोटा हुन्छन् । प्राय जसो फेबल्समा  पशु पक्षी नै पात्र  पात्रा हुृन्छन् । कथकारले पशु पक्षीलाई कथाका नायक नायिका वा खलनायक बनाएर मानिसलाई नैतिक शिक्षा दिने उदेश्य राख्दछन् । मैले पढ्ने नीति कथामा आमा तुलसीले पनि निकै रुचि लिनु हुन्थ्यो । मलाई जोर जोरले पढ्न भन्नुहुन्थ्यो । उहाँले ध्यानपूर्वक नीति कथा सुनेर मलाई त्यसबाट शिक्षा लिनृु पर्दछ भन्नुहुन्थ्यो । मेरो मन भने नीति कथा पढेर त्यसबाट शिक्षा लिनेभन्दा पनि कथा पढेर आफ्नो कथाप्रतिको प्यास मेटाउने हुन जान्थ्यो ।

म सानैदेखि पुस्तक प्रेमी बनेको थिएँ । मलाई स्कूलका सचित्र राम्रो कागजमा छापिएका पुूस्तक बल्टाई पल्टाई हेर्न खुब मन पर्दथ्यो । मेरा स्कूलका पुस्तक कहिले पनि पुराना हुने थिएनन् । जहिले पनि नयाँ । आमाले हाम्रो दोकानमा सिगरेट पनि बेच्ने गर्नुहुन्थ्यो । त्यतिबेला बैट मार सिगरेट चालू थिए । लालटिनमार सिगरेट चालू थिए । सिगरेट बेचेर सकिएका पेटीको बाक्लो कागजलाई मैले पुस्तकको खोल बनाउने काममा प्रयोग गर्दथें । मैले तीन कक्षामा पढेका कतिपय पुस्तक अझै पनि दोकानमा बाकसमा बन्द गरेर राखेको थिएँ  । तर केही बर्ष अघि गाउँका विद्यार्थीले मेरो बाकस खोलेर पुस्तक तितर बितर पारिदिएछन् । केहीलाई मैले सोधी खोजी बटुलबाटुल गरेर  फरि बाकसमा थन्काएको थिएँ । अहिले ती सब सुृरक्षित छन् छैनन् भन्न सक्दिनं  । कसैले केही पुस्तक निकालेर हिनाबिना पारिदिएका पनि हुन सक्दछन् । तर म आत्माविश्वासकोे साथमा के भन्न सक्दछु भने मैले कक्षा तीनमा त्यतिबेला पढेका केही पुस्तक अहिले पनि सुरक्षित नै होलान् । ती सुरक्षित किताबमा त्यतिबेला दोकानमा बिक्री गर्ने सिगरेटका पेटीका कभर पनि जस्ताको तस्तै  होलान् ।्

मलाई कसैले पुस्तकलाई प्रेम गर्न र संग्रह गरेर राख्न सिकाएन । तर पनि कुनि कसरी ममा त्यस किसिमको रुचि तथा बानी बस्यो । 

१०–१–२०७८

२३–४–२०२१


Comments

  1. ती बाकसका किताब जस्तै यी ब्लगका लेखन पनि सधै सुरक्षित नहुन सक्छन् । त्यसैले अनलाइनका यी पुस्तकलाइ कुनै ब्याकअप (हार्ड डिस्क वा पेन ड्राइभ)मा पनि राख्ने गर्नुहोला है सर । कहिले कम्प्यूटर क्र्यास भएर त कहिले ब्लग कम्पनीहरू बन्द भएर नासिन पनि सक्छन् ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास