Skip to main content

सेटिङ सेटिङ सेटिङ

 

आजभोलि नेपालको राजनीतिमा सेटिङको निकै ठूलो चर्चा छ । सेटिङको निकै ठूलो बोलाबाला छ । व्यापार छ । कारोबार छ । खेल छ । विद्यायलमा सेटिङ  । न्यायालयमा सेटिङ । कार्यालयमा सेटिङ । संसदमा सेटिङ । सरकारमा सेटिङ । पक्कै हो यस सेटिङले पत्रकारिता जगतमा पनि प्रभाव जमाएको छ । यतिबेला पत्रकारहरू  सेटिङमा लामबद्य भएर लागेको अवस्था छ ।

बुटबल टु डेको २१ चैत्र २०७७ को यही साल मरिन्छ क्यारे ओइलिगयो डाँडैको पिपलु लेख हेरे पछि झल्यांस मलाई आशा पत्रिकामा प्रकाशित चिठीको स्मरण भयो । त्यो चिठीको शीर्षक थियो– तीन पत्र । यो तीन पत्र मराठी कथामा आधरित थियो । लेखकले यस पत्रको लागि कुमुदिनी परिवारप्रति आभार प्रकट गरेका थिए । तीन पत्र लेखेका थिए कालिङपोङका लेखक कवि नरबहादुर दाहालले । यो प्रकाशित भएको थियो शिलाङबाट आशा पत्रिकामा  १९६४ मा  । यसलाई प्रकाशित गरेको थियो नेपाली साहित्यकार सम्पर्क समितिले । यो सम्पर्क समिति भवानी भिक्षुको विशेष अग्रसरतामा शिलाङमा १९६४ मा स्थापित भएको थियो । आशा पत्रिकाका प्रधान सम्पादक थिए प्रा गोपीनारायण प्रधान । यसमा माया ठकुरीको बौलाही कविता प्रकाशित भएको थियो ।

आशामा प्रकाशित नरबहादुर दाहालको तीन पत्र यस्तो थियो–

                              १

                                     न्यु मार्केट कालिङपोेङ

                                     २५–४–६२  (  ६४  ? )

माननीय सुपरिन्टेण्डेण्ट साहव,

आज अचानक स्वास्थ खराब भएको हुनाले काममा उपस्थित हुन असमर्थ भएँ । थकाइ र कमजोरीको कारणले शरीर  भारी भइरहेको छ । डाक्टरले तीन दिनसम्म विश्राम लिने सल्लाह दिनु भएको छ ।  यस कारण मलाई तीन दिनको आकस्मिक छुट्टी दिने काम गर्नु होला । 

                                      तपाइंको विश्वासी,

                                     नीलम प्रकाश थापा

                    २

                                  न्यु मार्केट कालिङपोेङ

                                     २५–४–६४

माई डियर जीवन,

सुपरिन्टेण्डेण्ट  साहेबलाई शरीर अस्वस्थ भएको बहाना देखाएर तीन दिनको आकस्मिक छुट्टी लिएको छु । आज मीनासंग पिक्चर जाने प्रोग्राम छ । फुर्सद भएछ भने भोलि विहानै मेरो घरमा आइज न । डेलोतिर पिकनिक जाने प्रोगा्रम बनाउँला ।  मिना तँ र म मात्र । खाना पकाएर लैजाउँला ।  हुन त आज अफिसमा कामको चेपारो छ । मेरो छुट्टीको दर्खास्त पढेर निश्चय सुपरिन्टेण्डेण्ट साहव रिसले आगो  भए होलान् ।

भोलि निश्चय आइज लौ । पिक्निकबाट फर्केर भ्याइएछ भने सिनेमा पनि जाउँला । थाहा छ ? सिनेमा जब प्यार किसी से होता है हुँदै छ कंचनमा ।

                                       तेरो माया गर्ने साथी

                                       नीलम 

                           ३

                                    दुर्पिन डाँडा,कालिङपोङ

                                    २५–४–६४

अरे निरु,

तेरो पत्र त पाएँ – लिफा खोलेर पढ्ने बित्तिकै आश्चर्यको सीमा रहेन । अरे पगला, तैैले कसलाई लेखेके पत्र मलाई पठाइस् ?  तैले सुपरिन्टेण्डेण्ट  साहेबलाई छुट्टीको लागि लेखेको दरखास्त पो यो लिफामा छ त ............। कहीं तैले मलाई लेखेको पत्र सुपरिन्टेण्डेण्ट  साहबलाई लेखेको लिफापामा हालेर त पठाइनस् ?  भन्नु उसो होइन, तंँ त साह्रै केयरलेस छस् है ।  त्यो मलाई लेखेको चिठीमा कतै लेख्नै नलेख्ने जम्मै कुराहरू  त लेखेको थिइनस् होला नि नत्र त्यो. सब पढेर साहव रिसले आगो हुने छन् । मिना  र तेरो कस्तो चल्दै छ त ?

                                    पत्रोत्तरको प्रतीक्षामा

                                          जीवन

उपसंहार ः पाठकहरू हो  ।अब तपाइंहरूलाई थाहा भयो ?  मेरो नोकरी किन गयो भनेर ? के तपाइंको जानकारीमा कते भ्याकन्सी छ ?

शिलाङबाट प्रकाशित यो सामाग्री मैले नयाँ राबरघारी लोकरा आसाममा छँदा पढेको थिएँ । विद्यार्थी कालमा पढेको थिएँ ।

बुटबल टुडेमा  लेखक अर्जुन ज्ञवालीको नाम र फोटो तथा बेनीको बजार जता माया उतै छ नजर गीतका लेखक टिकाबहादुर श्रेष्ठको फोटो राखिएर छापिएको लेखको शीर्षक पंण्डित बाबुराम भट्टराईको लेखको हो । यो शीर्षक पण्डित बाबुराम भट्टराईले २ं०४० तिर स्यांञ्जाको बाटो हुँदै हिंड्दा कुनै बेला कुनै महिलाले गाएको गीत हो । यही गीतको शीर्षक राखेर पण्डित बाबुराम भट्टराईले दैनिक पत्रमा   एउटा लेख लेखेर छपाएका थिए । यही गीतको शीर्षकमा मैले विगतमा बुटबल टुडेमा पनि लेख लेखिसकेको छु । प्रकाशित गरिसकेको छु ।  यस गीतले मलार्ई गल्कोटको हुलुवा साहनी डाँडामा बृुवाहरूले लगाएको पीपल डाँडाको पीपलको रुखमा पुराएको थियो । त्यतिबेला म यस्तै ६–७ बर्षको थिएँ । पीपलको रुख छेउमा उभिएर बुबाले कसैसित कुरा गरेको मैले सुनेको कुृरा थियो – पीपलको पात खिएर सियो जत्रो भए पछि मान्छेको सृष्टि सकिन्छ । त्यस दिनदेखि मलाई खिइदै गएको पीपलको पातले मानव सृष्टि छोटाउँदै लगेको जस्तो अनुभूति हुन थालेको थियो । स्याँञ्जाकी युबतीले गाएको गीतले पण्डित बाबुराम भट्टराईलाई के अर्थमा छोयो कुनि मलाई थाहा छैन । तर मलाई बुबाले म सानोमा छँदा भनेका कृुरासम्म पुरायो । गल्कोट हुलुवा साहनी डाँडाको पीपल डाँडाको पीपलको रुखसम्म पुरायो । बुबाले बताएको र स्याँञ्जाकी युवतीले गाएको गीतमा अन्तरसम्बन्ध भएको जस्तो लाग्यो । 

विषय वा प्रसंगले अर्को अर्थ नलागे म यहाँ यो कुरा पनि उल्लेख गर्न चाहन्छु । यस्तै दुई बर्ष अघि हामी कूलपूजामा गल्कोट हुलुवा साहनी डाँडामा गएको बेलामा हाम्रो गाडी यही पिपल डाँडामा पार्किङ गरिएको थियो । पहिलोपल्ट गल्कोट पुगेका  छोरीहरूलाई हजुरबुबाले लगाएको पीपल भनेपछि उनीहरूले त्यस रुखको आडमा उभिएर फोटो खिचेका थिए ।  पीपलको पात टिपेर बुटबल ल्याएका थिए । अहिले पनि त्यो पात किताबको बीचमा राखेका छन् ।

हो, पछि मैले यही गीतको शीर्षकमा एउटा लेख लेख्ने बिचार बनाएको हुँ ।  तर त्यतिबेला मैले स्याँञ्जाकी युवतीले  गाएको र पण्डित बाबुराम भट्टराईले त्यस गीतलाई शिर्षक बनाई लेखेका शब्द विेर्सें । मैले यस सम्बन्धमा अर्जुन ज्ञबालीलाई फोन गर्दै उनले त्यो गीतलाई राम्ररी संझेका छन् कि भनेर प्रश्न गरेको थिएँ । उनले गीतलाई सही रुपमा त संझिन सकेनन् । तर शब्द यिनै हुन् कि भनेर तीन थरिका संभाव्य शब्दवाबली एसएमएस गरेर पठाइदिएका थिए । मलाई जुन शब्दाबली स्याँञ्जाकी युवतीले गाएको वा पण्डित बाबृुराम भट्टराईले सुनेर लेखेको जस्तो लाग्यो त्यसलाई नै छनोट गरेर मेरो लेख तयार पारेर छपाएको थिएँ ।  मैले सोंचेको थिएँ यस गीत सम्बन्धी कुरा यति मै सकियो । तर म भ्रममा रहेछु भन्ने कुरा अहिले आएर बुझ्दै छु ।

कुरा केही महिना अघिको हो । मलाई फोन गरेर पत्रकार बसन्त पोखरेलले नयाँगाउँतिर आएर बेनी बजार गीतका लेखक टिकाबहादुर  श्रेष्ठलाई भेट्न र उनीबारे लेख्न आग्रह गरेका थिए । तर  मैले त्यस सम्बन्धमा बिचार बनाउँदा बनाउँदै श्रेष्ठको दुखद मृत्यु भएको कुरा समाचारमा आयो ।  उनकै बारेमा बुटबल टुडेको लागि एउटा लेख लेख्न पत्रकार बसन्त पोखरेलले अर्जुन ज्ञवालीलाई आग्रह गरेका रहेछन् । यो कुरा मैले अर्जुन ज्ञवालीबाट थाहा पाएँ ।

केही दिन अघि अर्जुन ज्ञवालीले मलाई  कार्यालयमा फोन गर्दै  बसन्त पोखरेलको आग्रहमा बुटबल टुडेमा बेनी बजार जता माया उतै छ नजरका रचनाकार टिकाबहादुर श्रेष्ठको बारेमा लेख्न  डाँडैको पिपलुको प्रसंग कोट्ट्याँउँदै  मैले स्याँञ्जाकी युवतीले डाँडैको पीपलुको सम्बन्धमा गाएको गीतको यथार्थ शब्द बताउन भने । वास्तवमा मैले वास्तविक शब्द संझिन नसकेर स्वयं अर्जृुन ज्ञवालीको जानकारीको सहयोग लिएको थिएँ ।  उनले मलाई जानकारी दिएका संभाव्य शब्दावली मेरो मोबाइलबाट डिलिट भैसकेका थिए ।  यसैले मेले उनलाई भने म यतिबेला अफिसमा भएको हुनाले गीतका सही शब्दावली बताउन असमर्थ छु ।, म घरमा गएर कम्युटरबाट मेरो लेख सर्च गरेर त्यस गीतका शब्दाबली के थिएँ थाहा गरेर बताइदिउँला ।  म घरमा आउनासाथ अर्जुन ज्ञवालीले फोन गरेर गीतका सही शब्दाबली बारेमा जानकारी लिन खोजे । तर त्यतिबेलासम्म मैले कम्युटर अन गरेर  लेख सर्च गरिसकेको थिइनं । उनलाई मैले  तुरुन्त सर्च  गरेर बताउने कुरा जनाएँ ।

एकछिनको प्रयास पछि मैले त्यस गीतलाई शीर्षक बनाई लेखेको लेख भेटे.र अर्जुन ज्ञवालीलाई फोन गरेर बताइदिएँ । अर्जुन ज्ञवालीले मलाई भनेका थिए उनले त्यो लेखमा मसितको प्रसंग पनि समावेश गरेर लेख लेख्ने छन् बेनीको बजारका सर्जकका सम्बन्धमा । ्

अर्जुन ज्ञवालीको उक्त लेख कहिले बुटबल टुडेमा आउँछ भनेर  मैले त्यस दिनदेखि दिन दिनै उत्सुकतापूर्वक पत्रिकामा आँखा लगाउन थालेको थिएँ ।

यसैबीचमा मैले ज्ञानुलाई भनेको थिएँ बसन्त पोखरेलले बेनीको बजार गीतका सर्जकलाई भेट्न भन्दा भन्दै उनको मृत्यु पनि भैसकेछ ।  उनलाई भेट्न पाइएन । उनले मलाई स्मरण गराउँदै भनिन्–  हामीले उनलाई ज्ञानज्योति पुस्तकालयमा भेटेका र उनले गीत गाएको पनि सुनेका थियौै ? उनले यति भने पछि मैले उनलाई भेटेको र  उनले गीत गाएको कुरा पनि स्मरण गरें । तर पनि त्यस सम्बन्धमा म गंभीर भएको रहेनछु ।  त्यस प्रसंगमा वा सन्दर्भलाई एक प्रकारले बिसिसकेको रहेछु । त्यो कुरा मेरो दिमागबाट डिलिट भैकेको रहेछ । कुरा त्यति मात्र होइन मैले यो लेख लेखेर पूरा नगर्दै बसन्त पोखरेललाई बताएको थिएँ मैल उनलाई एकपल्ट ज्ञान ज्योति पुस्तकालयमा सुख्खानगरमा नै भेटेको रहेछु । यसको प्रतिक्रिया स्वरुप बसन्त पोखरेलले  मलाई के कुरा  स्मरण  गराउँदै भने भने मैले टिकाबहादुर श्रेष्ठलार्ई अर्को  ठाउँमा पनि  भेटेको थिएँ । त्यो ठाउँ रहेछ बुटबल नगरपालिका । केही दशक पहिले नगरपालिकामा तीज गीत प्रतियोगितामा ऋषिराम भूसाल सहित म पनि एकजना निर्णयकर्ता बनाइएको थिएँ । त्यस कार्यक्रममा हारमोनियम बजाउने एकजना संगीतकार यिनै टिकाबहादुर श्रेष्ठ रहेछन् । कुरा जे भए पनि टिकाबहादुर श्रेष्ठप्रति म त्यति गंभीर भएको रहेनछु । उनलाई मैले चिन्ने र जान्ने प्रयास गरेको रहेनछु । उनलाई मैले ेदेखेर पनि देखेको रहेनछु । चिनेर पनि चिनेको रहेनछु । तर म उनले लेखेको बेनीको बजार गीतदेखि एकदम परिचित थिएँ । मलाई लाग्दछ बेनीको बजार गीत नसुन्ने नेपाली पाउन गाह्रो छ । बेनीको बजार नेपाली जनताका जिव्रोमा झुण्डिएको शब्द हो । यहाँनेर म यो कुरा पनि उल्लेख गर्न सान्दिर्भिक नै ठान्दछु । प्रसंग हो दार्जीलिङको ।  दार्जीलिङमा कवि इंश्वर बल्लभले मेरो अटोमा लेखेका थिए– साहनी भाइसित म पहिले नै परिचित भएको थिएँ , जब मैले उनको कविता पढेको थिएँ , फेरि परिचित भएं । चीजलाई यस अर्थमा बुझ्ने हो भने भन्न सकिन्छ आखिर नेपाली समाजमा टिकाबहादुर श्रेष्ठसित परिचित नहुने को छ ? भनौं उनको बेनी बजार बोलको गीतसित । 

    

जे होस्,अर्जुन ज्ञवालीले बुटबल टुडेमा बेनीको बजारका लेखकका बारेमा लेख लेख्न भने पछि मैले उत्सुकतापूर्वक पढ्न चाहेको लेख कहिले छापिन्छ भनेर प्रतीक्षा गरेकोमा बल्ल शनिबारको अंक २१ चैत्र २०७७ मा देवकोटाका भाषामा भंगेरे टाउके अक्षरको शीर्षकमा छापिएको देखियो । मैले उत्सुकतापूर्वक अर्जुन ज्ञवालीले के लेखेछन् भनेर पढ्न शुरु गर्दा कुरा बेनीको बजार गीतका सर्जक श्रेष्ठको बारेमा नभएर माया ठकुरीको बारेमा छ । उनको तेस्रो कथा संग्रह साँघु तरे पछि ( १९३९ ) का बारेमा छ ।  मैले सोंचे यी ज्ञवालीको माया ठकुरीसित कस्तो सरोकार रहेछ जसले गर्दा उनले बेनीका बजारका गीतकारका बारेमा लेख्दा माया ठकुरीको प्रसंग ल्याए । आग्राको कुरा गर्दा गाग्राको कुरा गरे जस्तो । तर लेख पढ्दै जाँदा मलाई लाग्यो यिनले त श्रेष्ठको बारेमा लेख्दा धेरै कुरा माया ठकुरी कै कथाको चर्चा गर्न थालेछन् । पढ्दै जाँदा मलाई कस्तो अनुभूति पनि हुन थाल्यो भने वास्तवमा यो लेख त अर्जुन ज्ञवालीको नभएर मेरै  हो । मैले यस लेखमा अर्जुन ज्ञवालीलाई नपढेर आफैलाई पढिरहेको छु । आखिर यस लेखको भाषा शैली पनि त मैरै जस्तै थियो । मेरै थियो । लेख तलसम्म पढे. पछि मलाई पुराका पुरा थाहा भयो यो लेख अर्जुन ज्ञवालीको होइन । मेरै हो । त्यो पनि मेरो बुटबल टुडेमा केही महिना अघि लेखेर पठाएको लेख । यस लेखको प्रमाणीकरण गर्दै भन्न पर्ने हो भने के भन्न सकिन्छ भने शीर्षक अर्जुन ज्ञबालीको हो । जुन शीर्षक स्याँञ्जाकी युवतीले गाएको गीतमाथि आधारित छ । यस लेखमा प्रकाशित एउटा फोटो स्वयं अर्जुन ज्ञवालीको हो । एउटा फोटो बेनीका बजार गीतका सर्जक टिकाबहादुर श्रेष्ठको हो । लेख भने तलदेखि माथिसम्म र शिरदेखि पाउसम्म मेरै हो ।  यो सब सेटिङको कमाल हो ।  यस्तो सेटिङको कमाल गरिमा जस्तो गरिमामय पत्रिकाले पनि गर्ने गरेको दृष्टान्त छ ।  मैले गुवाहाटीकी हिन्दीकी प्राधापिका डा. शान्ति थापाले सम्पादन गरेको भारतीय नेपाली कथाका सम्बन्धमा एउटा लामो समालोचनात्मक टिप्पणी गरेको लेख लेखेको थिएँ ।  त्यो गरिमा बर्ष २७, अंक २२, पूर्णांक ३१३ ( मंसीर २०६६ ) मा प्रकाशित भएको थियो । त्यस टिप्पणीमा कथाकार अभिनाश श्रेष्ठको नाम र उनका कथाका कति पंक्ति छुटेछन् र कुबेतमा कार्यरत पेटो«ल  इन्जिनियर होम बहादुर क्षेत्रीको कथाको चर्चाको अंशमा जोडिएछ । भनौं यस टिप्पणीमा अभिनाश श्रेष्ठका कथा बारेको टिप्पणी र होमबहादुर क्षेत्रीको कथाको टिप्पणीबीचमा रिमिक्स भएछ ।  रिमिक्स बनेछ । यसले गर्दा मेरो त्यस टिप्पणीले साक्षात गणेशको रुप धारण गरेछ । मलाई थाहा थियो आसाममा छँदा अविनाश श्रेष्ठ हामीप्रति  पूर्वाग्राही रहेका थिए । यसैले उनले साझा प्रकाशनको लागि आसामतिरका कथाकारहरूका कथा सम्पादन गर्दा मेरो कुनै कथा समावेश गरेनन् । जानी जानी समावेश गरेनन् । सचेत रुपमा नै समावेश गरेनन् । 

। जब कि प्रज्ञा प्रतिष्ठानले पंचायतको रजतजयन्ती बर्षको सन्दर्भमा  प्रकाशित गरेको भारतीय नेपाली कथा  ( २०३९ ) मा यसका सम्पादक डां दयाराम संभव श्रेष्ठले मेघालयबाट कथा लेख्ने चार कथाकारहरू अर्जुन निरौला, दिल साहनी ,पोखरेल पिताम्बर र माया ठकुरीलाई समावेश गरेका थिए । मेरा लगायत अन्य केही कथाकारका कथा समावेश नगर्दा अविनाश श्रेष्ठ आलोचित भएका थिए । वास्तवमा यो उनको सेटिङकै परिणाम थियो ।   पूर्वाग्रही सेटिङ । गरिमाको सेटिङ प्राविधिक थियो । जस्तो कि बुटबल टुडेको सेटिङ प्राविधिक थियो । अविनाश श्रेष्ठले मैले उनको कथाको चर्चा  गरिनं भन्ने गुनासो मधुपर्कका सम्पादकलाई भनेछन् । मेरो माथि चर्चित लेख गरिमाका प्रकाशित हुन थालेकोले मैले त्यो मधपर्ककमा प्रकाशनार्थ पठाएको थिएँ । मधुपर्कमा मैेले उक्त लेख पठाएको केही दिन पछि गरिमामा प्रकाशित भयो । मैले तुरुन्त मधपर्कका सम्पादकलाई फोन गरेर भने – मैले मधुपर्कलाई पठाएको लेख गरिमा प्रकाशित भएछ । मधुपर्कमा नछपाइदिनुहोला । त्यतिबेला मलाई सम्पादकले भनेका थिए – हो मैले तपाइंले मधुपर्कलाई पठाएको लेख गरिमा छापिएछ । मैले पनि देखें । उनले अगाडि के पनि भने भने अविनाश श्रेष्ठले गुनासो गरेका थिए तपाइंले उहाँको नाम छुटाउनृु भएछ ।  जबाबमा मैले भनेको थिएँ –  त्यो गरिमाले सेटिङ गर्दा उनको कथा र होमबहादुर क्षेत्रीको कथाका केही अंश छुटाइदिएछ । मैले मधुपर्कलाई पठाएको पाण्डुलिपि तपाइंसित सुरक्षित नै होला । अविनाश श्रेष्ठलाई देखाइदिनुहोला । उनको शंकाको निवारण हुन्छ ।

अर्जुन ज्ञवालीको शिर्षकमा मेरो माया ठकुरीको समालोचनात्मक टिप्पणी पढ्दा मलाई मेरो लेख तपाइं आफनो शैली बनाउनुहोस्का बारमा स्पमरण भयो ।  एक दिन मलाई प्रदीप ज्ञबालीले प्रलेसमा मेरो लेख छापिएको छ भन्ने कुरा लुम्बिनी पुस्तक पसलको छेउमा भने । सुनाए । मैले आश्चर्य प्रकट गर्दै भने त्यहाँ मैले कुनै लेख पठाएको छैन कसरी छापियो । फेरि त्यति बेला हामीले  प्रगतिशील लेखक संघ बहिस्कार गरेको अवस्थामा मैले त्यहाँ प्रकाशनार्थ कुनै लेख पठाउने कुरै थिएन । मलाई कता कता बदनाम गर्न सेटिङ भए जस्तै लाग्यो । मैले नपत्याए पछि लुम्बिनी पुस्तक पसलबाट प्रलेस मागेर प्रदीप ज्ञवालीले मलाई मेरो नाममा प्रकाशित लेख देखाए । लेखको शीर्षक थियो –तपाइं आफ्नो शैली बनाउनुहोस् । त्यो लेख मेरो हो होइन म पढ्दै गएँ । मलाई लाग्यो भाषा शैली मेरै जस्तो थियो  ।  मलाई त्यो लेख त मेरै हो जस्तो लाग्यो । थियो पनि मेरै लेख । पछि कुरो बुझ्दै जाँदा मलाई के थाहा लाग्यो भने मैले त्यो लेख जमानामा त्यतिबेलाका संकल्प  झिसमिसे आदि पत्रिकामा प्रकाशित गर्न पठाएको रहेछु । रघु पंतहरूले प्रकाशित गर्ने पत्रिका बन्द भए पछि मेरो लेखको फाइल बिष्णु प्रभातका हातमा पुगेको रहेछ ।उनले पुरानो फाइलबाट मेरो लेख निकालेर प्रलेसमा प्रकाशित गरिदिएका रहेछन् । भेटमा बेलीविस्तार लगाएर उनले यो कुरा मलाई बताएका थिए ।्

जे होस्, त्यतिबेृला त्यस लेखले मलाई मेरो शैलीसित आफै परिचित हुने अवबर प्रदान गर्यो । इतिहास दोहोरिन्छ भन्छन् । मलाई मेरो लेखनको इतिहास दोहोरिए जस्तो लाग्यो । बुटबल टु डेमा अर्जुन ज्ञवालीको नाममा छापिएको लेख मेरो हो होइन त्यसको जाँचबुझ र छानबिन गर्न मैले मेरै लेखन र भाषा शेलीको आश्रय लिनु पर्यो । 

२२–१२–२०७७


               


             


Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा