Skip to main content

नेत्र पंथीको चीन भ्रमणमा भ्रमण गर्दा

  

राहुल सांकृतायन एकजना घुमक्कड विद्धान व्यक्ति हुन् । उनले घुमक्कड शास्त्रमा यात्रा साहित्यको निकै धेरै चर्चा गरेका छन् । त्यसको महत्व बारे प्रकाश पारेका छन् । यात्रा साहित्यको महत्व बारे बोल्दै उनले भनेका छन् – मेरी समझ में दुनिया की सर्वश्रेष्ठ बस्तु है घुमक्कडी । घुमक्कड से बढकर व्यक्ति और समाज का कोई हितकारी नहीं हो सकता ।

आदिमकालमा मान्छेको घुमक्कड प्रबृत्तिप्रति प्रकाश पार्दै उनी भन्दछन् – प्राकृतिक आदिम मनुष्य परम घुमक्कड था ।  खेती बागबानी घर–द्वार से मुक्त वह आकाश  की पक्षियों की भाँति पृथ्वी पर विचरण करता था ।

यात्रा र पुस्तक अध्ययनको भिन्नता देखाउँदै राहुल भन्दछन् – मंैं मानता हूँ,  पुस्तक भी कुछ कुछ घुमक्कडी का रस पैदा करती है,लेकिन जिस तरह फोटो देखकर आप हिमालय के देबदार के बनों और श्वेत हिम मुकुटित शिखरों के सौन्दर्य , उनके रुप, उनके गन्धका अनुभव नहीै कर सकते, उसी तरह यात्रा कथाओं से आपको उस बूँद से भेट नहीं हो सकती, जो कि एक घुमक्कड को प्राप्त होता है ।

घुमक्कडीलाई सर्वश्रेष्ठ विभूतिको रुपमा परिभाषित गर्दै यसको मानव समाजमा अन्तर्निहित भूमिकाका सम्बन्धमा बोल्दै राहुल अगाडि भन्दछन्–घुमक्कड क्यों दुनियाँ की सर्वश्रेष्ठ विभूति है । इसलिए कि उसीने आज की दुनिया को बनाया है ।   किन्तु अगर घुमक्कडो. की काफिले न आते जाते तो सुस्त मानव जातियाँ सो जाती   और पशु से उपर उठ नहीं पाती । 

यात्राको महत्वको चर्चा गर्ने सन्दर्भमा विश्व विख्यात दुई यात्रीका नाम उल्लेख गर्दै राहुल भन्दछन्– कोलंबस और बास्को दो गामा दो घुमक्कड ही थे जिन्होने पश्चिमी देशों के आगे बढने का रास्ता खोला । अमेरिका अधिकतर निर्जन सा पडा था । एशिया के कुप मंडूकोंं को घुमक्कड धर्म की महिमा भूल  गई इसिलिए उन्होने अमेरिका पर  अपने झंडे नहीं गाडी । 

यात्राले गर्दा पश्चिमा मुलुक अत्यन्त लाभावन्बित भएको कुरा उल्लेख गर्दै राहुल अगाडि भन्दछन् – दो शताब्दी पहले तक अस्ट्रलिया खाली पडा था । चीन और भारत को सभ्यता का बडा गर्व है, लेकिन इनको इतनी अकल नहीं आयी कि जाकर वहाँ अपना झण्डा गाढ आते ।

यात्राको महत्व बताउने सिलसिलामा उनी अझ अगाडि भन्दछन् – दुनिया के अधिकांश धर्मनायक घुमक्कड रहे । बुद्ध घुमक्कड राज थे । 

यात्राको महत्व बताउन राहुलले कपोतराजको बचनलाई यसरी उद्धृत समेत गरेका छन्–

सैर कर दुनिया की गाफिल, जिंदगानी फिर कहाँ ?

ंिजदगी गर कुछ रही तो नौजवानी फिर कहाँ  ?

आफूले यात्रा गरेर ज्ञान आर्जन गर्नु र यात्रा बारे लेखिएका पुस्तक पढेर ज्ञान आर्जन गर्नुमा आकाश पातालको फरक हुन्छ ।  फेरि पनि मान्छेले आफ्नो जीवनमा कति मुलुक र कति मुलुकका कति ठाउँको अवलोकत अत्ययन गरेर आफूलाई लाधावन्वित गराउन सक्दछ र ? यसैले पनि उसले अरुले लेखेको पुस्तकबाट देश विदेशबारे जानकारी प्राप्त गर्नु पर्ने हुन्छ ।  अर्को कुरा यो युगमा यात्रा अत्यन्त सरल भए पनि खर्चिलो समत हुने हुनाले यो सामान्य व्यक्तिको पहुँचको कुरा होइन । यसैले पनि यात्राको महत्व बारे बोल्दा पुस्तकको महत्वबारे पनि बोल्नु नै पर्ने हृुन्छ । पुस्तकको महत्वबारे बाल्दा मंैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा काशी विश्वविद्यायलका शिक्षक विश्वनाथप्रसाद मिश्रद्वारा सम्पादित हिन्दीको पाठ्य पुस्तक गद्य माधुरीमा पढेको उपाध्याय हरिश्चन्द्र शर्माको लेख पुस्तकों की महिमामा उल्लेख गरिएका केही पंक्ति स्मरण गर्न आवश्यक ठान्दछु ।

यो लेख संंस्कृतको एउटा श्लोकबाट शुरु गरिएको थियो । पुस्तकको महिमागान गर्ने  श्लोक यस प्रकारको थियो–

द्राक्षा म्लानमुखी जाता शर्करा   चाश्मतां गता ।

सुभाषितरसस्याग्रे सुधा भीता दिवं गता । ।

अर्थ हो – सुन्दर बाणीको रसको अगाडि अंगुरको मुख मलीन भयो तथा अमृत भयभीत भएर स्वर्गतिर लाग्यो ।

यही लेखमा लेखकले कसैले भनेका छन् भन्दै यी पंक्ति उद्धृत गरेका छन्   –

बैठकर सैर मूल्क की करनी,

यह तमाशा किताब में देखा ।

एक दिन मेरै घरमा आएर नेत्र पंथीले मलाई हालै लेखेर  प्रकाशित गरेको पुस्तक दिंदै  दुई किसिमको जिम्वेवारी सुम्पेका थिए । पहिलो जिम्वेबारी थियो यो पुस्तक पढेर विमोचन कार्यक्रमा आफ्नो विचार व्यक्त गर्ने । अर्को जिम्वेवारी थियो बिमोचन पश्चात यसको समीक्षा लेख्ने ।  पहिलो जिम्वेवारी पुरा गरिसके पछि म यतिबला दोस्रो जिम्वेवारीमा खटिएको छु । दोस्रो जिम्वेवारीमा खटिदा मलाई बिमोचनमा सम्मिलित बक्ताले व्यक्त गरेका बिचारले केही खुराक पनि दिएको छ । केही मशाला पनि थपी दिएको छ ।

पुस्तकको विमोचन कार्यक्रममा लेखकले बक्ताबाट प्रशस्त प्रशंसा वा महिमागान त अवश्य पाए तर पुस्तकका बारेमा आलोचना गर्ने एक्लो बृश्पति  झण्डै झण्डै म मात्र थिएँ जस्तो लाग्यो । एकहदसम्म बामपन्थी बुद्धिजीवी तेजप्रसाद कडेलले पनि कमी कमजोरी अंग्युल्याउने जमर्को भने नगरेका होइनन् । । म भन्दा पहिला बोल्ने अर्जुन ज्ञवालीले पुस्तकमा उल्लेखित सबै कुराको मेसैसित चर्चा गरेको हुनाले म त्यसप्रति प्राय मौन नै रहे भन्दा हुन्छ । मेरो ध्यान यात्रा साहित्यको महत्वबारे प्रकाशन पार्ने नै भयो । यस बारे चर्चा गर्दा मैले झट्ट बेलायततिर बरालिंदा र पाताल प्रवासका चर्चित लेखक डा. तारानाथ शर्माको भनाइकोे स्मरण गरेंं । उनले एउटा लेखमा भनेका छन् –आजभोलिका पार्टीका नेता विदेश यात्रामा निस्किंदा आफ्ना नाता गोता भाइ भतिजा साला साली आदिलाई लावा लश्कर लाएर निस्किन्छन् । तर जंगबहादुरले बेलायतको यात्रा गर्दा भान्सेबाट लिएर लेखक समेतलाई साथमा लिएर गएका थिए –जसले जंगबहादुरको बेलायत यात्रा पुस्तक लेखे । यही पुस्तकलाई ने्पाली साहित्यको पहिलो यात्रा साहित्यको पुस्तक मानिएको छ । यो पुस्तक अंग्रेजीमिा अनुवाद भएको छ र अझ जंगबहादुरबारे थप कुरा लेख्न अंग्रेजीमा जंगबहादुर युरेोपमा   ९व्बलन द्यबजबमगच ष्ल भ्गयचउभ ०  भन्ने पुस्तक पनि लेखिएको छ । यो पुस्तक जोन वेल्टन ९व्यजल ध्जभउितयल ० ले लेखेका हुन् ।

नेत्र पंथीको पुस्तकको शीर्षक हा चीन भ्रमण यात्रा संस्मरण । यसको शीर्षक चीन भ्रमण वा यात्रा संंस्मरण दुईमा एक भए हुने ।  यस पुस्तकको चर्चा गर्दा मैले मेरै पुस्तक आसामदेखि मणिपुरसम्म (  २०४५ ) लाई संझे ।  यो पुस्तक भैरहवाबाट प्रकाशित भएको थियो । यस पुस्तकको टिप्पणी गर्दै प्रदीप नेपालले भनेका थिए –  तपाइंको यो पुस्तक विशेष प्रकारको रहेछ । सर्वथा नौलो प्रकारको प्रयोग भएको पुस्तक रहेछ ।  यस पुस्तकलाई यात्रा साहित्य भन्ने हो भने यो यात्रा साहित्य मात्र पनि होइन । यस पुस्तकलाई संस्मरण भन्ने हो भने यो संस्मरण मात्र पनि होइन । यस पुस्तकलाई समालोचना भन्ने हो भने यो समालोचना मात्र पनि होइन । यस पुस्तकलाई अन्तर्वार्ता हो भन्ने हो भने यो अन्तवार्ता मात्र पनि होइन । मलाई लाग्दछ. नेत्र पन्थीको यो पुस्तक  मेरो पुस्तक आसामदे्खि मणिपुरसम्म जस्तो नभए पनि यात्रा साहित्य हो कि जीवनी  साहित्य भनेर प्रश्न उठाउनु पर्ने जस्तो भने अवश्य भएको छ ।

यस पुस्तकमा नेत्र पंथीले जे देखे, जे सुने  वा जे कुराका जानकारी पाए त्यसाई संक्षेपमा बर्णन गरेका छन्  । यसैले उनको यो पुस्तक सूचना मूलक भएको छ । ज्ञानबद्र्धक भएको छ । यसले गर्दा हामीलाई ती ठाउँको इतिहास र बर्तमानबारे अनेक कुराको सूचना प्राप्त गर्न धेरै सजिलो भएको छ । उनले त्यहाँ जे जे देखे त्यो हामीले आफ्नै आँखाले देखे जस्तो जस्तो भएको  छ । यस पुस्तकले हाम्रो चीनबारेको ज्ञानको बृद्धि गरेको छ । पुस्तकको सकारात्मक पाटो यही हो । यहाँ नेर एउटा कुरा उल्लेख गर्न आवश्यक हुन्छ ।, कुनै पनि कुरालाई अवलोेकन गर्दा जसका आँखाले जति देख्न सक्ने हो उति देख्दछ । फेरि अध्ययन गर्नेले पनि जसका दिमागले जति अध्ययन गर्ने सक्ने हो  उसले त्यति अध्ययन गर्दछ ।

शायद यही भएर होला उत्तराधृुनिकतावादले पाठकलार्य पनि लेखक मान्दछ । केही जरुरी छैन लेखकले जस्तो कुरा जुन अर्थमा लेखेको हुन्छ  पाठकल त्यही कुरा त्यही अर्थमा बुझोस् । निश्चय पनि उसले आफ्नै चश्माले हेर्दछ ।

हामीले स्कूले जीवनमा सुनेको एउटा कुरा हो आँखाले देखेर जति कुरा जानिन्छ त्यति पुस्तक पढेर जानिन्न । यस भनाइलाई होइन भन्न सकिन्न । तर मैले स्नातकोत्तर  पढ्दा र पढाउ्रँदा सिकेको एउटा कुरा हो भने कुनै पनि देश वा जातिलाई गहिराइले बुझ्न त्यहाँको साहित्यको अध्ययन गर्नु पर्दछ । हो, साहित्य पनि कुनै पनि देश वा जातिलाई बुझ्न सक्ने एउटा सशक्त माध्यम हो । एरिस्टोटलले  त यहाँसम्म भनेका छन् साहित्य ( कविता ) जति सत्यता हुन्छ त्यति सत्यता त इतिहास वा दर्शनमा पनि हुन्न । हुन पनि कुनै पनि इतिहास पढ्दा हामीलाई आफ्नो कथा पढे जस्ता नलाग्न सक्दछ । तर साहित्य पढ्दा आफ्नै कथा पढे जस्तो लाग्दछ । यही भएर नै होला भनिन्छ भारतका गाउँ बुझ्न प्रेम चन्दका कथा पढ्नु पर्दछ । त्यसरी नै चीनलाई बुझ्न लु स्यूनका कथाले धेरै मदत गर्दछ । आ क्यूको साँचो कथामा लु स्युन पुरानो चीनको यथार्थ चित्र उतारेको आभास मिल्दछ । लेनिनले भनका थिए – हामीले रुसका किसानको मानसिकता बुझन टल्स ट््वाएका कथा पद्न आवश्यक हुन्छ । लेनिनले टल्सट्वाएलाई रुसी क्रान्तिका ऐना भनेको अर्थ हो उनका कथामा रुसी किसानको जिउँदो कथा पढ्न पाइन्छ । या कुरा आफ्नो ठाउँमा छँदै छ । तर यहाँ चर्चा गर्न थालिएको विषय हो नेत्र पंथीको चीन भ्रमण र यात्रा संस्मरण ।

अहिलेको युगमा यात्रा साहित्य र संस्मरण साहित्यको निकै महत्व र मान्यता रहेको स्थिति छ ।  एउटा बिचारणीय कृुरा  के छ भने साह्तियका विभिन्न विद्याबीचमा अन्तरघुलन पनि भएको हुन्छ ।  यसैल कथामा निवन्धका तत्व हुन्छन् भने निबन्धमा कथाका तत्वहरू । यस अर्थमा कथा निबन्ध जस्तो पनि हुन सक्दछ र निबन्ध कथा जस्तो पनि ।  चीजलाई यसरी बिचार गर्दा संस्मरणमा यात्रा बणर््ान हुनु र यात्रा बर्णनमा संस्मरण हुनु स्वाभाविक हो ।  फेरि पनि यात्रा बर्णन यात्रा बर्णनको र संस्मरणमा संस्मरणको  बाहुल्यता हुन भने जरुरी छ ।  जहाँसम्म यात्रा साहित्यको कुृरा छ त्यसमा इतिहास पनि हन्छ । त्यसमा भूगोल पनि हुन्छ । त्यसमा समाज पनि हुन्छ । त्यसमा अनुभव पनि हुृन्छ । त्यसमा अनुभूति पनि हुन्छ । भनौं त्यसमा आँखाले देखेको कानले सुनेको , जिब्रोले स्वाद लिएको ,नाकले घ्राण गरेको, शरीरले स्पर्श गरेको, मनले गुनेको आदि कुरा समावेश गरिएका हुन्छन् । आदि कुराको चर्चा गरिएको हुन्छ ।  खास गरी त्यसमा यात्रीलाई प्रभावित पारेका  कृुरा हुन्छन् । यात्रीलाई आकििर्षत गरेका हुन्छन् । यात्रीले आफूले जानेर अरुलाई जनाउन  खोजेका कुरा हुन्छन् । बताउन चाहेका कुरा हुन्छन् । शेयर गर्न चाहेका कुरा हुन्छन् ।

जहाँसम्म नेत्र पंथीद्वारा लिखित चीनका भ्रमण र यात्रा संस्मरण पुस्तकको चर्चा वा समीक्षा गर्ने कुरो छ सर्वप्रथम यो सानो पुस्तक भएकोले सजिलै पढ्न सकिन्छ ।  दोस्रो कुरा यसका समावेश गरिएका साम्राग्री विभिन्न शीर्षका प्रस्तुत गरिएको हुनाले यो बुझ्नलार्ई सजिलो भएको छ ।  या पुस्तक यस प्रकारका उप शीर्षिका विभाजित भएको देखिन्छ –यात्रा प्रारम्भ, सियानको इतिहास र संस्कृति,राष्ट्रिय कानूृन प्रयोगात्मक प्रदर्शन केन्द्र, मुट कार्ट ,,विश्व विद्यालय इतिहास संग्रालय, वीआरआई,सम्बन्धी कानूनी मुृद्दा, सिजिंङली हान सभ्यताको,थेम पार्क, चीनको आतंकवाद विरोधी कानूनी प्रचलनमा अन्तराष्ट्रिय  सहयोग, तालिम कार्यक्रमको समापान समारोह,, नगर पर्खाल भ्रमण, संग्रहालय अवलोकन,, सांस्कृतिक मनोरंजन  चमेना गृह, सिल्करोड, शुरु विन्दुको अवलोकत,, लालसेना संग्रहालय अवलोकन, मुस्लिम मार्केट र मस्जिद अवलोकन, शान्सी अन्तर्राष्ट्रिय पोर्ट सियान अवलोकन, शान्सी राष्ट्रिय संग्रालय, लिङबाओ लो कला संग्रालय, बुद्ध मन्दिरको अवलोकन,आदिवासी गाउँको अवलोकत, फइबडी, भूमिबाट अवलोकन,र किताबका कुरा ।

यस बाहेक किताबको अन्य अंश हुन् –पृष्ठभूमि,प्रकाशनबारे तथा  अनुसूचि ।

पृष्ठभूमिमा नेत्र पंथीले नेपालमा विकास नभएको प्रमुख कारण १० बर्षे जनयुद्धका ध्वंंस कार्य भनेका छन् ।, यसबाट उनको लेखनी एक पक्षीय र पूर्वाग्रही छ भन्ने बुझिन्छ । उनले १० बर्ष जनयुद्धलाई ध्वंस मात्र देखेका छन् । त्यसको उपलब्धिप्रति आँखा चिम्लेका छन् । अर्को कुरा उनले  नेपालको बिकासको बास्तविक अवरोध पुराउने दजाल पूंजीवादी संसदवादी पार्टी नै हुन् भन्ने कुरामाथि पर्दा लगाउने प्रयास पनि गरेका छन् । वास्तवमा मित्रराष्ट चीन रुस लगायत राणाहरूले समेत स्थापना गरेका सयौं कल कारखाना र संस्थानहरू बहुदलकालमा संसदवादी पार्टीले बेचेर खाएको हुनाले त्यसको विकास निर्माणको कार्य धेरै पछि परेको कुरा जग जाहेर छ । त्यसले नेपालको औद्यागिक बिकासलाई ध्वंस पारको कुरा सर्व विदित नै छ । उनीहरूले ध्वंस पारेका उद्योग धन्दा कल कारखाना र संस्थानहरूको लामो सूचि छ । तिनमा प्रमुख हुन्– ट्रली बस, साझा बस,साझा प्रकाशन, नेपाल एअर लाइन्स, जनकपुर रेलवे, उदयपुर सिमेन्ट कारखाना,भुकुटी कागज कारखाना,बिराटनगर जुट मिल्स,सर्लाही चिनी कारखाना, बाँसबारी जुता कारखाना, जनकपुर चुरोट कारखाना, हेटौंडा कपडा उद्योग, हेटौंडा काठमाण्डौ रोप वे, गोरखाली टायर उद्योग, बुटबल धागो कारखाना, बिरगंज चिनी कारखाना, बिरगंज कृषि औजार कारखाना, इलाम चिया कारखाना, हिमाल सिमेन्ट कारखाना चौभार, लुम्बिनी चिनी कारखाना, बिरगंज चिनी कारखाना, चाइनिज ईटा कारखाना भक्तपुर, हरिसिद्धि ईटा टायल कारखाना लि ललितपुर, सुनवल चिनी कारखाना आदि आदि ।

विश्वको जलस्रोतको दोस्रो धनी देश नेपालका प्रमुख नदी नाला र खाला समेत यिनीहरूले बेचेर खाएर यो मुलुकलाई जलस्रोत कै गरीव मुलुक बनाएका छन् ।  हाम्रा विशाल नदी काशी गण्डकी कर्णाली महाकाली अरुण तेस्रो आदि हाम्रा हातमा छैनन् । हाम्रो देशको पानीमाथि हाम्रो आफ्नै अधिकार छैन । 

लेखकले पुस्तक प्रकाशनको श्र्रय र प्रेरणा माघ १९ गते मणिममुकुन्द सेन उद्यान ( फुलबारी ) को संग्राहालयम आयोजित समृद्धि सरोकार कैन्द्रलाई दिएका छन् । अनुसूचिमा उनले चीन भ्रमणका लागि निस्केका आफू लगायतका २५ जना भ्रमणकारीहरूको नाम प्रकाशित गरेका छन् । यस सुचिमा नेत्रपंथीको नामबाट शुरु भई सुमन श्रष्ठसम्मका नाम उल्लेखित छन् । 

पुस्तकको मुख्य विषयबस्तुभित्र प्रवश गरेर सरसर्ती हेर्दा यसले हामीलाई यस प्रकारका महत्वपूर्ण सूचना प्रस्तुत गर्दछ । 

प्रारम्भमा लेखक भन्दछन् उनको भ्रमण २०७६ साँलको पुष २४ गते शुरु भएर ५ गते (  ९ जनबरीदेखि १९ जनबरी २०२० ) मा  समाम्त  भएको थियो । लेखक भन्दछन् उनलाई १० दिनसम्म चीनको सियान शहर घुम्ने अवसर मिलेको थियो । यो अवसर मिलाइदिएका थिए नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले । लेखक भन्दछन् उनलाई चीनको शान्सी प्रान्तको सियान शहरमा जन सरकारको अतिथि भएर २५ जनाको टिम जाने व्यवस्था भएको  कुरा काठमाण्डौंको त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा पुग्दा मात्र थाहा भएको थियो । उनीहरू ९ जनबरी २०२० को मध्यरातमा मात्र सियान पुगेका थिए ।  जिउअन अन्तर्राष्ट्रिय होटलमा बसेका यात्रीहरूले उत्तर पश्चिमको राजनीति र कानूनको विश्वविद्यायलको अवलोकन गरेका थिए । उनीहरूले यही शिक्षण भवन नँ ५ को चौथो तल्लाको ४०१ नं कोठमा पुगी ४ दिनस्म्म प्रशिक्षण लिएका थिए । यसको उद्घाटन चिनियाँ कम्युनिष्ट पार्टीका ,सियान स्थायी कमिटीका सदस्य सिलिङले गरेका थिए । लेखक भन्दछन् सियान चीनका ९ बटा विकासशील शहरमध्ये एक हो । लेखक अगाडि भन्दछन् सियान चीनको ११०० बर्षसम्म चीनको राजधानी रहेको र ३१०० बर्ग किलो मिटरसम्म फैलिएको पुरानो शहर हो ।  यसको महत्वबारे प्रकाश पार्दै उनी भन्दछन् ऐतिहासिक सिल्क रोड र हालका ेबीआरआई यहींबाट शुरु हुन्छ । लेखक बताउँछन् यस विश्वविद्यालयका अध्यक्षका अनृुसार यो राजनीति र कानूनको विश्वविद्यालय भए पनि यसमा अन्य विषयहरू जस्तै  अर्थशास्त्र ,व्यवस्थापन,साहित्य दर्शन, सार्वजनिक प्रशासन र सुरक्षा, विदशी भाषाअरू,, पत्रकारिाता, सञ्चार , माक्र्सवाद,र अन्तर्रास्ट्रिय शिक्षा, इन्जिनियरिङ आदिको पढाइ हुन्छ । यस विश्वविद्यायलमा १००० (  एक हजार  ) पूर्णकालीन प्राध्यापकहरू छन् ।  १५००० विद्यार्थीहरू छन् । कानून विषयमा यहाँ पोष्ट डक्टरेटको पनि पढाइ हुन्छ । लेखकले त्यहाँको रेलवे विश्वविद्यालयको पनि अवलोकन गरेका थिए ।

प्रशिक्षण कक्षाहरू डा. गुओ मिआओले प्रवचन दिएका कुरा लेखकले उल्लेख गरेका छन् । लेखक भन्दछन् सूचना प्रविधिको बारेमा बाल्दै उनले बताएका थिए – एउटा मोबाइल फोन भए सबै सूचना प्राप्त गर्न सकिन्छ ।, मानिस पता लगाउन र यातायात व्यवस्थापन गंर्न सकिन्छ । तर उनले मोबाइलमा प्राप्त सूचनाको संलेषण गरेर पात्र जनतामा प्रषित गर्नु पर्ने कुरामा भने विशेष जोर दिए ।

शान्सि प्रान्त रहेको सियानलाई पहिले छाँङग्ुाम भनिन्स्थ्यो भन्ने कुृरा पनि उल्ेलेख गरिएको छ  । पंथी लख्दछन् – यहाँ ८ लाख बर्षदेखि मानवले बसोबासो  गरिरहेका छन् । उनले आजभन्दा ६–७  हजार पहिले नयाँ ढुगे युगका बम्पो गाउँका माटाका भाँडा म्युजियममा राखिएको कुरा पनि उल्लेख गरेका छन् । उनी लेख्दछन्  आजभन्दा ११ंंं०० बर्ष अगाडि ताङ राजवंशको पालादेखि यो चीनको राजधानी भएको हो । प्राचीन शिल्क रोड यहाँबाट शुरु भएर रोमसम्म पुगेको थियो ।  उनी लेख्दछन् सियानमा ३ धर्म प्रचारमा थिए   –  कन्फुसियस, बुद्धिजम र ताओवाद । हान वंशको पालामा चिनियाँ कला साहित्यको विकास भएको थियो । उनी अगाडि लेख्दछन्  –यहाँ ५५४ पुरातात्विक महत्वमा भग्नावेशहरू छन् ।  ८९ बटा भग्नावेश राष्ट्रिय महत्वका बस्तुको रुपमा सूचिकृत भएका छन् ।  उनी के पनि बताउँछन् भने यहाँ ८८२२ समाधि,५७०० प्राचीन ठाउँ,२११०० सांस्कृतिक महत्वका बस्तु  ९च्भष्अिक० रहेका छन् ।  उनी लेख्दछन् – टेराकोटा वारियर संसार कै आठौं आश्चर्य हो ।  यो विश्व सम्पदाको सूचिमा सूचिकृत भैसकेको छ । मिङ्ग वंशको पालाको दरबार संरक्षण गरेर म्युजियम बनाइएको छ । लेखकले यसमा पूर्ब अमेरिकी राष्ट्रपति क्लिन्टनको यो भनाइ – यदि तपाइं चीनको इतिहास जान्न चाहनुहुन्छ भने सियानलाई बुझेर शुरु गर्नुपर्दछ–लाई पनि ठूलो महत्व दिएर व्यक्त गरेका छन् । लेखकले चिनमा मुट कोर्ट स्थापना गरिएको कुृरा पनि उल्लेक गरेका छन् जहाँ कानूनको उच्च शिक्षा लगायत तालिम दिने मुट कोर्ट पनि संचालित छन् । मुट कोर्टको अवलोकन पछि लेखकले संग्रहालयको अवलोकन गरेको कुरा उल्लेख गरेका छन् । येनानमा भएको विश्वविद्याल पछि सियानमा सारिएको कुरा पनि उल्लेख गरिएको छ ।  विश्वविद्यालयको संग्राहालयमा माओको शालिक भएको कुरा पनि लेखकले उल्लेख गरेका छन् । लेखकले त्यहाँ प्रोफेसर झांग फेङले उनीहरूलाई  चिनिया टाई ची सभ्यताको बारेमा धेरै कुरा बताएको कुरा उल्लेख गरेका छन् । त्यहाँ एक प्रकारको योगको शिक्षा दिइएको कुरा पनि बताएका छन् ।  लेखकले आफ्नो यात्रा बर्णन पुस्तकमा वीआरआईको बारेमा पनि चर्चा गरेका छन् ।  त्यहाँ उनले डा शि यीकको प्रवचन सुनेका थिए । उनी भन्दछन् – वीआरआईे चीनको एशियालाई अफ्रिका र युरोपलाई व्यापारमा जोड्ने मार्ग हो ।

नेत्र पंथीले हान सभ्यताको थेम पार्कमा पुगेको चर्चा गरेका छन् । उनले पार्कििभत्र प्राकृतिक खोला झरना बन जंगल बगैचा आदिको अवलोकन गरेको कुरा लेखेका छन् । उनी बताउँछन्  त्यहाँ संग्राहालय छ जसमा कला संगीत वाद्यवादन आदिको क्रमिक विकास भएको कुृरा  जनाइएको रहेछ । पार्कको अर्को भागमा चिनिया चिया सभ्यताको विकासको रुपरेखा देखाइएको रहेछ । लेखकले आतंकवादी बिरोधी कानूनको बारेमा डा झाङ बोले प्रबचन दिएको कुरा पनि चर्चा गरेका छन् । यसपछि लेखकले तालिमको समापन समारोहमा आफूले बोलेको कुरा उल्लेख गरेका छन् । मन्तव्यको पूर्णपाठ पनि प्रस्तुत गरेका छन् जसमा उनले नेपाल र चीनबीच घनिष्ठ मित्रता भएको कृुरा जाहेर गरेका छन् ।

लेखकले १४ जनबरीका दिन शाङ्स प्रान्तको लिङथुङ जिल्लामा अवलोकन भ्रमणमा निस्किंंदा एउटा विशाल मुर्ती देखेको र त्यो मूर्ति पूरातात्विक महत्वको स्थान पता  लगाएर सरकारलाई सूचित गर्ने एकजना सामान्य किसान याङको भएको उल्लेख गरेका छन् ।   लेखकले भनेका छन् लिशान उद्यानको एउटा भागमा वादशाह सि हाङको समाधिस्थल संग्राहालय र टेरोकोटा योद्धा संग्रहालय सैनिक संग्राहालय भएको र त्यसलाई १९८७ मा विश्व सम्पदा सूचिमा सूचिकृत गरिएका उल्लेख गरेका छन् । लेखक भन्दछन् चीनका एकीकरण गर्ने चीन वंशका पहिलो वादशाह चीन शिहुअङ्गले यस स्थललाई पवित्र मानेको हुनाले यहाँ समाधि बन्ने अवधारणा बनाएका हुन् । लेखक अगाडि भन्दछन् – त्यहाँ २२०० बर्ष पहिले बनाइएका मान्छेका साइजका एक अर्काको अनुहार फरक भएका ४००० सैनिकका मूर्तिहरू रहेका छन् ।

१५ जनबरीका दिन लेखकले नगर पर्खालको भ्रमण गरेको कुराका चर्चा गरेका छन् । यो नगर पर्खाल प्राचीन मिङ वंशको पालामा निर्माण गरिएको थियो । यो पर्खाल १५ किलोमिटर लामो छ । यसले बेजिङको महान पर्खालको झल्को दिन्छ ।  लेखक भन्दछन् सियानको   केन्द्रमा रहेको यो पर्खाल पर्यटकको लागि आकर्षणको चीज बनेको छ ।  

१५ जनबरी दिउँसो पन्थीले शान्सि प्रान्तको फुपिन काउन्टीमा  रहेको मंत्रीको निवासमा पुगेको कुरा उल्लेख गरेका छन् । त्यहाँको संग्राहालमा ढुंगे युगदेखि,दासयुग र सामन्तीयुगसम्मका ऐतिहासिक बस्तुहरू राखिएको बताएका छन् । उनी अगाडि भन्दछन् ठाउँ ठाउँमा प्राचीन मूर्तिहरू राखिएका छन् ।

१५ जनबरीको साँझमा नेत्र पंथीको भ्रमण टोली चमेना गृहमा गएको कुरा उल्लेख गरिएको छ । त्यहाँ सांकृतिक मनोरञ्जनको व्यवस्था गरिएको बताइको छ ।  उनीहरूलाई त्यहाँ ताङबंशीय   ( ६०८–९०७ ई ) महारानीको जीवनमा आधारित नाटक पनि देखाइएको थियो । त्यहाँको मंच दरबार जस्तो बनाइको र वादशाहको लागि युबतीहरूको नृत्य देखाइने कुरा उल्लेख गरिएको छ ।

नेत्र पंथीको भ्रमण टोली १६ जनबरीको बिहान सिल्क रोडको शुरु विन्दु हेर्न गएको कुरा बताइको छ । नेत्र पंथीले त्यहाँ ठूलो संग्राहालय रहेको कुरा पनि बताएका छन् ।  त्यही प्राचीन सिल्करोडबाट एक बेल्ट एक सडकको निर्माण गर्नेे लक्ष्य रहको कुरा पनि उनले उल्लेख गरेका छन् ।  

१६ जनबरीको दिउँसो भ्रमण टोलीले १९३६ देखि १९४६ सम्म चीनमा जापान विरोधी युद्धमा जनमुक्ति सेनाको गोप्य मुख्यालय रहेको चीन सरकारले १९५९मा आठौं  मार्ग सेनाको संग्राहालय अवलोकन गरेको कुरा चर्चा गरिएको छ । यस संग्राहालयमा त्यतिबेला प्रयोग गरिएका हात हतियार, भूमिगत रेडियो स्टेशन आदिमा प्रयोग गरिका सामान चित्र आदि राखिएका छन् । यसमा चाउ एन लाई, चुतेह, लिउसाउची,तेङसाओ पिङ आदि नेताहरू यस ठाउँमा बसेको कुरा पनि उल्लेख गरिएको छ ।

लेखकले १६जनबरीको साँझ भैमणटोलीले मुस्लिम मार्केट र मस्जिदको भ्रमण गरेको कुरा बताएका छन् ।  ऐतिहासिक मस्जिद १३ हजार बर्गमिटरमा,र घरहरू ६ हजार बर्गमिटरम ाबनेको कुरा बताइएको छ ,। यहाँ १७ औं शताब्दीमा पुराना फर्निचर राखिएको कुरा पनि उल्लेख गरिएको छ ।  ढृुंगाको विशाल गेटमाथि चिनियाँ भाषामा स्वर्गको अदालत लेखिएको छ । त्यहाँ मुन ट्वावलेट भन्ने ढुृंगा भएको जसमा प्राचीनकालमा अरबी भाषामा इमामले लेखेका अक्षर छन् जसले मुस्लिम केलेन्डरको हिसाब गर्ने तरिका बताएको छ । लेखक भन्दछन् यहाँ  मिङ राजाको पालामा लेखिएको पवित्र कृुरान तथा चीन वंशको पालाको मक्का शहरको नक्शा सुरक्षित छ । लेखकले जलील मियाँसित भेटघाट र कुराकानी गरेको चर्चा पनि गरेका छन् ।

१७ जनबरीको विहान भ्रमण टोलीले शान्सि अन्तर्राट्रिय पोर्ट सियानको अवलोकन गरेको कुरा लेखकले बताएका छन् । उनले भने अनुसार यस क्षेत्रले अत्याधुनिक यातायातको साधनले सारा विश्वलाई जोडेको छ । 

लेखक भन्दछन्  १७ जनबरीको दिउँसो उनीहरू शान्सि राज्य संग्राहालयको भ्रमण गर्दछन् ।  यहाँ ढुंगे युगदेखि बर्तमानसम्मको समाज बिकासका ऐतिहासिक प्रमाणहरू संग्रह गरेर राखिएको छ । यसलाई अनुसन्धानकर्ताको लाििग अत्यन्त उपयोगी स्थान बताइएको छ । यहाँ चीनमा मानव उत्पत्तिदेखि बर्तमानसम्मको झलक देखाइको छ भनिएको छ । लेखकले भ्रमण टोलीले सात तल्लामाथि रहेको बिग बाइल्ड गुज पगोडाको अवलोकन गरेको कुरा पनि चर्चा गरेका छन् । त्यहाँ लेखकले धेरै बुद्धका मूर्र्ति ेराखिएको कुरा पनि उल्लेख गरेका छन् ।

१७ जनबरीको साँझ लिङबाओ लो कलाको अवलोकन गरिएको कुरा लेखकले चर्चा गरेका छन् । लेखक बताउँछन् १९०१ँ मा चीनकी शक्तिशाली महारानी डोबागर सिक्सी जन्म दिन मनाउन बेजिंङबाट सियान आएर महलमा बसेकी थिइन् । जाने बेलामा उनलार्ई दिइएका सारा उपहार त्यही छोडेकी थिइन् । शान्सि प्रान्तका गर्भनरले तिनलाई संरक्षण गर्न एउटा ग्यालेरी खडा गरे । यसले निरन्तर बिकास गरिरहेको छ । 

१८ जनवरीका विहान नेत्र पंथीले बुद्धको औंलाको हाँड सुरक्षित राखिएको बुद्धको मंदिरमा पुगेका थिए । भिक्षुहरुले मंदिरको अवलोकन गर्न सहयोग गरेको चर्चाको साथसाथै बुृद्धकाबोरेमा  चर्चा चलेको कुरा पनि उल्लेख गरिएको छ । विशाल बुद्धका  मूर्ति ठाउँ ठाउँमा राखिएको कुरा बताइको छ ।

लेखकले भ्रमण टोलीले त्यस पछि आदिवासी गाउँको भ्रमण गरेको कुरा उल्लेख गरेका छन् ।  भ्रमणको अन्त्यतिर लेखकले  फाइब डी भूमिबाट अवलोकन चमत्कारी कुराको बर्णन गरेका छन् । यो भ्रमणको पटाक्षेप हो भन्न सकिन्छ । फेरि पनि लेखक बर्तमान चिनियाँ  राष्ट्रपति सि जिन पिङको दोस्रो गृह जिल्ला लिअङजिअहे बारेमा लेखिएको पुस्तकको चर्चा गर्ने दौरानमा सि जिन पिङको जीवनी प्रस्तुत गर्दछन् । चीज आफैमा महत्वपूर्ण र प्रेरणादायी भए पनि यो यात्रा साहित्यभन्दा पनि जीवनी साहित्य  हुन पुग्दछ । यो विषय बस्तुका छुट्टै पुस्तक प्रकाशित गरेको भए स्वागतयोग्य कुरा हुन सक्दथ्यो ।

लेखकले सि जि पिङको संघर्षमय जीवनीको चर्चा गर्ने  दौरानमा चिनियाँ सांस्कृतिक क्रान्तिको विद्रुप ध्वंसात्मक रुप मात्र चित्रित गरेका छन् । यो खटकिने कुरा हो । सांस्कृतिक क्रान्तिको दौरानमा केही ज्यादती पनि भएका होलान् ।  त्यसका केही नकारात्मक पाटा पनि होलान् । यो अलग छलफmmलको विषय हो ।  तर  कम्युनिष्ट व्यवस्था कायम राख्न र कम्युनिष्टलाई कम्युनिष्ट बनाइराख्न सांस्कृतिक क्रान्तिको निरन्तर आवश्यक छ ।  यसको अभामा कम्युनिष्ट व्यवस्था कम्युनिष्ट व्यवस्था रहन सक्दन । कम्युनिष्ट पार्टी कम्युनिष्ट पार्टी हुन सक्दैन । कम्युनिष्ट नेता तथा कर्याकर्ता कम्युनिष्ट  नेता तथा कार्यकर्ता  रहिरहन सक्दैन । लेखकले सांस्कृतिक क्रान्तिले ध्वंस मात्र गरेको चित्रण गरेको हुनाले यसले माक्र्सादी साहित्यलाई बल पुराउँदैन । बरु क्षति पुराउँछ । निश्चित रुपमा यस सांस्कृतिक क्रान्ति बिरोधी लखनले एक थरिका  कम्युनिष्टलाई त चित्त बुझाउला । तर नयाँ जनवादी वा  बैज्ञानिक समाजवादी क्रान्तिको दिशा लिएका पार्टी वा व्यक्तिको लागि यो सुपाच्य हुन सक्दैन । लेखकले राजनैतिक पूर्वाग्रहबाट मुक्त भएर यात्रालाई मात्र प्राथमिकता दिएर कलम चलाएको भए यो कम्युनिष्ट जगतका लागि  मात्र होइन गैर कम्युनिष्ट जगतको लागि पनि सुपाच्य र पठनीय पुस्तक हृुन सक्दथ्यो ।्््

यस पुस्तकमा भ्रमणसित सम्बन्धित फोटो अत्यधिक मात्रामा राख्दा लेखनलाई चित्रले ओझेलमा पार्दछ कि जस्तो पनि देखिएकोृ छ । पुस्तकमा फोटाहरू प्रशस्त मात्रामा भए पनि भ्रमण गरिएका  वा भ्रमणमा अवलोकन गरिएका ठाउँको अवस्थितिलाई प्रष्ट पार्ने नक्शा वा रोड म्यापको अभावमा पढेको कुरा पनि मनमा बस्न सकेन । त्यसको चित्रले मूत्र्त रुप लिन सकेन ।  यस्तै यस्तै केही कमजोरीको बाबजुद पनि यस यात्रा साहित्यले पाठकहरूलाई आम रुपमा चीनको बारेमा र विशेष रुपमा शान्सिी प्रान्तको सियान शहरको बारेमा धैरै नै उपयोगी सूचना पस्केको छ । भ्रमण साहित्यसित सम्बन्धित पुस्तक राजनैतिक पूर्वाग्रहबाट पीडित नभएको भए एउटा खास बर्गले मात्र  हाई हाई गर्नु  पर्ने हुने थिएन । जे होस्, नेत्र पथीले पहिलेदेखि नै विश्वलाई चकित पार्दैै आएको चीनको बारेमा धेरै सूचना पुस्तक नै लेखेर जानकारी गराएकोेमा उनलाई धन्यवाद दिनै पर्ने हुन्छ । 

१–१–२०७८


 




 


 


Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास