Skip to main content

एमसीसी एमसीसी एमसीसी

 

जब कसैले कसैलाई दान दिन चाहन्छ उसले कसैलाई पनि मैले दिएको त्यो दान तैंले जसरी भए पनि लिनु पर्दछ भन्दै जबरजस्ती गर्दैन । त्यसरी नै  जब कसैले कुनै देशको विकासको लागि अनुृदान दिन्छ उसले तैंले मेरो अनुदान  लिनै पर्दछ भनेर जोर बल लगाउँदैन ।  तर एमसीसीको सन्दर्भमा यस्तो कुरा देखिएको छैन । नेपालमा एससीसी  दान अनुदान वा लगानी गर्ने भन्ने अमेरिकाले नेपालमाथि यो स्वीकार गर्नै पर्दछ भनेर दबाब दिइरहेको छ । अझ यो एससीसीलाई नेपालले संसदबाट पास गराएर लिन पर्दछ भन्दै दबाब दिइरहेको छ । संसदबाट पास गराउन धम्कीको भाषा बोलिरहेको छ । अर्कोतिर सरकार पनि त्यसलाई कुनै दुलहीलाई जस्तै बाजा बजाएर ढोल पिटेर अन्मनाएर भित्राउन  वा कुनै बलिको बोकालाई जस्तै जल छरी मन्साएर छप्काउन तयार भए जस्तै  संसदबाट नै पास गराउन मरिहत्ते गरिरहेको छ । यसको लागि नेपाली कांग्रेसकाट शेरबहादुर देउवा एमसीसीलाई संसदबाट पास गराउन दाम्लो छिनालेर लागेको देखिन्छ भने अर्कोतिर एमालेबाट सरकारका पुगेका केपी ओली यसलाई संसदबाट पास गराउन मरिहत्ते गरिरहेका छन् । किन ? जानकारहरू भनिरहेका छन् शेरबहादुर देउवा र के पी ओलीले संंसदबाट एमसीसी पास गराउन अमेरिकाबाट ठूलो रकम पेशकी वा बैनाबट्टाको रुपमा हसुरी सकेका छन् । यसैले त्यसलाई हजम गर्न पनि उनीहरूले जसरी भए पनि संसदबाट एमसीसी पास गराउनु पर्दछ । कसै कसैको भनाइ के पनि रहेको छ भने  शेरबहादृुर देउवा र के पी ओलीलाई संसदबाट एमसीसी पास गराउने होइन भने अमेरिकाले उनीहरूलाई सुलेमान बनाइदिन्छ भन्ने डर छ ।  कुरा जे होस्, साँचो कुरा के हो भने केही चर्चित अमेरिकी दलाल सहित शेरबहादुर देउवा र के पी ओली संसदबाट एमसीसी पास गराउन ज्यान फालेर लागेका छन् । एकातिर कुरो यस्तो छ भने अर्कोतिर देशभक्त नेपाली जनता, नागरिक समाजका अग्रणी व्यक्तित्व, सचेत बुद्धिजीवी, सचेत नागरिक तथा २२ दल एमसीसीको विरुद्धमा लामबद्ध भएर खडा भएका छन् । भनेका छन् एमसीसी संसदबाट कुनै पनि हालतमा पास गराउन हुँदैन । जसले एमसीसीलाई संसदबाट पास गराउँछ उसको हामीले गाउँ गाउँबाट बास उठाउन मात्र होइन सास धान्न पनि गाह्रो पार्न सक्दछौ । हुन पनि यदि ठूलो मुर्खता गरेर संसदबाट एमसीसी पास गरियो भने पास गराउने मान्छेको टाउकामाथि खतराको घण्टी बज्न सक्ने छ ।आक्रोशित जनता जुनसुकै घटना घटाउन पनि पछि पर्दैनन् होला भन्ने कुराको अडकल गर्न  कुनै मुश्किल छैन । सारा नेपाली जनता एमसीसीको विरद्धमा मोर्चाबन्दी भएर बसेका छन् । नेपालको लागि घातक र ठूलो आतंक समेत बनेको एमसीसीलाई डाँडो कटाउने नेपाली जनता जुनसुकै हदसम्म पनि जान सक्दछन् । यसका पृष्ठपोषक नेपाली जनतका आक्रमणका तारो बन्न सक्दछन् भन्ने कुरामा कुनै शंका छैन ।

एमसीसीको विरुद्धमा उठेका सचेत देशभक्त नेपाली नागरिकहरूको यसको बिरुद्धमा के कस्ता तर्क अघि सारिरहेका छन् भन्ने कुराको केही बुँदा यस प्रकारका छन् । 

यस देशका दलाल नेताले एमसीसीलाई पहिलेदेखि नै भित्राइसकेका छन् । यसका बिभिन्न पदमा यसका दलाललाई नियुक्त गरिसकेको अवस्था छ् । बिना काम लाखौं रुपिया मासिक तलबको रुपमा उडाइसकेका छन् । कार्यालय संचालन गर्न  ठूलो धनराशि फुकिसकेका छन् । यो सब रकम अमेरिकाले दिएको होइन नेपाल कै धनराशि खर्च भैरहेको छ । एमसीसीका नाममा नेपालको भूभाग बन जंगल खानी आदिमाथि कब्जा जमाइससिएको अवस्था छ । एमसीसीमा लगानी गर्ने रकम अमेरिकाको मात्र होइन । नेपालको पनि हो । लगानी नेपालले पनि गरिदिनु पर्ने तर स्वार्थ अमेरिकाको पुरा गरिने । एमसीसीको नाममा अमेरिकाले अमेरिकी व्यापार बढाउन र  युद्धको बेलामा सैनिक उतार्न सजिलो रणनैतिक चौडा सडकको निर्माण गर्ने ।  एमसीसीको नाममा नेपालको जमीन जल जंगल र जडीबुटीमाथि निरन्तर कब्जा जमाउने र दोहोन गर्ने  ।  विद्युत लाइन विस्तार भारतको गोरखपुरसम्म गर्ने र बिक्री बितरणको केन्द्र गोरखपुरलाई बनाउने ।  नेपालको शोषण दोहोनको हिस्सेदार भारतलाई पनि बनाउने । नेपाललाई अमेरिकाको उपनिवेश वा नवउपनिवेश बनाउने ।   

एमसीसी अमेरिकी आम रुपमा सैनिक रणनीति र विशेष रुपमा इन्डो प्यासिफिक सैनिक रणनीतिको अंग बनाउने । चीनलाई घेर्ने र अमेरिका भारतसित मिलेर विश्वको सबभन्दा शक्तिशाली साम्राज्यवादी बन्ने ।  भारतलार्इै अमेरिकी साम्राज्यवादको सहयोगी शक्ति बनाउने । चीन र भारत जस्ता दुई शक्तिशाली मुलुकको बीचमा दुई ढुंगाबीचको तरुलको रुपमा चिनिएको नेपाललाई अमेरिका र चीनबीचको युद्ध स्थल बनाउने । युद्धले नेपालको अस्तिव्त नै ध्वस्त पार्ने । बुृद्धको शान्ति देशलाई युद्धको अशान्त देशमा परिबर्तन गर्ने ।  नेपाललाई अमेरिका र भारतको काखमा बसालेर चीनलाई चिढाउने । अमेरिका र भारतको पनि चीनलाई घेरेर कमजोर पार्ने सामरिक रणनीतिलाई सफल पारिदिने परिस्थितिको सृजना गरिदिने ।

एमसीसीका नाउँमा अमेरिकाले यहाँ धेरै आफ्ना उद्योग धन्दा चलाउने । त्यसका सुरक्षाका नाममा अमेरिकी सैनिकलाई देशभित्र हुल्न । भारतीय सेनालाई पनि नेपाल प्रवेश गर्ने बाताबरण बनाउने । नेपालका अमेरिकी प्रभुत्वको साथसाथै भारतीय प्रभुत्वको लागि भूमि उपलब्ध गराउने ।  एमसीसीलाई संसद र संविधानमाथि राख्ने । नेपालको संविधान र एमसीसीको नीति नियम कानून आदि बाझ्यो भने एमसीसीको नीति नियम कानूनको सर्वोच्चतता कायम हुने ।  एमसीसीका कुनै कर्मचारीले कुनै पनि प्रकारको कसूर गरे पनि उनीहरूमाथि नेपालको कानून नलाग्ने ।  उनीहरूले एकजनाको मात्र  होइन सात जनाको हत्या गरे पनि उनीहरूमाथि नेपालको अड्डा अदालतमा मुद्दा चलाउन नपाइने ।

नेपालको संवैधानिक सर्वोच्चततालाई कुण्ठित पार्ने । नेपालको सार्वभौमसत्ता स्वाधीननता र स्वतन्त्रततालाई क्षत विक्षत पार्ने । तहस नहस पार्ने । नेपालमाथि अमेरिका हाबी हुने । अमेरिका नेपालमा शुरु गरेका योजना बीचमा नै लथालिंग भताभुंग पारेर अमेरिका जान पाउने। तर अमेरिकालाई नेपालले तेरो अब हामीलाई कुनै आवश्यकता छैन । तँ तेरो देशमा फिर्ता जा भनेर भन्न नपाइने । भने पनि ऊ फिर्ता नजाने । ऊ जस्तै विश्वका थुप्रै मुलुकमा आफ्ना सैनिक राखेर दोस्रो विश्वयुद्धदेखि बसेको छ त्यस्तै नेपालमा पनि अमेरिकी सैनिक राखेर बस्ने । जस्तो यतिबेला  नेपालमा आएर नेपालको भूभाग कब्जा गरेर बसेको भारतीय सेनालाई हटाउन सकिरहका छैनौं त्यस्तै र अझ त्योभन्दा पनि खतरनाक अवस्था सृजित हुन पुग्ने । यहाँका  शासकहरू हाम्रा बाबु बाजेले रगतको होली खेलेर बचाएको यो मुलुकलाई अमेरिकाको गुलाम बनाउने षडयन्त्रको हिस्सेदार बन्ने । उसको सहयोगी वा एक नम्बरको दलाल बन्ने । इतिहासमा कहिले पनि गुलाम नभएको नेपाललाई अमेरिकाको गुलाम बनाउने ।

एमसीसीको हिसाब किताब अमेरिकीका हातमा रहने । त्यसको लेखा परीक्षण पनि अमेरिकाले नै गर्ने । नेपाल भिजेका बिरालो जस्तै टुलुटुलु हेरेर बस्नु पर्ने । नेपालमा नै नेपाली असुरक्षित हुनु पर्ने । नेपालमा दिन दुृना रात चौगुना हत्या हिंसा बलात्कारका घटना बढ्दै जाने । स्वर्ग जस्तो यो नेपाल नर्क हुन पुग्ने । कहाँ कति विद्युत उत्पादन भयो त्यो नेपाललाई जानकारी नहुने । त्यसको नियन्त्रण र भण्डार केन्द्र भारतको गोरखपुर  हुने ।  नेपालको पानी र विजुली कब्जा गर्ने हिसाबले नदी नाला खोला बन जंगल पाखा पखेरामाथि अमेरिका र भारतको भोगचलन र स्वामित्व समेत रहने । 

अमेरिका नेपालमा सियो भएर पस्ने र हाती भएर बस्ने । नेपाली युवालाई अमेरिकी सेनामा भर्ती गराएर चीनको बिरुद्धमा लडाउन सक्ने ,। नेपालले नेपाल र नेपाली जनताको हक र हितमा कुनै पिन काम गर्न नपाइन । यो मुलुकका जृुनसुकै काम पनि अमेरिका र भारतको हितमा हुनु पर्ने । 

एमसीसी नेपालमा इस्ट इन्डिया भएर आउने ।  बिद्युतको व्यापारी जस्तै भएर नेपालमा प्रवेश गर्ने र कहिले सूर्य नअस्ताउने व्रिटिश साम्राज्यवादको रुपमा अमेरिकाले आफूलाई नेपालमा अझ दक्षिण पूर्व एशियामा राज गर्ने ।  नेपाललाई इराक इरान अफिगानिस्तान सिरिया रोगाण्डा आदि बनाउने । नेपाललाई अर्को बियतनाम बनाउने । नेपालको बौद्धिक सम्पतिमाथि एमसीसीकै हक लाग्ने । नेपालमा आर्जन गरेको बौद्यिक सम्पति भए पनि त्यसको नेपालको होइन अमेरिकाकै स्वामीत्व रहने ।  एमसीसी नेपाललाई माछो माछो भन्दै भ्यागुतो देखाउने योजना हो । एमसीसी हाती आयो हाती आयो फुस्सा हुने योजना हो । एमसीसी  नेपाललाई  खोख्रो सिसी बनाउने योजना हो । ्

एमसीसीेको नाममा नेपालले अमेरिकाबाट प्राप्त गर्ने रकम कुनै ठूलो रकम होइन । त्यति रकम त एनसिएलले नतिरको कर उठाउने हो भने पनि उठ्न सक्दछ । त्यति रकम एउटा उद्योपपति वा ठूलो व्यापारीले नतिरको विद्युत महशुल उठायो भने पनि हासिल हुन सक्दछ । त्यति रकम त बाइड बडी काण्ड सुनकाण्ड आदि जस्ता सयां काण्डमध्ये कुनै एक काण्डको रकम असुल गर्ने हो पनि उठ्न सक्दछ। त्यति रकम त एउटा नेताले भ्रष्टाचार गरेको पैसा असुल गर्ने हो भने उठ्न सक्दछ । त्यति रकम त नेपाली जनताले मुठी दानको रुपमा उठायो पनि उठ्न सक्दछ  । किन त्यति जाबो रकमको लागि दशको सार्वर्भाैमसत्ता,भूअखण्डता , स्वाधीनता,स्वाभिान आनिलाई धितो राख्न पर्यो ? दाउमा लगाउनु पर्यो ?

यस्तो देशघाती जनघाती एमसीसीलाई आफ्ना मालिकको हुकूमलाई शिरोधार्य गरी ओली सरकार संसदबाट पास गराउन जोखना हेरेर बसेको देखिन्छ । भनिन्छ ओली सरकारको हुकूम अनुसार संसदबाट लाल मोहर लगाउन संसदमा एमसीसी तामेल नगरेको हुनाले सभामुख कृृष्णबहादुर महरालाई षडयन्त्रपूर्ण ढंगले सभामुखको पदबाट घाक्राएर जेल पठाइएको थियो । आज पनि ओली सरकारको एमसीसीलाई संसदमा पेश गर्नु पर्ने  आदेशलाई टेर पुच्छर नलगाइएको अवस्थामा सभामुख अग्नि प्रसाद

९ सापकोटामाथि जनयुद्ध ताक  लागेका कुनै एउटा मुद्धालाई जगाएर भए पनि सभामुखको पदबाट गल्यात्याउने तयारी भइरहेको हल्ला पनि सुनिन्छ । आफ्नै पार्टीका सम्मानिीय सिनियरभन्दा पनि सिनियर नतामाथि त  हुकूम नमान्दा कार्वाहीको डण्डा चलाउन बाँकी नराख्ने ओली सरकारले न आमातिरका न बाबुतिरका अग्नि प्रसाद सापकोटालाई क बाँकी राख्लान् र ?

जे होस, एमसीसीको बिरुद्धमा सडकमा मानव सागर उर्लिरहेको अवस्थासमा त्यसलाई संसदबाट पास गराउने सजिलो कुरा भने अवश्य होइन । जानी जानी स्वतन्त्र मुलुकलाई पराधीन र शान्त मुलुकलाई युद्धको अखाडा बनाउने र नेपालको विकासकोृ नाममा नेपालको बिनास गर्ने एमसीसीलाई संसदबाट पास गर्ने गराउन दाम्लो छिनालेर लाग्ने दलाल नेताहरू देश र जनताको लागि गद्धार मात्र होइन कि नेपाल आमाका लागि कलंंकित कुपात्र हुन् । देश र जनताका गद्धारहरू एक दुई दिन कुर्सीमा बस्न पनि आफ्नी आमालाई समेत बेच्न सक्दछन् । यसैले पनि सारा देशभक्त जनता लाठी बोकी चौकीदार बनेर चौबिसै घण्टा चौकस रहन आवश्यक छ । मोहल्ला थर्किन गरी भन्न जरुरी छ – सोनेवाले जागते रहो ।


९–१–२०७८ 



                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                                      


Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा