१९६३ मा आसामको गुवाहाटीमा काका के बी साहनीसित रेलवे क्वार्टरमा बस्दथेंं । नर्थ स्टर्न रेलवेको मालिगाउँ हेडक्वार्टरमा काम गर्ने काकाले मलाई गुवाहाटीका प्राय सबै ठाउँमा डुलाउनु भएको थियो । यहाँसम्म कि त्यहाँको चिडिया खानामा समेत पुराउनु भएको थियो । यसैबीचमा उहाँले मलाई शिलाङ पनि पुराउनु भएको थियो । लोकरा चार दुवार पनि पुराउनृु भएको थियो । शिलाङ गुवाहाटीबाट बसका ३ घण्टाको बाटोमा पर्दछ । लोकरा चारदुवार बस वा रेल जेमा गए पनि एक रात वा एक दिनको बाटोमा पर्दछ । जे होस्, गुवाहाटीमा बस्दा मैले किताब किन्न र पढ्न पाइनं । बरु दशैंको बेलामा निकै दिनसम्म बंगाली ऐतिहासिक नाटक हेरेको थिएँ । सांस्केृतिक कार्यक्रम हेरेको थिएँ । सांस्कृतिक कार्यक्रमा एकजना नेपाली युवती लक्ष्मी शर्माको नृत्य पनि मैले देखेको थिएँ । उनको नृत्य कला उत्कृष्ट थियो । गुवाहाटी शहरमा नै बस्नै लक्ष्मी शर्मा को हुन् तिनको बारेमा खासै मैले कुृनै जानकारी पाइनंं ।
त्यतिबेला गुवाहाटी मालिगाउँ रेलवे क्वार्टरमा बस्दा मैले निकै कविता कोरेको थिएँ एउटा कपीमा । ती कविता अझ पनि मसित सृुरक्षित नै छन् । ती मेरा शुरु अवस्थाका कविता भएका हुनाले त्यति स्तरीय र प्रकाशन नै गर्नु पर्ने खालका भने छैनन् । गुवाहाटी मालिगाउँमा बस्दा मेरो ध्यान साहित्य लेखन खास गरी कवितातिर आकर्षित भएको भए पनि गुवाहाटीमा कुनै नेपाली साहित्कार छन् रहन्छन् भन्ने विषयमा मेरो कुनै ज्ञान थिएन । मलाई कुनै जानकारी भएन । जबकि रेलवेमा नै काम गर्ने कति साहित्यकार गुवाहाटीको मालिगाउँमा नै रहेछन् । त्यसका छेउछाउमा रहेछन् । उनीहरूमा विशष गरी अविनाश श्रेष्ठको नाम विशेष उल्लेखनीय छ । उनी मालिगाउँमा नै रेलवेमा काम गर्दथे । उनले पछिल्लो चरणमा रेलवेको हिन्दी विभागमा काम गर्न थालेका थिए । उनले लामो समयसम्म हाम्रो ध्वनि पत्रिकाको सम्पादन गरेका थिए । मेरो यिनीसित भेट १९६६ सालमा तत्कालिन दरंग जिल्लाको गढपालमा भएको आसाम गोर्खा लिगको संमेलनमा भएको हो । आसामका चर्चित लेखक लीलबहादुर क्षेत्री गुवाहाटीमा गुवाहाटी रेलवेको छेउमा बसोबासो गर्दारहेछन् । मैले यिनको नाम राबघारी लाकरा तत्कालीन दरंग जिल्ला आसाममा बस्दा सुनेको हुँ र उनको उपन्यास बसाइ त्यही प्राप्त गरेर पढेको हुँ । मैले उनको उपन्यास निकै मन पराई उनको नाममा एउटा चिठी पनि लेखेको थिएँ । मैले यहाँ भन्न खोजेको कुरा के हो भने म गुवाहाटीमा रहँदा बस्दा मेरो खासै कुनै पत्र पत्रिका वा पृुस्तकसम्म पहुँच हुन सकेन । फेरि मैले गुवाहाटीमा बसेर साहित्यमा रुचि राखे पनि त्यहाँका कुनै साहित्यकारहरूसित चिनाजानी सम्पर्क पनि हुन सकेन ।
म १९६४ तिर नयाँ राबरघारी लोकरा दरंग जिल्ला ( हाल शोणितपुर ) मा बस्नथाले पछि बल्ल मेरो पुस्तक प्रेम र अझ पत्र पत्रिका प्रेमले मलजल पाउन थालेको थियो । हुन त लोकरा चार दुवार दुई ठूला बजार भएर पनि त्यहाँ कुनै पुस्तक पसल थिएन । त्यहाँ हामीले पाठ्य पुस्तक किन्न परे तेजपुृर शहरमा नै जानु पर्दथ्यो जुन लोकरा चारदुवारबाट बसबाट ४५ मिनटको दूरीमा थियो । उसरी विद्यार्थीहरूका पाठ्य पुस्तक किन्न परेमा हामीले शनिबारको प्रतीक्षा गर्नु पर्दथ्यो । भनौं हाटबजारको प्रतीक्षा गर्नु पर्दथ्यो । लोकरामा लाग्ने शनिवारको हात बजारमा जसरी कुखुरा परेवा खसी बाख्रा गाई गोरु कपडा लत्ता साग सब्जी अन्न पानी नुन तेल तथा अन्य खिस्री मिस्री माल समान किन्न पाइन्थ्यो त्यसरी नै त्यहाँ स्कूलका कापी किताब कलम मसी पेन्सल आदि पनि किन्न पाइन्यो । त्यहाँ स्कूले विद्यार्थीलाई चाहिने पुस्तक तथा स्टेसनरी माल समानको बिस्कुन लाग्दथ्यो । तर त्यहाँ पाइने पुस्तक प्राय आसामी भाषाका हुन्थे । यसैले अंग्रेजी माध्यमका पुस्तक चाहिएमा शिलाङको चपला बुृक स्टलमा लेख्नु पर्दथ्यो । अर्डर दिनु पर्दथ्यो ।
लोकरा पाँचौ आसाम राइफलको हेड क्वाटर हो । त्यतिबेला कुनै पनि आसाम राइफल्समा ८ं० प्रतिशत नेपाली हुन्थे । गोर्खाली हुन्थे । यसैले पनि आसाम राईफल्सको सिपाहीहरूको बोलीचालीको भाषा नेपाली नै हुन्थ्यो । आसाम राइफल्समा भर्ती भएका आसामी बंगाली विहारी पंजाबी गढबाली मदरासी राजस्थानी नागा मणिपुरे जुनसुकै भाषा भाषीका सिपाही भए पनि नेपाली भाषा नै बोल्दथे । नेपाली भाषा जान्दथे । लोकरा चारदुवार राबरघारी सुनाइपाम आदि जस्ता ठाउँ नेपाली बस्ती मानिन्थे । यसैले पनि लोकरा चारदुवारतिर नेपाली भाषा नबुझ्ने र बोल्न नजान्ने मान्छे पाउन गाह्रो थियो । त्यहाँका कति अनेपालीका घरमा पनि नेपाली भाषा बोलिन्थ्यो । कति घरमा आमा बुृबा परस्परमा बंगाली वा आसामी भाषा बोले पनि आफ्ना छोेरा छोरीसित नेपाली भाषा नै बोल्नृु पर्दथ्यो । भन्नुको अर्थ हो लोकरा चारदुवारमा नेपाली भाषा साहित्य अध्ययन गर्ने मान्छेको कुनै कमी थिएन । गहिरो साहित्यको अध्ययन गर्ने पाठकको कमी भए पनि सामान्य उपन्यास र पत्र पत्रिका पढ्ने पाठकको संख्या निकै ठूलो थियो । कसैले शिलाङ दार्जीलिङ वा नेपालबाट उपन्यास वा पत्र पत्रिका बोकेर लोकरा चारदुवार पुगेमा ती बस्तु खोसाखोसमा पर्दथे । लुछाचँुंडीमा पर्दथे । त्यहाँ पुगेका पत्र पत्रिका र पुस्तक घुमाई घुमाई पढ्ने प्रचलन थियो । परम्परा जस्तो थियो ।
नौ दशमा पढ्दा म निकै साहित्य प्रेमी भएको थिएँ । पुस्तक प्रेमी भएको थिएँ । त्यतिबेला म साहित्य पत्रिका पढ्न र साहित्य पत्रिकामा लेख्न थालेको थिएँ । म नै कक्षामा पढ्दा दरंग जिल्लाका दिल्लीमा कार्यरत कडेल ं( नाम याद भएन ) ले स्कूलमा आएर नै मलाई दिल्लीबाट नेृपाली भाषामा प्रकाशित हुने साभियत भूमिको ग्राहक बनाएका थिए । शायद यो नै प्रथमपल्ट ग्राहक भएको पत्रिका हो । हाई स्कूलमा पढ्दा पढ्दै म बनारसबाट निस्किने आमा उदय आदि पत्रिकाको ग्राहक भइसकेको थिएँ । ती पत्र पत्रिकामा मैले कथा कविता लेख्न पनि थालेको थिएँ । त्यतिबेला मैले शिलाङबाट प्रकाशित पत्रिका हाम्रो आशा तेजपुरका दरंग कलेजका नेपाली विद्यार्थीले प्रकाशित गरेको प्रभात, दार्जिलिङबाट प्रकाशित हुने दियो दियालो प्राप्त गरेर पढ्न थालेको थिएँ । नपालबाट प्रकाशित हुने रुपरेखाका पनि एकाध अंक लोकरा चारदुवार पुगेका हुन्थे। त्यतिबेला म पत्र पत्रिका र पुस्तक सोधी खोजी पढ्ने गर्दथे ।
लोकरा चारदुवारमा धेरै पढेलेखेका व्यक्ति निकै थोरै थिए । अंगुलामा गन्न सकिने थिए । सामान्य अध्ययन गरेका व्यक्तिहरूको भने ठूलो जमात नै थियो । सामान्य अध्ययन गरेका पाठकहरू मुख्यत बजारु हिन्दी उपन्यास खोजी खोजी पढ्दथे । उनीहरूले धेरै जसो पढ्ने उपन्यास भनेका हिन्दी उपन्यास हृुन्थे । खास गरी प्यारेलाल आवाराका बजारु उपन्यास हुन्थे। त्यतिबेला अर्का नाम चलेका हिन्दी उपन्यासकार थिए प्रेम बाजपेयी । उनको एउटा चर्चित उपन्यास थियो मूल्क तथा मुहम्मत । प्रेम बाजपेयीका उपन्यास तुलनात्मक रुपमा प्यारेलाल आवारका भन्दा केही साहित्यि हुन्थे । भए पनि प्रेम बाजपेयीले जति उपन्यास लेखे पनि उनको गणना हिन्दी साहित्य जगतमा हुँदैनथ्यो । त्यतिबेला नेपाली पाठकहरू गुरु दत्तका उपन्यास पनि पढ्दथे । लोकरा चारदुवारमा नेपाली उपन्यास पाउन गाह्रो थियो । नेपाली पुस्तक पत्र पत्रिका पाउन निकै गाह्रो हुन्थ्यो । कुनै व्यक्ति वा आसाम राइफल्सका लाहुरेहरू घरमा छुट्टी गएको बेलामा नेपाल दार्जीलिङ आदि ठाउँबाट बोकेर ल्याएका पत्र पत्रिका तथा पुस्तक त्यहाँ ठूला चीज हुन्थ े। कसैले कुनै पत्र पत्रिका वा पुस्कत बोकेर ल्याएको छ भने त्यसको होहल्ला लोकरा चारदुवार , राबरघारी सुनाइपाम आदि ठाउँतिर जोर तोडले हुन्थ्यो । मान्छेहरू पत्र पत्रिका र पुस्तक थात्रो हुने बेलासम्म आलोपालो गरी पढ्दथे ।
म हाई स्कूलमा पढ्दा शुरुमा मेरो कुनै नेपाली साहित्यकार वा साहित्यप्रेमी बुद्धिजीवी वा लेखकसित परिचय थिएन । भएन । म मैले लखेको कुृरा कक्षामा पढेर सुनाउँथे । मेरो श्रोता बंगाली विद्याथीै मृणाल गौतम थिए र केही नेपाली विद्यार्थी थिए । नेपाली विद्यार्थीमा दार्जीलिङबाट आएका ईन्द्र सुब्बाले मेरा कविता कथा ध्यान दिएर सुन्दथे । उनलाई नेपाली भाषाकोे ज्ञान पनि थियो । हो, मैले पढ्ने चार दुवार हाई स्कूलमा दुई जना नेपाली शिक्षक पनि थिए – ताराकान्त उपाध्याय र नीलमणि उपाध्याय । ताराकान्तले हिन्दी परीक्षा पास गरेर विशेष गरी हिन्दीका विभिन्न परीक्षाका कोर्सहरू पढाउँथे । नीलमणि उपाध्याय वी एस सी शिक्षक थिए । उनले हामीलाई विज्ञान र गणित पढाउँथे । मैले यी दुबै नेपाली शिक्षकलाई मैले लेखेका कविता सुझाव सल्लाहको लागि नसुनाएको होइन । तर उनीहरूले मलाई स्पष्ट भने हामीलाई कवितामा बारेमा खासै ज्ञान छैन । यस्तै उत्तर मैले अंग्रेजीमा एम ए पढ्दा अंग्रेजीका प्रोफेसरका मुखबाट पनि पाएको थिएँ । मैले डा ब्रिज राज सिंहलाई फलेन मैन कविता सुनाएर उनको सल्लाह सुझाव लिन खोज्दा उनले भनेका थिए — मलाई कविता लेखन बारेमा खासै ज्ञान छैन । अहिले मलाई थाहा भयो कविता लेख्नु एउटा कृरा रहेछ । कविता बुझ्नु र कविताको व्याख्या विश्लेषण गर्नु अर्को कुरा । कविताको व्याख्या विश्लेषण गर्नेले कविता नलेख्न पनि सक्दछ र कविता लेख्ने मान्छेले कविताको व्याख्या विश्लेषण नगर्न पनि सक्दछ ।
यसरी कक्षामा कविता सुनाउने क्रममा मेरो नेपाली भाषा जान्ने बोल्ने बंगाली सहपाठी मृणाल गौतमले भने — मैले तिम्रा रचना राम्ररी बुझ्न सक्दिनं । बरु म तिमीलाई नेपाली भाषामा लेख्ने व्यक्तिलाई चिनाइदिन्छु । उनलाई सुनाउ उनले तिमीलाई राम्रो सर सल्लाह दिन सक्दछन् । गौतमको घर नजिक डेरा गरी बस्ने नेपाली नीधि प्रसाद उपाध्याय दरंग जिल्लाका तेलिया गाउँका निवासी रहेछन् । उनी सोभियत भूमिका सप्पादक शिव प्रसाद उपाध्यायका आफ्न्त पर्दारहेछन् । उनी केही समय दिल्लीमा शिव प्रसाद उपाध्यायसित संगै बसेका पनि रहेछन् ।उनले खास गरी सैनिक समाचार ( नेपाली भाषामा प्रकाशित ) कथा लेख्दा रहेछन् । कथा लेखनमा उनको राम्रो दखल रहेछ । उनी आसाम राइफल्समा क्लर्क रहेछन् । गौतमले मेरो परिचय नीधि प्रसाद उपाध्यायसित गराइदिए पछि मैले उनलाई मेरो कथा सुनाउने गर्दथें ।उनले पनि मलाई आफूले लेखेका कथा सुनाउँथे । उनको एउटा कथाको शीर्षक अझ पनि मलाई याद छ – त्यो थियो जुठेल्नोको मस्को । उनके सल्लाह अनुसरार मैले सैनिक समाचारमा कथा ओइलाएको फूल पठाएको थिएँ । त्यो प्रकाशित भए पछि सैनिक समाचारले मेरो ठेगानमा पारिश्रमिकको रुपिया मनीअर्डंर गरिदिएको थियो । त्यो रकम मैले चारदुवारको पोस्ट अफिसबाट बुझेको थिएँ । निधि प्रसाद उपाध्यायसित मेरो परिचय भए पछि मेरो ताराकान्त तिम्सिनासित पनि परिचय भयो । उनी आसाम राइफल्स कै हिन्दी स्कूलमा शिक्षक थिए । उनी पनि नेपाली साहित्यमा ठूलो रुचि राख्दथे । उनी विशेगा गरी कविता लेख्दथे । उनी दरंग जिल्लाकै बिहालीका निवासी थिए ।
म चारदुवार हाई स्कूलमा पढ्दा मेरो परिचय लीला बहादुर राईसित पनि हुन गयो । उनी सुवेदारका छोरा थिए ।उनी चारदुवार बस्दथे । त्यतिबेृला उनले तेजपुरको दरंग कलेजबाट भर्खर वी ए पास गरेर गुवाहाटी विश्व विद्यायलयमा अंग्रेजी विषयमा एम एको अध्ययन गर्न थालेका थिए । कुनि कोबाट मैले यिनको बारेमा जानकारी पाएँ । यिनको साहित्यमा निकै धेरै रुचि छ र यिनी खुब साहित्यको अध्ययन गर्दछन् भन्ने कुरा समेत चाल पाएँ । एक दिन मैले लिला बहादुर राईलाई लोकरा बजारमा देखें । आफै उनलाई नजिक गएर भेटें र आफ्नो परिचय पनि दिएँ । मसित भेट भए पछि उनी अत्यन्त खुशी भए । हामीबीच विशेषत साहित्य र कलाका विषयमा ने कुराकानी भए ।
लीलाबहादुृर राईसित मेरो परिचय भए पछि उनले मलाई उनको बहिनीहरूका हातबाट टिका लगाउन निम्तो दिए । उनका चारै दिदी बहिनीले मलाई तिहारमा टिका लगाइदिने गरेका थिए । उसरी मलाई तिहारमा नयाँ राबरघारी बस्ने सुवेदारका छोरीहरूले पनि लगाइदिने गरेका थिए । सुवेदारका छोरा गणेश थापासित क्लिक ट्वन्टी क्यामेरा थियो । यही क्यामराबाट फोटो खिच्न सिकेर एक प्रकारले फोटो ग्राफर बनेको थिएँ । त्यस क्यामराले खिचेका कति फोटा अझ पनि मसित सुरक्षित छन् ।
म लीलाबहादुर राई चारदुवारमा छँदा उनलाई भेट्न बराबार उनको घरमा गइरहन्थें। उनी मसित चार पाँच घण्टासम्म कुरा गरिरहन्थे । कुरा धेरै साहित्य विषयमा र केही कुरा नेपाली जातिका विषयमा हुने गर्दथे । उनी अंग्रेजी हिन्दी आसामी बंगाली र नेपाली भाषामा लेखिएका पुस्तक र पत्र पत्रिका खोजी खोजी पढ्दथे । मलाई भेट्दा सोध्ने गर्दथे –कुनै नयाँ पुस्तक र पत्र पत्रिका आएका छैनन् ? नयाँ पुस्तक र पत्र पत्रिका पाएमा उनी अत्यन्त हर्षित हुन्थे । उनी पटक पटक काठमाण्डौबाट प्रकाशित रुपरेखा पत्रिको चर्चा गर्दथे । इन्द्रबहादुर राई ,बैरागी काइला, इेश्वर बल्लभ, मोहन कोइराला, पारिजात आदिका चर्चा गरिरहन्थे । गुवाहाटी विश्वविद्यायलका प्रोफेसर डा हिरेन गुवाईको यिनमा निकै धेरै प्रभाव परेको थियो । इंगलैण्डबाट मिल्टनको क्रान्तिकारी लेखनमा पी एच डी गरेका डा हिरेन गुवाई बामपन्थी चिन्तक तथा लेखक थिए । उनको पुष्पलालसित पनि भेटघाट र परिचय भएको थियो । यिनै डा हिरेन गुवाइले गुवाहाटीमा आयोजना गरेको एउटा साहित्यिक कार्यक्रममा मैले लीला बहादुर राईसित बंगालीकी प्रगतिवादी लेखिका उपन्यासकार महाश्वेता देबीसित पनि भेट गरेको थिएँ ।
लोकरा चारदुवारमा साहित्यप्रति रुचि लिने एकजना राम्रा पाठक थमके बहादुर क्षेत्री पनि थिए । उनी जीतबहादुर कार्की महाजनका छोरा थिए । उनले स्कुली शिक्षामा खासै रुचि लिएनन् । आफ्नै पढाइलाई अघि बढाएनन् । तर यिनी हिन्दी आसामी बंगाली नेपाली र उर्दू साहित्यको खुब अध्ययन गर्दथे । कविता पनि लेख्दथे । यिनी मान्छे खाइलाग्दा थिए । नेपाली फिल्म बनाउने र फिल्म खेल्ने यिनको शोक थियो । यिनको घर लोकरा पोष्ट अफिस नजिक हाई वेमा नै थियो । म बस्ने घरदेखि यिनी यस्तै आठ मिनटको दुरीमा बस्दथे । हामीले यिनको हाई वेसित सटेको जग्गा मागेर नेपाली पुस्कालयको निर्माण गरेका थियांै ।ं पुस्तकालय हामी विद्यार्थीहरूले निर्माण गरेका थियांै ं । पुस्तकालय निर्माणको लागि बाँस र खर गाउँबाट जम्मा गरेका थियौं । निर्मांणको अवस्थामा लोकराका नागा फोटोग्रराफरलाई समेत बोलाई फोटो खिचाएका थियौंं । हामीले पुस्तकालयो नाम देवकोटा नेपाली पुस्तकालय राखेका थियौंं । पुस्तकालय निर्माण पश्चात म शिलाङ लागे । उक्त पुस्तकालय बेबारिस जस्तो भयो । त्यसलाई निरन्तरता दिने र कायम राख्ने कुनै व्यक्ति भएन ।
लोकरा चारदुवारमा नेपाली पुस्तक नपाइने हुनाले मैले बाग्लुङ गल्कोेटमा आमा तुलसी साहनीलाई चिठी लेखेर मुलुकी ऐन र उपन्यास पठाइदिनु होला भनेको थिएँ । उहाँले बाग्लुङ बजार पुगेर रमेश कुमार महेश कुमार राजभण्डारीको पुस्तक पसलबाट एउटा उपन्यास र मुृलुकी ऐन किनेर मलाई लोकरा दरंग आसामका पठाइदिनु भएको थियो । उपन्यास खासै स्तरीय थिएन । उपन्यासको नाम आँसु थियो । आमालाई राम्रो र नराम्रो उपन्यास भन्ने के थाहा । उपन्यास माग्नु भयो । पुस्तक पसलले जे दियो त्यही किनेर पठाइदिनुृ भयो ।
म लोकरा चारदुवारमा पढ्दा हिन्द पाकेट बुकको नियमिग ग्राहक बनेको थिएँ । हिन्द पकेट बुकको यो घरेलु पुस्तकालय बनाउने योजना थियो । उसले हामीलाई आफूले प्रकाशित गरेका वा आफूसित उपलब्ध भएका पुस्तकको सूचि पठाइदिन्थ्यो । हामीले सूचिबाट आफूलार्ई मन परेका पुस्तक छानेर पठाइदिने अर्डर दिनु पर्दथ्यो । आफूले छानेका पुस्तकको पार्सल महिना महिनामा पोस्ट अफिसबाट पठाइदिन्थ्यो । त्यसमा विश्वका ठुला ठूला लेखकका अनुवादित पुस्तक बाहेका भारतका विभिन्न भाषाका हिन्दीमा अनुवादित पुस्तक हुन्थे । मैले रविन्द्रनाथ टैगोेरको नोबेल पुस्कार प्राप्त पुस्तक गीताञ्जली हिन्द पकेट बुकको लिष्ट अन्तर्गत मगाएर अध्ययन गरेको थिएँ । जहाँसम्म मलाई याद छ मैले कालीदासको मेघदूत पनि हिन्द पकेट बुकको लिस्टबाट मगाएर नै पढेको थिएँ । म हिन्द पकेट बुकको पाठक बनेको घरेलु पुस्तकालय बनाउन पनि हो । तर मैले लोकरा चारदुवार छोडे पछि मेरो घरेलु पुस्तकालय बनाउने योजना भताभुंग भयो । मैले किनेका पुस्तक यहाँसम्म कि मैले जम्मा गरेर राखेका पाठ्य मेरो कोठाबाट निकालेर कसले कहाँ पुरायो थाहा नै भएन ।
यसै प्रसंगमा म आसामी भाषा साहित्यका शिक्षक ग्रिन दासलाई स्मरण गर्दछु । हाम्रो चारदुवार हाई स्कूलमा आसामी भाषा पढाउने शिक्षक ग्रिन दास निकै नै पुस्तक प्रेमी थिए । उनले निकै धेरै पुस्तक पढेका थिए । ेशेक्सपियरका कति नाटक कण्ठ पनि पारेका थिए । तर जाँच दिएर वी ए पनि पास गर्न सकेका थिएनन् । उनी जाँच दिएर परीक्षा पास गर्नुभन्दा खुुरु खुरु पुस्तक पढ्नमा बढी रुचि लिन्थे । उनले हामीलाई कक्षामा नै भन्दथे – मलाई कसैको किताब मन पर्यो भने म त चुपचाप उठाएर लैजान्छु । किताब यसरी चुपचाप उठाएर लैजानु कुनै खराब कुृरा होइन । मलाई ग्रिन दासले त्यसरी आफूलाई मन परेमा कसैको किताब चुपचाप उठाएर लैजान्थे जस्तो त लाग्दैनथ्यो । यसमा उनले आफ्नो पुस्तक प्रेम जताएका मात्र होलान् । आफ्नो पुस्तक पढ्ने भोक जनाएका मात्र होलान् । साथै हामी सबैलाई पुस्तक पढ्ने उत्प्रेरणा दिन त्यसो भने होलान् ।
२८–१–२९०७७
Comments
Post a Comment