Skip to main content

निरोको अवतार

 

बिचरा सरकार कुर्सीको लागि लड्दै छ 

ज्यान फालेर लड्दैे छ 

दारा किटेर लड्दै छ 

पाखुृरा सुर्केर लड्दै छ 

मुठ्ठी उजाएर लड्दै छ 

न्वारानदेखिका बल लगाई लड्दै छ

साम दाम दण्ड भेदका सबै हतियार उठाएर लड्दै छ 

विपक्षीले आफ्नो प्राण प्रिय कुृसीैै फुत्काउँछन् कि भन्ने भय छ सरकारलार्इं 

आफ्नै आँतका भाइले लात हान्छन् कि भन्ने भय छ सरकारलाई 

आफ्नै बर्गबन्धुले खुट्टा  तान्छन् कि भन्ने भय छ सरकारलाई

जसरी भए पनि आफ्नो पल्ला भारी गराउन 

कुर्सी जोगाउन

किन्न पाइन्न कि भेडा बाख्रा भन्ने भय छ सरकारलाई

गुप्तवासमा संरक्षित राख्न सकिन्न कि खजाना भन्ने डर छ सरकारलाई 

आफ्नो प्राण प्रिय कुसीै आजीवन सृुरक्षित राख्न सकन्न कि भन्ने भय छ सरकारलाई

आफू ढल्न तयार छ सरकार बरु

तर दशवासीको आवाजको अघि गल्न तयार छैन     

विदेशी प्रभूहरू गोडा मल्न तयार छ सरकार बरु 

तर ऐत कानून नीति नियम मानेर चल्न तयार छैन 

आफैले बनाएको संविधानका धारा उपधारा मानेर चल्न तयार छैन 

कुनै मूल्य  मान्यता  नैतिकता मानेर चल्न तयार छैन 

देश र जनतालाई सकेसम्म छल्न तयार छ बरु 

आफूलाई बदल्न तयार छैन 

आशा र भरोसाको उज्यालो बत्ती भइे बल्न तयार छै्रन

मरे मरुन्  दुखी गरीब  खान नपाएर 

अस्पतालसम्म पुराउने एम्बुलेन्स नपाएर 

गाडी नपाएर   

मरे मरुन दृुखी गरीब अस्पतालमा बेड नपाएर

भ्यान्टिलेटर नपाएर                                                                                                                                                                                                                                                                 

औषधि उपचार नपाएर 

अक्सिजन नपाएर

परेर अलपत्र 

यत्र तत्र सर्वत्र

बने बनोस्  दश नै त्राही त्राही् 

सरकार कुर्सीको खेलमा खुब रमाइरहेछ 

जले जलोस् यो देश दन्दनी गरीबी र कोरोनाको महामारीको आगोमा

टाट पल्टे पल्टोस् भ्रष्टाचारको आहालमा डुवेर सुनको थालमिा भिख माग्ने यो मुलुक

समृद्ध नेपाल र सुखी नेपालीको सपना देखाई  

बाँसुरी बजाएर बसिरहेको छ धिक्कार यो सरकार   

निरोको अवतार ।

३०–१–२०७८

१३–५–२०२१





Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...