Skip to main content

बिषयः आक्सिनका लागि अर्जी


 

तिमीले जति प्रसंशनीय काम गरेको भए पनि 

तिमीले जति निन्दनीय काम गरको भए  पनि

तिमीेले  देश र जनताप्रति अति बफादारी देखाएको भए पनि 

तिमीले देश र जनताप्रति ठूलो गद्दारी गरेको भए पनि 

तिमी भक्ति थापाको असल सन्तान भएको भए पनि

तिमी लेन्डुप दोर्जेको अर्को अवतार भएको भए पनि 

तिमी देशका दलालहरूका अत्यन्त पुजनीय सरदार भएको भए पनि 

ठूलै ठेकदार भएको भए पनि 

यसको चर्चा परिचर्चा गर्ने समय छैन यतिबेला हामीसित

त्यसको लेखा जोखा गर्ने समय छैन यतिबेला हामीसित

ढिलो चाँडो 

त्यसकोे मूल्याँकन इतिहासले गर्दैजाला

त्यसका हिसाब किताब भविष्यले गर्दै रहला

तिमीलाई पुरस्कृत गरे पनि गर्ला 

तिमीलाई दण्डित गरे पनि गर्ला

यतिबेला तिमीले जसरी भए पनि 

जसकै कृपा वा आशीवार्दले गर्दा भए पनि 

ठूलै चक्रव्यूह रचेरै भए पनि 

तिम्रा सारा दुश्मनहरूलाई ठेगान लगाएका छौ

उनीहरूलाई नराम्ररी पराजित पारेका छौ

यतिबेला तिमीले बाजी मारेका  छौ

यतिबेला तिमीले युद्ध जितेका छौ

यतिबेला  तिमी विजयी बनेका छौं

यतिबेला तिमीले बिजयको माला पहिरहेका छौ 

यतिबेला तिमी बिजय उत्सव मनाइरहेका छौ 

रमाउनसम्म रमाइरहेछौ 

बधाइ छ तिम्रा यस्तो अपूर्व सफलताप्रति                                                                                                                                                                                                                                                                                                                                                                                                                                                             

धेरै धेरै बधाइ छ

बधाइका साथसाथै मेरो केही गुनोसो पनि रहेको छ

मेरो केही अर्जी अनुरोध पनि रहेको छ  

तिमीले भव्यतापूर्वक आफ्नो जीतमा खुशीयाली मनाइरहेको बेला

यो तिम्रो ठूलो हर्ष बडाइको बेला 

यो तिम्रो भव्य उत्सव र प्रचण्ड उमंगको बेला

मैले अलिकति गुनासो गर्न मिल्छ कि मिल्दैन

ठीक हुन्छ कि हुँदैन

मलाई थाहा छै्रन                                

तर पनि ठूलै साहस बटुली 

तिमीसामु एउटा  दर्खास्त गर्न चाहन्छु 

तिम्र्रो ज्यूहजुरमा एउटा बिन्तीपत्र चढाउन चाहन्छु

हे हाम्रो सरकार

हे तिम्रो सरकार 

मेरो सरकार 

के तराई 

के पहाड

के हिमाल 

क शहर 

के गाउँ

सिंगो दश

कोरोनाको क्रूर आक्रमणले थलो परेको बेलामा

कतै अस्पताल पुराउने एम्बुलेन्स नपाएर

कुनै बिरामी बोक्ने साधन नपाएर 

कतै जसरी तसरी अस्पताल पुराए पनि बेड नपाएर

कतै बल्ल बल्ल बेड पाए पनि आक्सिजन नपाएर  

अकालमा नै मुत्यु बरणका शिकार भइरहेका छन्

ज्यान गुमाइरहेका छन् 

देशवासीहरू

हाम्रा फसबुकका भित्ताहरू

हार्दिक श्रद्धांजली र  बैकुण्ठ बास होस् का शब्दले रंगाइएका छन्

उनीहरूले संविधान प्रदत्त

नागरिकको बाँच्न पाउने अधिकार गुमाइरहेका छन्

मुलुकभरि असंख्य अस्पताल बनाउने प्रतीज्ञा त तिमीले गरेकै छँँौ

प्रधानमंत्रीको शपथ ग्रहण लिंदा सम्मानीय राष्ट्रपतिबाट

मुलुक र जनताप्रति बफादार हुने प्रतीज्ञा नगरे पनि 

त्यो पर्दैन भने पनि 

फेरि पनि मैले तिमीलाई स्मरण गराउन खोजेको कुरा यही हो 

तिमीले सारा देशभरिका लागि सयौं अस्पतालको शिल्यान्यास गरे पनि                       

अस्पताल चाहिने त मान्छे बाँचे पछि मात्र हो 

यतिबेला त मान्छेलाइे बाँच्नै गाह्रो भैसक्यो 

सास धान्न गाह्रो भैसक्यो 

सास फेर्न गाह्रो भैसक्यो 

एक मुठी अक्सिजन नपाएर 

एक मुठी आक्सिजनको भरमा सास फेर्न नपाएर 

तिम्रा दर्जर्नौं मंत्रीहरू कार्बनडाइड आक्सइिडले सास फेर्न सके पनि 

कोरोना संंक्रमित नागरिकलाई सास फेर्न चाहिएको आक्सिजन नै हो

प्राण वायु नै हो 

यसैको अभाव छ यत्रतत्र 

सर्वत्र 

रोक बरु एक छिनलाई तिम्रो विजयको उत्सव लीला 

बाँचे पछि विजय उत्सव मनाउने दिन फेरि पनि आउला

उत्पादन गराउ आवश्यक आक्सिजन 

आपूर्ति गराउ आवश्यक आक्सिजन 

कोविद १९को महामारीले थला परेको यो मुलुकलाई 

त्राही त्राहीले छट्पटाइरहको यो मुलुकलाई                                                                                                                                                                                             

काल नआउँदै  कालका आहारा हुन थालेका  निरिह नागरिकहरूलाई 

अवसर नै नदेउ कसैलाई पनि  प्रश्न गर्ने

यो मुलृुकमा सरकार छ कि छैन  ? 

 १–२–२०७८

१५–५–२०२१

                                                                                                                                                                                                                     


Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...