Skip to main content

स्वीकारोक्ति

 

संसदीय फोहोरी खेलको आहालमा 

कुर्सीको लुछाचुँडीमा

कुर्सीको लडाईमा

नढाँटी भन्ने हो भने कमरेड

तिमीले हारे हुन्थ्यो भन्ने नै चाहन्थें म

तर पनि तिमीले जित्यौ

मेरो इच्छा विपरीत

बधाइ छ 

मलाई थाहा थियो जसले जिते पनि

कुनै दूधमा नुहाएको मान्छेले त जित्ने थिएन 

जसले जिते पनि यहाँ कुनै ठूलो उथलपुथल हुने त थिएन

कुर्सीको लुछाचुँडीमा

कुर्सीको लडाईमा

मलाई थाहा नभएको कुरा त अवश्य होइन यो 

दलालीमा टिकेको संसदीय राजनीतिको खेलमा                                          

जित्ने भनेकै एउटा दलालको सट्टा

कुनेै अर्को दलाल नै हो 

फेरि पनि 

एउटा दलालभन्दा अर्को दलाल केही फरक हृुन्छ कि भन्ने सोंच त आखिर हुने नै भयो                                        

एउटा दलालले भन्दा अर्को दलालले केही कम हानि नोक्सानी गर्दछ कि भन्ने सोंच त राख्नै पर्ने भयो

जे होस् कमरेड

मैले साहसपूर्वक भन्नै पर्दछ 

मैले मेरो स्वीकारोक्ति प्रकट गर्नै पर्दछ

म तिम्रो बिजयमा तिम्रा भक्तजनले जस्तै

खुशीयाली मनाउन सक्दिनं

म तिम्रा दिवाना अनुयायीहरू जस्तै

तिम्रो हर्ष बडाइमा सामेल हुन सक्दिन  ं 

यस कारण कि मलाई राम्ररी थाहा छ 

तिम्रो हरेक जीतमा देश हारेको छ 

जनता हारेका छन् 

आदर्श हारेको छ

मूल्य र मान्यता हारेको छ

नीति नियम र ऐन कानून हारेको छ

सिद्धान्त हारेको छ्

लक्ष्य हारेको छ््

अग्रगामी परिवर्तन हारेको छ्

मुक्ति शान्ति र प्रगतिको सपना हारेको छ

हिजो खुदै तिमीले पनि शुरु गरेको  

महान् सर्वहारा क्रान्ति हारेको छ ।

२–२–२०७८

१६–५–२०२१





















Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...