Skip to main content

मदन भण्डारी मेरो नजरमा


मदन भण्डारी मेरो नजरमा 

मंैले मदन भण्डारीलाई सर्वप्रथम २०२९ सालतिर बनारसमा नेकपाका महासचिवको पुष्पलालको पार्टी कार्यालयमा देखेको  थिएँ । हामीबीच उनको परिचय मोदनाथ प्रश्रितले गराएका हुन् । त्यतिबेला मदन भण्डारी बनारसमा संस्कृत भाषामा आचार्य गर्दै थिए । मोदनाथ प्रश्रितले हामीलाई मदन भण्डारीलाई एकजना प्रखर कान्तिकारी कविको रुपमा चिनाएका थिए ।  यस पछि जहाँसम्म मलाई संझना छ मेरो मदन भण्डारीसित पुष्पलालको नेतृत्वमा आयोजित नेपाली क्रान्तिकारी सांस्कृतिक सघको गठनकालमा भएको थियो । बनारसमा भूमिगत रुपमा भएको सांस्कृतिक संघमा पुप्पलालले हाम्रो सांस्कृतिक क्रान्तिको कार्यक्रम पेश गरेका थिए ।  यस संमेलनले शुरुमा ५ जनाको नेतृत्वको चयन गरेको थियो । त्यसको अध्यक्ष चुनिएका थिए युद्धप्रसाद मिश्र । यसको सचिव थिए राजेन्द्र थापा (  मोदनाथ प्रश्रित ) , सदस्यहरूमा थिए बिदुर ( जीवराज आश्रित  ), झपट सिंह (  रामचन्द्र भट्टराई ) र कपिल (  दिल साहनी ) । पछि केन्द्रिय समितिमा मदन भण्डारी लगायत अन्य साहित्यकारहरू पनि थपिएका थिए ।  यही क्रान्तिकारी सांस्कृतिक संंघले यसको मुखपत्रको रुपमा मुक्ति मोर्चा प्रकाशित गरेको थियो । मुक्तिमोर्चाको पछिल्लो अंकमा मोदनाथ प्रश्रितले निकै तल झरेर पुष्पलालको चरित्र हत्या गर्ने मनशायले एउटा लेख लेखेका थिए – पुष्पलालसित ५ बर्ष संगै बस्दा शीर्षकमा । त्यतिबेला म शिलाङमा थिएँ । मैले शिलाङका साथीबीच मोदनाथ प्रश्रितको  त्यस लेखको तीब्र आलोचना गरेको थिएँ । त्यसले पुष्पलाललाई होइन कि खुदै मोदनाथ प्रश्रितलाई तल गिराएको थियो ।

हामीले पुष्पलाललाई आसाम मेघालयतिर निमन्त्रित गरेका थियौं । पुष्पलाल सिधै कलकत्ताबाट शिलाङ पुगेका थिए । पुष्पलाल मेघालय आसामबाट बनारस फर्के पछि मोदनाथ प्रश्रितले हामी शिलाङका साथीहरूलाई  पुष्पलाललाई कुनै पनि प्रकारको सहयोग नगर्नु भन्ने पत्र लेखेका थिए । मोदनाथ प्रश्रितको पत्रले कैयौं साथीहरू पुष्पलालका बिरोधी बनेका थिए । त्यतिबेला नै मोदनाथ प्रश्रित र जीवराज आश्रितहरूले मुक्तिमोर्चा समूहका नाममा पुष्पलालको  पार्टीबाट विद्रोह गरेका थिए । उनीहरूले हामी मेघालय र आसाममा भएका साथीहरूलाई मुक्तिमोर्चा समूहमा सामेल हुन आह्वान गरेका थिए ।  पुष्पलालले ममाथि धेरै आशा र भरोसा राखेका थिए । यसैले उनले मलाई अखिल भारतीय प्रवासी संघको नेतृत्वको जिम्मा पनि दिएका थिए । शायद यही भएर पनि होला मोदनाथ प्रश्रित र जीबराज आश्रितले मुक्ति मोर्चा समूहको नाममा विद्रोह गर्दा मलाई खबर नै गरेका थिएनन् ।  

मुक्तिमोर्चा समूहको नाममा जो जसले विद्रोह गरे पनि त्यसका मुखिया भने जीवराज आश्रित नै थिए । राजनैतिक वा सैद्धान्तिक रुपले अरुभन्दा जीवराज आश्रित निकै माथि थिए । मोदनाथ प्रश्रित साहित्य र बौद्धिक ज्ञानमा अघि भए पनि राजनैतिक चेतनाको हिसाबले उनी धेरै पछि थिए । यसैले मुक्तिमोर्चाको विद्रोह जीवराज आश्रितको विद्रोह हो जस्तो पनि लाग्दछ मलाई ।

मुक्ति मोर्चाको विद्रोहको बेलामा मदन भण्डारी आफ्नै घरमा गएर बसेका थिए । उनलाई तानेर राजनीतिमा जीवराज आश्रित र मोदनाथ प्रश्रितले ल्याएका हुन् ।  मुक्ति मोर्चाको विद्रोह पुष्पलालले नेपालमा सशस्त्र क्रान्ति गरेन भनेर नै हो । पुष्पलालले कम्युनिष्ट क्रान्तिमा गद्दारी गरे भनेर नै हो । पुष्पलाललाई गद्दार ठहर गरेर नै हो ।  पछि यही मुक्तिमोर्चाको झापा विद्रोहको नेतृत्व गर्ने को अर्डिनेसन केन्द्रसित नेकपा मालेको नाममा एकीकरण भएको हो । नेकपा मालेले नेपालमा नयाँ जनवादी क्रान्ति गर्नें कार्यक्रमलाई अंगीकार गर्यो । यसका महासचिव थिए झापा विद्रोह र नख्खु जेलव्रेकका नायक सी पी मैनाली ।  मैले सी पी मैनालीलाई सर्वप्रथम पोखरामा जीवराज आश्रितको साथमा २०३६ तिर भेट्दा स्वयंं जीवंराज आश्रित सीपी मैनालीका स्वकीय सचिव जस्ता देखिन्थे । पछि म पार्टीर्कोे निर्देशनमा बनारसमा पार्टी प्रकाशनको लागि गएको बेलामा प्रवासको पार्टी इन्चार्ज भएर बसेका झलनाथ खनालसित एक महिनाजति  रहँदा बस्दा उनलाई अचानक नेपालको बोलाबट भएको थियो । त्यतिबेला नै नेकपाको बहुमतले सीपी मैनाली फाल्ने र झलनाथ खनाललाई नेकपाको महासचिब बनाउने चक्रव्यूह रचेको रहेछ । त्यस पछि सी पी मैनाली फालिएका फालिई भए । सी पी मैनालीलाई जीवराज आश्रित लगायतका मालेका दर्जनौै नता एक भएर फालका हुन् ।  पछि त उनी नेकपा मालेको महासचिव हुँदा केन्द्रिय कमितिको सदस्य पनि नभएको बामदेव गौतमलाई नेता मानेर पुनरगठित नेकपा मालेमा बस्न तयार भए । सी पी मैनालीलाई मालेबाट तल झारेको मूलत उनले कसैलाई गनेनन् र टेरेनन् भनेर नै हो ।

सी पी मैनाली पछि झलनाथ खनाल नै नेकपा मालेका महासचिव थिए । २०४६को जन आन्दोलनको बेलामा नेकपा मालेका महासचिव झलनाथ खनाल नै थिए । 

बीचमा सी पी मैनाली र जीवराज आश्रितहरूबीच राजनैतिक स्वतन्त्रता कि पार्टी स्वतन्त्रता भन्ने सवालमा बाद विवाद चलिरहेको थियो । सी पी मैनाली पार्टी स्वतन्त्रताको पक्षमा थिए । उनको तर्क थियो पंचायतको निरंकुशताको बेलामा पार्टी स्वतन्त्रताको लागि संघर्ष गर्ने हो भने कांग्रेसलाई समेत तान्न सकिन्छ ।  मदन भण्डारी    जीवराज आश्रित पक्षधर बामदेव गौतमको तर्क थियो यदि हामी पार्टी स्वतन्त्रताको लागि संघर्ष गर्यौं र त्यसमा सफलता पायौं भने हामीले पार्टीलाई खुला गर्नु पर्नै हुन्छ  । चुनाव पनि लड्नु पर्ने हुन्छ । चुनावमा जित्यौै भने सरकारमा पनि जानु पर्ने हुन्छ । यसरी त हामी संसदीय राजनीतिको भासमा जाकिन्छौं । त्यसबाट कहिल्यै उकासिन सक्दैनौं । राजनैतिक स्वतन्त्रताको नाराले हामीलाई कम्युनिष्ट क्रान्तिको विन्दुसम्म पुराउँछ । पछि भयो के भने पार्टी स्वतन्त्रताको कुरा गर्ने सी पी मैनाली अझ पनि राजनैतिक स्वतन्त्रताको पक्षमा छन् । नयाँ जनवादी क्रान्तिकै पक्षमा छन्  । राजनैतिक स्वतन्त्रताको बकालत गर्ने बामदेवहरू आफूले भने जस्तै संसदीय राजनीतिको भासमा गाडिएका छन् । उनीहरू त्यसबाट उकासिने कुनै संभावना ेदेखिन्न । 

पंचायत कालमा माले छँदा  नै जनपक्षीय उम्मेदेवार खडा गरेर चुनावी राजनीतिमा डुवेको एमाले अब पूंजीवादी संसदीय कालमा आएर त्यसबाटोबाट  दाहिने बाये लाग्ने कुनै संभावना देखिन्न ।

म नेकपा मालेमा छँदा नै लुम्बिनी अंचलका इन्चार्ज बनेका नख्खुृ जेल ब्रेकका एक पात्र गोपाल शाक्यले रुस पनि समाजबाद हो चीन पनि समाजवाद हो भन्ने मान्यता राख्न थालेका थिए । त्यतिबेला नेकपा माले रुसलाई समाजवादी देश मान्दैन्थ्यो । रुसलाई सामाजिक साम्राज्यवादी मुलुक मान्दथ्यो । रुस अमरिका दुबै प्रथम विश्वमा पर्ने दुनियाँका एक नम्बर शत्रु भए पनि पुरानो साम्राज्यवादी अमेरिकाभन्दा पनि नयाँ सामाजिक साम्राज्यवादी रुस अझ खतरनाक छ भनिन्यो । यसैले रुसलाई पनि समाजवादी देश मान्नु वा भन्नु कमरेड गोपाल शाक्यको महाभूल थियो । नौलो जनवादी क्रान्तिको विपरीत कुरा थियो । पुष्पलालले रुसलाई सामाजिक साम्राज्यवादी मुलुक नभनेको हृुनाले  पनि त्यस पार्टीबाट विद्रोह गर्ने जीवराज आश्रितको लागि त्या सुपाच्य थिएन । भएन । गोपाल शाक्यलाई पार्टीको साधारण सदस्यबाट पनि निस्कासित गरियो ।  म त्यतिबेला रुपन्देही नेकपा मालेको जिल्ला कमिटिको सदस्य थिएँ । जीवराज आश्रितले त्यतिबेला लुम्बिनी अंचलमा आदेश गरेका थिए –  गोपाल शाक्यलाई कतै वास पनि नदिनु । गास पनि नदिनु । पार्टीले रुसलाई पनि समाजवादी भन्यो भन्ने गोपाल शाक्यलाई कार्वाही गरेर पार्टीबाट निस्कासित  गरे पनि गोपाल शाक्य भैरहवामा मलाई भेट्न आइरहन्थे । मसित  बसिरहन्थे । त्यतिबेला मलाई प्रवासी नेपालीको कलकत्तामा हुने संमेलनमा जानु पर्ने भयो  । गोपाल शाक्य म पनि कलकत्ता जान्छु भनेर मेरो पछि  लागे ।  मैले उनलाई नजाऊ भन्न सकिनं । मसित नआउँ  भन्न सकिनं । कलकत्तामा मलाई सी पी मैनालीले प्रश्न गरेका थिए –तपाइंले किन गोपाल शाक्यलाई ल्याउनृु भएको हो  ।  यस्तो भने पनि सी पी मैनालीले गोपाल शाक्यलाई कार्यक्रममा कुनै नै कुनै रुपमा सरिक गराएका थिए । पछि यिनै गोपाल शाक्य एमालेको सरकारमा मंत्री भए । यही प्रवासी नेपालीको सम्म्मेलनमा मैले तत्कालीन मशालका नेता  सी पी गजुरेललाई भेटेको थिएँ ।

सुस्त सुस्त जीवराज आश्रित र मदन भण्डारीले पनि रुसलाई पनि समाजवादी देश भन्न थाले । हिजो जसलाई उनीहरू संसदवादी पार्टी भन्दथे उनीहरूलाई पनि क्रान्तिकारी पार्टी भन्न थाले । उनीहरू पछि राजतन्त्रलाई जीवित सत्य मान्ने हिजो आफूले समेत  राजावादी संसोधनबादी भन्ने मनमोहन अधिकारीसित पनि पार्टी एकीकरण गरेर मालेबाट एमाले भए । मलाई कहिले एमाले हुन परेन । मालेले माओ त्से तुंग बिचार परित्याग गरेको बेलादेखि यसको राजनैतिक बिचार तथा लाइनबाट असहमत हृुँदै आएको मंैले राजतन्त्र स्वीकार गरेर संविधान आयोगबाट संविधान बनाउन राजी भएको नेकपा मालेको तत्कालीन इन्चार्ज के पी ओलीलाई पार्टी परित्याग गर्न चाहेको कुरा जनाउँदै भनेको थिएँ – अब म पार्टीमा रहिरहन  चाहन्न ।                        तपाइंले मलाई नेकपाको पार्टी सदस्य भनेर सम्पर्क नगर्नु होला । उनले मलाई निकै बुझाउन त खोजे । तर मैले उनको कुृरा खाने कुरै भएन ।  अन्त्यमा उनले भने अन्य रुपमा त मेरो तपाइंसित सम्पर्क हुन सक्दछ । मैेले जबाबमा भनेको थिएँ । निश्चय हुन सक्दछ ।

२०४६–०४७ सालपछि एमाले नेताहरूमा मेरो प्रत्यक्ष भेट झलनाथ खनालसित एकपल्ट र  के पी ओली शर्मासित  दुईपल्ट भेट भएको छ । झलनाथ खनालसित काठमाण्डौमा साहित्यिक कार्यक्रममा भेट भएको हो । के पी ओली शर्मासित पहिलोपल्ट उनी धनपति उपाध्यायको मृत्युमा दाह संस्कारमा भाग लिन भैरहवा बर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीसित आएका थिए । त्यतिबेला मैले उनलाई खासै वास्ता नगरे पनि  उनले. मलाई टाढैबाट देखेर नजिक बोलाएका थिए । दोस्रोपल्ट २०६४ तिर मेरो सम्पादनमा प्रकाशित जनघोषको विमोचनको समयमा बुटबलमा होटेल इरामा भेट भएको थियो । त्यतिबेला मैले नै उनलाई जनघोषको  पहिलो अंक दिएको थिएँ जसमा मदन भण्डारीले मलाई मैले शिलाङबाट सम्पादन गर्ने पत्रिका नयाँ चेतनामा प्रकाशनार्थ पठाएको अप्रकाशित कथा प्रकाशित थियो. ।

मदन भण्डारीको नाममा जनताको बहृुदलीय जनवादको कार्यक्रम अघि सारिएपछि यस कार्यक्रमको तीब्र बिरोध सी पी मैनालीले गरेका थिए । झलनाथ खनालले पनि गरेका थिए । उनल साप्ताहिक बुधबारमा एउटा लामो लख लेखेर के पनि भनेका थिए भने यदि नौलो जनवाद भन्नु र जनताको बहुृदलीय जनवाद भन्नु एउटै कुरा हो भने किन कुनै नक्कली महिलाले नाखमा लगाएको फुलीलाई देखाउन नाख नै हल्लाउन पर्यो । तर अहिले तिनै झलनाथ खनाल बहुदलीय जनवादका अनुयायी बनेका छन् ।  मलाइ के लाग्दछ ेभने बहुदलीय जनवाद भन्नु र वी पीको प्रजातान्त्रिक समाजवाद भन्नुमा कुनै फरक छैन । अन्तिम विश्लेषणमा बहुदलीय जनवाद भनेको पूंजीवादी संसदवादी सिद्धान्त नै हो । राजनैतिक पद्धति नै हो । अझ राजनैतिक व्यवस्था नै हो । यो कुनै पनि कम्युनिष्ट कार्यक्रम हृुन सक्दैन । होइन ।  यसको लागि न त कुनै प्रकारको संघर्ष वा आन्दोलन गर्न आवश्यक छ । न त क्रान्ति नै । मात्र बाकस थापे पुग्दछ ।

मेरो बिचारमा भदन भण्डारीको नाममा प्रस्तुत गरिएको बहुदलीय जनवाद कम्युनिष्टको कार्यक्रम नभए पनि उनको नाममा प्रस्तुत गरिएको हुनाले एमालेका पार्टी कार्यकर्ता त्यसलाई आँखा चिम्लेर स्वीकार गर्दथे । गर्दछन् । यस कारण कि एमालेको पार्टी पंक्ति विशेष गरी एमालका कार्यकर्ता वा समर्थक मदन भण्डारीको भाषण कला भाषा शैली तथा ओजपूर्ण आवाजले मोहित भैसकेका थिए । दिवाना जस्ता भैसकेका थिए ।  म अझ पनि भन्दछु मदन भण्डारी कुृनै मौलिक राजनैतिक चिन्तक अझ माक्र्सवादी चिन्तक त हुँदै होइनन् ।  उनले बहुदलीय जनवादका नाममा पूंजीवादी संसदीय राजनीतिको जामा पहिराइदिएर नेपाली कम्युनिष्ट पार्टीको कार्यक्रमलाई रायमाझीपथ वा मनमोहनपथमा झारिदिए । जुन काम डा केशर जंग रायमाझीले गर्न सकेनन् जुन काम मन मोहन अधिकारीले गर्न सकेनन् त्यो काम मदन भण्डारीले गरिदिए । यति कुरा भने पक्का हो डा केशरजंग रायमाझी चतुर रानतीतिका खेलाडी थिए । जब कि मनमाहन अधिकारी सोझो व्यक्तित्व भएका व्यक्ति थिए । त्यस्तै सोझो व्यक्तित्व भएका व्यक्ति थिए मदन भण्डारी । अझ मलाई त के लाग्दछ भने पुष्पलाल त के जीवराज जत्ति पनि राजनैतिक व्यक्ति होइनन् मदन भण्डारी । उनको राजनैतिक जीवन अअm पार्टी जीवन  एक दशक लामो पनि छैन । मदन भण्डारीलाई मदन भण्डारी बनाउने जीवराज आश्रित नै हुन् ।  चाहन त चाहन्थे होला जीवराज आ।श्रत पनि आफै मदन भण्डारी बन्न ।  तर सकेनन् । बनेनन् । उनलाई पार्टीले एउटा कुशल संगठकको रुपमा मात्र चिनिरह्यो । उनी मात्र सेकेन्ड म्यान मात्र बने । कहिले सी पी मैनालीको सेकेण्ड म्यान । कहिले झलनाथ खनालको सेकण्ड म्यान । कहिले मदन भण्डारीको सेकेण्ड म्यान ।  अर्कां कुरा मदन भण्डारी व्यक्तिगत रुपमा इमान्दारी मान्छे भएकोले पनि लाकप्रिय हुन पुगे । अर्को कुरा यो पनि हुन सक्दछ उनी हालमा एमालेका नेता जस्तै सत्ताको सक्दो दोहन गर्ने अवस्थमा नपुगेको हुनाले पनि उनमा त्यस्तो कुृैनै दाग लाग्न पाएन कि  । राजनैतिक पार्टीमा मदन भण्डारीले काम कम गरे जस धेरै पाए ।  तर त्यो जस कुनै क्रान्तिकारी कम्युनिष्ट पार्टी वा पार्टी पक्तिमा भने होइन ।  मदन भण्डारी बनेका भन्दा पनि बनाइएका नेता हुन् । क्रान्तिकारी कम्युनिष्ट नेताभन्दा पनि प्रतिक्रात्किारी कम्युनिष्ट नेता । संसोधनवादी कम्युनिष्ट नेता । गोवौचोभ जस्तै विसर्जनवादी कम्युनिष्ट नेता । बिडम्बनाको कुृरा यही छ मदन भण्डारीको खृुबी त्रुद्धि तथा शक्ति कम्युनिष्ट कान्तिलाई मलजल दिएर अघि बढाउनको सट्टा त्यसकै नाममा त्यसकोे चिहान खन्नमा  खर्च भयो  । बहृुदलीय जनवाद त्यसैका उपज हो । जुन काम जीवनभरि रायमाझी वा मनमाहनले गर्न सकेनन् त्यो. काम मदन भण्डारीले सजिलै गरिदिए । पुष्पलाल र मदन भण्डारीलाई एउटै डालीमा  राख्नु पुष्पलालप्रति ठूलो अन्याय हुन्छ । आज एमालेमा जुृन किसिमको गैर कम्युनिष्ट चरित्र झल्किरहेछ वा उनीहरूमा जुन किसिमको बिकृति र विसंंगति ेदेखा परेको छ त्यो त्यसैको उपज हो । जस्तो बिउ रोप्यो त्यस्तै फल लाग्दछ । माओले भनेको कुरा ठीकै हो – सबै कुराको निर्णय राजनीति सही वा गलत हुृनाले नै गर्दछ । यतिबेला एमालेका नेता त कम्युनिष्ट नेतामा पाइने चरित्र परे जाओस् एउटा इमान्दार बुर्जुवा नेतामा हुने चरित्र जति पनि पाइन्न । आर्दश पाइन्न । 

४–२–२०७८                                                                                   

 

Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।...

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...