साधु सज्जनहरू पो शहर बाटो हिंंड्छन्
मूल बाटो हिंड्छन्
छाती फुृलाएर हिंड्छन््््
शिर ठाडो पारेर हिंड्छन्
दिनको उज्यालोमा हिंड्छन्
बिना शंका उपशंका
ढुक्कसित हिंड्छन्
निडर भएर हिंड्छन्
चोर तस्कर र डाँकू पो
दिनको उज्यालोमा होइन रातको अँध्यारोमा हिंड्छन्
अझ मध्यरातमा हिंड्छन्
कृुनै राष्ट्रघाती जनघाती सन्धि संझौतमा सही धस्काउने हाम्रै सरकार जस्तै
कुनै राष्ट्रघाती जनघाती अध्यादेशमा सही धस्काउने हाम्र्रै सरकार जस्तै्
चोर बाटो हुँदै हिंड्छन्
चोर बाटो खोज्दै हिंड्छन्
चोर बाटो रोज्दै हिंड्छन्
मानिलिउँ कि
युृद्धकालमा कुनै ठूलै दुश्मनले जस्ते
मूल बाटो जोड्ने सारा पुलहरू कसैले भत्काइदिएको होस्
मूल बाटो हिंंड्ने सारा पुलहरू कसैले बम हानेर उडाइदिएको होस्
हा,े चार बाटो छोटो पनि हुन्छ
सजिलो पनि हुृन्छ्
छिटो छरितो पनि हुन्छ
सुरक्षित अवतरणको लागि
निष्कंंंटंक पनि
अवरोधविहिन पनि
निर्विरोध पनि ।
१२–२–२०७८
Comments
Post a Comment