Skip to main content

डा. लालबहादुर बर्माप्रति श्रद्धा सुमन

 

हालै भारतका एकजना प्रसिद्ध माक्र्सवादी बुद्धिजीवी इतिहासकार प्रोफेसर डा लालबहादुृर बर्माको  दुखद  मृत्यु भयो । यो सिंगो माक्र्सवादी जगतको लागि ठूलो क्षति हो । यो विश्व कै बामपंथी आन्दोलनको लागि ठूलोे क्षतिको कुरा हो । 

मैले डा लालबहादुर बर्माको नाम आजभन्दा चार दशकभन्दा पहिलेदेखि सुन्दै जान्दै आएको थिएँ । म शिलांगमा छँदा रहँदादेखि नै डा लालबहादर बर्माको नाम सुन्दै जान्दै आएको हुँ । मैले उनको बारेमा के कुरा थाहा पाएको थिएँ भने डा लाल बहादुर बर्मा गोरखपुर विश्वविद्यायलका इतिहास विषयका प्रोफेसर हुन् । उनले हिन्दीमा प्रगतिवादी पत्रिकाको सम्पादन गरिरहेका र त्यसमा पुष्पलालको नेपालकोे क्रान्तिका बारेमा लखिएका लेख प्रकाशित भएका छन् । उसरी  पुष्पलालका लेखहरू कलकत्ताबाट प्रकाशित हुने अंग्रजी पत्रिका फन्टियरमा पनि छापिन्थे । त्यतिबेला म शिलाङमा छँदा मैले लेखको  नेपाल सम्बन्धी एउटा लेख ह्वाट नेपाल वान्टस् फन्टियरमा प्रकाशित भएको थियो । डा लाल बहादुर बर्माले इतिहास बोध पत्रिका पछिसम्भ सम्पादन गरिरहे । यस पत्रिकाले कम्युनिष्ट आन्दोलनलाई अघि बढाउन निकै धेरै सुचना र प्रेरणा संप्रेषण गरिरह्यो । नेपाली बामपन्थी पाठकको बीचमा इतिहास बोध निकै लोकप्रिय भएको थियो । नेपालका बामपन्थी पाठकहरूका बीचमा यस पत्रिकाको ठूलो माग थियो । मैले बुटबलको विशाल पुस्तक पसलबाट इतिहास बोधका केही अंक प्राप्त गरेको थिएँ ।  संकटकालको बेलामा मलाई यी पत्रिका जोगाउन निकै गाह्रो भएको थियो । अझ पनि मसित इतिहास बोधका केही अंक सुरक्षित छन् । इतिहास बोध जस्तो अनुृसन्धानात्मक ऐतिहासिक सूचना र माक्र्सवादी सामाग्रीले सुसज्जित पत्रिकाको अभाव यतिबेला खट्किरहेको छ ।  शायद इतिहास बोधको प्रकाशन र सम्पादनको लागि हामीलाई अर्को डा लाल बहादुर बर्माको जन्म हुन आवश्यक छ । त्यसको प्रतीक्षा गर्नु पर्दछ ।

डा लाल बहादुर बर्माको शैक्षिक अध्ययनको विषय हो इतिहास । उनले फ्रान्सबाट हिस्ट्रोग्राफीमा पी एच डी गरेका हुन् । मैले चाल पाए अनृुसार उनी लेखक पत्रकार अनुवादक तथा समालोचक पनि हुन् ।  उनले केही समयअघि भारतको १८५७ को अंग्रेजहरूको औपनिवेशिक सत्ता विरुद्धको विद्रोहलाई आधार बनाएर हिन्दीका प्रसिद्ध उपन्यासकार अमृत लाल नागरले लेखेको पुस्तक गदर के फूल माथि दिल्ली विश्वविद्यायलको किरोडीमल कलेजको प्राङ्मणमा पुरुषोत्तम अग्रवालले लिएको छलफल बार्तामा सरिक हुँदै निकै महत्वपूर्ण व्याख्या विश्लेषण गरेका थिए । वास्तवमा १८५७ को विद्रोहलाई अग्रेजले म्युटिनी भनेका छन् । अंग्रेजी साम्राज्यका बिरुद्ध यो स्वत स्फूर्त रुपमा भएको बिद्रोह थियो । धार्मिक आस्थाका कारणले भएको विद्रोह थियो । तर पनि यस विद्रोहको निकै ठूलो ऐतिहासिक महत्व रहेको छ ।  धेरैले यसलाई भारतको प्रथम स्वतन्त्रता संग्राम भनेका छन् । कार्ल माक्र्सले आफ्नो भारतको ंस्वतन्त्रता संग्राम पुस्तकमा यस विद्रोहलाई भारतको अंग्रेज बिरुद्धको स्वतन्त्र संग्रामको एक क्रान्तिकारी कदभको रुपमा हेरेको र विश्लेषण गरका छन् । कुनै समयमा भारतको विनोद मिश्रको नेतृत्वमा रहेको भाकपा मालेले भनेको थियो भारतको स्वतन्त्रता संग्राम सिपाही मंगल पाण्डले फायर गरेको गोलीबाट शुरु भएको थियो ।  जे होस्, प्रोफेसर डा लाल बहादुर बर्माले छलफलको क्रममा भनेका महत्वपूर्ण कुरा के थियो भने मान्छेहरूले सुनेका भनेका बुझेका चाल पाएका चारैतिर छर पस्टिएका कुरा वा घटनालाई जम्मा गरेर नै इतिहास लेख्न सकिन्छ । सही इतिहास लेख्न सकिन्छ । बस्तुपरक इतिहास लेख्न सकिन्छ । अमृत लाल नागरको गदर के फूल त्यस्तै प्रकारका सामाग्री खोज खन्तर बटुल बाटुल र जोरजार गरेर लेखिएको पुस्तक हो ।  वास्तवमा अमेरिकी माक्र्सवादी चर्चित उपन्यासकार हावर्ड फास्टको आदि व्रिद्रोही (   क्एब्च्त्ब्ऋग्क् )  ऐतिहासिक कुरा वा घटना खोज खन्तर बटुल बाटुल र जोरदार गरेर लेखिएको ऐतिहासिक उपन्यास हो । इतिहासलाई आधार बनाएर लेखिएको उपन्यास । माक्र्सवादी दृष्टिकोणले लेखिएको यस उपन्यासलाई कुनै पनि अमेरिकी प्रकाशकले प्रकाशित गर्न मानेनका थिएनन् । लेखकले पाठकहरूको सहयोगमा आफैले प्रकाशित गरेका थिए स्पार्टाकश उपन्यासलाई । यो उपन्यास यतिबेलासम्म संसारका प्राय सबै भाषामा अनुवादित भएको छ । यस उपन्यासमा फिल्म पनि बनेको छ । यस उपन्यासको विषयबस्तु प्राचीन दास विद्रोह हो ।                   

केही बर्ष अघि मैले अंग्रेजी माक्र्सवादी उपन्यासकार हार्वड फास्टमाथि अनुसन्धान गर्ने कुरालाई अघि बढाएको थिएँ ।  यस क्रममा उनले लेखेका पुस्तक खोज्न लखनऊ दिल्ली इलाहावाद हैदराबाद आसाम आदि टाउँमा चाहार्दा पनि मलाई ती पुस्तक पाउन निकै गाह्रो भएको थियो । विश्व विद्यालयहरूले पनि माक्र्सवादी लेखकका कृतिलाई कुनै ठाउँ वा मान्यता नदिने हुनाले पनि मलाई हावर्ड फास्टका पुस्तक प्राप्त गर्न गाह्रो भएको थियो । मैले प्रसिद्ध माक्र्सवादी सौन्दर्य शास्त्री अमृत रायले  हावर्ड फास्टका केही हिन्दीमा अनुवाद गरेका पुस्तक भेटेको थिएँ । अरु पनि हावर्ड फास्टका उपन्यास प्राप्त गर्न सकिन्छ कि भनेर मैले इलाहाबाद पुगेर अमृत रायलाई भेटेको थिएँ । उनीसित हावर्ड फास्टमा सीमित उपन्यास रहेछन् । उनले ती पुस्तकको फोटोकपी गर्दा ड्यामेज हुने हुनाले त्यही बसेर पढ्नसम्म दिन सक्छु भनेका थिए । केसम्म पनि भनेका थिए भने उनी अनुसन्धान कार्यमा मलाई सहयोग पनि गर्न तयार छन् । अमृत राय हिन्दीका प्रसिद्ध उपन्यासकार प्रेमचंदका कान्छा छोरा हुन्  ।

यसै दौरानमा मैले डा. प्रोफेसर लाल बहादुर बर्माले हावर्ड फास्टको एउटा पुस्तक  द अमेरिकन हिन्दीमा अनुवाद गरेको सूचना प्राप्त गरें । जानकारी पाएँ ।  त्यस अनुवादित पुस्तक प्राप्त गर्न मैले उनलाई एउटा चिठी पनि लेखेको थिएँ । उनले त्यसको जबावमा लेखेका थिए – उनले धेरै पहिले हावर्ड फास्टको पुस्तक अनुवाद गरेका थिए । अहिले उनीसित त्यसको कुनै प्रति बाँकी रहेको छैन । अमृत रायले लेखेका दुई तीन चिठी मसित अझ पनि सुरक्षित छन् । उनले मलाई  कुनै चिठी हिन्दीमा लेखेका थिए । कुनै चिठी अंग्रेजीमा । कागज पत्र खोज्दा बेला बखतमा अमृत रायले लेखेका चिठी मेरा हातमा पर्दछन् । तर डा लाल बहादुुर बर्माले मलाई जानकारी दिएको चिठी भने कहाँ छ मैले कागज पत्र खोज खन्तर गर्दा कतै भेटेको छैन । कुनै कुनामा सुरक्षित रहेको होला । खोज्दै रहे कुनै बेला भेटिएला ।

डा लाल बहादृुर वर्माले गान्धीगिरी बनाम दादागिरी और गुलामगिरी , हमारी धरती मां संवेदन और परिप्रेक्ष, बुतपरस्ती मेरा इमान नहीं, हेलेन किलर, युरो का इतिहास ,आधुृनिक विश्व का इतिहास जस्ता पुस्तक लेखेका छन् । युरोपका इतिहास र आधुनिक विश्वकेो इतिहासको पुस्तक शायद मैले पुस्तक मेलामा भेटेर किनेको थिएँ ।

इतिहास लेखनमा लेखकको दृष्टिकोण  महत्वपूर्ण हुन्छ ।  कसैले इतिहास शासकबर्गको चाकरीमा लख्दछन् । गुणगानमा लेख्दछन् । कसैले इतिहास बुर्जुवा दृुष्टिकोणमा आधारित रही लेख्दछन् । यस्ता उपन्यास बस्तुपरक हुँदैनन् । भ्रामक हुन्छन् । प्रतिक्रियावादी बर्गको सेवा गर्ने हिसाब किताबले तयार पारिएका हुन्छन् । शासित  र शोषित बर्गको पक्षमा माक्र्सवादी दृष्टिकोणमा आधारिकत रही इतिहास लेख्न आवश्यक हुन्छ । द्वन्द्वात्मक ऐतिहासिक भौतिकवादमा आधारित रही इतिहास लेख्न आवश्यक छ । यस्तो दृष्टिकोणमा आधारित रही लेखिएको इतिहासले मात्र सही सूचनाको प्रवाह गर्न सक्दछ । पुष्पलाल इतिहासका राम्रा अध्ययनकर्ता हुन् । उनी इतिहासका राम्रा लेखक पनि हुन् । उनले नेपाली समाज मातृसत्तात्मक थियो भन्ने कुराको जानकारी दिंदै कलम चलाएका छन् । उनले नेपालको जन आन्दोलनका बारेमा पनि द्वन्द्वात्मक ऐतिहासिक भौतिकबादी देृष्टिकोणबाट निर्देशित भएर लखहरू लेखेका छन् । उनको ठूलो ईच्छा थियो भौतिकवादी दृष्टिकोणमा आधारित  नेपालको इतिहास लेख्ने । उनले त्यसबारे धेरै सामाग्री संकलन गरेको भए पनि पृुरा गर्न भने सकेनन् । जे होस्, डा लाल बहादुर बर्माले लेखेका इतिहासका पुस्तक युरोपको इतिहास र आधुनिक विश्वको इतिहास बामपन्थीहरूका लागि महत्वपूर्ण सामाग्री हुन सक्दछन् । डा.लाल बहादुर बर्मा यतिबेला हामीबीच नभए पनि उनका कालजयी कृतिहरू हामी सामु नै छन् ।

२०–२–२०७८

३–६–२०२१                           


                                                                                                                                             


Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...