धेरै पहिलेदेखि नै
सकटा शनि राहु र केतुको ग्रह दशाबाट
बडो मुश्किलले बच्दै आएको यो देश
जोगिदै आएको यो देश
सुरक्षित रहँदै आएको यो. देश
यतिबेला ज्ञात अज्ञात ्
परिचित अपरिचित
बाहिरी र भित्री नौलो नौला ग्रह दशाबाट
भ्mन् झन् ग्रसित हृुँदै गएकोे छ यो देश
भmन् झन् पीडित हुँदै आएको छ यो देश
भयंंकर ठूलो संकटमा परेको छ यो देश यतिबेला
जीवन मरणको दोसाँधमा पुगेको छ यो देश यतिबेला
फेरि जन्मिनु पर्नै हो कि बीर बलभद्र कुँवरहरू
फेरि जन्मिनृु पर्ने हो कि भक्ति थापाहरू
अमर सिंहहरू
उजिरसिंहहरू
भीमदत्त पंतहरू
सिंगो देशमाथि लागेको ग्रह दशा कटाउन
ग्रह दशा हटाउन
त्यसको छाया पर्न नदिन ।
३१–२–२०७८
Comments
Post a Comment