Skip to main content

कवितासित कुरा

 संगीतकार संगीतसित कृुरा गर्दछ भने

गीतकार गीतसित कुरा गर्दछ भने
चित्रकार चित्रसित कुरा गर्दछ भने
मुर्तिकार मुर्तिसित कुरा गर्दछ भने
कवि पनि त कवितासत कुरा गर्ने नै भो
कवि कवितासित कुरा गर्दछ
कवितासित कसरी कुरा गर्ने कविलाई थाहा छ
कहिले कति सजिलो हुन्छ कवितासित कुरा गर्न कविलाई
कहिले निकै जटिल भए पनि
कविता भरर टुसाउँछन्
दशैंमा राखेका जमरा जस्तै
कविता फक्रक्क फक्रिन्छन्
फूलबारीका रंगी बिरंगी फूलका कोपिला जस्तै
कविता ढकमक्क फुल्दछन्
वनभरि लाली गुराँस जस्तै
कविता हरियो दुबो हुँदै
डाँडा काँडा भरि ढाकिन्छन्
कविता पहाडी झरना जस्तै
ह्बार ह्वार झर्दछन्
कविता हिमनदी जस्तै
पग्लेर बग्दछन्
कविता पहाडी खोला जस्तै
गडगडाउँर्दै अघि सर्दछन्
कविता भरर उड्छन् खुला आकाशतिर
गुँडबाट भर्खर भर्खर निस्केका चराका बचेरा जस्तै
कविता लामा लश्कर लाएर माथि माथि बयली मार्दछन्
साइबेरियाबाट झरिरहेका मालचरा जस्र्तै
कविताहरू ताल तलाउमाथि सलल तैरिन्छन्
राजहंसका बथान जस्र्तै
कविता झृुल्किन्छन् पूर्वी क्षितिजतिरबाट
उषाको रक्तिम किरण जस्तै
कविता चाँदी जस्तै भिर पाखाभरि छाउँछन्
पूर्णिमाका जुन जस्तै
कविता आकाशभरि छरिएर टिलबिल टिलविल गर्दछन्
नौलाखे तारा जस्तै
कविता मृग शावक भएर
बन पाखामा बुर्कुृसी मार्दछन्
कविता किसानका लह लह बाली भएर
खेत बारीमा झुल्न सक्दछन्
कविता मजदूरका पसिना भएर
कल कारखानामा तर तर चुहुन सक्छन्
कविता बेचिएकी चेलीका आॅसु भएर
बर्सिन सक्छन्
कविता बिदेशिएका युवाहरूका व्यथा कथा भएर
मुटु मुटुमा कोरिन सक्छन्
उसो त कविता कहिले सिंह भएर
बन जंगलमा गर्जन्छन् पनि
उसो त कविता कहिले शहीदका अशान्त आत्मा भएर
सपनामा देखिन्छन् पनि
उसो त कविता कहिले आगोको फिलिंगो भएर
बन जंगलभरि ढडेला लगाउँछन् पनि
उसरी कविता आगोको ज्वाला भएर
घर घरबाट दन्किन्छन् पनि
उसरी कविता नारा भएर
सडक सडकमा घन्किन्छन् पनि
उसरी कविता बम भएर
महल महलमा विष्फोटित हुन्छन् पनि
उसरी कविता जंगे पिलर भएर
सीमा सीमामा खडा हुन्छन् पनि
उसरी कविता बुद्धको वाणी भएर
संसारभरि फेलिन्छन् पनि
उसरी कविता युद्धको विगुल भएर
देशैभरि फुकिन्छन् पनि
उसरी कविता शान्तिका सेता परेवा भएर
चारैतिर उड्छन् पनि
उसरी कविता सगरमाथाको शिर भएर
अविचल खडा हुन्छन् पनि ।
१–३–२०७८

Comments

Popular posts from this blog

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...