Skip to main content

यो कुनै काल्पनिक कथा होइन

  

   

गोरा अग्ला खाइलाग्दा धन बहादुर सुनारलाई मैले त्यतिबेला चिनेको थिइनं । एक दिन प्राध्यापक गोपी नारायण प्रधानसित शंकरदेव कलेजबाट तल झर्दै थिएँ । बिष्णुपुरको ओरालोमा हाम्रो झम्का भेट यिनै धनबकादुर सुनारसित भयो । शायद मेरो उनीसितको यो नै प्रथम र अन्तिम भेट थियो । प्रा गोपी नारायण प्रधानले हामीबीच एक अर्कासित परिचय गराएका थिए । मलाई त्यतिबेला धनबहादुर सुनार एउटा अध्ययनशील लेखक रहेछन् भन्ने कुरा थाहा भएको थियो । पछि पछि मात्र मलाई उनी बारे धेरै कुरा थाहा हुँदै गयो । उनी आसामी बंगाली नागा हिन्दी अंग्रेजी आदि भाषाका ज्ञाता र लेखक पनि रहेछन् । साहित्यकार पनि रहेछन् । उनीसित मेरो सालाखाला पाँच दशक अघि प्रा गोपीनारायण प्रधानसित भेट हुँदा के के कुरा भए त्यसको स्मरण त म अहिले गर्न सक्दिनं । तर धनबहादुर सुनारले  महात्मा गान्धीलाई पनि प्रभावित पार्ने र  लेनिनले पनि रुसी क्रान्तिको ऐना भनेका लिउ टल्सटयको बृहत उपन्यास बार एण्ड पिस (  युद्ध र शान्ति ) का बारेमा चर्चा गरेका थिए । पछि मैले वी ए को विद्यार्थी छँदा नै बार एण्ड पिस जबरजस्ती पढेको थिएँ । बार एण्ड पिसमा एक हजारभन्दा बढी चरित्रहरू छन् । उनीहरूको नाम संझिन पनि निकै गाह्रो ।

यिनै धनबहादुर सुनारले नेपाली भाषामा आफ्नो आत्मा कथा लेखेका छन् । त्यसमा उनले आफ्नो शिक्षक हुँदाको पीडा पोखेका छन् ।  जीवनको प्रारम्भिक कालमा उनी आसामी स्कुलमा शिक्षकको रुपमा नियृुक्त भएका रहेछन् । शिक्षक बनेका रहेछन् । उनी शिक्षक बनेर पढाउन थाले पछि केही नेपालीहरूका अभिभावकहरूले आसामी स्कूलका प्रधान अध्यापकलाई भ्ेटेछन् र दबाब दिंदै भनेछन् – धनबहादुर सुनार अछुत जातिको मान्छे हो । यसलाई स्कूलबाट निकालिदिनुहोस् । अछुतले पढाउने स्कूलमा हामीले कसरी आफ्ना छोरा छोरीलाई पढाउन सक्दछौं । नेपाली विद्यार्थीहरूका अभिभावकका कृुरा सुृने पछि आसामी प्रधान अध्यापकले जबाब दिंदै भनेछन् – तपाइंहरूको  जातिले कसलाई अछुत भन्छ कसलाई भन्दैन त्यो म जान्दिनं । मेरो लागि धनबहादुृर सुनार एकजना असल शिक्षक हुन् । उनलई म कसरी स्कूलबाट निकाल्न सक्दछु । बरु तपाइंहरूले धनबहादुुर सुनारले पढाएको स्कुलमा आफ्ना बच्चा बच्ची पढाउन  चाहनृु हुन्न भने उनीहरूलाई स्कूल  ट्रान्सफरको सर्टिफिकेट दिन्छु । उनीहरूलाई अन्य स्कुलमा पढाउन सक्नुहुन्छ  । 

केही समय पछि एकजना मगर सुवेदारले धनबहादुृर सुनारलाई भेटेछन् र भनेछन् – सर तपाईले मेरा बच्चालाई होम ट्युसन पढाइदिनुृ पर्यो । जबाबमा धनबहादुर सुनारले भनेछन्– म सुनबार हुँ । म कसरी तपाइंको घरमा गएर होम ट्युशन पढाउन सक्दुछ र ? जबाबमा सुवेदारले भनेछन् – म अरु केही जान्दिन । तपाइं एउटा राम्रो शिक्षक हो । तपाइंले मेरा बच्चाहरूलाई होम ट्युशन पढाइदिनु पर्यो । 

दोस्रो विश्वयुद्ध ताक यिनै धनबहादुृर सुनार इन्टलीजेन्स अफिसर भएर जापान बिरुद्धको लडाईमा बर्मा मोर्चामा खटेका थिए ।  

सरकारी नोकरीबाट रिटायर्ड भए पछि धनबहादुर सुनार शिलाङ र नागालैण्ड दुबै ठाउँमा आलोपालो गरी बस्दथे । धेरै जसो आसामी र नेपाली भाषामा कलम चलाइरहन्थे ।

धनबहादुर सुनारकी श्रीमती सरस्वती सुनार शिलाङकी एकजना प्रतिष्ठत समाजसेवी थिइन् ।, धनबहादुर सुनारकी छोरी श्यामा सुनार शिलाङमा बसेर नै अध्ययन गर्दथिइन् । अध्ययन गर्दै जाँदा यिनले इतिहासमा एम ए र कानूनमा एल एल वी अध्ययन गरेकी थिइन् । र्मैले शिलाङ ल कलेजबाट एल एल वी अध्ययन पूरा गर्ने बेलामा यिनी इतिहासमा एम ए गरेर एल एल बी मा अध्ययन गर्न थालेकी थिइन् । हामीहरूले पोलो ग्राउण्डमा आयोजना गरेको विद्यार्थीहरूको पिकनिकमा यिनलाई उपस्थित पनि गराएका थियौं ।   

गोरी अग्ली श्यामा सुनार कुनै फिल्मकी हिरोइन जस्ती देखिन्थिइन् । त्यतिबेला मान्छेहरू उनीबारे चर्चा गर्दै भन्ने गर्दथे नेपाली सुनारमा उनको जोडी पाउन गाह्रो छ । यिनको विबाह नेपालीसित हुन सक्दैन । हुन्छ होला ,।  आसामका प्रथम नेपाली विधान सभा सदस्य (  एम एल ए ), स्वतन्त्रता सेनानी तथा आसामका कांग्रेसका नेता दलबीर लोहारकी छोरीको विवाह एकजना आसामी चौधरीसितभएको थियो जो पछि आसामका मंत्री बनेका थिए । नेपालीका प्रथम आइ पि एस अफिसर  आसामका   ए आई जी पी लालबहादुर सेवाको इतिहासमा एम ए गरेकी जेठी छोरीको विवाह एकजना दिल्लीको अनेपाली युवकसित भएको थियो । लालबहादुर सेवाकी अंग्रेजीमा एम ए गरेकी कान्छी छोरीको विवाह मणिपुृरको राजकुमार युवकसित भएको थियो । यही भएर पनि होला मान्छेहरूले श्यामाको विबाह कुनै अनेपालीसित हुन्छ भन्ने कल्पना गरेका ।

तर श्यामा सुनारको लागि योग्य सुनार युबक नभेटिएका भने होइनन् शिलाङमा नै । उनको नाम थियो के वी सुनार । उनले वी एस सी पास गरेर स्टेट बैंक अफ इंडियामा अफिसर पदमा नियुक्ति पाएका थिए । उनले आफूलाई श्यामा सुनारको लागि उपयुक्त बर ठानेर र्नै विवाहको प्रस्ताव पठाएका थिए । उनले जबाब पाए – श्यामा गोठालाको छोरासित विबाह गर्न तयार छैनन् ।

म नेपाल आए पछि बेला बखतमा पूर्वोत्तर भारततिर गइरहन्थे । यस क्रममा म पूर्वोत्तर भारतको सबभन्दा पूर्वमा बर्माको बोर्डरमा पर्ने मणिपुरसम्म पुगेको थिएँ । त्यतिबेला मैलै  धेरै नेपाली साहित्यकारहरूलाई भेटेर भाषा साहित्यका बारेमा कुराकानी गरेको थिएँ । मणिपुरमा मैले नेपाली भाषामा लगभग ३० भन्दा बढी पुस्तक लेखेका मणिपुर विश्व विद्यायलका हिन्दीका प्रोफेसर डा चन्देश्वर दुबेलाई विश्वविद्यालय परिसरमा नै गएर भेटेको थिएँ । नागालैण्डमा पूर्वोत्तर भारतका अग्रज कथाकार तथा कवि हरिप्रसाद गार्खा र।ईलाई भेटेको थिएँ । गुवाहाटीमा लीलबहादुर क्षेत्रीलाई भेटेको थिएँ । 

यसै क्रममा मैले शिलाङमा धनबहादुर सुनारलाई भट्न चाहेको थिएँ । धनबहादुर सुनारका घर लाबान नजिक लेडी हैडी पार्कमा थियो ।   म धनबहादुर सुनारलाई भेट्न शिलाङका साहित्यकार तथा पत्रकार हेम जोशीसित गएको थिएँ । तर मेरो धनबहादुर सुनारसित भेटघाट गर्ने र उनीसित  नेपाली भाषा साहितयका बारेका कुराकानी गर्ने इच्छा पुरा हुन सकेन ।उनी घरमा उपलब्ध भएनन् । घरमा श्यामा सुनार मात्र रहिछन् । मैले उनलाई प्रश्न गर्दै भने  – तपाइंले मलाई चिन्न सक्नुहुन्छ कि हुँदैन । उनले जबाबमा भनिन् –तपाइंलाई पनि कतै नचिन्ने कुरा हुन सक्दछ । त्यतिबेला श्ँयामा सुनार भारतको एक्सटरनल फलाइटमा एअर होस्टेज थिइन् र थोरै समयको लागि छुट्टीमा आएकी थिइन् । मैले उनलाई भनेको थिएँ – जागिर त तपाइंले जोखिमपूर्ण नै खानु भएछ । उनले जबाबमा भनेकी थिइन् – एअर होस्टेजमा जागीर खाएको  हुनाले त मैले ममीलाई सारा संसार घुमाउन सकें । चिया पिउँदै एक छिन कुराकानी भए पछि हामी श्यामा सुनारसितबाट विदा भयौंंं । 

बाटोमा होम जोशीले मसित कुराकानी गर्दै भनेका थिए श्यामा सुनारको विवाह किरण जोशीसित गरिदिने विषयमा हामीबीच कुराकानी चलिरहेको छ । 

किरण जोशी मैले जाने बुृझेकै युवक थिए । उनको घर अपर मोप्रेममा पर्दथ्यो । उनीसित मेरो घनिष्ठ सम्बन्ध नभए पनि उनलाई मैले डन्बास्को स्वाएर र सेन्ट एन्थनी कलेज अगाडि उभिएको देख्दथें उनीसित मेरोभन्दा पनि प्रा गोपी नारायण प्रधानसित कुराकानी हुने गर्दथ्यो । उनी निकै अग्ला र गोरो सुन्दर युवक थिए । शिलाङमा जैसी बाहुनले जोशी लेख्दछन् । उनीहरू जृुनसुकैै थरका बाहुन हुन सक्दछन् । आसाममा जुनसुकै थरका बाहुनले प्राय शर्मा र जुनसुकै थर भएका क्षेत्रीले पनि प्राय मात्र क्षेत्री लेख्ने चलन छ ।  उसरी आसामीले आफ्नो भाषामा उच्चाहरण गर्दा शर्मालाई  खर्मा र क्षेत्रीलाई खेत्री उच्चाहरण गर्दछन् ।  शिलाङमा जैसीले जोशी लेख्ने परम्परा धु्रवनाथ जोशी र लोकनाथ जोशीले शुरु गरेका होलान् ।  व्रिटिशको जमानामा ठेक्का पट्टा गर्ने लोकनाथ जोशी शिलाङका सबभन्दा धनी व्यक्ति मानिन्थे। ध्रुवनाथ जोशी कांग्रेस आईका नेता हुन्,। उनी मेघालयमा ३० बर्षसम्म लगातार विधान सभा सदस्य (  एम एल ए ) भएका थिए । उनी मेघालय विधानसभामा कांग्रेसका सचेतक पनि भए । मंत्री पनि भए । हालै उनको ९८ बर्षको उमेरमा मृत्यु भएको छ ,। जोशीको खास थर अधिकारी हो । तर किरण जोशीको खास थर के हो मलाई थाहा भएन । किरण जोशी मेघालयबाट सी ए गर्ने पहिलो नेपाली युवा थिए ।  चार्टर एकाउन्टेन्ट भए पछि किरण जोशीको आर्थिक अवस्था निकै राम्रो भएको थियो ।  उनको जीवन शैलीमा पनि ठूलो परिवर्तन आएको थियो । हेम जोशीले श्यामा सुनारसित विबाह गर्ने कुरो चलेको यी दुबैलाई अध्ययन सम्पन्नता पद प्रतिष्ठा उमेर र रुप सबै दृृष्टिकोणले उपयृुक्त जोडी मानेर नै त होला त्यहाँको समाजले यी दुई जोडीबीच विवाह हुनु पर्दछ भनेर पहल गरेको ।  

म शिलाङबाट बुटबल फर्केको केही समय पछि मैले सुने किरण जोशी र धनबहादुर सुनार तथा सरस्वती सुनारकी छोरी श्यामा सुनारबीच शिलाङ क्लबमा विवाह सुससम्पन्न भयो । यो लगभग तीन दशक अघिको कुरो हो ।

१०–३–२०७८                                                                ...

 


Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...