Skip to main content

यो कुनै काल्पनिक कथा होइन

  

   

गोरा अग्ला खाइलाग्दा धन बहादुर सुनारलाई मैले त्यतिबेला चिनेको थिइनं । एक दिन प्राध्यापक गोपी नारायण प्रधानसित शंकरदेव कलेजबाट तल झर्दै थिएँ । बिष्णुपुरको ओरालोमा हाम्रो झम्का भेट यिनै धनबकादुर सुनारसित भयो । शायद मेरो उनीसितको यो नै प्रथम र अन्तिम भेट थियो । प्रा गोपी नारायण प्रधानले हामीबीच एक अर्कासित परिचय गराएका थिए । मलाई त्यतिबेला धनबहादुर सुनार एउटा अध्ययनशील लेखक रहेछन् भन्ने कुरा थाहा भएको थियो । पछि पछि मात्र मलाई उनी बारे धेरै कुरा थाहा हुँदै गयो । उनी आसामी बंगाली नागा हिन्दी अंग्रेजी आदि भाषाका ज्ञाता र लेखक पनि रहेछन् । साहित्यकार पनि रहेछन् । उनीसित मेरो सालाखाला पाँच दशक अघि प्रा गोपीनारायण प्रधानसित भेट हुँदा के के कुरा भए त्यसको स्मरण त म अहिले गर्न सक्दिनं । तर धनबहादुर सुनारले  महात्मा गान्धीलाई पनि प्रभावित पार्ने र  लेनिनले पनि रुसी क्रान्तिको ऐना भनेका लिउ टल्सटयको बृहत उपन्यास बार एण्ड पिस (  युद्ध र शान्ति ) का बारेमा चर्चा गरेका थिए । पछि मैले वी ए को विद्यार्थी छँदा नै बार एण्ड पिस जबरजस्ती पढेको थिएँ । बार एण्ड पिसमा एक हजारभन्दा बढी चरित्रहरू छन् । उनीहरूको नाम संझिन पनि निकै गाह्रो ।

यिनै धनबहादुर सुनारले नेपाली भाषामा आफ्नो आत्मा कथा लेखेका छन् । त्यसमा उनले आफ्नो शिक्षक हुँदाको पीडा पोखेका छन् ।  जीवनको प्रारम्भिक कालमा उनी आसामी स्कुलमा शिक्षकको रुपमा नियृुक्त भएका रहेछन् । शिक्षक बनेका रहेछन् । उनी शिक्षक बनेर पढाउन थाले पछि केही नेपालीहरूका अभिभावकहरूले आसामी स्कूलका प्रधान अध्यापकलाई भ्ेटेछन् र दबाब दिंदै भनेछन् – धनबहादुर सुनार अछुत जातिको मान्छे हो । यसलाई स्कूलबाट निकालिदिनुहोस् । अछुतले पढाउने स्कूलमा हामीले कसरी आफ्ना छोरा छोरीलाई पढाउन सक्दछौं । नेपाली विद्यार्थीहरूका अभिभावकका कृुरा सुृने पछि आसामी प्रधान अध्यापकले जबाब दिंदै भनेछन् – तपाइंहरूको  जातिले कसलाई अछुत भन्छ कसलाई भन्दैन त्यो म जान्दिनं । मेरो लागि धनबहादुृर सुनार एकजना असल शिक्षक हुन् । उनलई म कसरी स्कूलबाट निकाल्न सक्दछु । बरु तपाइंहरूले धनबहादुुर सुनारले पढाएको स्कुलमा आफ्ना बच्चा बच्ची पढाउन  चाहनृु हुन्न भने उनीहरूलाई स्कूल  ट्रान्सफरको सर्टिफिकेट दिन्छु । उनीहरूलाई अन्य स्कुलमा पढाउन सक्नुहुन्छ  । 

केही समय पछि एकजना मगर सुवेदारले धनबहादुृर सुनारलाई भेटेछन् र भनेछन् – सर तपाईले मेरा बच्चालाई होम ट्युसन पढाइदिनुृ पर्यो । जबाबमा धनबहादुर सुनारले भनेछन्– म सुनबार हुँ । म कसरी तपाइंको घरमा गएर होम ट्युशन पढाउन सक्दुछ र ? जबाबमा सुवेदारले भनेछन् – म अरु केही जान्दिन । तपाइं एउटा राम्रो शिक्षक हो । तपाइंले मेरा बच्चाहरूलाई होम ट्युशन पढाइदिनु पर्यो । 

दोस्रो विश्वयुद्ध ताक यिनै धनबहादुृर सुनार इन्टलीजेन्स अफिसर भएर जापान बिरुद्धको लडाईमा बर्मा मोर्चामा खटेका थिए ।  

सरकारी नोकरीबाट रिटायर्ड भए पछि धनबहादुर सुनार शिलाङ र नागालैण्ड दुबै ठाउँमा आलोपालो गरी बस्दथे । धेरै जसो आसामी र नेपाली भाषामा कलम चलाइरहन्थे ।

धनबहादुर सुनारकी श्रीमती सरस्वती सुनार शिलाङकी एकजना प्रतिष्ठत समाजसेवी थिइन् ।, धनबहादुर सुनारकी छोरी श्यामा सुनार शिलाङमा बसेर नै अध्ययन गर्दथिइन् । अध्ययन गर्दै जाँदा यिनले इतिहासमा एम ए र कानूनमा एल एल वी अध्ययन गरेकी थिइन् । र्मैले शिलाङ ल कलेजबाट एल एल वी अध्ययन पूरा गर्ने बेलामा यिनी इतिहासमा एम ए गरेर एल एल बी मा अध्ययन गर्न थालेकी थिइन् । हामीहरूले पोलो ग्राउण्डमा आयोजना गरेको विद्यार्थीहरूको पिकनिकमा यिनलाई उपस्थित पनि गराएका थियौं ।   

गोरी अग्ली श्यामा सुनार कुनै फिल्मकी हिरोइन जस्ती देखिन्थिइन् । त्यतिबेला मान्छेहरू उनीबारे चर्चा गर्दै भन्ने गर्दथे नेपाली सुनारमा उनको जोडी पाउन गाह्रो छ । यिनको विबाह नेपालीसित हुन सक्दैन । हुन्छ होला ,।  आसामका प्रथम नेपाली विधान सभा सदस्य (  एम एल ए ), स्वतन्त्रता सेनानी तथा आसामका कांग्रेसका नेता दलबीर लोहारकी छोरीको विवाह एकजना आसामी चौधरीसितभएको थियो जो पछि आसामका मंत्री बनेका थिए । नेपालीका प्रथम आइ पि एस अफिसर  आसामका   ए आई जी पी लालबहादुर सेवाको इतिहासमा एम ए गरेकी जेठी छोरीको विवाह एकजना दिल्लीको अनेपाली युवकसित भएको थियो । लालबहादुर सेवाकी अंग्रेजीमा एम ए गरेकी कान्छी छोरीको विवाह मणिपुृरको राजकुमार युवकसित भएको थियो । यही भएर पनि होला मान्छेहरूले श्यामाको विबाह कुनै अनेपालीसित हुन्छ भन्ने कल्पना गरेका ।

तर श्यामा सुनारको लागि योग्य सुनार युबक नभेटिएका भने होइनन् शिलाङमा नै । उनको नाम थियो के वी सुनार । उनले वी एस सी पास गरेर स्टेट बैंक अफ इंडियामा अफिसर पदमा नियुक्ति पाएका थिए । उनले आफूलाई श्यामा सुनारको लागि उपयुक्त बर ठानेर र्नै विवाहको प्रस्ताव पठाएका थिए । उनले जबाब पाए – श्यामा गोठालाको छोरासित विबाह गर्न तयार छैनन् ।

म नेपाल आए पछि बेला बखतमा पूर्वोत्तर भारततिर गइरहन्थे । यस क्रममा म पूर्वोत्तर भारतको सबभन्दा पूर्वमा बर्माको बोर्डरमा पर्ने मणिपुरसम्म पुगेको थिएँ । त्यतिबेला मैलै  धेरै नेपाली साहित्यकारहरूलाई भेटेर भाषा साहित्यका बारेमा कुराकानी गरेको थिएँ । मणिपुरमा मैले नेपाली भाषामा लगभग ३० भन्दा बढी पुस्तक लेखेका मणिपुर विश्व विद्यायलका हिन्दीका प्रोफेसर डा चन्देश्वर दुबेलाई विश्वविद्यालय परिसरमा नै गएर भेटेको थिएँ । नागालैण्डमा पूर्वोत्तर भारतका अग्रज कथाकार तथा कवि हरिप्रसाद गार्खा र।ईलाई भेटेको थिएँ । गुवाहाटीमा लीलबहादुर क्षेत्रीलाई भेटेको थिएँ । 

यसै क्रममा मैले शिलाङमा धनबहादुर सुनारलाई भट्न चाहेको थिएँ । धनबहादुर सुनारका घर लाबान नजिक लेडी हैडी पार्कमा थियो ।   म धनबहादुर सुनारलाई भेट्न शिलाङका साहित्यकार तथा पत्रकार हेम जोशीसित गएको थिएँ । तर मेरो धनबहादुर सुनारसित भेटघाट गर्ने र उनीसित  नेपाली भाषा साहितयका बारेका कुराकानी गर्ने इच्छा पुरा हुन सकेन ।उनी घरमा उपलब्ध भएनन् । घरमा श्यामा सुनार मात्र रहिछन् । मैले उनलाई प्रश्न गर्दै भने  – तपाइंले मलाई चिन्न सक्नुहुन्छ कि हुँदैन । उनले जबाबमा भनिन् –तपाइंलाई पनि कतै नचिन्ने कुरा हुन सक्दछ । त्यतिबेला श्ँयामा सुनार भारतको एक्सटरनल फलाइटमा एअर होस्टेज थिइन् र थोरै समयको लागि छुट्टीमा आएकी थिइन् । मैले उनलाई भनेको थिएँ – जागिर त तपाइंले जोखिमपूर्ण नै खानु भएछ । उनले जबाबमा भनेकी थिइन् – एअर होस्टेजमा जागीर खाएको  हुनाले त मैले ममीलाई सारा संसार घुमाउन सकें । चिया पिउँदै एक छिन कुराकानी भए पछि हामी श्यामा सुनारसितबाट विदा भयौंंं । 

बाटोमा होम जोशीले मसित कुराकानी गर्दै भनेका थिए श्यामा सुनारको विवाह किरण जोशीसित गरिदिने विषयमा हामीबीच कुराकानी चलिरहेको छ । 

किरण जोशी मैले जाने बुृझेकै युवक थिए । उनको घर अपर मोप्रेममा पर्दथ्यो । उनीसित मेरो घनिष्ठ सम्बन्ध नभए पनि उनलाई मैले डन्बास्को स्वाएर र सेन्ट एन्थनी कलेज अगाडि उभिएको देख्दथें उनीसित मेरोभन्दा पनि प्रा गोपी नारायण प्रधानसित कुराकानी हुने गर्दथ्यो । उनी निकै अग्ला र गोरो सुन्दर युवक थिए । शिलाङमा जैसी बाहुनले जोशी लेख्दछन् । उनीहरू जृुनसुकैै थरका बाहुन हुन सक्दछन् । आसाममा जुनसुकै थरका बाहुनले प्राय शर्मा र जुनसुकै थर भएका क्षेत्रीले पनि प्राय मात्र क्षेत्री लेख्ने चलन छ ।  उसरी आसामीले आफ्नो भाषामा उच्चाहरण गर्दा शर्मालाई  खर्मा र क्षेत्रीलाई खेत्री उच्चाहरण गर्दछन् ।  शिलाङमा जैसीले जोशी लेख्ने परम्परा धु्रवनाथ जोशी र लोकनाथ जोशीले शुरु गरेका होलान् ।  व्रिटिशको जमानामा ठेक्का पट्टा गर्ने लोकनाथ जोशी शिलाङका सबभन्दा धनी व्यक्ति मानिन्थे। ध्रुवनाथ जोशी कांग्रेस आईका नेता हुन्,। उनी मेघालयमा ३० बर्षसम्म लगातार विधान सभा सदस्य (  एम एल ए ) भएका थिए । उनी मेघालय विधानसभामा कांग्रेसका सचेतक पनि भए । मंत्री पनि भए । हालै उनको ९८ बर्षको उमेरमा मृत्यु भएको छ ,। जोशीको खास थर अधिकारी हो । तर किरण जोशीको खास थर के हो मलाई थाहा भएन । किरण जोशी मेघालयबाट सी ए गर्ने पहिलो नेपाली युवा थिए ।  चार्टर एकाउन्टेन्ट भए पछि किरण जोशीको आर्थिक अवस्था निकै राम्रो भएको थियो ।  उनको जीवन शैलीमा पनि ठूलो परिवर्तन आएको थियो । हेम जोशीले श्यामा सुनारसित विबाह गर्ने कुरो चलेको यी दुबैलाई अध्ययन सम्पन्नता पद प्रतिष्ठा उमेर र रुप सबै दृृष्टिकोणले उपयृुक्त जोडी मानेर नै त होला त्यहाँको समाजले यी दुई जोडीबीच विवाह हुनु पर्दछ भनेर पहल गरेको ।  

म शिलाङबाट बुटबल फर्केको केही समय पछि मैले सुने किरण जोशी र धनबहादुर सुनार तथा सरस्वती सुनारकी छोरी श्यामा सुनारबीच शिलाङ क्लबमा विवाह सुससम्पन्न भयो । यो लगभग तीन दशक अघिको कुरो हो ।

१०–३–२०७८                                                                ...

 


Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास