Skip to main content

काली गण्डकी डाइभर्सनको प्रतिपक्षमा


 हरेक व्यक्ति गौरवमय जीवन व्यतीत गर्न चाहन्छ । हरेक देश गौरवमय राष्ट्रको रुपमा चर्चित हुन चाहन्छ । विख्यात हुन चाहन्छ  ।  हामी नेपालीलाई हाम्रो दश नेपाल हुनुमा गर्व छ । विश्वमा नेपाल धेरै कारणले चिनिन्छ ,। नेपाल बुद्धको देश भनेर चिनिन्छ । नेपाल सगरमाथाको  देश भनेर चिनिन्छ । भलै हामी हाम्रो लुटिएको जमीन फिर्ता लिन असमर्थ देखिएका छौं तर पनि विश्वमा बीर गोरखालीको रुपमा बिख्यात छौं । भिक्टोरिया क्र्रस पाउने हाम्रै पुर्खा हुन् । बीर चक्र पाउने हाम्रै पुर्खा छन् । हाम्रो देश विश्वमा किन प्रख्यात  छ भने संसारका १० अग्ला शिखरमध्ये ६ हाम्रै मुलुकमा छन् । संसारमा सबभन्दा बढी थरिका चरा पाउने  मुलुक हाम्रै देश हो । संसारमा सबभन्दा बढी थरिका पुतलीहरूको निवास हाम्रै नेपाल हो । जरुवा पानीको लागि हाम्र्रै नामी हाम्रै देश नेपाल हो । सबभन्दा अग्ला ठाउँमा ताल पोखरी हाम्रै देशमा छन् । हिमाल पहाड र तराईको विविधता र विेशेषताले युक्त हाम्रै देश नेपाल हो । सबै प्रकारको जलबायु र मौसमले युृक्त नेपाल पृथ्वीको स्वर्ग जस्तै छ । नेपाल विश्वको दोस्रो जलस्रोतको धनी देश हो । नेपालमा साना ठूला गरेर ६०००जति नदी नाला खोला छन् ,। नेपालका प्रख्यात नदी हुन्  गण्डकी कोशी कर्नाली मेची र महाकाली । तर हाम्रो दुर्भाग्य यतिबेला हाम्रा नदीको पानीमाथि हाम्रो नै अधिकार छैन ।  युद्धप्रसाद मिश्रल एउटा कवितामा  ठीकै भनेका छन् – बारीका डिलबाट बग्दछ कुलो तर रित्तो छ हाम्रो घडा ,। हाम्रा देशका शासकले हाम्रो मुलुकका अथाह जलस्रोत विस्तारवादी भारतका हातमा सुम्पिसकेका छन् ।

त्यतिबेला कम्युनिष्टहरूले भन्ने गर्दथे कांग्रेसले हाम्रा मुलुकको नदी नाला खोला बेचेर खाए ।  कृष्णप्रसाद कोइरालाका तीन भाइ छोेराले हाम्रा मुलुकका नदी नाला खोला बेचेर खाए । मातृका प्रसाद कोइरालाले कोशी बेचेर खाए । विश्वेश्वर प्र्रसाद कोइरालाले गण्डकी बेचेर खाए । गिरिजा प्रसाद कोइरालाले टनकपुर बेचेर खाए ।

गिरिजा प्रसाद कोइरालाले भारतलाई सन्धि गरेर होइन समझदारीमा टनकपुृर दिएको कुरा गरेको थिए । अदालतले यसलाई सन्धि ठहर गरिसकेपछि त्यसलाई संंसदको दुई तिहाई बहुमतले पास गर्नु पर्ने भो । ब्रिटिशको पालामा शारदा व्यारेज सन्धि भएको थियो नेपालसित । त्यतिबेला शारदा व्यारेजमा प्रयोग भएको जमीन नेपालको थियो ।  सन्धि अवधि पूरा भए पछि त्यो जमीन नेपालले फिर्ता पाउनु पर्दथ्यो । भारतले शारदा व्यारेजको सन्धिको अवधि पूरा भए पछि पनि त्यसको कुरा नउठाई चुपचाप गिरिजासित टनकपुर सन्धि गर्योे । टनकपुरमा प्रशस्त नेपालको भूभाग प्रयोग भएको छ । अदालतको फैसला पछि  यसलाई संसदबाट दुई तिहाइ बहुमतबाट पास गर्नु पर्ने अवस्थामा भारतले चलाकीपूर्वक माधव नेपालमार्फत पंचेश्वर परियोजनालाई समावेश गरी घुमाउरो पाराले शारदा व्यारेज र टनकपुर व्यारेजलाई एकसाथ  पास गराउन प्याकेजमा  महाकाली सन्धि गर्ने कुरा अघि सार्यो । त्यतिबेला मुलुकमा शेरबहादुृर देउवाको नेतृत्वमा कांग्रेसको सरकार थियो । एमालेले सहयोग नगरी राष्ट्रघाती महाकाली सन्धि पास हुँदैनथ्यो ।  एमालेले यस बारेमा विचार गर्न के पी ओलीको नेतृत्वमा महाकाली सन्धि बारेको अध्ययन टोली बनायो ।  यसमा मतदान हुँदा एमालेका आधा सांंसंद महाकाली सन्धिको पक्षमा र आधा सांसद विपक्षमा थिए । ओलीले षडयन्त्रपूर्वक एक मतमा विवाद उठाई आफ्नो पक्षको व्यक्तिलाई सन्धिको पक्षमा मत हाल्न लगाई प्राविधिक रुपले बहुमत कायम गरी एमालेलाई यसको पक्षमा खडा गराए । महाकाली नेपालको एकलौटी नदी भनिए पनि यसलाई साझा नदीको दर्जा दिइयो । पानी पानी आधा आधाको नारा पनि लगाइयो ।, यसको मुहानको टुंगो नलगाई अर्थात कालापानी लिम्पियाधुरा र लिपुलेक नेपालको भुभाग हो भन्ने कुरामा भारतलाई ख नगराई राष्ट्रघाती महाकाली सन्धि गरियो । 

राष्ट्रघाती महाकाली सन्धिको कुरा गर्दा यसमा कांग्रेस एमाले र राप्रपा खुृलेर समर्थनमा लागेता पनि ६ जना व्यक्ति राष्ट्रघाती सन्धि गर्ने सवालमा सबभन्दा बढी दोषी मानिएका छन् । यी  हुन् राष्ट्रघाती महाकाली सन्धिको बेलामा मुलुकका प्रधानमंत्री रहेका शेरबहादुर देउवा, एमालेका के पी ओली र माधव नेपाल , कांग्रेसका  रामचन्द्र पौडेल । राप्रपाका  पशुृपति शमसेर र डा.प्रकाश चन्द्र  लोहनी । के पी ओलीले महाकाली सन्धिले नेपाललाई बर्षेनी १ खर्व २० अर्व लाभ हुन्छ भनेर भ्रम छरेका थिए । पशुपति शमसेरले महाकाली सन्धिले पश्चिमबाट सूर्य उदाउँछ भनेका थिए । महाकाली सन्धिको कारणले मुख्यत यी ६ व्यक्ति विशेष रुपले कलंकित भएका छन् । महाकाली सन्धिले नै के पी ओली भारतका एक नम्बर दलाल हुन् भन्ने कुरा साबित  गरेको हो । यही राष्ट्रघाती सन्धिले गर्दा नै एमालेको पार्टीं फुटेर माले भएको हो ।  महाकाली सन्धिमा मत नहाल्ने मशालका सांसद र पद्मरत्न तुलाधर मात्र रहेका थिए ।

राष्ट्रघाती महाकाली सन्धिको बिरोेधमा सारा देश उठेको थियो । राजधानी बाहेक नेपालका मुख्य शहरमा विरोध सभा आयोजित भएका थिए । त्यतिबेला देशभक्त बुद्धिजीवी लेखक पत्रकार साहित्यकार सबका सब सडकमा उत्रेका थिए ।  महाकाली सन्धिको बिरोधमा र कालापानी लिपुलेक र लिम्पियाधुराको कुरा अगाडि सारेर देशभर डुल्ने व्यक्ति थिए इतिहासका जानकार हिमाली जंग राणा । त्रिभुवन विश्वविद्यायलका प्राध्यापक संघका अध्यक्ष विनोद उपाध्यायले पनि त्यतिबेला महाकाली सन्धिको बिरोधमा ठूलो अभियान चलाएका थिए । जलस्रोतविद् दीपक ज्ञवालीले त महाकली सन्धिलाई नेपालको भारतलाई कन्यादान हो भनेका थिए । उनले प्रष्ट भाषामा के भनेका थिए भने ंपेंचश्वर योजना भारतको प्राथमिकताको कुरा होइन । उसले विद्युत आपूर्ति कोयला तथा न्यू क्लियर इनर्जीबाट पनि गर्न सक्दछ । उसलाई चाहिएको नेपालको जलस्रोतमाथिको कब्जा हो ।  व्यापक जनबिरोधको वावजुद त्यतिबेलाका दलालहरूले मध्यरातमा राष्ट्रघाती महाकाली सन्धि पास गरेका थिए ।भारतले नेपालको पानी पनि कब्जा गर्यो । जमीन पनि कब्जा गर्यो ।  यतिबेला नेपालको भूभाग टनकपुरमा भारतीय पुृलिस बस्दछ । नेपालीहरूलाई आफ्नै भूभागमा उभिएर फोटो खिच्न समेत छुट छैन ।  

राष्ट्रघाती महाकाली सन्धिमा सही धस्काए पछि आफूलाई कम्युनिष्ट पार्टीको मुल धार भएको दाबी गर्ने पार्टीका दलाल नेतृत्वले एक पछि अर्का राष्ट्रधाती सन्धि सम्झौता गर्दै गए ।त्यस पछि  भारतीय       विस्तारवादको दबाव र सेवामा अपर कर्नाली तथा अरुण तस्रोे पनि एमालेका नेतृत्वले भेटी चढाएको देखिन्छ । यसमा सबै संसदबादी दलको चोचो मोचो मिलेको छ । आफूलाई राष्ट्रवादी भन्ने राप्रपा पनि राष्ट्रघातको महायज्ञमा होमिएको छ । ४००० भन्दा बढी मेघाबाट विजुली क्षमता भएको अपर कर्नाली कोलम्बी पछि विश्वको  दोस्रो ठूृलो परियोजना हो ।  बहु उद्देश्यीय परियोजना । यस योजनाबाट भारतले कति विद्युत उत्पादन गर्दछ त्यसको जानकारी समेत नेपाललाई हुृँैर्दैन । अपर कर्णाली परियोजनालाई असर पर्ने गरी त्यहाँको पानी नेपालले छुन पनि पाउँदैन । उसलाई चहिने जग्गा जमीन बन जंगल सब उसलाई उपलब्ध गराइदिनु पर्दछ । यो परियोजनामा हडताल भएर बन्द भयो भने त्यसको हर्र्जाना पनि नेपाल सरकारले गर्नु पर्दछ । परियोजनाको सुरक्षाको ग्यारेन्टी पनि नेपाल सरकारले गर्नु पर्दछ । 

सबै ठूला ठूला नदी नाला भारतको चरणकमलमा राखिदिए पछि वा नेपालका प्रमुख प्रमुख नदीहरूको कन्यादान पछि बल्ल राष्ट्रघाती महाकाली सन्धिका नायक के पी ओली र उनका सहयोद्धा वा अनुयायीहरू नेपालको तराईको जमीनको सिचाइको चिन्ता र चासो भएकोे जस्तो अभिनय गर्दै यतिबेला काली गण्डकीको डाइ्भर्सनको कुरा गर्दैछन् । यसको कार्यालय पनि उद्घाटन गरिसके र कर्मचारी र कार्यालयका लागि राष्ट्रिय ढिकुटी फुक्न थालिसके । उही संसदबाट एमसीसी पास नहुँदै यसको कार्यालय र कर्मचारीका लागि करौडौं अझ अरबौ रुपियाँ उडाइसके झैं उडाउन थालिसके ।

 तराइको सिचाइको. नाम लिए पनि यो योजना भारतको दबाव स्वार्थ र सेवामा काली गण्डकी डाइभर्सनको  थालनी गर्न खोजिएको हो भन्ने कुरा निश्चित नै छ ।  यो योजना नेपालकै भूभागको सिचाइको लागि हो भनेर मान्ने हो भने पनि दुई दशकभन्दा बढी समय लिने यो योजना सफल भएमा पनि नेपालमा कृषियोग्य जमीन यिनीहरूकै क्षत्रछायामा हुर्किरहेका भूमाफियाका हातबाट बच्न सक्ने के ग्यारेन्टी छ ? अर्को कुरा भारतले सीमामा बाँध बनाउँदै गएको हुनाले किसानले खेती गरे पनि डुबानमा परेर बाली सेहोर्न कहाँ पो पाउलान ? फेरि अर्कोतिर सीमा क्षेत्रमा सरकारको उपस्थिति नै नभएको हुँदा हिजो नेपालका गाउँ रातारात भारतका हुन पनि पुगेको अवस्था छ ।

काली गण्डकीको डाइभर्सनलाई स्याञ्जा तनहुँ आदिका राजनैैीतक दलले मात्र हाइन पाल्पा कै कति राजनैतिक स्थानीय शक्तिले पनि बिरोध गरिरहेका छन् । उनीहरू भनिरहेका छन् उनीहरू कुनै पनि हालतमा काली गण्डकी डाइभर्सनलाई अघि बढाउन दिने छेनन् । रोक्ने छन् । सफल हुन दिने छैनन् । यो नेपालको बिकासको योजना हुँदै होइन । नेपालको बिनासको योजना हो । अर्कोतिर बाताबरण विज्ञहरू बाताबरणीय दृष्टिकोणले कालीगण्डकी डाइभर्सनको बिरोधमा आवाज उठाइरहेका छन् । यसलाई आत्मघाती कदम भनिरहेका छन् । पर्यटकीय दृष्ष्टिकोणले पनि काली गण्डकी तिनाउ डाइभर्सन स्वीकार्य छैन । यसले नेपालको पर्यटन उद्यागलाई कमजोर पार्दछ ।

पहिलो कुरो त यसले यसका तटमा बसेका खेत फाँटलाई सुख्खा बनाउँछ । बंंजर बनाउँछ । बस्तीलाई उठाउँछ ,। खास गरी सुकुम्बासीको उठीवास लगाउँछ । काली गण्डकीका तटमा आश्रित अल्प संख्यक बोटे जातिको भविष्य नै अन्धकारमय बनाइदिन्छ । यसले पहाडको प्रयाबरणमा प्रतिकूल असर पार्दछ । बन जंगल मास्दछ । बर्षा  कम हुने स्थिति आउँछ । यसको प्रतिकूल असर तराईमा पनि पर्दछ । उसरी तराइको सिंचाइको व्यवस्था भुमिगत जलस्रोतले पनि गर्न सकिन्छ ।  सरकार जिम्वेवार हुने हो भने । भैलाभुजा भूमिगत जलयोजनामा विज्ञले बताए अनृुसार त्यहाँको भूमिगत जलस्रोत ५०० बर्षसिम्मको लागि प्रयाप्त छ । यदि नेपालले यसको खास गरी तराइको सीमावर्ती स्थलको भूमिगत जलको प्रयोग नगर्ने हो भने त्यसले सीमावतीै भारतको सिचाइको लागि फाइदा पुराउँछ । त्यसको उपयोग भारतले नै गर्न सक्दछ । नेपालका नदी नाला खोलाको अथाह जलस्रोत त भारतलेृ कब्जा गरेकै थियो । नेपालको भुमिगत जलस्रोत पनि उसकै कब्जामा जान्छ । यो कुरा आफ्नो ठाउँमा  छँदै छ । ३८ किलोमिटर सुरुंग खनेर १३८ अरबभन्दा बढी रकम खर्च गरी दुई दशकभन्दा बढी अवधि लगाएर गरिने भनिएको डाइभर्सनलेभन्दा त त्यति रकमले उद्योग धन्दा खालिदिए किसानका छोराहरूले स्वदेशमा नै रोजगार पाउँथे होला । त्यति रकम खर्च गरेर बलियो तटबन्धन गरिदिने हो भने नदी तटमा बसेका सुकुम्बासीको उद्धार र कल्याणा हुने मात्र होइन बटौली र खस्यौली बजारको सुरक्षा पनि हुन सक्दथ्यो । वास्तवमा सिद्धबाबातिर ठूलो पहिरो गएर दुई तीन दिन तिनाउ नदी  थुनिएर फुट्यो बने त्यसले सजिलै बटौली र खसौलीलाई बगाएर लैजान सक्दछ ।

नेपालका नदीमा काली गण्डकीको ठूलो महत्व छ । यो मुस्ताङबाट निस्केर यसका सहायक नदीलाई साथमा लिंदै म्याग्दी, बाग्लुङm पर्वत, गुल्मी स्याञ्जा पाल्पा तनहुँ हुैदै चितवन पुग्दछ । कालीगण्डकी करिडर यसर्कै आडबाट अघि बढ्छ । हिन्दु धर्मावलम्बीहरूका लागि कालिगण्डकी अत्यन्त महत्वपूर्ण नदी हो । यसलाई गंगाको रुपमा हेरिन्छ ।  सेतीको पानी सेतो हुन्छ भने काली गण्डकीको पानी कालो हुन्छ । पश्चिम नेपालका पहाडी जिल्लामा ठूला एकादशीमा नुहाउने ठाउँ नै काली गण्डकी हो । निराहार रहेर यसमा स्नान गरेर मात्र मुखमा पानी हाल्दछन् हिन्दु धर्ममा विश्वास गर्नेहरू ।  

विश्वको सबभन्दा गहिरो खोचं कालीगण्डकीको खोच नै हो । हिमालयको जन्मसित  नै कालीगण्डकीको जन्म भएको हो । काली गण्डकीले आफू हिंड्ने बाटो आफै बनाएको छ । भनिन्छ अहिले पवैत जिल्लामा पर्ने पाङ र बाग्लुङ बजार एउटै लेभलको भूभाग थियो ।  खाली गण्डकीले नै यी भूभागलाई छुट्टाएको हो । काली गण्डकीमा शिलाजीको भण्डार छ । यसको प्रशंसा भारतीयहरूले पनि गरेका हुन्छन् । कालीगण्डकीले आफ्नो साथमा सुन बगाएर ल्याएको हुन्छ । कति परिवारले बालुवमा सुन छानेर जीविका पनि चलाएका हुन्छन् ।, काली गण्डकीले पहाडी खोलाको लागि माछाको आपूर्ति पनि गर्दछ । बर्खा याममा नारायणी काली गण्डकी हुँदै माछाहरू पहाडी खोलातिर उकालो लाग्दछन्,।  काली गण्डकी माछाको घर पनि हो । स्टोर पनि हो । काली गण्डकीले बेनी बजार बाग्लुङ बजार कुश्मा बजार रिडी बजार तथा देवघाटको महत्व बढाएको छ ।

बर्षा यायमा तिनाउको पानी कहाँ थन्काउने हो भन्ने हुन्छ । तिनाउको पानी कतै ड्याम बनाएर संकलन गर्ने हो भने त्यो फालाफाल हुने मात्र होइन बोट चलाउन पनि सकिने हुन्छ । मत्स पालनको लागि पनि ठीक हुृन्छ । काली गण्डकीको पानी नै नवलपरासी रुपन्देही र कपिलबस्तुलाई चाहिने हो भने नारायणघाटतिरबाट नहर खनेर ल्याउँदा काली गण्डकीको महत्वलाई खासै प्रतिकूल प्रभाव नपर्ला बरु । जे भएतापनि काली गण्डकीको अस्त्विलाई धक्का पुराउन भएन । धक्का पुराउन हुृन्न ।

रानी पोखरी काली गण्डकीको सुन्दरतालाई हेरेर नै बनाएको होला । काली गण्डकीमा प्रशस्त पानी हुने हो भने रेफटिङको लागि पनि उपयृुक्त हुन सक्दछ । अझ त्यहाँ पानी प्रयाप्त हुने हो भने स्टीमर पनि चलाउन सकिन्छ । पर्यटकीय दृष्टिकोणले पनि कालीगण्डकीको उत्तिकै महत्व छ । काली गण्डकीको महत्व घटाउन जुनसुकै कार्य पनि खेदजनक नै छ । व्यक्तिगत स्वार्थ वा संकीर्ण गुट स्वार्थबाट माथि ओठेर कालीगण्डकीलाई हेर्नु पर्दछ ,। यो बाँदरका हातमा नरिवल नहोस् । काली गण्डकी   खाली    गण्डकी नहोस् ,। आगे जो बिचार ।

१६–३–२¬०७८                                                                                                                                                                                                                                                                                                                    


 

                                                        


Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा