सनक लहड मनमौजी तथा हुकुमी पाराले देश चल्दैन । सरकार चल्न सक्दैन । दुई तिहाईको बहुमत भएर पनि पाखा लाग्नु पर्नु त्यसैको प्रतिफल हो । सत्तामा छँदा मुसा पनि बाघ जस्तै गर्जन सक्दछ । तर सत्ताबाट हटे पछि बाघ पनि मुसा भएर दुृलो पस्नु पर्दछ । यसको नमूना के पी ओलो बने । के पी ओली कुनै पनि आन्दोलनका प्रमुख नेता होइनन् । के पी ओली कुनै पनि बिचारका प्रतिपादक होइनन् । तर पनि नेपालको इतिहासमा यस्ता सनकी लहडी मान्छे पनि मुलुकको दुई तिहाईको सरकारको नेतृत्व गर्ने अबसर पाए । अथवा त्यस्तो अवसर उनलाई जुट्यो । जुटाइयो । मिलाइयो । यस अर्थमा उनी भाग्यमानी रहेछन् भन्न पनि सकिएला । के पी ओलीको पालामा उनका पिछलग्गु रज्जगज्ज भए पनि सारा नेपाली जनताले निकै दुख पाएका थिए । देशले धेरै दुख पाएको थियो । राष्ट्रको अस्तित्व धरापमा परेको थियो । यिनी अझ लामो समयसम्म सत्तामा रहे देश रहन सक्थ्यो कि सक्दैनथ्यो भन्ने भय भइसकेको अवस्था थियो । अराजकता तथा भ्रष्टाचारले गर्दा मुलुक थिलो थिलो परेको थियो । धाइते भएको थियो । आफ्नो बिगतको गल्ती कमजोरीबाट कुनै शिक्षा लिन नजानेका के पी ओली शर्मालाई सर्वोच्च अदालतले काई कुई गर्न नसक्ने गरी तरबाट फालेको झिंगा जस्तो बनाइदियो । अब मुलुक के पी ओलीको सनकी शासनबाट आजाद भयो । यो खुशीको नै कुरा हो । अदालत भनेको के हो भन्ने कुरा के पी ओलीले देखे होलान् । अनुूभूत गरे होलान् । अदालत भनेको अदालत नै हो भन्ने कुरा पनि बुझे होलान् ।
तर सत्तामा शेरबहादुर देउवा आउँदा नेपाली जनता बडी उत्साहित हुृनु पर्ने कुनै कारण छैन । पाँच दलले के पी ओलीको सट्टामा शेरबहादुर देउवालाई ल्याउनु परको अवस्था चाहिं अवश्य यस कारण हो कि उनलाई अघि नसारे के पी ओलीको सनकी शासनबाट छुृटकारा पाउन सकिने अर्को उपाय थिएन । अवश्य पनि मुलुकलाई के पी शासनको माखे साङ्लोबाट छुटकारा दिलाउन देउवालाई अघि सार्नु परेको हो । देउवा बाध्यताका उपज हृुन् । देउवा सुन्दर मान्छे भएर होइन । देृउवा निष्कलंक पात्र भएर पनि होइन । राष्ट्रघाती महाकाली सन्धिको नाइके दउवा नै थिए । नाइके. त के पी ओली पनि त थिए । ससद राजालाई बुझाउने शेरबहादुृर देउवा नै थिए । आखिर पटक पटक संसदका ेगला निमोठ्ने के पी ओली पनि त थिए । अमेरिकाको खतरनाक एमसीसी भित्राउन मरिहत्ते गर्ने शेरबहादुर देउवा नै हुन् । आखिर के पी आलीले पनि त एमसीसी पास गर्न ज्यान फालेर लागेका हुन् । यदि शेरबहादुर देउवा र के पी ओलीमा केही फरक छ भने शेरबहादुृर देउवा कता कता राजावादी जस्ता भए पनि आफूलाई पक्का प्रजातन्त्रवादी नै भन्छन् । के पी ओली राणा जस्ता भए पनि आफूलाई कम्युनिष्ट नै भन्छन् । आखिर दुबै संसदवादी नेता हुन् हुन त । शेरबहादुर देउवा र केपी ओलीमा क फरक छ भने शेरबहादुर देउवा लप्पन छप्पन गर्न जाँन्दैनन् । जे बोल्नु छ बोल्न नसके पनि बोल्दछन् । के पी ओली बोल्छन् एउटा कुरा गर्दछन् अर्को कुरा । देउवा र ओलीमा के कुरामा पनि फरक छ भने देउवा अरुका कुरा सुन्न तयार हुन्छन् । तर के पी ओली विदेशी मालिकका कुरा ध्यान तथा महत्व समेत दिंदै कोठै थुृनेर सुने पनि आफू बाहेक अरु कसैका कुरा सुन्दैनन् ।आफ्नै अन्ध भक्त सल्लाहकार सूर्य थापाका कुरा पनि सुन्दैनन् । उसरी सूर्य थापाका कुरा सुन्ने लायकका पनि हुृन्थे र कहाँ । बास्तवमा क पी ओली शर्माले प्रचण्ड र माधव नेपालका कुरा सुनेको भए दुई तिहाईको ओली सरकार अन्ततः तासकोे महल जस्तै गल्र्याङ गुर्लुङ ढल्न पर्ने थिएन । पाहा पछारिए झैं पछारिन पर्ने थिएन । के पी ओलीको लागि सत्ता तातै खाम जल्दै मरांै जस्तो भइदियो । के पी ओलीका लागि सत्ता नपाउनेले केरा पायो बोक्रैसित खायो जस्तो भइदियो । के पी माल पाएर पनि चाल नपाएका व्यक्ति भए । आसन पाएर पनि शासन गर्न नजान्ने व्यक्ति भए । रंक भएर पनि राजा भएर रमाउने व्यक्ति भए । उनमा रावण वा कंसमा जस्ता अहंकार जागृत भयो । सम्धी सम्धीको कथामा झैं प्रचण्ड र माधवले के पी ओलीलाई माखाको मुन्टो जत्रोसम्म देख्दा पनि के पी ओली त उनीहरूलाई झन् देख्दै नदेख्ने अवस्थामा खडा भए । के पी ओलीलाई थाहा भएन कि मैदानमा प्रचण्ड र माधव नेपालजस्ता खप्पिस खेलाडी पनि छन् । यिनीहरूले मौकामा चौका हान्न जानेका छन् । नेपालका संसदीय राजनीतिमा पेले भने पनि यिनै हुन् । मेरोडोना भने पनि यिनै हुन्् । रोनाल्डो भने पनि यिनै हुन् । मेस्सी भने पनि यिनै हुन् । रामबहादुर क्षेत्री भने पनि यिनै हुन् । सुनिल क्षेत्री भने पनि यिनै हुन् । यो कुरा यतिबला ओलीले महशृुस गरे होलान् । ओलीले के पनि महशुश गरे होलान् भने उनीहरूलाई भीम रावललाई जस्तै किन्न सकिन्न । मन मनै भए पनि । अहिलेको ओलीको स्थिति भनेको किन रुन्छस् मंगले आफ्नै ढंगले जस्तै हो । अहिलेको ओलीको अवस्था भनेको किन चाउरिस् मरीज आाफ्नै रागले जस्तै हो । माओले भनेका थिए आफूलाई चिन शत्रुलाई चिन हजारौं लडाई बिना कुनै नोक्सानी लड्न सक्दछौ । वास्तवमा ओलीले शुभेच्छुकलाई पनि चिनेनन् । चिनेको भए उनलाई संचालन गर्नेलाई चिनेका होलान् ।
शेरबहादुृुर देउवाको सरकारको आयु कति लामो हुृन्छ भन्न सकिन्न । फेरि पनि उनले बिगतका गल्तीबाट शिक्षा लिएर जनअनुमोदित काम मात्र गरे भने एक महिनामा पनि ओेलीले तीन बर्षमा गर्न नसकेको काम पनि गर्न सक्दछन् । लालबहादुर शास्त्री जम्मा अठार महिना मात्र भारतका प्रधानमंत्री भएका थिए । मान्छेहरू भन्ने गर्दथे नेहरुले १८ बर्षमा पनि गर्न नसकेको काम लाबबहादुर शास्त्रीले १८ महिनामा नै गरेर देखाइदिए । ओलीले गफ खुब गरे । काम कम । मुलकलाई गफ गर्ने मान्छ् चाहिएका होइनन् । काम गर्ने मान्छे्. चाहिएका हुन् । गफ त एउटा लाटाले पनि गर्न सक्दछ ।
शेरबहादुर देउवाको नेतृत्वमा बन्ने सरकार नेपाली कांग्रेसको मात्र सरकार होइन । त्यसमा माओवादी केन्द्र त रहने छ । राजपाको पनि प्रतिनिधित्व होला । हुन सक्दछ माधव नेपालका मान्छे पनि होलान् त्यसमा । जो मंत्री भए पनि तृुलनात्मक रुपमा राम्रा मान्छे मंत्री भए उनीहरू कम बदनाम होलान् । शेरबहादुृर देउवाले के पी ओलीलाई गुरु मानेर काम गरे भने उनी विगतामा जस्तै बदनाम नहोलान् । नेपालको राजनीतिमा केपी ओली सबैका नकारात्मक गुरु बन्न सक्दछन् । के पी ओलीबाट नकारात्मक शिक्षा लिने सकिने धेरै कुृरा छन् ।
हामी शेरबहादुृर देउवाको नेतृत्वमा बन्ने सरकारले नेपाललाई सिंगापुृर बनाउँछ भन्ने कृुराको आशा गर्न सक्दैनौं । फेरि पनि यस सरकारबाट चाहना गर्ने कुरा के हो भने यसले नेपालको सार्वभौम सत्ता , भूअखण्डता, स्वाधीनता तथा स्वतन्त्रतामाथि धक्का पुग्ने कुनै पनि काम नगरोस् । नेपाललाई नै समाप्त पार्न सक्ने एमसीसीलाई अघि नबढाओस् । दश र जनतालाई अहित हुने कुनै कुृरा अघि नसारोस् । विदेशी शक्तिको अगाडि लम्पसार नपरोस् । कुृनै्र पनि प्रकारका राष्ट्रघाती जनघाती सन्धि सम्झौता नगरोस् । राम्रा काम ग्र्न नसके पनि खराब काम चाहि नगरोस् । नाम कमाउने काम गर्न नसके पनि बदनाम हुने काम नगरोस् । सत्ता र शक्तिका सदुपयोग गर्न नसके पनि दुरुपयोग नगरोस् । विपक्षीलाई चिढाउनेभन्दा पनि समर्थन र सहानुभूति लिने जमर्को गरोस् । केही गर्न नसके पनि खराब काम त गरेन नि भन्ने पार्न सकोस् । संक्षेपमा पूंजीवादी संसदीय व्यवस्थाले गर्न सक्ने काम गर्न नसके पनि नगर्नु पर्ने काम नगरोस् । यस्तै यस्तै त आशा गर्नु पर्ने हृुन्छ हामीले गर्नेले केही नगरे पनि । जे होस् शेरबहादुृर देउवाको नेतृत्वमा बन्ने सरकारले आफूभित्र बिकसित हुन सक्ने केपी ओली प्रबृत्तिमाथि विजय पाउन सक्यो. भने पनि देश र जनताको लागि ठूलो कुरो हुने छ । के पीको सनकी शासनबाट आहात भएका नेपाली जनताले केही राहत पाउन सक्ने छन् । शेरबहादुर देउवाको नेतृत्वमा बन्न्े सरकार आश त गरेस् तर भरोसा नपरेस् भन्ने खालको सरकार होला शायद ।
२९–३–२०७८ ँ
Comments
Post a Comment