Skip to main content

जय खोप

  

कोविद १९ को महामारीले यो सारा विश्व नै पीडित छ । यस महामारीबाट बच्न लक डाउनका अतिरिक्त सर्तकताको विशेष उपाय अवलम्बन गर्नु पर्ने आवश्यकता भयो । यसलाई हामी सबैले कम बेसी मात्रामा पालन गर्यौं । दुखको साथमा भन्नु पर्दछ जनताको स्वास्थ जस्तो अत्यन्त गंभीर र संवेदनशील सवालमा पनि सरकार त्यति जिम्वेबार बनेन । औषधि वा आवश्यक उपकरण मगाउने सवालमा पनि सरकारले कमीसनको खेल खेल्यो जसले गर्दा कति निदोर्ष नागरिकले अकालमा नै ज्यान गुमाउनु पर्यो । आइसियुको अभावमा कतिले ज्यान गुमाए । भ्यान्टिलेटरको अभावमा कतिले ज्यान गुमाए । अक्सिजनको अभावमा कतिले ज्यान गुमाए । बेडका अभावमा कतिले ज्यान गुमाए । एम्वुलेन्सको अभावमा कतिले ज्यान गुमाए । जबकि समयले हामीलाई पूर्व तयारीको लागि प्रयाप्त मौका नदिएको भने होइन । फेरि विश्व स्वास्थ संगठनले हामीलाई पटक पटक खबरदारी नगरेको पनि होइन । सरकारले आवश्यक कदम नचाल्दा पनि कति नागरिकले अकालमा ज्यान गुमाउनु परेको कुरा जग जाहेर छ । जे होस्, पहिलो र दोस्रो लहर काटेर वा काट्दै गरेर अब हामी कोविद १९ को तेस्रो लहरको खतराको नजिक छौं । थाहा छैन सरकारले यसको प्रतिरक्षा कसरी गर्दछ । हामीलाई थाहा छ कोविद १९ को आक्रमणबाट बच्न जनता वा नागारिक आफै पनि जागरुक हुन आवश्यक छ । नागरिक आफै सर्तक र सजग रहन आवश्यक छ । तर नागरिक मात्र सतर्क र सजग भएर मात्र पुग्दैन । यसमा सरकारको भूमिका निर्णायक हुन्छ । सरकारले ठीक नीति लिएन भने कोविद १९ को महामारीबाट जनतालाई सुरक्षित राख्न निकै कठीन हुन्छ । भूटानले आवश्यक सर्तकता अपनाएको जम्मा १ जनाको मात्र कोििवद् १९ ले ज्यान लियो भन्ने खबर छ । ताइवानले पनि आवश्यक सर्तकर्ता अपनाएर मृत्यु दरलाई निकै कम गर्यो । महाचीनले त्यसलाई सशक्त  रुपमा                                नियन्त्रण गर्न सक्यो । 

यतिबेला सहयोगमा रुपमा प्राप्त गरेर होस् वा किनेर सरकारले केही भ्याक्सिन नेपालमा भित्राएको छ । केही भ्याक्सिन इन्डियाबाट आए । केही भ्याक्सिन अमेरिकाबाट सहयोगको रुपमा आए । केही भ्याक्सिन चीनबाट सहयोगको रुपमा पनि आए । अरु देशबाट पनि आउलान् । आउँदैछन् पनि । हाम्रो सरकारसित भ्याक्सििन किन्न  प्रयाप्त पैसा नभए दातृ राष्ट्रले पनि ढिलो चाँडो उपलब्ध गराउँदै जालान् । यस कारणले पनि कि यो  एउटा मानवताको विषय पनि हो ।

जे होस्, प्राप्त औषधि उपकरण तथा भ्याक्सिनलाई पनि सरकारले वा त्यसको स्थानीय निकायले ठीक तरिकाले परिचालन गर्न सकेन । चैत महिनामा इन्डियाबाट ल्याएर पहिलो भ्याक्सिन लाएर बसेका खास गरी सिनियर सिटिजन दोस्रो भ्याक्सिन नआएर लगाउन पाएका छैनन् । दोस्रो भ्याक्सिन नआएर लगाउन नपाएका नागरिकले चीन वा अमेरिकाबाट आएका भ्याक्सिन लगाउन नहुने । भारतले नदिने । दिए पनि दोस्रो भ्याक्सिन लगाउने म्याद गुज्रिसकेको अवस्था भएको सर्व विदित नै छ । इन्डियाको पहिलो भ्याक्सिन लाएर बसेका नागरिक अन्योलको अवस्थामा छन्् । 

हाल अमेरिकाबाट र चीनबाट आएका भ्याक्सिन लगाउने जोर चलेको छ । यतिबेला भ्याक्सिन लगाउने तौर तरिका एकदम भद्रगोेलको छ । अराजक छ । अव्यवस्थित छ । भ्याक्सिन लगाउने व्यवस्थित तौर तरिका नभएको हुनाले नागरिकहरूले ठूलो शास्ती बेहारिरहेका छन् । कति दिनभरि बसेर बेलुकी निराश भएर फर्केका छन् ।  

हाम्रो गरीब देश हो । हाम्रो मुलुकले पैसाको अभावले बेलामा नै भ्याक्सिन प्राप्त नगर्न सक्दछ । जसरी तसरी प्राप्त खोपलाई व्यवस्थित तरिकाले लगाइदिने गरेको भए जन गुनासो सुृन्न पर्ने थिएन । सरकार बदनाम हुने थिएन । प्रशासन बदनाम हुने थिएन । यतिबेला चारैतिर खोप लगाउने सवालमा सरकारका कमी कमजोरी  छताछुल्ल भएका छन् । 

खोप लगाउनुका खास अर्थ हो नागरिकमा कोरानाको विरुद्धमा लड्न भिड्न सक्ने शक्ति  पैदा गर्नुृ । रोगसित लड्न प्रतिरोधात्मक शक्ति बृद्धि गर्नु । कोरोनाको महामारी चानचुने महामारी होइन । कोरानो इतिहास जति पुरानो भए पनि यो यसरी विश्वव्यापी रुपमा फैलिएको थिएन । बिभिन्न भ्यारिइन्ट हुँदै फैलिएको थिएन । झन् पछि झन् शक्तिशाली भएर फैलिएको थिएन । छन त कोलेरा प्लेग जस्ता रोग पनि संक्रामक नै थिए । सरुवा नै थिए ।  भए पनि कोरोना अझ बढी संक्रामक भएको पाइयो ।  कोरोना त मान्छेदखि मान्छे डराउनु पर्ने रोग रहेछ । डाक्टरसित रोगी डराउनु पर्ने । रोगीसित डाक्टर डराउनु पर्ने । निरोगी मान्छेसित  निरोगी मान्छे डराउनु पर्ने । कुरा त्यति मात्र होइन । हावामा ढुक्कसित सास लिन नपाइने । मुख टालेर हिंड्नु पर्ने ।  कसैका घरमा पाहुना भएर पनि जान नसकिने । मान्छेदेखि मान्छे दुई मिटरको दुरी कायम गरेर उभिनु पर्ने । गरम जोशीका साथमा हात मिलाउन नपाइने । गला लगाउन नपाइने ।  दोकानमा किनबेच गर्दा पैसा लिंदा दिंदा पनि कारोना सर्ने डर ।  मालसमान छुँदा पनि कोरोना सर्छ कि भन्ने डर । खाद्य बस्तु बासी नबनाई वा नधुलाई खान नहुने । गेट वा ढोका खाल्दा   पनि कोरोना सर्छ कि भन्ने भय । सार्वजनिक यायायातको साधन प्रयोग गर्दा कोराना लाग्ने डर । बेला बेलामा साबून पानीले हात धोइरहनु पर्ने । साबुन पानीले हात धुन नपाए सेन्टाइजरको प्रयोग गरिरहनु पर्ने ।  हातमा सेन्टाइजर दलिरहनु पर्ने । आफ्नो बचाउको. लागि कति हो कति उपाय अपनाइरहनु पर्ने । आजा पुजा गर्दा सबै रीति नियम पुरा गरे जस्तै कोरोनाबाट बच्न सबै प्रकारका नियम तथा उपनियम पालना गर्नु पर्ने वाध्यता ।  आफूले कोरानालाई छल्न हर संभव उपाय अवलम्बन गर्न पर्ने ।  वास्तवमा कोरोनाले हाम्रो जीवन पद्धति नै परिवर्तन गरिदिएको छ । हाम्रो रहन सहन  खान पान उठ बस चलखेल सब परिवर्तन गरिदिएको छ । यतिबेला विश्वभरिका नागरिकलाई कोरानाको त्रासले त्रसित भई बाँच्नु परेको छ । लाग्दछ कोरोना समाप्त भएको दिनमा मान्छेहरूले लामो सास लिएर बस्ने छन् । उनीहरूका टाउकोबाट पहाड जत्रो भारी हटे जस्तो लाग्ने छ । ऋणमा चुर्लुम्ब डृुवेका मान्छेलाई  ऋणबाट मुक्त भएको जस्तो लाग्ने छ । मान्छे एकदम स्वतन्त्र हुने छ । आजाद हुने छ ।    

पहिले पहिले राणाकालमा सियोले बच्चाहरूको नाडीमा रोप्न चलन थियो । यसलाई खोप भनिन्थ्यो । आजभोलिका बच्चाहरू जन्मिनासाथ मिजल्स टिटनस आदिका सुई लगाए जस्तै उतिबेला भेदीले नाडीमा खोप्ने वा सियो रोप्ने चलन थियो । गाउँमा भेदी आउँदा कटुवालले हाको  हाले पछि गाउँभरका बच्चाहरूलाई तोकिएको ठाउँमा जम्मा गरी खटी आएका भेदीले खोप लगाइदिन्थे । त्यो व्यवस्थित तरिकाले खोप लगाउने प्रचलन र परम्परा थियो । त्यतिबेला गाउँ घरमा कुनै स्वास्थ चौकी पनि हुने थिएन । अस्पतालका के कुुरा । नर्स स्वास्थ सहायक डाक्टरका के कुरा ।

कोरोनाले गर्दा बूढा पाकाले पनि बच्चाले जस्तै खोप लगाउनु पर्ने भो । खोप लगाउनेले झन् पहिले खोप लगाउनृु पर्ने भो ।  मान्छे जमाना अनुसार चल्नु पर्दछ भनेको यही होला । भर्खर प्रधानमंत्री भएका शेरबहादुर देउवाले सरकारको प्राथमिकता खोप खोप खोप भनेका छन् । उहिले कमरेड स्तालीनले युद्ध जित्न तीन चीजको आवश्यकता पर्दछ भनेका थिए । हतियार , हतियार फेरि पनि हतियार । देउवाले कोरानालाई प्रयास्त पार्न तीन चीजलाई प्राथमिकता दिने भनेका छन् – खोप खोप खोप । यतिबेला लगाउन पाउनु निकै ठूलो कुरा भएको छ । खोप लगाउन पाएको मान्छेलाई भाग्यमानी मान्नु पर्दछ ।          जय खोप ।

४–४–२०७८




















Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...