Skip to main content

जय खोप

  

कोविद १९ को महामारीले यो सारा विश्व नै पीडित छ । यस महामारीबाट बच्न लक डाउनका अतिरिक्त सर्तकताको विशेष उपाय अवलम्बन गर्नु पर्ने आवश्यकता भयो । यसलाई हामी सबैले कम बेसी मात्रामा पालन गर्यौं । दुखको साथमा भन्नु पर्दछ जनताको स्वास्थ जस्तो अत्यन्त गंभीर र संवेदनशील सवालमा पनि सरकार त्यति जिम्वेबार बनेन । औषधि वा आवश्यक उपकरण मगाउने सवालमा पनि सरकारले कमीसनको खेल खेल्यो जसले गर्दा कति निदोर्ष नागरिकले अकालमा नै ज्यान गुमाउनु पर्यो । आइसियुको अभावमा कतिले ज्यान गुमाए । भ्यान्टिलेटरको अभावमा कतिले ज्यान गुमाए । अक्सिजनको अभावमा कतिले ज्यान गुमाए । बेडका अभावमा कतिले ज्यान गुमाए । एम्वुलेन्सको अभावमा कतिले ज्यान गुमाए । जबकि समयले हामीलाई पूर्व तयारीको लागि प्रयाप्त मौका नदिएको भने होइन । फेरि विश्व स्वास्थ संगठनले हामीलाई पटक पटक खबरदारी नगरेको पनि होइन । सरकारले आवश्यक कदम नचाल्दा पनि कति नागरिकले अकालमा ज्यान गुमाउनु परेको कुरा जग जाहेर छ । जे होस्, पहिलो र दोस्रो लहर काटेर वा काट्दै गरेर अब हामी कोविद १९ को तेस्रो लहरको खतराको नजिक छौं । थाहा छैन सरकारले यसको प्रतिरक्षा कसरी गर्दछ । हामीलाई थाहा छ कोविद १९ को आक्रमणबाट बच्न जनता वा नागारिक आफै पनि जागरुक हुन आवश्यक छ । नागरिक आफै सर्तक र सजग रहन आवश्यक छ । तर नागरिक मात्र सतर्क र सजग भएर मात्र पुग्दैन । यसमा सरकारको भूमिका निर्णायक हुन्छ । सरकारले ठीक नीति लिएन भने कोविद १९ को महामारीबाट जनतालाई सुरक्षित राख्न निकै कठीन हुन्छ । भूटानले आवश्यक सर्तकता अपनाएको जम्मा १ जनाको मात्र कोििवद् १९ ले ज्यान लियो भन्ने खबर छ । ताइवानले पनि आवश्यक सर्तकर्ता अपनाएर मृत्यु दरलाई निकै कम गर्यो । महाचीनले त्यसलाई सशक्त  रुपमा                                नियन्त्रण गर्न सक्यो । 

यतिबेला सहयोगमा रुपमा प्राप्त गरेर होस् वा किनेर सरकारले केही भ्याक्सिन नेपालमा भित्राएको छ । केही भ्याक्सिन इन्डियाबाट आए । केही भ्याक्सिन अमेरिकाबाट सहयोगको रुपमा आए । केही भ्याक्सिन चीनबाट सहयोगको रुपमा पनि आए । अरु देशबाट पनि आउलान् । आउँदैछन् पनि । हाम्रो सरकारसित भ्याक्सििन किन्न  प्रयाप्त पैसा नभए दातृ राष्ट्रले पनि ढिलो चाँडो उपलब्ध गराउँदै जालान् । यस कारणले पनि कि यो  एउटा मानवताको विषय पनि हो ।

जे होस्, प्राप्त औषधि उपकरण तथा भ्याक्सिनलाई पनि सरकारले वा त्यसको स्थानीय निकायले ठीक तरिकाले परिचालन गर्न सकेन । चैत महिनामा इन्डियाबाट ल्याएर पहिलो भ्याक्सिन लाएर बसेका खास गरी सिनियर सिटिजन दोस्रो भ्याक्सिन नआएर लगाउन पाएका छैनन् । दोस्रो भ्याक्सिन नआएर लगाउन नपाएका नागरिकले चीन वा अमेरिकाबाट आएका भ्याक्सिन लगाउन नहुने । भारतले नदिने । दिए पनि दोस्रो भ्याक्सिन लगाउने म्याद गुज्रिसकेको अवस्था भएको सर्व विदित नै छ । इन्डियाको पहिलो भ्याक्सिन लाएर बसेका नागरिक अन्योलको अवस्थामा छन्् । 

हाल अमेरिकाबाट र चीनबाट आएका भ्याक्सिन लगाउने जोर चलेको छ । यतिबेला भ्याक्सिन लगाउने तौर तरिका एकदम भद्रगोेलको छ । अराजक छ । अव्यवस्थित छ । भ्याक्सिन लगाउने व्यवस्थित तौर तरिका नभएको हुनाले नागरिकहरूले ठूलो शास्ती बेहारिरहेका छन् । कति दिनभरि बसेर बेलुकी निराश भएर फर्केका छन् ।  

हाम्रो गरीब देश हो । हाम्रो मुलुकले पैसाको अभावले बेलामा नै भ्याक्सिन प्राप्त नगर्न सक्दछ । जसरी तसरी प्राप्त खोपलाई व्यवस्थित तरिकाले लगाइदिने गरेको भए जन गुनासो सुृन्न पर्ने थिएन । सरकार बदनाम हुने थिएन । प्रशासन बदनाम हुने थिएन । यतिबेला चारैतिर खोप लगाउने सवालमा सरकारका कमी कमजोरी  छताछुल्ल भएका छन् । 

खोप लगाउनुका खास अर्थ हो नागरिकमा कोरानाको विरुद्धमा लड्न भिड्न सक्ने शक्ति  पैदा गर्नुृ । रोगसित लड्न प्रतिरोधात्मक शक्ति बृद्धि गर्नु । कोरोनाको महामारी चानचुने महामारी होइन । कोरानो इतिहास जति पुरानो भए पनि यो यसरी विश्वव्यापी रुपमा फैलिएको थिएन । बिभिन्न भ्यारिइन्ट हुँदै फैलिएको थिएन । झन् पछि झन् शक्तिशाली भएर फैलिएको थिएन । छन त कोलेरा प्लेग जस्ता रोग पनि संक्रामक नै थिए । सरुवा नै थिए ।  भए पनि कोरोना अझ बढी संक्रामक भएको पाइयो ।  कोरोना त मान्छेदखि मान्छे डराउनु पर्ने रोग रहेछ । डाक्टरसित रोगी डराउनु पर्ने । रोगीसित डाक्टर डराउनु पर्ने । निरोगी मान्छेसित  निरोगी मान्छे डराउनु पर्ने । कुरा त्यति मात्र होइन । हावामा ढुक्कसित सास लिन नपाइने । मुख टालेर हिंड्नु पर्ने ।  कसैका घरमा पाहुना भएर पनि जान नसकिने । मान्छेदेखि मान्छे दुई मिटरको दुरी कायम गरेर उभिनु पर्ने । गरम जोशीका साथमा हात मिलाउन नपाइने । गला लगाउन नपाइने ।  दोकानमा किनबेच गर्दा पैसा लिंदा दिंदा पनि कारोना सर्ने डर ।  मालसमान छुँदा पनि कोरोना सर्छ कि भन्ने डर । खाद्य बस्तु बासी नबनाई वा नधुलाई खान नहुने । गेट वा ढोका खाल्दा   पनि कोरोना सर्छ कि भन्ने भय । सार्वजनिक यायायातको साधन प्रयोग गर्दा कोराना लाग्ने डर । बेला बेलामा साबून पानीले हात धोइरहनु पर्ने । साबुन पानीले हात धुन नपाए सेन्टाइजरको प्रयोग गरिरहनु पर्ने ।  हातमा सेन्टाइजर दलिरहनु पर्ने । आफ्नो बचाउको. लागि कति हो कति उपाय अपनाइरहनु पर्ने । आजा पुजा गर्दा सबै रीति नियम पुरा गरे जस्तै कोरोनाबाट बच्न सबै प्रकारका नियम तथा उपनियम पालना गर्नु पर्ने वाध्यता ।  आफूले कोरानालाई छल्न हर संभव उपाय अवलम्बन गर्न पर्ने ।  वास्तवमा कोरोनाले हाम्रो जीवन पद्धति नै परिवर्तन गरिदिएको छ । हाम्रो रहन सहन  खान पान उठ बस चलखेल सब परिवर्तन गरिदिएको छ । यतिबेला विश्वभरिका नागरिकलाई कोरानाको त्रासले त्रसित भई बाँच्नु परेको छ । लाग्दछ कोरोना समाप्त भएको दिनमा मान्छेहरूले लामो सास लिएर बस्ने छन् । उनीहरूका टाउकोबाट पहाड जत्रो भारी हटे जस्तो लाग्ने छ । ऋणमा चुर्लुम्ब डृुवेका मान्छेलाई  ऋणबाट मुक्त भएको जस्तो लाग्ने छ । मान्छे एकदम स्वतन्त्र हुने छ । आजाद हुने छ ।    

पहिले पहिले राणाकालमा सियोले बच्चाहरूको नाडीमा रोप्न चलन थियो । यसलाई खोप भनिन्थ्यो । आजभोलिका बच्चाहरू जन्मिनासाथ मिजल्स टिटनस आदिका सुई लगाए जस्तै उतिबेला भेदीले नाडीमा खोप्ने वा सियो रोप्ने चलन थियो । गाउँमा भेदी आउँदा कटुवालले हाको  हाले पछि गाउँभरका बच्चाहरूलाई तोकिएको ठाउँमा जम्मा गरी खटी आएका भेदीले खोप लगाइदिन्थे । त्यो व्यवस्थित तरिकाले खोप लगाउने प्रचलन र परम्परा थियो । त्यतिबेला गाउँ घरमा कुनै स्वास्थ चौकी पनि हुने थिएन । अस्पतालका के कुुरा । नर्स स्वास्थ सहायक डाक्टरका के कुरा ।

कोरोनाले गर्दा बूढा पाकाले पनि बच्चाले जस्तै खोप लगाउनु पर्ने भो । खोप लगाउनेले झन् पहिले खोप लगाउनृु पर्ने भो ।  मान्छे जमाना अनुसार चल्नु पर्दछ भनेको यही होला । भर्खर प्रधानमंत्री भएका शेरबहादुर देउवाले सरकारको प्राथमिकता खोप खोप खोप भनेका छन् । उहिले कमरेड स्तालीनले युद्ध जित्न तीन चीजको आवश्यकता पर्दछ भनेका थिए । हतियार , हतियार फेरि पनि हतियार । देउवाले कोरानालाई प्रयास्त पार्न तीन चीजलाई प्राथमिकता दिने भनेका छन् – खोप खोप खोप । यतिबेला लगाउन पाउनु निकै ठूलो कुरा भएको छ । खोप लगाउन पाएको मान्छेलाई भाग्यमानी मान्नु पर्दछ ।          जय खोप ।

४–४–२०७८




















Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...