Skip to main content

नेपाली कि गोर्खार्ली १


  

भनिन्छ भारतमा एक करोड नेपाली बस्दछन् । एक करोड नेपाली भनेको भारतीय नेपाली । यसमा भारतमा विभिन्न काम वा पेशामा रहेका नेपालका नेपाली पर्दैनन् । भारतीय नेपालीलाई आजभोलि गोर्खाली भन्दछन् । म संझिन्छु  हाम्रो विद्यार्थी प्रतिनिधि मंडलले नेपाली र खास गरी नेपाली विद्यार्थीका समस्यालाई लिएर  तत्कालीन भारतमा उप राष्ट्रपति गोपाल स्वरुप पाठकलाई  १९७३ तिर शिलाङ स्थित गवर्नर हाउसमा भेटेको थियो । उनले हामीसित कुरा गर्दा नेपालीहरू दुई किसिमका हुन्छन् भनेका थिए । सेनामा भर्ती हुने गोर्खाली हुन् । राणा जस्ता शासकबर्ग नेपाली हुन् । हामीले उनलाई यो कुरा  स्पष्ट पार्दै भनेका थियौं जसरी इंडियन हिन्दुस्थानी भारतीय भन्नु एउटै कुरा हो त्यसरी नै नेपाली र गोर्खाली भन्नु एउटै कुरा हो ।

म आसाम मेघालयमा बस्दा त्यहाँका रैथाने नेपालीले आफूलाई प्रवासी नेपाली भन्न रुचाउँदैनथे । जबकि आसास डिग्बोईका कवि हरिभक्त कटुवालले नेपाल आउनुभन्दा अघि आफ्नो नामसित प्रवासी शब्द जोड्ने गर्दथे । कालिंपोङमा मैले पारसमणि प्रधानसित अन्तरवार्ता लिंदैं प्रवासी नेपाली कसलाई भन्ने प्रश्न गर्दा उनले मलाई जबाब दिएका थिए – नेपालबाट बेलाबखतमा काग गर्न आउने नेपाली प्रवासी नेपाली हुन् । भारतका रैथाने नेपाली भारतीय  नेपाली  हुन् ।  म आसाम मेघालयमा छँदा त्यहाँका रैथाने नेपालीले आफूलाई भारतीय नेपाली भन्दथे ।  भारतीय नेपाली पनि एकैनासे थिएनन् । छैनन् । कसैले आफूलाई देहरादुने नेपाली भन्दथे । कतिले आफूलाई दार्जीलिङ्गे नेपाली भन्दथे । शायद यही भएर होृला आसामका तत्कालीन एम एल ए (  विधानसभा सदस्य ) विष्णुलाल उपाध्यायले एउटा किताब लेखेर आफूलाई आसामे नेपाली भनेका छन् । कितावको नाम नै आसामे नेपाली हो । 

दार्जीलिङका नेता सुभाष घिसिङले हामी नेपाली होइनौ गोर्खाली हौं भन्न थाले । उनले नेपाली भाषालाई गार्खाली भाषा भन्नु पर्दछ भन्न थालेका थिए ।  त्यसको तीव्र बिरोध गर्दै  दार्जीलिङ कै चर्चित  लेखक ईन्द्र बहादुर राईले भनेका थिए – मैले नेपाली भाषामा लेखेको एक वाक्यलाई सुभाष घिसिङले गोर्खाली भाषामा अनुवाद गरेर मलाई देखाओस् । तब म गोर्खाली भाषा भन्न थालुला । १९९२ तिर  नेपाली भाषाको मान्यताको लागि सिक्किमकी सांसद दिल कुमारी भण्डारीले भारतको संसदमा नेपाली भाषाको संवैधानिक मान्यताका लागि विधेयक पेश गर्दा सुभाष घिसिङले भारतको संविधानमा नेपाली भाषाले होइन गोर्खाली भाषाले मान्यता पाउनुृ पर्दछ भनेका थिए । तर भारत सरकारले नेपाली भाषालाई नै मान्यता दियो । संसदले नेपाली भाषालाई संवैधानिक मान्यता दियो । नेपाली भाषालाई पनि भारतको संविधानको आठौैं अनुसुचिमा समावेश गरियो । नेपाली भाषाको संवैधानिक मान्यताको माग सर्वप्रथम १९५६ मा  देहरादुनका जागरथ गोर्खा समाचारपत्रका सम्पादक अनंंग सिंह थापाले तत्कालीन भारतका राष्ट्रपति राजेन्द्र सिंहमा बिर सिंह भष्डारी र नरेन्द्र सिंह राना सहितको स्मारकपत्र बुझाएर गरेका थिए ।

जब म शिलाङमा थिएँ मेघालय र आसामका नेपाली आफूलाई गोर्खाली भन्न रुचाउँदैनथे । भारतीय नेपाली नै भन्दथे । यद्पि पहिलेदेखि नै शिलाङमा गोर्खा शब्द लोकप्रिय हुँदै नआएको भन होइन । यी नामले पनि ती कुरा झल्काउँछ ।  आसाम गोर्खा लिग ( यो अविभाजित आसाममा थियो ), गोर्खा पाठशाला , गोर्खा हाई स्कूल, गोर्खा एशोसिएसन , गोर्खा पंचायत आदि ।  यी नाम शिलाङमा लगभग एक सय बर्षेदेखि जनजिब्रोमा प्रचलित हुँदैआएका थिए । हाल आएर आसाम मेघालयका भारतीय नेपालीहरू पनि आफूलाई भारतीय नेपाली नभनेर गोर्खाली भन्न थालेका रहेछन् । उनीहरूले यसो गर्नुको खास कारण हो आफूलाई नेपाली भन्दा भारतीयहरू उनीहरू नेपालका नेपाली हुन् भन्ने ठान्दछन् । त्यसैले नेपाली भन्नुभन्दा आफूलाई गोर्खाली भन्नु राम्रो  हुन्छ । मान्छेहरू उनीहरूलाई नेपालका नेपाली होइन कि भारतीय नेपाली भनेर नै बुझ्दछन् ।् चिन्दछन् । यद्पि अहिले पनि भारतीय नेपालीले नेपालका नेपालीकोे बिल्ला भिर्न परिरहेछ । नेपाली भने पछि उनीहरूलाई नेपालका नेपाली होइन कि भारतका नेपाली ठानिन्छ । यस अर्थमा भारतीय नेपाली अर्थात गोखौलीहरूमा पहिचानको समस्या परेको छ ।  भारतीय नेपाली अर्थात गोर्खालीलाई नेपालको नेपाली भनिदिंदा उनीहरू आफ्नो पहिचान गुमेको जस्तो ठान्दछन् । 

सिक्किममा नेपालीहरू बस्दछन् । तर उनीहरूले आफूलाई सिक्किमी भन्दछन् । सिक्किमी भन्नु भारतीय नेपालीका पहिचान हुन सक्दैन । यसैले भारती नेपाली अर्थात गोर्खालीहरू भारतमा आफ्नो छट्टंै पहिचान बनाउन एउटा गोर्खा राज्यको माग गरिरहेका छन् ।  उनीहरूलाई लाग्दछ त्यो  दार्जीलिङलाई गोखौलैण्डको मान्यता दिनुले  मात्र संभव छ । दार्जीैलिङलाई गोर्खार्लैण्ड बनाउने हो भने त्यो सम्पूर्ण भारतबर्षभरि छरिएर बसेका नेपालीको पहिचान हुन सक्दछ । यस्तो धारणा उनीहरूको छ । यसको लागि मुख्यत पश्चिम बंगाल सरकार बाँधा बनेका छ । उसले गोर्खालैण्डको मागलाई फासिस्ट बुटले कुल्चेको छ । यतिबेला दार्जीलिङलाई सिक्किममा गाभेर गोर्खालैण्डको मागलाई पन्छाउने कुरा पनि चल्दैछ । यसको पछि तर्क के रहेको छ भने दार्जीलिङ सिक्किमको अंग हो । पछि अंग्रेजले सिक्किमबाट दार्जीलिङ प्राप्त गरेका थिए । दार्जीलिङ सिक्किममा गाभ्दा पश्चिम ब)गाल नाई नास्ती गर्न सक्दैन । उसरी गोर्खालंैण्डको मागलाई ओझेलमा पार्न उत्तराखण्ड जस्तै एउटा उत्तरी बंगालको राज्यको पनि तुरुप फालिएको छ । यस राज्यले गोर्खालीहरूको पहिचान खुल्दैन । दार्जीलिङ नेपालका भूभाग पनि रहेको थियो । टिस्टासम्म नेपाल थियो । अंग्रेजले नेपालबाट दार्जीलिङ खासेर सिक्किमलाई दिएका हुन् । पछि फेरि सिक्किमबाट आफैले लिए । अंग्रेज जाने बेलामा  दार्जीलिङ  नेपाललाई फर्काउन चाहेका थिए । तर नेपालका राणा शासक तयार भएनन् । उनीहरूले क ठाने भने दार्जीलिङलाई नेपालमा मिसाएमा उनीहरू हाबी हुन्छन् । यतिबेला सिक्किम पनि दार्जीलिङलाई आफूमा मिलाउन चाहँदैन । उसलाई पनि यही डर छ कि दार्जीलिङलाई सिक्किममा मिलायो भने उनीहङ हाबी हुन्छन् । तर दाजींलिङ  किन सिक्किममा मिसिन चाहँदैन भने त्यसरी उसको पहिचान खुल्दैन । सिक्किमी त हुन सक्दछ ।  तर गोर्खाली हुन सक्दैन । उसको जातीय पहिचान कायम हुन सक्दैन ।

भारतमा एक करोड भारतीय नेपाली अर्थात गोर्खाली छन् भने त्यसको आधाभन्दा बढी त आसाम नै छन् । उत्तर पूर्वांचल भारतमा नै छन् । तर उत्तर पूर्वांचलमा भारतीय नेपाली अर्थात गोर्खालीहरू छरिएर बसेको हुनाले उनीहरू अल्पसंख्यामा पर्दछन् । सबभन्दा बढी नेपाली आसाममा भए पनि उनीहरू छरपस्टिएर बसेको हुनाले उनीहरूलाई प्रतिनिधित्व गर्ने एकजना एम एल ए र एकजना एम पी मात्र हो । आसामको शोणितपुर जिल्लाको बिहालीमा आसामे नेपाली वा गोर्खालीको बसोबासो बाक्लो भएको हुनाले एउटा निर्वाचन क्षेत्रमा  तीन चार जना गोर्खाली उठे पनि एउटा गोर्खाली विजय हुने अवस्था छ । विगतमा यहीबाट विष्णुलाल उपाध्याय एम एल ए भएका थिए ।  । विगतमा यही ठाउँबाट स्वरुप उपाध्याय एम पी भएका थिए । नागालैण्डबाट गोर्खाली एम एल ए भएको कुरा मलाई थाहा छैन । हो आसामको विधानसभामा अधिबक्ता टंक राईले सभामुख हुने अवसर पाएका थिए । यस्तो अवसर कम आसामे नेपाली वा गोर्खालीले पाएका छन् मिजोरामबाट गोर्खाली एम एल ए भएको मलाई थाहा छैन ा मिजोराम राज्यकोे सचिलालयमा सचिव भने बुद्धिराज ज्ञवाली भएका थिए । त्यहाँ नेपाली छरिएर बसेकोले कतैबाट पनि उनीहरू गोर्खालीको मतले मात्र विजयी हुन सक्दैनन्। तर मणिपुरमा मैत्री पोखरीमा गोर्खालीको उपस्थित बाक्लो भएको हुनाले एकजना गोर्खाली एम एल ए विजयी बन्न सक्दारहेछन् । प्रेम थापा मैत्री पोखरीबाट विजयी भएर एम एल ए भएका थिए मणिपुरमा । मेघालयमा मोप्रेम गोर्खालीको सुरक्षित क्षेत्र हो । यसै क्षेत्रबाट ध्रुवनाथ जोशी ३० बर्षसम्म एम एल ए निर्वाचित भएका थिए । मंत्री पनि भएका थिए । अरुणाचलमा नेपालीहरूको बाक्लै उपस्थिति भए पनि त्यहाँबाट पनि उनीहरूको प्रतिनिधित्व हुन सकेको छैन ।

आसाममा सबभन्दा बढी गोर्खाली वा भारतीय नेपालीहरूको बसोबासो भएको भए पनि उनीहरू छरिएका हुनाले उनीहरूको आसामको विधानसभामा राम्रो उपस्थिति हुन सक्दैन । यसैले आसाम सरकारले आसामे नेपाली अर्थात गोर्खालीको उपस्थितिको लागि गोर्खा डेभलब्मेन्ट काउन्सिलको व्यवस्था गरेको छ । त्यसमा गोर्खाली अर्थात आसामे नेपालीको प्रतिनिधित्व गराइन्छ । हाल यसका अध्यक्ष छन् प्रेम तामाङ । 

६–४–२०७८ 

                                                                                                                                               


 

Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...