Skip to main content

पुष्पलाल बिरोधी नै पुष्पलालका अनुयायी

 


 

नेपाल कम्युनिष्ट पार्टीको जन्म २००६ सालमा ५ जनाको उपस्थितिमा पुष्पलालको नेतृत्वमा कलकत्तामा गठन भएको हो । यसका संस्थापक सदस्यहरू थिए पुष्पलाल, नरबहादुृर कर्माचार्य, निरंजन गोविन्द बैद्य, नारायण विलास जोशी  तथा दुर्गा देबी । नेपाल कम्युनिष्ट पार्टीको गठन गर्नमा भारतीय कम्युनिष्ट पार्टीका नेता निरपेन चक्रवर्तीले सहयोग गरेका थिए । निरपेन चक्रवर्ती पछि भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका तर्फबाट त्रिपुराका मुख्य मंत्री भए । अहिलेसम्म भारतमा तीन राज्यमा भारतीय कम्युनिष्टको सरकार बनेको छ । केरला बंगाल र त्रिपुरा । 

पहिला कांग्रेस पार्टीमा रहेर काम गरेका पुष्पलालले कांग्रेस पार्टीले नेपालमा क्रान्ति गर्ने कुरामा विश्वास नगरेर नै नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका हुन् ।  २००८ सालमा नेपाल कम्युनिष्ट पार्टीको पहिलो संमेलन                                                                                                                                                                                                                                                                                      हुँदा  पुष्पलाल नै महासचिव चुनिए पनि पछि मन मोहन अधिकारी नेपाल कम्युनिष्ट पार्टीका महासचिव बने । तर मनमोहन अधिकारीमा राजावादी रुझान भएको हुँदा नेपाल कम्युनिष्ट पार्टीले ठीक दिशा लिन सकेन । पछि नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व केशर जंग रायमाझीको हातमा पुग्यो । डा. केशर जंग रायमाझी झन् पुरै दरवारिया कम्युनिष्ट भए । रोयल कम्युनिष्ट भए । २ंं०१० सालमा मुलत क्रान्तिकारी धार पास भए पनि मन मोहन अधिकारीको राजाबादी धारनै हावी रह्यो । २ं०१४ सालको दोस्रो महाअधिेशनमा पनि मुलत क्रान्तिकारी धार नै बहुमतमा भए  पनि केशर जंग रायमाझीको राजावाद िधार संसोधनबादी धार हाबी भयो । २०१७ सालमा पुष २२ गते नेपाल कम्युनिष्ट पार्टीको  दरभंगा प्लेनम भयो । यसमा  तीन प्रस्ताव पेश भएका थिए ।  केशर जंग रायमाझीको संसदीय व्यवस्थाको पुरस्र्थापनाको प्रस्ताव, पुष्पलालको विघटित ससंदको पुनर्नस्थापनाको प्रस्ताव तथा मोहन बिक्रम सिंहको विधानसभाको निर्वाचनको प्रस्ताव । 

त्यतिबेला पनि  नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व सही हुन सकेन । संसोधनबादी धार नै हाबी रह्यो ।  २०१९ सालको तेसैो महाधिवेशनमा पनि तुलसीलाल अमात्यको संसोधनवादी धारको नै बिजयी बन्यो । उनको धार खु्रश्चोभको शान्तिपूर्ण संसोधनवादी संसदीय धार नै थियो । उनले लिएको कार्यक्रम राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम थियोे । यसले पनि नेपाली कम्युनिष्ट क्रान्तिको सही दिशा लिन सकेन । क्रान्तिकारी धारलाई अघि बढाउन सकेन । अन्तत २०२५ सालमा गोरखपुरमा  पुष्पलालले तेस्रो ऐतिहासिक संमेलन राखे । यस गोरखपुर सम्मेलनले नै नेपालमा माक्र्सवाद लेनिवाद र माओ त्से तुंग बिचारधाराको आधारमा नयाँ जनवादी क्रान्ति गर्ने कार्यक्रम अघि सारे । कम्युनिष्ट क्रान्तिको रणनीति र कार्यनीति निश्चित गर्यो  । नयाँ जनवादी क्रान्तिको कार्यक्रम अधि सार्यो ।  यसले ने पार्टी स्थापनाकालको पार्टी लाइनलाई डोराउने काम गर्यो ।  पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टी देशभित्र र देशवाहिर विस्तार गरिरहेको अवस्थामा २०२८ झापा विद्रोह भयो । झापा विद्रोह सशस्त्र विद्रोह थियो । यसको नेतृत्व मोहन चन्द अधिकारी,राधा कृष्ण मैनाली सी पी मैनाली आदिले गरेका थिए ।  यसको  कति नेतृत्व जेल पर्यो । कति नेतृत्व मारियो । पछि यो काअर्डिनेशन केन्द्र हुँदै नेकपा माले भयो । मालेको सैधान्तिक विचारधारा माक्र्सवाद लेनिनवाद र माओ विचारधारा नै थियो । कार्यक्रम नौलो जनवादी कायैक्रम नै थियो । नारा शसस्त्र क्रान्ति कै थियो । कोके पुष्पलाललाई गद्दार भन्दथ्यो । कोके  २००६सालमा गठन भएको नेकपालाई अन्तर्राष्ट्रिय षडयन्त्रद्वारा गठित संसोधनबादी पार्टी भन्दथ्यो । कोके भन्दथ्यो नेकपाका जन्म झापा विद्रोहबाट २०२८ सालमा भएको हो । तर पछि वाध्य भएर यसले आफ्नो यो अवधारणा सच्चायो र २००६ सालमा नेकपाको जन्म भएको कुरालाई स्वीकार गर्यो ।

जेलबाट छुटे पछि मोहन बिक्रम सिंहले नेकपा मशालको गठन गरे । यसले पनि नयाँ जनवादी कार्यक्रम नै अघि सार्यो । यसले पनि सैधान्तिक आधार माक्र्सवाद लेनिनवाद र माओत्से तुंग बिचारधारालाई स्वीकार गर्यो । सशस्त्र क्रान्तिको बाटोलाई पनि सैद्धान्तिक रुपले स्वीकार गर्यो ।  आजसम्म यो पार्टी आफ्नो यस विचारमा अडिग नै छ । यद्पि यसले सशक्त रुपमा कुनै ठूलो आन्दोलन हाँक्न सकिरहेको छैन । सशस्त्र संघर्षलाई अघि बढाउन सकिहेको छैन ।

एक समयमा पुष्पलालको नेतृत्वमा रहेको नेकपा निकै शक्तिशाली भएको थियो । यो देशभित्र र देशबाहिर पनि सशक्त रुपमा संगठित थियो । तर झापा विद्रोह पछि यसको क्रान्तिकारी दिशामाथि निकै प्रश्न चिन्ह उठाइए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीले जन आन्दोलनको मात्र दिशा लियो । यसले हतियार उठाएन भनियो । पुष्पलाललाई झापा आन्दोलनलाई समर्थन गरेर अघि बढ्नु पर्ने भनियो । पुष्पलाल त्यसको लागि तयार भएनन् । उनले भने झापाली कमरेडहरूको स्प्रिट राम्रो छ । उनीहरू हाम्रो नेकपामा आएर संगठित भएर अघि बढ्नु पर्दछ भने । त्यतिबेला हरिहर शर्मा तथा डी वी सिंहहरूले रुसलाई सामाजिक साम्राज्यवाद भन्नु पर्दछ भन्दै थिए । तर पुष्पलालले त्यो स्वीकार गरेनन् । उनले रुसलाई संसोधनबादी मात्र भनिरहे । पुष्पलालले नेपालमा क्रान्ति गर्दैनन् भनेर कमरेड रोहित नारायण मान बिजुक्छेले मजदूर किसान पार्टी खोले । उनले कतिसम्म भने भने क्रान्ति भन्नु नै रोहित हो । रोहित भन्नु नै क्रान्ति हो । यसैबीचमा पुष्पलालको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टींबाट उनलाई गद्दार ठहर गरी मुक्तिमोर्चा समूहको नाममा जीवलाल आश्रित र मोदनाथ प्रश्रितहरूले विद्रोह गरे । मुक्ति मोर्चा पछि सी पी मैनालीको नेतृत्वको कोकेमा सामेल भएर अन्ततः नेकपा माले भयो । माओ त्से तुंगको मृत्यु पछि चीनमा संसोधनवाद हावी भयो भन्ने ठहर मशालको भयो । तर नेकपा मालेले माओको मृत्यु पछि चीनले लिएको बाटो सही छ भन्दै गयो । पछि नेपाली कांग्रेसले पनि पंचायती निर्र्वाचनमा भाग नलिएको अवस्थामा पनि नेकपा मालेले जनपक्षीय उम्मेदवारको नाममा पैचायती निर्वाचनमा धमाधम भाग लिन थाल्यो ।

एकपल्ट नेकपा माले मुलुकको सबभन्दा ठूलो कम्युनिष्ट पार्टी बन्यो । नेकपा मालेले २०४६ सालको परिवर्तनपछि २०६३ सालको परिवर्तन पछि भारतीय नागरिकलाई नेपाली नागरिकता पोस्कर बाँडे जस्तै गैर कम्युनिष्टलाई पनि भटाभट कम्युनिष्ट पार्टीको सदस्या बाँड्न थाल्यो । हिजो नेपाल कम्युनिष्ट पार्टीको  सदस्या प्राप्त गर्न ठूलो तपस्या गर्नु पर्दथ्यो भन े२०४६पछि नेकपा मालेको सदस्य बन्न बाटा हिंड्ने बटुवा पनि लाइनमा खडा भए प्राप्त गर्न सकिने अवस्था सृजित भयो । 

नेकपा माले बिस्तार विस्तार संसोधनबादी हुँदै बिसर्जवादका बाटो अनुशरण गर्न थाल्यो । हिजो कही समयसम्म नेकपा मालेबीचमा राजनैतिक स्वतन्त्रताको लागि लड्ने कि पार्टी स्वतन्त्रका लागि लड्ने भन्ने सवालमा निकै डिबेट चल्यो । त्यतिबेला सी पी मैनालीको भनाइ थियो हामी पार्टी स्वतन्त्रताका लागि लड्यौ भने नपाली कांग्रेसले पनि हामीलाई साथ दिन सक्दछ । पार्टी स्वतन्त्रताको नारा नै आन्दोलनलाई अघि बढाउन प्रभावकारी हुन सक्दछ । अर्कोतिर जीवराज आश्रित, मदन भंडारी बामदेव गौतमहरू पार्टी स्वतन्त्रताका नारालाई संसदीय राजनीतिमा भासिने बाटो भन्दथे र राजनैतिक स्वतन्त्राको नाराले हामीलाई जनवादीको क्रान्तिको अवस्थासम्म पुराउँदछ भन्दथे । माले पार्टीका एक प्रभावशाली नेता गोपाल शाक्य लुम्बिनी अंचलको सचिव रहेको बेलामा उनले पार्टीमा रुस पनि समाजवादी चीन पनि समाजबाट भन्न थाले । पार्टीले उनलाई रुस पनि समाजवाद भनकोे कारणले कारबाही गर्यो  िपाटीैबाट निस्काशन गर्यो । जीवराज आश्रितले भने गोपाल शाक्यलाई गास पनि नदिनु वास पनि नदिनु । तर पछि मालेले माओ विचारधारा ड्रप गर्यो । रुसलाई पनि समाजवादी देश नै भन्न थाल्यो । रुसलाई मात्र होइन १५ जति देशलाई एकसाथ समाजवादी देश भन्न थाल्यो ।

नेकपा माले मनमोहन अधिकारीको माक्र्सवादी पार्टीसित एकता गरेर एमाले भयो । मालेका नेता सी पी मैनालीलाई घेराबन्दीमा पारेर पाखा लगाए पछि झलनाथ खनाल मालेका महासचिव भएका थिए । २०४६ सालमा नेकपा मालेले चौथो महाधिवेशन गर्यो । यसले  बहुदलीय जनवादकोे कायैकम पास गर्यो । पुष्पलालले अघि सारेको नयाँ जनवादी कायैक्रम र दीर्घकालनी सशस्त्र संघर्षको कार्यक्रम परित्याग गरे्यो । पजीवादी संसदीय व्यवस्थालाई अंगीरकार गरयो । उसले यो सब माक्र्सवाद लेनिनवाद र्कै नाममा गर्यो ।                                    

मदन भण्डारी पुष्पलालको पार्टीबाट आएका कार्यकर्ता हुन् । उनी त्यतिबेला राजनैतिक कायकताभन्दा पनि बढी साहित्यिक व्यक्तित्वको रुपमा परिचित थिए । मुक्तिमोर्चासित नै उनी पुष्पलालको नेतृत्वको पार्टीबाट बाहिरिए ।  पछि उनी जीवराज आश्रित र मोदनाथ प्रश्रितको आग्रहले पार्टीमा सक्रियतापूर्वक काम गर्न थाले । संस्कृत भाषा पढेका र नेपाली भाषामा पनि एम ए सम्म अध्ययन गरेको हुनाले पनि  उनीमा नेपाली भाषामा बेजोड दखल थियो । छोटो समयमा नै यिनले माक्र्सवादको अध्ययन गरे ।  पार्टी नेतृत्वमा पनि पुगे । महासचिव पनि बने ।  एमालेले मदन भण्डारीलाई बहुदलीय जनवादका सिधान्तकार मान्यो ।  मदन भण्डारीलाई पुष्पलाल कै उत्तराधिकारीको रुपमा पनि प्रस्तुत गर्यो । साँचो कुरा गर्ने हो भने मदन भण्डारीमा पुष्पलालको प्रभावभन्दा पनि मन मोहनअधिकारीको प्रभाव थियो ।्

मलाई लाग्दछ पुष्पलाल र मदन भण्डारी दुबैलाई समान रुपले नेपाल कम्युनिष्ट आन्दोलन वा क्रान्तिको नेता मान्नु भयंकर ठूलो भूल हो । वास्तवमा भन्ने हो भने पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता तथा कम्युनिष्ट सिद्धान्त सच्चा अनुयायी हुन् भने मदन भण्डारी कम्युनिष्ट सिद्धान्तलाई विसर्जनको बाटोमा लाने व्यक्ति हुन् । मदन भण्डारी प्रभावशाली नेता भएको हुनाले पनि नौलो जनवादी क्रान्तिको बाटोमा हिंडेको नेकपा मालेलाई गोर्वाचोभको बाटा हुृँदै एल्तसिनको बाटोमा पुराए । कमजोर नेताबाट यो संभव थिएन । मन मोहन अधिकारी, डा केशर जंग रायमाझी तथा तुलसीलालले  गर्न नसकेको काम मदन भण्डारीले सजिलै पूरा गरिदिए । बहुदलीय जनवाद अन्तिम विश्लेषणमा पूंजीवादी संसदीय व्यवस्थाको बाटो नै हो । बिसर्जनको बाटो. नै हो । एल्तसिन कै बाटो हो. । यति भएर पनि मदन भण्डारी आजका एमालका नेता जस्ता भैष्ट थिएनन् । विदेशी दलाल भएका थिएनन् । यस कारण पनि न्यायपिैय र दशभक्त जनताबीचमा लोकप्रिय रहका छन् । फेरि पनि मदन भण्डारीलाई  पुष्पलालजस्तो कम्युनिष्ट क्रान्तिको सिद्धान्तलाई जीवनको अन्तिम विन्दुसम्म अनृुशरण गरको नेताको पंंक्तिमा राखर मदन भण्डारीको मूल्याँकन गर्नु उचित कुरा मान्न सकिन्न । यो पुष्पलालमाथि गरएको ठूलो अन्याय हुन्छ । नेपालको राजनैतिक इतिहासमा मदन भण्डारीको खास परिचय र खास महत्व नहुने कुरा  त भएन । तर पनि पुष्पलाल र मदन भण्डारीलाई एउटै डालोमा राखेर हेर्नु न त मदन भण्डारीलाई बुझ्नु हुन्छ न पुष्पलाललाई बुझ्नु । निश्चित रुपमा पुष्पलालको बाटो कम्युनिष्ट क्रान्तिको बाटो हो । मदन भण्डारीको बाटो कम्युनिष्ट क्रान्तिको सिद्धान्तको बिसर्जनको बाटोृ हो ।  दुबै अलग अलग बाटोमा यात्री हुन् । पुष्पलाल नेकपाका प्रमुख संस्थापक मात्र होइन नपाली क्रन्तिको लागि सही राजनैतिक सिद्धान्त प्रस्तुत गर्ने र बाटो देखाउने नेता हुन् । उनले आफ्नो शक्ति नेपालको कम्युनिष्ट क्रान्तिलाई अघि बढाउनमा नै खर्च गरे । उनले आजीवन कष्टकर जीवन व्यतीत गरे । उनको दिल्लीमा मृत्यु हुँदा नेपाल सरकारे उनको लाश पनि नेपालमा ल्याउन दिएन । पुष्पलाल सारा कम्युनिष्टका श्रद्धेय प्रिय नेता हुन् । बतैमान नेपालमा संसोधनवादी वा बिसर्जनवादीहरूले उनकोृ नामको दुरुपयोग गर्ने खतरा बढेको छ ।

९–४–२०७८                        


Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा