Skip to main content

पुष्पलाल बिरोधी नै पुष्पलालका अनुयायी

 


 

नेपाल कम्युनिष्ट पार्टीको जन्म २००६ सालमा ५ जनाको उपस्थितिमा पुष्पलालको नेतृत्वमा कलकत्तामा गठन भएको हो । यसका संस्थापक सदस्यहरू थिए पुष्पलाल, नरबहादुृर कर्माचार्य, निरंजन गोविन्द बैद्य, नारायण विलास जोशी  तथा दुर्गा देबी । नेपाल कम्युनिष्ट पार्टीको गठन गर्नमा भारतीय कम्युनिष्ट पार्टीका नेता निरपेन चक्रवर्तीले सहयोग गरेका थिए । निरपेन चक्रवर्ती पछि भारतीय कम्युनिष्ट पार्टी माक्र्सवादीका तर्फबाट त्रिपुराका मुख्य मंत्री भए । अहिलेसम्म भारतमा तीन राज्यमा भारतीय कम्युनिष्टको सरकार बनेको छ । केरला बंगाल र त्रिपुरा । 

पहिला कांग्रेस पार्टीमा रहेर काम गरेका पुष्पलालले कांग्रेस पार्टीले नेपालमा क्रान्ति गर्ने कुरामा विश्वास नगरेर नै नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका हुन् ।  २००८ सालमा नेपाल कम्युनिष्ट पार्टीको पहिलो संमेलन                                                                                                                                                                                                                                                                                      हुँदा  पुष्पलाल नै महासचिव चुनिए पनि पछि मन मोहन अधिकारी नेपाल कम्युनिष्ट पार्टीका महासचिव बने । तर मनमोहन अधिकारीमा राजावादी रुझान भएको हुँदा नेपाल कम्युनिष्ट पार्टीले ठीक दिशा लिन सकेन । पछि नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व केशर जंग रायमाझीको हातमा पुग्यो । डा. केशर जंग रायमाझी झन् पुरै दरवारिया कम्युनिष्ट भए । रोयल कम्युनिष्ट भए । २ंं०१० सालमा मुलत क्रान्तिकारी धार पास भए पनि मन मोहन अधिकारीको राजाबादी धारनै हावी रह्यो । २ं०१४ सालको दोस्रो महाअधिेशनमा पनि मुलत क्रान्तिकारी धार नै बहुमतमा भए  पनि केशर जंग रायमाझीको राजावाद िधार संसोधनबादी धार हाबी भयो । २०१७ सालमा पुष २२ गते नेपाल कम्युनिष्ट पार्टीको  दरभंगा प्लेनम भयो । यसमा  तीन प्रस्ताव पेश भएका थिए ।  केशर जंग रायमाझीको संसदीय व्यवस्थाको पुरस्र्थापनाको प्रस्ताव, पुष्पलालको विघटित ससंदको पुनर्नस्थापनाको प्रस्ताव तथा मोहन बिक्रम सिंहको विधानसभाको निर्वाचनको प्रस्ताव । 

त्यतिबेला पनि  नेपाल कम्युनिष्ट पार्टीको नेतृत्व सही हुन सकेन । संसोधनबादी धार नै हाबी रह्यो ।  २०१९ सालको तेसैो महाधिवेशनमा पनि तुलसीलाल अमात्यको संसोधनवादी धारको नै बिजयी बन्यो । उनको धार खु्रश्चोभको शान्तिपूर्ण संसोधनवादी संसदीय धार नै थियो । उनले लिएको कार्यक्रम राष्ट्रिय प्रजातन्त्रको कार्यक्रम थियोे । यसले पनि नेपाली कम्युनिष्ट क्रान्तिको सही दिशा लिन सकेन । क्रान्तिकारी धारलाई अघि बढाउन सकेन । अन्तत २०२५ सालमा गोरखपुरमा  पुष्पलालले तेस्रो ऐतिहासिक संमेलन राखे । यस गोरखपुर सम्मेलनले नै नेपालमा माक्र्सवाद लेनिवाद र माओ त्से तुंग बिचारधाराको आधारमा नयाँ जनवादी क्रान्ति गर्ने कार्यक्रम अघि सारे । कम्युनिष्ट क्रान्तिको रणनीति र कार्यनीति निश्चित गर्यो  । नयाँ जनवादी क्रान्तिको कार्यक्रम अधि सार्यो ।  यसले ने पार्टी स्थापनाकालको पार्टी लाइनलाई डोराउने काम गर्यो ।  पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टी देशभित्र र देशवाहिर विस्तार गरिरहेको अवस्थामा २०२८ झापा विद्रोह भयो । झापा विद्रोह सशस्त्र विद्रोह थियो । यसको नेतृत्व मोहन चन्द अधिकारी,राधा कृष्ण मैनाली सी पी मैनाली आदिले गरेका थिए ।  यसको  कति नेतृत्व जेल पर्यो । कति नेतृत्व मारियो । पछि यो काअर्डिनेशन केन्द्र हुँदै नेकपा माले भयो । मालेको सैधान्तिक विचारधारा माक्र्सवाद लेनिनवाद र माओ विचारधारा नै थियो । कार्यक्रम नौलो जनवादी कायैक्रम नै थियो । नारा शसस्त्र क्रान्ति कै थियो । कोके पुष्पलाललाई गद्दार भन्दथ्यो । कोके  २००६सालमा गठन भएको नेकपालाई अन्तर्राष्ट्रिय षडयन्त्रद्वारा गठित संसोधनबादी पार्टी भन्दथ्यो । कोके भन्दथ्यो नेकपाका जन्म झापा विद्रोहबाट २०२८ सालमा भएको हो । तर पछि वाध्य भएर यसले आफ्नो यो अवधारणा सच्चायो र २००६ सालमा नेकपाको जन्म भएको कुरालाई स्वीकार गर्यो ।

जेलबाट छुटे पछि मोहन बिक्रम सिंहले नेकपा मशालको गठन गरे । यसले पनि नयाँ जनवादी कार्यक्रम नै अघि सार्यो । यसले पनि सैधान्तिक आधार माक्र्सवाद लेनिनवाद र माओत्से तुंग बिचारधारालाई स्वीकार गर्यो । सशस्त्र क्रान्तिको बाटोलाई पनि सैद्धान्तिक रुपले स्वीकार गर्यो ।  आजसम्म यो पार्टी आफ्नो यस विचारमा अडिग नै छ । यद्पि यसले सशक्त रुपमा कुनै ठूलो आन्दोलन हाँक्न सकिरहेको छैन । सशस्त्र संघर्षलाई अघि बढाउन सकिहेको छैन ।

एक समयमा पुष्पलालको नेतृत्वमा रहेको नेकपा निकै शक्तिशाली भएको थियो । यो देशभित्र र देशबाहिर पनि सशक्त रुपमा संगठित थियो । तर झापा विद्रोह पछि यसको क्रान्तिकारी दिशामाथि निकै प्रश्न चिन्ह उठाइए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीले जन आन्दोलनको मात्र दिशा लियो । यसले हतियार उठाएन भनियो । पुष्पलाललाई झापा आन्दोलनलाई समर्थन गरेर अघि बढ्नु पर्ने भनियो । पुष्पलाल त्यसको लागि तयार भएनन् । उनले भने झापाली कमरेडहरूको स्प्रिट राम्रो छ । उनीहरू हाम्रो नेकपामा आएर संगठित भएर अघि बढ्नु पर्दछ भने । त्यतिबेला हरिहर शर्मा तथा डी वी सिंहहरूले रुसलाई सामाजिक साम्राज्यवाद भन्नु पर्दछ भन्दै थिए । तर पुष्पलालले त्यो स्वीकार गरेनन् । उनले रुसलाई संसोधनबादी मात्र भनिरहे । पुष्पलालले नेपालमा क्रान्ति गर्दैनन् भनेर कमरेड रोहित नारायण मान बिजुक्छेले मजदूर किसान पार्टी खोले । उनले कतिसम्म भने भने क्रान्ति भन्नु नै रोहित हो । रोहित भन्नु नै क्रान्ति हो । यसैबीचमा पुष्पलालको नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टींबाट उनलाई गद्दार ठहर गरी मुक्तिमोर्चा समूहको नाममा जीवलाल आश्रित र मोदनाथ प्रश्रितहरूले विद्रोह गरे । मुक्ति मोर्चा पछि सी पी मैनालीको नेतृत्वको कोकेमा सामेल भएर अन्ततः नेकपा माले भयो । माओ त्से तुंगको मृत्यु पछि चीनमा संसोधनवाद हावी भयो भन्ने ठहर मशालको भयो । तर नेकपा मालेले माओको मृत्यु पछि चीनले लिएको बाटो सही छ भन्दै गयो । पछि नेपाली कांग्रेसले पनि पंचायती निर्र्वाचनमा भाग नलिएको अवस्थामा पनि नेकपा मालेले जनपक्षीय उम्मेदवारको नाममा पैचायती निर्वाचनमा धमाधम भाग लिन थाल्यो ।

एकपल्ट नेकपा माले मुलुकको सबभन्दा ठूलो कम्युनिष्ट पार्टी बन्यो । नेकपा मालेले २०४६ सालको परिवर्तनपछि २०६३ सालको परिवर्तन पछि भारतीय नागरिकलाई नेपाली नागरिकता पोस्कर बाँडे जस्तै गैर कम्युनिष्टलाई पनि भटाभट कम्युनिष्ट पार्टीको सदस्या बाँड्न थाल्यो । हिजो नेपाल कम्युनिष्ट पार्टीको  सदस्या प्राप्त गर्न ठूलो तपस्या गर्नु पर्दथ्यो भन े२०४६पछि नेकपा मालेको सदस्य बन्न बाटा हिंड्ने बटुवा पनि लाइनमा खडा भए प्राप्त गर्न सकिने अवस्था सृजित भयो । 

नेकपा माले बिस्तार विस्तार संसोधनबादी हुँदै बिसर्जवादका बाटो अनुशरण गर्न थाल्यो । हिजो कही समयसम्म नेकपा मालेबीचमा राजनैतिक स्वतन्त्रताको लागि लड्ने कि पार्टी स्वतन्त्रका लागि लड्ने भन्ने सवालमा निकै डिबेट चल्यो । त्यतिबेला सी पी मैनालीको भनाइ थियो हामी पार्टी स्वतन्त्रताका लागि लड्यौ भने नपाली कांग्रेसले पनि हामीलाई साथ दिन सक्दछ । पार्टी स्वतन्त्रताको नारा नै आन्दोलनलाई अघि बढाउन प्रभावकारी हुन सक्दछ । अर्कोतिर जीवराज आश्रित, मदन भंडारी बामदेव गौतमहरू पार्टी स्वतन्त्रताका नारालाई संसदीय राजनीतिमा भासिने बाटो भन्दथे र राजनैतिक स्वतन्त्राको नाराले हामीलाई जनवादीको क्रान्तिको अवस्थासम्म पुराउँदछ भन्दथे । माले पार्टीका एक प्रभावशाली नेता गोपाल शाक्य लुम्बिनी अंचलको सचिव रहेको बेलामा उनले पार्टीमा रुस पनि समाजवादी चीन पनि समाजबाट भन्न थाले । पार्टीले उनलाई रुस पनि समाजवाद भनकोे कारणले कारबाही गर्यो  िपाटीैबाट निस्काशन गर्यो । जीवराज आश्रितले भने गोपाल शाक्यलाई गास पनि नदिनु वास पनि नदिनु । तर पछि मालेले माओ विचारधारा ड्रप गर्यो । रुसलाई पनि समाजवादी देश नै भन्न थाल्यो । रुसलाई मात्र होइन १५ जति देशलाई एकसाथ समाजवादी देश भन्न थाल्यो ।

नेकपा माले मनमोहन अधिकारीको माक्र्सवादी पार्टीसित एकता गरेर एमाले भयो । मालेका नेता सी पी मैनालीलाई घेराबन्दीमा पारेर पाखा लगाए पछि झलनाथ खनाल मालेका महासचिव भएका थिए । २०४६ सालमा नेकपा मालेले चौथो महाधिवेशन गर्यो । यसले  बहुदलीय जनवादकोे कायैकम पास गर्यो । पुष्पलालले अघि सारेको नयाँ जनवादी कायैक्रम र दीर्घकालनी सशस्त्र संघर्षको कार्यक्रम परित्याग गरे्यो । पजीवादी संसदीय व्यवस्थालाई अंगीरकार गरयो । उसले यो सब माक्र्सवाद लेनिनवाद र्कै नाममा गर्यो ।                                    

मदन भण्डारी पुष्पलालको पार्टीबाट आएका कार्यकर्ता हुन् । उनी त्यतिबेला राजनैतिक कायकताभन्दा पनि बढी साहित्यिक व्यक्तित्वको रुपमा परिचित थिए । मुक्तिमोर्चासित नै उनी पुष्पलालको नेतृत्वको पार्टीबाट बाहिरिए ।  पछि उनी जीवराज आश्रित र मोदनाथ प्रश्रितको आग्रहले पार्टीमा सक्रियतापूर्वक काम गर्न थाले । संस्कृत भाषा पढेका र नेपाली भाषामा पनि एम ए सम्म अध्ययन गरेको हुनाले पनि  उनीमा नेपाली भाषामा बेजोड दखल थियो । छोटो समयमा नै यिनले माक्र्सवादको अध्ययन गरे ।  पार्टी नेतृत्वमा पनि पुगे । महासचिव पनि बने ।  एमालेले मदन भण्डारीलाई बहुदलीय जनवादका सिधान्तकार मान्यो ।  मदन भण्डारीलाई पुष्पलाल कै उत्तराधिकारीको रुपमा पनि प्रस्तुत गर्यो । साँचो कुरा गर्ने हो भने मदन भण्डारीमा पुष्पलालको प्रभावभन्दा पनि मन मोहनअधिकारीको प्रभाव थियो ।्

मलाई लाग्दछ पुष्पलाल र मदन भण्डारी दुबैलाई समान रुपले नेपाल कम्युनिष्ट आन्दोलन वा क्रान्तिको नेता मान्नु भयंकर ठूलो भूल हो । वास्तवमा भन्ने हो भने पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता तथा कम्युनिष्ट सिद्धान्त सच्चा अनुयायी हुन् भने मदन भण्डारी कम्युनिष्ट सिद्धान्तलाई विसर्जनको बाटोमा लाने व्यक्ति हुन् । मदन भण्डारी प्रभावशाली नेता भएको हुनाले पनि नौलो जनवादी क्रान्तिको बाटोमा हिंडेको नेकपा मालेलाई गोर्वाचोभको बाटा हुृँदै एल्तसिनको बाटोमा पुराए । कमजोर नेताबाट यो संभव थिएन । मन मोहन अधिकारी, डा केशर जंग रायमाझी तथा तुलसीलालले  गर्न नसकेको काम मदन भण्डारीले सजिलै पूरा गरिदिए । बहुदलीय जनवाद अन्तिम विश्लेषणमा पूंजीवादी संसदीय व्यवस्थाको बाटो नै हो । बिसर्जनको बाटो. नै हो । एल्तसिन कै बाटो हो. । यति भएर पनि मदन भण्डारी आजका एमालका नेता जस्ता भैष्ट थिएनन् । विदेशी दलाल भएका थिएनन् । यस कारण पनि न्यायपिैय र दशभक्त जनताबीचमा लोकप्रिय रहका छन् । फेरि पनि मदन भण्डारीलाई  पुष्पलालजस्तो कम्युनिष्ट क्रान्तिको सिद्धान्तलाई जीवनको अन्तिम विन्दुसम्म अनृुशरण गरको नेताको पंंक्तिमा राखर मदन भण्डारीको मूल्याँकन गर्नु उचित कुरा मान्न सकिन्न । यो पुष्पलालमाथि गरएको ठूलो अन्याय हुन्छ । नेपालको राजनैतिक इतिहासमा मदन भण्डारीको खास परिचय र खास महत्व नहुने कुरा  त भएन । तर पनि पुष्पलाल र मदन भण्डारीलाई एउटै डालोमा राखेर हेर्नु न त मदन भण्डारीलाई बुझ्नु हुन्छ न पुष्पलाललाई बुझ्नु । निश्चित रुपमा पुष्पलालको बाटो कम्युनिष्ट क्रान्तिको बाटो हो । मदन भण्डारीको बाटो कम्युनिष्ट क्रान्तिको सिद्धान्तको बिसर्जनको बाटोृ हो ।  दुबै अलग अलग बाटोमा यात्री हुन् । पुष्पलाल नेकपाका प्रमुख संस्थापक मात्र होइन नपाली क्रन्तिको लागि सही राजनैतिक सिद्धान्त प्रस्तुत गर्ने र बाटो देखाउने नेता हुन् । उनले आफ्नो शक्ति नेपालको कम्युनिष्ट क्रान्तिलाई अघि बढाउनमा नै खर्च गरे । उनले आजीवन कष्टकर जीवन व्यतीत गरे । उनको दिल्लीमा मृत्यु हुँदा नेपाल सरकारे उनको लाश पनि नेपालमा ल्याउन दिएन । पुष्पलाल सारा कम्युनिष्टका श्रद्धेय प्रिय नेता हुन् । बतैमान नेपालमा संसोधनवादी वा बिसर्जनवादीहरूले उनकोृ नामको दुरुपयोग गर्ने खतरा बढेको छ ।

९–४–२०७८                        


Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...