Skip to main content

नामहरू


आज भोलि म 

धेरै मान्छेका नाम बिर्सन थालेको छु 

धेरै मान्छेका नाम विर्सन थालेकोले पनि 

आज भोलि म धैरै मान्छेका नाम संझिन थालेको छु 

मान्छेका नाम नबिर्सी

मान्छेका नाम संझिन सकिने रहेनछ आखिर 

संझिन खोजिने रहेनछ आखिर 

आज भोलि मैले संझेका धेरै मान्छेका नाम बिर्सेर नै

आज भोेलि म धेरैभन्दा धेरै मान्छेका नाम संंझिने जमर्को गरेको छु 

जसको नाम सैझेको छु उसको नाम फेरि नबिर्सियोस् भनेर 

कागजको टुक्रामा कोरेर राख्न पनि थालेको छु 

मस्तिष्कमा कुँदेर राखेका नामहरू हराउन सक्दछन् बरु

अचेतन मनको अथाह जंगलमा 

यसैले संझेका जति नामहरू 

भोजपत्र, ताम्रपत्र वा शिलापत्रमा कृुँदेर राख्न नसके पनि 

कागजको टुक्रामा त कारेर राख्न सकिन्छ 

चाहिएकोे  बेलामा ती नामहरूमा सरर नजर लगाउन सकिन्छ 

हो आजको यो डिजिटलको युगमा 

सकिन त मेमोरी कार्डमा पनि सेभ गरेर राख्न सकिन्छ नामहरू

हार्ड डिस्कमा पनि सेभ गरेर राख्न सकिन्छ नामहरू

तर खतरा यही छ 

यसरी सेभ गरेर राखेका नामहरू

आफूले डिलेट नगरे पनि

ह्याङ्ग हुन सक्दछन्

करप्टेड हृन सक्दछन् 

कतैबाट ह्याक पनि हुृन सक्दछन्  

म जान्दछु 

म मान्दछु 

हामीले जानेका सुनेका नामहरू बिर्सन हुँदैन 

काम लाग्न सक्दछन् ती नामहरू कुनै पनि बेला

अरु त अरु

कविता कोर्न पनि

कथा कोर्न पनि 

लेख लख्न पनि 

इतिहास लेख्न पनि 

त्यसैले त आजभोलि म

धेरैभन्दा धेरै नामहरू

सम्झी सम्झी

संकलन गर्न थालेको छुृ 

जतन गरेर राख्न थालेको छु 

मनको मन्दिरमा पुजेर राख्न नसके पनि 

कागलका खोस्टामा कोरेर राख्न थालेको छु

जे होस्

नामहरूको अनुसन्धान गर्दै गर्दा 

मलाई के कुराको ब्रहम  ज्ञान भयो भने

जति बिर्सन खोजे पनि कत्ति बिर्सन नसकिने नामहरू त  

आफ्नै आफन्त जनहरूका हुँदा रहेछन्

आफ्नै आत्मीय मित्रहरूका हुँदा रहेछन्

वा आफ्नै कट्टर बिरोधीहरूका हुृँदा रहेछन्

आफ्नै परम शत्रुहरूका हृुँदा रहेछन्

आफ्नै खृुँखार दुश्मनहरूका हृुँदा रहेछन् ।

१७–५–२०७८ ( २ –९–२०२१ )



























Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...