Skip to main content

एमसीसी इस्ट इंडिया कम्पनीको अमेरिकी संस्करण

 

राणाकालको अन्त्य पछि हाम्रा मुलुकमा राणाकालमाभन्दा बढी राष्ट्रघात भएको छ । १९५० को नेपाल भारतबीच भएको सन्धि राणाकालपछिको राष्ट्रघातको प्रस्थानबिन्दु हो । यो सन्धि भारतले आफ्नो स्वार्थको लागि नेपालमाथि लादेको सन्धि हो । राणाकालपछि उत्तरमा भारतीय चेकपोष्ट राखिनु अर्को राष्ट्रघात थियो । भारतले नेपालको अपार जलस्रोतमाथि शुरु देखि नै आँखा गाढेको थियो । त्यसमाथि आफ्नो कब्जा जमाउन चाहन्थ्यो । मातृका प्रसाद कोइरालाको पालामा राष्ट्रघाती कोशी सम्झौता भयो । विपीको कोइरालाको पालामा राष्ट्रघाती गण्डकी सम्झौता भयो ।  गिरिजा प्रसाद कोइरालाका पालामा  राष्ट्रघाती टनकपुर समझौता भयो । यी तीनबटा समझौता नेपाली कांग्रेसके सरकारले गरेको थियो । अझ कोंइरालाहरूबाट गरिएको थियो । त्यतिबेला नेपाली कम्युनिष्टहरूले नेपाली कांग्रेस राष्ट्रघाती हो भन्दथे । यसले  नेपालका  नदी नाला बेचर खायो भन्ने आरोप लगाउँथे । अझ के पनि भन्दथे भने कृष्ण प्रसाद कोइरालाका तीन भाइ मातृका विश्वेश्वर र गिरिजाले नेपालका नदी भारतलाई सुम्पेर ठूलो राष्ट्रघात गरे । नेपाली कांग्रेस भारतको दलाल हो । तर राष्ट्रघाती महाकाली सन्धि गर्नमा नेपाली कम्युनिष्ट भनिने जन्तु पनि थपिए । राष्ट्रघाती महाकाली सन्धि शेरबहादुर देउवाको पालामा भएको हो ।  हुन त मशाल समर्थक सांसद र पद्यरन्त तुलाधर बाहेक के कांग्रेस के कम्युनिष्ट के राप्रपा सबै प्रमुख दल राष्ट्रघाती महाकाली सन्धिमा सरिक भएर ठूलो राष्ट्रघात गर्न पुगेका छन् । फेरि पनि राष्ट्रघाती महाकाली सन्धि गर्नमा छ जना नेता विशेष रुपमा बदनाम छन् । कलंकित छन् । ती हु्न् शेरबहादुर देउवा, रामचन्द्र पौडेल, क पी ओली, माधव नेपाल, डा. प्रकाश चन्द लोहनी तथा पशुपति समशेर ।  के पी ओलीले त महाकाली सन्धिबाट नेपाललाई १ खर्व २० अर्व लाभ हुन्छ भन्ने जस्ता फतुर लगाएका थिए । पश्चिमबाट सूर्य उदाउँछ भन्ने गफ लगाएका थिए ।  राष्ट्रघाती महाकाली सन्धिको देश व्यापी रुपमा ठूलो विरोध भएको थियो । तर देशका गद्दारहरूले सडकमा ठूलो विरोध आन्दोलनका बेबास्ता  गर्दै मध्य रातमा संसदबाट राष्ट्रघाती महाकाली सन्धि पास गरेर भारतलाई सुम्पेका थिए । ठूलो विडम्बनाको कुरा त राष्ट्रघाती यी नेताहरू जनताबाट दण्डित हुनु पर्नेमा अझै पनि पुजनीय भएका छन् । माननीय भएका छन् । सम्मानीय भएका छन् । लेन्डुप दोर्जे भएका छन् ।  यी गद्दारहरूलाई लेन्डुप दोर्जेको पकडी गुथ्नमा लज्जा होइन गौरव छ ।

एमसीसी इष्ट इंडियाको नयाँ संस्करण हो । हो इष्ट इंडिया कम्पनी अंग्रेजको थियो । एमसीसी अमेरिकाको हो । यतिबेला अमेरिका नेपालमा एमसीसी भएर प्रवेश गर्न चाहन्छ । एमसीसीमाथि संसदको लालमोहर लगाउन चाहन्छ । अंग्रेजहरूको इष्ट इंडिया कम्पनी भारतमा व्यापार गर्न आएको थियो ।  इष्ट इंडिया कम्पनी भारतमा व्यापार गर्न प्रवेश गरेको थियो । तर पछि भारतमा राज गरेर नै बस्यो । शासन गरेर नै बस्यो । भारतलाई आफ्नो एउटा उपनिवेश गराएर नै बस्यो 

 । इष्ट इंडिया कम्पनीले  भारतमा १६१२ देखि १७५७ सम्म व्यापारी कम्पनीको रुपमा काम गर्यो । १७५७ देखि १८५८ सम्म इष्ट इंडिया कम्पनीले  भारतमा राज नै गर्यो ।  फेरि १८५८ देखि १९४९ सम्म भारतका व्रिटिश सरकारको प्रत्यक्ष शासन रह्यो । नेपालमा एमसीसी एकैचोटि नेपालमा सेना लिएर आउने. कुरो भएन । त्यसरी आउन सहज कुरा हुने पनि भएन । त्यसैले इष्ट इंडिया कम्पनीको भेष धारण गरेर नेपालमा व्यापार गर्न नभनी नेपालको विकास गर्न आउँछु भनेर एमसीसी प्रवेश गर्न खोज्दै छ । नेपालमा एमसीसी आफ्ना दलालहरूका टाउकामा टेकेर आउँन खोज्दै छ । नेपालका अमेरिकी दलाल नेताहरू बुकुर्सी मार्दै नेपाली जनताका चाहना विपरीत यसलाई नेपालमा जबरजस्ती हुल्न खोज्दछन् । नेपाली गद्दारहरू एमसीसीलाई बिकासको नाममा सिंगार पटार गरेर नेपालमा जरजस्ती भित्राउन खोज्दैछन् । नेपाली अमेरिकी दलाल शासकहरू नेपाली जनताका मुृख थृुनेर , उनका हातमा हत्कडी लगाएर, उनका टाउका फुटालेर, सडकमा देशभक्त नेपालीहरूको रगत  बगाएर भए पनि नेपालमा बल प्रयोग गरी हुल्न खोजिरहेका छन् ।  यसको लागि उनीहरू न्वारानदेखिको बल लगाइरहेका छन् । 

सचेत र सजग नेपाली जनतालाई के कुरा राम्ररी थाहा छ भने नेपालमा एमसीसी विकास गर्न होइन विनाश गर्न आउन खोज्दै छ । वास्तवमा एमसीसी नेपालमा आउन सफल भयो भने त्यसले नेपालीलाई ध्वस्त पार्ने छ । नेपाललाई एउटा विशाल चिहान बनाउने छ । अमेरिका मुख्यत दुई लक्ष्य लिएर नेपालमा एमसीसी थोपर्न खोज्दैछ । पहिलो कुरा नेपालमा भएको जल जमीन जंगल र जडीबुटीमाथि आफ्नो आधिपत्य जमाउने । नेपालका भूसम्पदामाथि आफ्नो कब्जा जमाउने । नेपालमा खानीमा युरोनियम लगायतका जे जति बहुमूल्य पदार्थ छन् तिनका उत्खनन गरेर अमेरिका पुराउने ।  नेपाललाई बोक्रो र खोक्रो बनाउने ।  अमेरिकाको अर्को खतरनाक लक्ष्य हो नेपाललाई चीनलाई घेर्ने र समाप्त पार्ने आफ्नो साम्राज्यवादी महत्वाकांक्षा पुरा गर्ने । निश्चित रुपमा एमसीसी नेपाल हुलेर अमेरिकाले चीनमाथि हमला गर्न थाल्यो भने चीन चुप लागेर बस्ने कुृरा भएन । रमिता हेरेर बस्ने कुरा भएन । चीन चुप लागेर बस्दा पनि बस्दैन । उसले नेपाललाई रणभूमि बनाएर चीनमाथि हमला गर्ने अमेरिकी सेनामाथि जबाबी हमला गर्दा बम वा मिसाइल फाल्ने ठाउँ भनेको अमेरिकी होइन । नेपाल नै हो । त्यस अवस्थामा नेपाली जनता बंकर बनाएर त्यस भित्र लुकेर बस्ने कृुरो हुँदैन । त्यतिेबला चीनले छोडेका बम गोला वा मिसाइलहरू अमेरिकी सेनाका टाउकामाथि मात्र नभएर नेपाली जनताका टाउकामाथि खस्न सक्दछन् ।  उसरी यिनै नेपालमा एमसीसी भित्राउने दलाल नेताका टाउकामा पनि खस्न सक्दछन् । बालुवाटारमा पनि खस्न सक्दछन् । सिंहदरबारमा पनि खस्न सक्दछन् । संसद भवनमा पनि खस्न सक्दछन् । यहाँसम्म कि पशृुपतिनाथको मंदिर वा मुक्तिनाथको मंदिरमा पनि खस्न सक्दछन् ।  युद्धमा मान्छेका टाउका मात्र होइन देवी देउताका पनि टाउका पनि फुट्न सक्दछन् ।  नेपाल एउटा प्राकृतिक सुन्दरताले सजिएको देश नभएर बम गोला बारुद र मिसाइलका बर्षाले क्षत विक्षत मुलुक बन्न सक्दछ । ध्वस्त मुलुक बन्न सक्दछ ।  नेपाल एउटा विशाल चिहान हुन सक्दछ । अमेरिका साम्राज्यवादी मुलुक हो । लेनिन भन्दछन् साम्राज्यवादको अर्को नाम नै युद्ध हो । साम्राज्यवाद युद्ध बिना बाँच्न सक्दैन ।  यृुद्ध बिना बस्न सक्दैन । अमेरिका साम्राज्यवादी मुलुक भएको हुनाले नै यसले कहिले युद्ध गरेन र कहाँ यृुद्ध गरेन र ? फेरि पनि सत्यको एउटा पाटो. यो. पनि छ अमेरिकाल जहाँ जहाँ यृुद्ध गरेको छ त्यहाँ पराजित हुँदै पनि गएको छ । हार खाँदै पनि गएको. छ ।  त्यहाँ नांगिंदै पनि गएको. छ । हिजो वियतनाममा करार हार बेहोरेर झोली र  तुम्बा बोकेर अमेरिका फर्केको कृुरा सबैका आँखा सामुन्ने छ । आज अफगानिस्तानबाट नै हार खाएर  बेडिङ र विस्तारा बोकेर अमेरिकालाई फर्किनुृ परेको कुृरा पनि सबैका आँखा अगाडि छ ।  तर पनि साम्राज्यवादको अर्थ युद्ध भएको हुनाले ऊ चुप लागेर बस्न सक्दैन । ऊ कोखिलामा हात राखेर बस्न सक्दैन । यो वा त्यो बहानामा कुृनै न कुनै देशमा प्रवेश गर्ने उसको नीतिमा कुनै परिवर्तन आएको छेन ।  आउने छाँट पनि देखिन्न । यतिबेला अमेरिका नेपालमा प्रवेश गर्न र नेपालमा आफ्ना खृुट्टा टेकाउन निर्लज्ज तरिकाले लागि रहेको छ । जस्तो कि माथि भनियो. ऊ नेपालमा एमसीसीको भर्याङ चढेर आउन खोज्दै छ । एमसीसीको घोडा चढेर आउन खोज्दै छ ।

हुन त यस देशमा दलाल शासक प्रशासकहरूले चार बर्षभन्दा अघिदेखि नै एमसीसीलाई भित्राइसकेका छन् । हुलिसकेका छन् । अवैद्य रुपमा भए पनि । छद्म रुपमा भए पनि । गोप्य रुपमा भए पनि । फेरि पनि  अमेरिकाका इच्छा तथा दबाव बमोजिम यस देशका गद्धार शासक र प्रशासकहरूले एमसीसीलाई संसदबाट पास गरेर नेपालमा यसको स्थायी बास बनाउन चाहन्छन् । यसरी  जस्तो कि माथि भनियो. उनीहरू नेपाललाई लुट्न चाहन्छन् र चीनलाई घेर्न चाहन्छन् । नेपाललाई आधार इलाका बनाएर चीनमाथि धावा बोल्न चाहन्छन् । जस्तो कि माथि भनियो यस स्थितिमा चीन चुप लागेर बस्दैन । परिणाम के  हुन्छ भने नेपाल अमेरिका र चीनको लागि रणभूमि बन्दछ । युद्धको अखाडा बन्दछ ।

नेपालका दलाल शासक र प्रशासक एमसीसीलाई बत्ती बालेर हुल्न चाहन्छन् । रातो काप्रेट बिछाएर भित्राउन  चाहन्छन् । जब कि हजारौै हजारौ देशभक्त नेपाली जनता , बुद्धिजीवी, पत्रकार, यृुवा यहाँसम्म कि बच्चा बच्ची र बृद्ध बुद्धासम्म सडकमा एमसीसीको विरुद्धमा नारा घन्काउँदै उत्रेका छन् । यो देशका अमेरिकी दलाल शासक तथा प्रशासकले न्यायप्रिय नेपाली जनताको आन्दोलनलाई फासिष्ट बुटले कृुल्चिन खोजे पनि र उनीहरूको मुख थुन्ने उर्दी जारी गरे पनि त्यसलाई कुनै प्रवाह नगरी उनीहरू अघि    बढिरहेका छन् । 

अमेरिका एससीसीको माध्यामद्वारा नेपाल प्रवेश गर्न चाहेको हुनाले नै त्यसलाई खाए खा नखाई घिंच जस्तो गरिरहेको छ । असल नियतले एमसीसी परियोजना लागू गर्न खोजेको भए अमेरिकाले जबरजस्ती गर्नु पर्ने कारण थिएन र नेपाली जनताले पनि त्यससो विरोध गर्नु पर्ने कुनै कारण पर्ने थिएन ।  दान सहयोग वा अनुदान दिने देश संस्था वा व्यक्तिले मेरो दान सहयोग वा अनुृदान ले अन्यथा त्यसको परिणाम ठीक हुने छैन भनेर धम्कीको भाषा बोलेको शायद यो पहिलो उदाहरण हो । अमेरिकाल एमसीसी जबरजस्ती नेपालमाथि भिराउन खोजेको कुराले दालमा केही कालो छ भन्ने कुरा सहजै बुझ्न सकिन्छ । नेपालमा जसरी भए पनि एमसीसीलाई स्थापित गर्नको लागि नै उसले एमसीसीको उपाध्यक्ष फतिमा सुमारलाई समेत नेपाल पठाएर नेताहरूलाई भेट्ने फकाउने रत्याउने लोभ्याउने ,धम्काउने थर्काउने दवाब दिने जस्ता अनेक कसरत गरेको कुरा जग जाहेर छ ।  जग के पनि जाहेर छ भने नेपाली जनताको एससीसीप्रतिको विरोध र आक्राश देखेर ृउनको घैंटामा घाम पनि लागेको .होला । उनी निश्चित रुपमा  नेपाली जनताको देशभक्ति र जुधारुपन देखेर हरेश खाएकी पनि होलिन् । 

एमसीसीका विरुद्धमा देशभक्त नेपाली जनताले गरेको संघर्षबाट के संदेश दिन्छ भने हाम्रो यो मुलुक अझसम्म स्वतन्त्र रहेको  र कहिले पनि कसैको उपनिवेश नबनेको एउटा कारण बीर नेपाली जनताको रगतमा रहेको देशभक्ति भावना अझ पनि जीवित रहेको छ  । पुर्खाले निर्माण गरेको इतिहासलाई कलंकित हृुन नदिने उनीहरूको बिचार र भावना अझ पनि मरेको वा शिथिल भएको. रहेनछ । 

 हाम्रो नेपालको इतिहासको कालो पाटो पनि  रहेछ । यो मुलुकले देशभक्त नेपाली मात्र होइन लेन्डुपेहरूलाई पनि जन्माएको रहेछ । अमेरिकाका दलालहरूलाई पनि  जन्माएको रहेछ । यतिबेला एमसीसीको पक्षमा उभिएका खलनायक पात्रहरूमा शेरबहादुर देउवा, रामशरण महत, के पी ओली, माधव नेपाल  पृुष्प कमल दाहाल डा बाबुराम भट्टराई उपेन्द्र यादव आदि पर्दछन् । यिनीहरूमा पनि खृुलेर एमसीसीको. पक्षमा लागेका शेरबहादुृर देउवा र के पी ओली र्नै हुृन् । राष्ट्रघाती महाकाली सन्धि गर्नमा अग्रपंक्तिमा लाग्ने शरबहादुृर देउवा र के पी ओली हुन् ।  जहाँसम्म माधव कुमार नेपालको कृुरो छ उनले खृुलेर एमसीसीको पक्षपोषण गरेको. देखिन्न । पुष्पकमल दाहालले. दही चिउरे. कुृरा गरिरहेका छन् । यथास्थितिमा एमसीसी पास गर्न सकिन्न भनिरहेका छन् । वास्तवमा एमसीसी यथास्थितिमा पास गर्ने कृुरा पनि होइन तथा तथास्थितिमा पास गर्ने कुराले  पनि होइन । एमसीसी सुधारिएका वा सच्चाइएको अवस्था पनि पास गर्न सकिन्न । एमसीसी पृुरै खारेज गर्नुृ पर्ने कुरा हो. । ठाडै अस्वीकार गर्नु पर्ने कुृरा हो । स्पष्ट नै छ एमसीसी आई पी एसको एउटा अभिन्न अंग हो । सैनिक रणनीतिको अंग हो. । यसको सार बस्तु नै सैनिक रणनीति हो । यो. विशुद्ध बिकास निर्माणको योजना होइन । यो अमेरिका नेपालमा छिर्ने एउटा राजमार्ग हो । भनिरहनु पर्नै होइन यो नेपाललाई अमेरिकाको उपनिवेश बनाउने र चीनलाई घेर्ने कार्यक्रम हो ।

एमसीसीको. बिरुद्धमा चीनको पर्खाल वा हिमालय पहाड जस्तै खडा हृुनेहरूमा देखा परेका केही देशभक्त अनुहार हुन् लीलामणि पोखरेल, देव  गुरुङ, चित्रबहादुर केसी, नेत्र विक्रम चन्द, मोहन बिक्रम सिंह , मोहन बैद्य, सी पी गजुरेल , आहुती आदि आदि । त्यस्तै  त्यस्तै अनुहारमा  भरत दाहाल पनि पर्दछन् । त्यस्तै  त्यस्तै अनुहारमा सी पी मैनाली तथा  डा.युवराज संग्रौला पनि पर्दछन् ।  त्यस्तै त्यस्तै अनुहारमा प्रेम सिंह बस्नेत भीम रावल , डा सुरेन्द्र भण्डारी ,अधिवक्ता स्वागत नेपाल , ज्ञानेन्द्र शाही, हेमराज थापा पुण्य गौतम आदि आदि पनि पर्दछन् । 

एमसीसीको बिरोध गर्नेमा पूर्व सभामुृख कृष्ण बहादुृर मोहराको नाम पनि उल्लेख गर्न सकिन्छ । वास्तवमा उनले साथ दिएको भए के पी ओलीको सरकारले तीन बित्ता उफ्रेर एमसीसी संसदबाट पास गर्दथ्यो होला त्यतिबेला नै  । बर्तमान स अग्नि सापकोटा पनि बिचार गर्दा एमसीसीको बिरोधी जस्ता देखिएका छन् । तर उनलाई एमसीसीका समर्थकहरू सभामुखको रुपमा टिकिरहन दिने पक्षमा छैनन् । 

संसदबाट एमसीसी पास गराउनु पर्दछ भन्ने सवालमा शेरबहादुर देउवा र के पी ओलीको चोचो मोचो मिलेको जस्तो देखिन्छ । राष्ट्रघाती महाकाली सन्धि गर्दा पनि यी दुई प्राणीको चोचो. मोचो मिलेकै थियो । पूर्व राजा ज्ञानेन्द्रले शेरबहादुर देउवालाई असक्षम व्यक्तिको पगडी गुथाइदिएका थिए । वास्तवमा शेरबहादुर देउवा सक्षम व्यक्ति हुँदा पनि होइनन् । यस्तो असक्षम व्यक्ति नै देश र जनताका लागि सबभन्दा खतरानाक हुन्छन् । उनीहरू जता पनि कोल्टे फेर्न सक्दछन् । अर्को कुरा शेरबहादुर देउवा र के पी ओलीमा के कुरामा समानता छ भने दुबै व्यक्ति अर्काका कुरा सृुन्दैनन् । अरुको सल्लाह मान्दैनन् । उनीहरूले कुरा सुृन्ने भनेकै उनका मालिकहरूको मात्र हो । उनीहरूले कुरा सल्लाह मान्ने भनेकै आफ्ना मालिकहरूको मात्र हो । भारतीय शासकका कुरा भने उनीहरू कान थापेर सुन्दछन् । अमेरिकी शासकका कुरा उनीहरू एअर फोन राखेर भए पनि सुन्दछन् । यस्तै हृुन्छ दलाल चरित्र । यस्तैलाई भन्दछन् दलाल नेता ।

अमेरिकी प्रोफेसर डा मेरी डेशेन पनि एमसीसीको विरुद्धमा बोलिरहेकी छन् । उनले खुलम्खुला भनिरहेकी छन् एमसीसी नेपालको हितमा छैन । यसलाई पूर्ण रुपमा खारेज गर्नु पर्दछ ।

पार्टीहरूमा एमसीसीको बिरुद्धमा जोरजारले लागेको वामपन्थी र देशभक्त  २२ दल नै हुन् । कांग्रेस एमाले एमाले समाजवादी माओवादी केन्द्र राप्रपा र मधेसवादी दलहरू राष्ट्रघाती एमसीसीको पक्षमा देखिएका छन् । यद्पि कांग्रेस एमाले एमाले समाजवादी माओवादी केन्द्र राप्रपा र मधेसवादी दलहरूमा संगठित नेता तथा कार्यकर्ता व्यक्तिगत रुपमा राष्ट्रघाती एमसीसीको बिरुद्धमा उभिएको पनि देखिन्छ । तर कुरा यो पनि साँचो हो ठूला पार्टीमा पक्ष लागेका व्यक्तिहरू खुलेर एमसीसीको विरोधमा बोल्ने साहस गर्न सकेका छैनन् । उनीभित्र गाँजिएको अवसरवादी चरित्रले उनीहरूलाई गलत कुरा पनि गलत भन्न हुकूम दिएको छैन ।

भारतमा किसानलाई दमन गर्न खटिएको पृुलिस सेना र पृुलिसहरूले उनीहरू व्यारकेड तोडर अघि बढ्दा पनि पानीका फोहोरा छोडिरहन सकेनन् । लाठी चार्ज गर्न सकेनन् । हवाई फायर समेत गर्न सकेनन् । उनीहरूले सरकारले दमन गर्ने आदेश दिंदा पनि किसानमािथ खनिने दुस्साहस गरेनन् । तर हाम्रा देशका पृुलिस र सशस्त्र पृुलिसहरूले देशभक्त नेपाली जनता र विशेष गरी यृुवाहरूको एमसीसी विरुद्धको आन्दोलनलाई लाठी र बुट र बन्दुकको बलले दवाउन खोजे । कुल्चिन खोजे । जवकि यो आन्दोलन सेना र पृुलिसकै हितमा पनि थियो । उनीहरूकै पक्षमा पनि थियो । 

हामी के विश्वास गर्न सक्दछौं भने अमेरिकी दलाल शासक प्रशासक तथा बिकेका बुद्धिजीवीहरू जनताको एमसीसी विरुद्धको  आन्दोलनलाई उनीहरूका लाठी बुट बम र बन्दुकको बलमा कुल्चिन सक्नै छैनन् । जति उनीहरू अमेरिकी मालिकलाई रिझाउन देशभक्त नेपाली जनतामाथि दमन गर्ने दुृस्साहस गर्ने छन् उति यो. भूसको आगो भएर सल्किने छ । उति यो दावानल भएर दन्किने छ ।  एमसीसीलाई खारेज गर्न उनीहरू धरती र आकाश एक बनाउँदै संघर्षको आँधी बेहरी सृष्टि गर्ने छन् र दलालसित नै एमसीसीलाई बगाएर हिन्द महासागरमा पुराइदिने छन् । यस्तो आशा र विश्वास गर्न सकिन्छ । एससीसी चाहिंदैन । एमसीसीको नाममा अमेरिकालाई नेपालमा प्रवेश गराउन पाइदैन । 

एमसीसी संसदबाट पास भए पछि एमसीसीको कानून र नेपालको कानून बाझ्यो भने नेपालको कानून लागू हुने छैन बरु एकसीसीको कानून अर्थात अमेरिकाको कानृून लागू हुने छ भनिएको कुरा आपत्तिजनक छ । तर यस  कारणले मात्र एमसीसीको विरोध गरिएको होइन । एमसीसीको कर्मचारीले नेपालमा जृुनसुकै अपराध गरे पनि उसमाथि नेपालको कुनै कानून लाग्दैन भनिएको छ । यो कुरा आपत्तिजनक छ । तर यही कारणले मात्र एमसीसीको विरोध गरिएको होइन ।  एमसीसीको खातापत्र बहीको लेखा परीक्षण नेपालको लेखापरीक्षकले गर्न पाउँदैन भनिएको छ । यो कुरा आपत्तिजनक छ । तर यति कारणले मात्र एमसीसको बिरोध गरिएको होइन । एमसीसीले आर्जन गरेको बौद्धिक सम्पतिमाथि नेपालको हक लाग्दैन भनिएको छ । यो कुरा आपत्तिजनक छ । तर यही कारणले मात्र एमसीसीको विरोध गरिएको होइन ।  अमेरिकाले चाहेमा एमसीसी परियोजना जतिबेला पनि खारेज गर्न सकिन्छ तर नेपालले चाहेमा जतिबेला पनि खारेज गर्न सकिन्छ भनिएको छैन । यो कृुरा आपत्तिजनक छ । तर यही कारणले मात्र एमसीसीको विरोध गरिएको होइन । एमसीसीले आफूलाई चाहिएको छुट्टै विद्युत प्रसारण बनाउने.छ । यो कृुरा आपत्तिजनक छ । तर यही कारणले मात्र एमसीसीको बिरोध गरिएको होइन । एमसीसीले गोरखपुरसम्म विद्युत प्रसारण पुराउन पर्दछ र भारतको स्वीकृति लिनु पर्दछ भनिएको छ । यो आपत्तिजनक कुरो ।  तर यही कारणले मात्र एमसीसीको विरोध गरिएको होइन । एमसीसीले छुट्टै सडक निर्माण गर्ने कुरा गरेको छ । यो आपत्तिजनक कुरा हो । तर यही कारणले मात्र एमसीसीको विरोध गरिएको होइन । एमसीसी शुरुमा नभए पनि पछि यसलाई आई पी एसकोको अभिन्न अंग भनिएको छ । यसलाई सामरिक नीतिका अंग बनाइएको छ । यसलाई नेपालका असंलग्नता पर राष्ट्रनीतिको विपरीत प्रस्तुत गर्न खोजिएको छ । यो घोर आपत्तिजनक कुृरा हो । तर यही कारणले मात्र एमसीसीको बिरोध गरिएको होइन । एमसीसीका यी सब र  यस्तै यस्तै अरु घोर आपत्तिजनक घोषित अघोषित  शर्त र प्रावधान छन् । ती सबै आपत्तिजनक छन् । तिनकै कारणले मात्र एमसीसीको विरोध गरिएको होइन । एमसीसीमा यस्ता सबै शर्त र प्रावधानको बस्त्रहरू उतारेर यसलाई नांगै बनाए पनि वा यसका साराका सारा दाँत बंगारा नंग्रा झिकेर वा काटेर  निवस्त्र वा निशस्त्रका रुपमा प्रस्तुत गरे पनि यो नेपाली जनताको लागि अमान्य छ । अस्वीकार्य छ । एमसीसी यथारुपमा होस् तथा तथारुपमा खारेज हुनु पर्दछ । एमसीसी साधु विरालोको रुपमा आए पनि त्यसले मुसा मार्न छोड्दैन ।  फेरि दोहोराएर भनौं एमसीसी इष्ट इडियाको नयाँ संस्करण हो । अमेरिकी संस्करण ।

२–६–२०७८
































































Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा