Skip to main content

हली गोठालाको गर्जन

हली गोठालाको गर्जन
अक्सफोर्ड उत्पादित मान्छेहरू
हार्वड उत्पादित मान्छेहरू
तिमी आफूलाई संसारको सबभन्दा ठूला बुद्धिमान मान्छे ठानेका हुन सक्दछौं
संसारको सबभन्दा बढी जान्ने बृुझ्ने ज्ञानी मान्छे ठानेका हुन सक्दछौ
यो दुनियाँमा तिमीले जान्नु पर्ने बृुझ्नु पर्ने र सिक्नु पर्ने कुनै कृुरा नभएको ठानेका हृुन सक्दछौं
हामी हली गोठालालाई त तिमी के गन्दथ्यो
हामी हली गोठाला त तिमी पटमुृर्ख नै ठान्दछौ
हामी हली गोठालालाई त तिमी पाखे नै ठान्दछौ
देश र दुनियाँ नदेखको गँवार नै ठान्दछौ
गँवार गाउँले नै ठान्दछौ
दुई पैसाको पनि बुद्धि नभएको. मान्छे. ठान्दछौ
ठीक हो
हामीले तिमीले जस्तै अक्सफोर्डको मुख देखेका छैनौ
ठीक हो
हामीले तिमीले जस्तै हावर्डको दैलो कुचेका छैनौ
हो हामीले तिमीले जस्तै देश र दुनियाँ देखेका छैनौं
तर पनि हामीले
हाम्रा भीर कान्ला देखेका छौ
पाखा पखेरा देखेका छौं .
डाँडा काँडा देखेका छौं
खेत बारी खरवारी देखेका छौ
हो हामीले.
हाम्रो मुलुकको ढुँगा माटा देखेका छौं
यही ढुंगा माटामा पुर्खाका पसिना बगेको देखेका छौं
यही ढुंगा माटामा पुर्खाका रगत बगेको देखेका छौं
यही ढुंगा माटामा पुर्खाका हड्डी र छाला गलेको देखेका छौं
यही ढुृंगा र माटामा हाम्रो भूगोलको सीमा रेखा कोरिएको देखेका छौं
यही ढृुंगा र माटामा हाम्रो देशको इतिहास लेखिएको. देखेका छौं
यसैले त हामी हली गोठाला बनेर यही माटोमा रगत पसिना बगाएका छौं
हाँड छाला घोटेका छौं
दस नंग्रा खियाका छौ
यसैले त हामी हली गोठाला बनेर यही माटोमा हिरा मोती फलाएका छौ
यसैले त हामी हली गोठाला बनेर यही माटोमा आशाको अनन्त दीप जलाएका छौं
उज्यालो भविष्यको रंगीन सपना देखेका छौं
हो हामी हली गोठालासित
तिम्रा जस्ता उच्च शिक्षाका कुनै प्रमाण पत्र छैनन्
हो हामी हली गोठालासित
तिम्रा छातीमा शोभायमान हृुने गोल्ड मेडल छैनन्
हाम्रा काँधमा खेतबारी जोत्ने हलो जुआ हुन सक्दछन्
हाम्रा हातमा खेतबारी खन्ने कुटा कोदाला हुन सक्दछन्
हँसिया नाम्ला डोका हुन सक्दछन्
साँचो कुरा गर्ने हो भने हाम्रा प्रमाणपत्र भनेकै हलो जुआ नै हुन्
कुटा कोदाला नै हुन्
हँसिया नाम्ला डोकाहरू नै हुन्
विश्वविद्यायल धाएर मात्र मान्छे विद्धान हुन्छ भन्ने कुरा होइन
डोकाभरि प्रमाणपत्र भरेर मात्र कोही ज्ञानी हुन्छ भन्ने कुरा पनि होइन
यदि यो कुरा सत् प्रतिशत साँचो हुन्थ्यो भने
लेख्ने पढ्न केही नजान्ने
स्कूल पाठशालाको कुनै नाम न सुनेका
काला अक्षर भैंसी बराबर देख्ने
सोक्रटिजलाई
उनकै चेला प्लेटोले
आफ्ना गुरुले हैमलेट पिएर देह त्याग गर्ने बेलामा
संसारका सबभन्दा ठूला बुद्धिमान मान्छे भन्ने शब्दले सम्बोधन गर्ने थिएनन्
विभुषित गर्ने थिएनन्
उनलाई कसैले दार्शनिकका पनि दार्शनिक मान्ने थिएनन्
हामी हली गोठालाहरूले
तिमीले जस्तै अक्सफोर्डको मुख देख्न पाएनौ त के भयो
हामी हली गोठालाहरूले
तिमीले जस्तै हावर्डकोे दैलो कुच्न पाएनौ त के भयो
हामीले यो देशका डाँडा काँडा पढेका छौ
हामीलेञ यो देशका भीर कान्ला पढेका छौं
हामीले यो देशमा पाखा पखेरा पढेका छौ
हामीले यो देशका खेत वारी खरवारी पढेका छौं
हामीले यो देशका ढृुंगा माटा पढेका छौं
हाभीले यो देशका जल जमीन जंगल जडीबुटी पढेका छौ
हामीले यो देशका नदी नाला खोला खानी पढेका छौं
हामीले यो देशका तराई पहाड हिमाल पढेका छौं
हामीले यो देशका हावा पानी जलवायु पढेका छौं
मौसम पढेका छौं
मानसुन पढेका छौं
हामीले यो देशका खेती पाती र बाली नाली पढेका छौं
हामीले यो देशका पशु पंक्षी र मान्छे पढेका छौं
हामीले यो देशका अभाव मर्का र पीडा पढेका छौ
हामीले यो देशका आकांंक्षा र सपना पढेका छौं
हामीले यो देशको आवश्यकता र आशा पढेका र्छौ
त्यति मात्र होइन
हामीले हाम्रो यो देशसितको नाल नातो पढेका छौं
हामीलाई लाग्दछ
यतिबेला हामीले नपढी नहुने कुरा पनि यिर्नै हुन्
हाम्रो पठन पाठनका अनिवार्य विषय पनि यिनै हुन्
बाँकी त तपसीलका कुरा हुन् ।
१२–६–२०७८

 

 


Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा