Skip to main content

आशा

  

 बनेको छैन अझसम्म यो देश   कैले कसैको दास

गद्दारले बनाउँछ् कि गुलाम     भन्ने भए नि त्रास 

रहेसम्म हाम्रो शरीरमा बाँकी   एक मुठी नै सास 

बचाउन सकिएला यो मृुलुक  भन्ने ह्ुृन्छ नै आश 

बढ्छन् देशभक्तहरू लाम लागी गर्दै ठूलो साहस

बीरहरूले नै आखिर  देशमा  रच्ने हो इतिहास 

हुन्थे केलाई उनीहरू कहिले केहीले नै निराश

दिंन्थे नै  केलाई देशद्रोहीलाई   गर्न कुनै विनाश 

हुनै नदिएर कतैबाट पनि देशको सत्यानाश 

गर्ने छन् देशभक्त मिलेर नयाँ युगकै शिलान्यास ।

१९–५–२०७८

 



Comments