Skip to main content

पुष्पलाल र वी पी कोइराला

 


 मैले वी पी कोइरालाको नाम म नेपाल छँदादेखि नै सुन्दै आएको भए पनि पुष्पलालको नाम भने धेरै पछि मात्र सुन्न थालेको हुँ ।  वास्तवमा मैले पुष्पलालको नाम शिलाङ छँदा बल्ल सुन्न थालेको हुँ । भनौं मैले पुष्पलालको नाम साठीको दशकको अन्त्यतिर र सत्तरीको दशकको प्रारम्भदेखि सुन्न थालेको हुँ । मैले पुष्पलालको नाम सुन्दा एक किसिमले म अघोषित रुपमा कम्युनिष्ट बिचारको नजिक नजिक पुगिसकेको थिएँ । भनौं म कम्युनिष्ट समर्थक भइसकेको थिएँ । मैले पढ्ने गरेको साहित्यले पनि मलाई कम्युनिष्ट बिचारप्रति आकर्षित गरेको थियो । माक्र्सवादप्रति आकर्षित गरेको थियो । साथसाथै शिलाङको बाताबरण पनि बाम बिचारप्रति आकर्षित हुृने खालको थियो । शिलाङमा म कम्युनिष्ट हुँ भन्ने कुनै नेपाली नभेटिए पनि ट्रेड युनियनमा क्रियाशील केही बंगालीहरूले आफूलाई कम्युनिष्ट बिचारका अनुयायीको रुपमा प्रस्तुत गर्दथे । उनीहरूले खास गरी मई दिवसका बेलामा शिलाङामा निकाल्ने रेलीले पनि कम्युनिष्ट संस्कृतिको झलक दिन्थ्यो । म त्यतिबेला अखिल शिलाङको अध्यक्ष थिएँ । निश्चित रुपमा हामीमा केही मात्रामा नक्सलबादी आन्दोलनको प्रभाव परेको थियो । हाम्रा गितिविधिबाट केही हाम्रा बिरोधीहरूल हाम्रा नाम नै तोके यिनीहरू नक्सलपंंथी हुन भनेर बेनामे पर्चा पनि प्रकाशित गरेका थिए ।

लगभग एकैचोटि शिलाङमा वी पी कोइराला र पुष्पलालको राजनीति शिलाङमा पुगेको थियो । पुष्पलालका दस्तावेज लेख आदि शिलाङमा प्रचार हृुन थालेका थिए । त्यसरी नेै वी पी कोइरालाका दस्तावेज खास गरी तरुण पत्रिका शिलाङमा पुगिसकेको अवस्था थियो ।  नेपालसित स्रम्बन्धित हामी केही नेपालीहरू पुष्पलालको राजनीतिका सम्पर्कमा आयौं । त्यतिबेला वी पी कोइराला सशस्त्र क्रान्तिको नारा दिएर भारतमा किैयाशील थिए । उनका समर्थक उनका राजनीति प्रचारको लागि शिलाङमा आइरहन्थे । हामी त्यतिबला वी पी का कांग्रेस राजनीतिका कट्टर अझ उग्र बिरोधी बनेका थियौं ।  वी पी कोइरालाले म राजतन्त्रका पूर्णतया विरोधी होइन भन्ने कृुरा तरुणमा प्रकाशित भएको मैले अध्ययन गरेको थिएँ । मैले कलेजमा अध्ययन गर्दा नेपाली विषय अन्तरगत सिपाही कथा पनि पढेको थिएँ । म वी पी कोइरालालाई एउटा सशक्त कथाकारको रुपमा पनि चिन्दथे । मैलेल वी पीको शुत्र कथा पढेको थिए्ँ । फेरि स्वयं मेरो कथा लेखनमा रुचि भएको हुनाले मेरो वी पी कोइरालप्रति रुचि हुनु स्वभाविक थियो । वास्तवमा वी पी कोइराला गुरु प्रसाद मैनाली पछि दार्जीलिङका रुप नारायण सिंह, नागालैण्डका हरि प्रसाद गोर्खा राई,र  शिलाङका भोलानाथ गुरुंङका हाराहारीका कथाकार हुृन् । वी पी कोइरालाले एक ठाउँमा लेखेका थिए– नेपालले आफ्ना नदीलाई डोलाएर नेपालको झण्डा फहराउँदै  भारतका बाटो हुँदै समुन्द्रसम्मको निकास पाउनृु पर्दछ ।

पुष्पलालले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीमा संगठित भए पछि बनारस हाम्रो राजनीतिको पानी पधेरो जस्तो भयो ।  भनौं राजनैतिक तीर्थस्थल जस्तो भयो । त्यतिबला नेपालमा पंचायती व्यवस्थाको चकचकी र जगजगी थियो । राजतन्त्रको विरुद्धमा चुँ गरेर पनि बोल्न पाइन्नथ्यो । पाटीं खोल्ने, संघ संगठन निर्माण गर्ने सभा जुलुस गर्ने भेला हृुने कुनै अधिकार थिएन । बोल्ले लेख्ने छाप्ने कुनै अधिकार थिएन । पार्टी र पार्टी का नेता भूमिगत वा निर्वासित हुन वाध्य थिए ।                        

ेत्यतिबेला नेपालका प्रतिबन्धित पार्टी, राजनैतिक नेता, कार्यकर्ता तथा समर्थक बनारसमा ठूलो संख्यामा जम्मा त ह््ुन्थे नै । तीर्थ बर्त गर्न जाने नेपाली त्यहाँ प्रशस्त्र मात्रामा भेटिन्थे नै ।  साथसाथै काशीमा मृत्यृु भएमा सिधै स्वर्ग जान पाइन्छ भनेर त्यहाँ मर्नका लागि तम्तयार भएर जाने बुढा बूुढीहरूको पनि निकै ठूलो संख्या थियो । उनीहरू त्यहाँ कमजोर भएर मर्नुको सट्टा खाएर पिएरझन् झन् राता पिरा भएर बाँचिरहेका हृुन्थे ।  बृद्ध बृद्धा पनि झन् जवान जस्ता देखिन्थे ।  साँच्चै नै त्यतिबेला बनारस नेपाल हो कि जस्तो पनि लाग्दथ्यो । जता पनि नेपाली नै नेपाली ।  कोही नेपाललाई राजनैतिक रुपले मृुक्ति दिलाउन गएका नेपाली । कोही काशीमा मरेर मुक्ति प्राप्त गर्न गएका नेपाली । अझ त्यहाँ थप राजा वा पंचायतका सी आई डी पनि छप्छप्ती भेटिन्थे ।  जे होस्, त्यतिबेला बनारस निकै रमाइलो ठाउँ भएको थियो नेपालीहरूका लागि । 

म पुष्पलालको पार्टीमा आवद्ध भए पछि र पुष्पलालको नेतृत्वमा रहेको अखिल भारतीय नेपाली छात्र फेडरेशनको उप सभापति तथा नेपाली नयाँ जनवादी क्रान्तिकारी सास्कृतिक संघको केन्द्रिय सदस्य चुनिए पछि पार्टी र संघ संस्थाको कामको लागि आसाम मेघालयबाट बनारस आइरहन धाइरहन पर्ने अवस्था सृजित भयो ।

नेपाल कम्युनिष्ट पार्टीको केन्दिय कार्यालय दुध बिनायकमा स्थित जगदम्बा नेपाली पुस्तकालय नजिक  दशपुत्र गल्लीमा थियो । यो पुष्पलालको निवास पनि थियो । त्यतिबेला बी पी कोइराला सारनाथमा बस्दथे । त्यतिबेला पार्टी कार्यालयमा बराबर उपलब्ध हुने व्यक्तिमा बलराम उपाध्याय , गोविन्द ज्ञवाली , मोदनाथ प्रश्रित र गोपीरमण उपाध्याय हुन्थे ।

वनारसको मैदागिनमा अखिल भारतीय नेपाली छात्र फेडरेशनको सम्मेलनको बेलामा उत्तर पूर्वी भारतबाट बिद्यार्थी प्रतिनिधिको रुपमा हामी एक दर्जन जति विद्यार्थी उपस्सित भएका थियौं ।  सम्मेलनले मोहन चापागाई  सभापति चुनेको थियो । मलाई उप सभापति चुृनिएको थियो । सचिव चुनिएका थिए टंक प्रसाद पोखरेल । धर्मलाल भूसाल चुनिएका थिए साहित्य सचिव । यसले बिद्यार्थीं आवाज पत्रिका पनि मु्खपत्रको रुपमा प्रकाशत गरेका थिया । यसका सम्पादक धर्मलाल भूसाल थिए । यसको पहिलो अंक बनारसबाट र दोस्रो अंक शिलाङबाट प्रकाशित भएको थियो । 

छात्र फेडरेशनको सम्मेलनमा पुष्पलालले सम्बोधन गर्ने कृुरा थियो । वी पी कोइरालाले पनि स्म्बोधन गर्ने कु्रा थियो । मैले वी पी कोइरालालाई देख्ने भेट्ने माका पाइने भयो. भन्ने ठूलो आशा गरेको थिएँ । तर उनी ्रत्यसमा उपस्थित भएनन् । सम्मेलनलाई पुष्पलाल,वाम नेता माखन लाल प्रोफेसर चँन्द्र बलि सिंह आदिले सम्बोधन गरेका थिए । यो १९७० तिरको कुृरा हो ।

छात्र फेडरेशनको सम्मेलन समाप्त भए पछि मेरा ईच्छा वी पी कोइरालालाई भेट्ने हुन गयो । मैले यो कृुरा साथीहरूमा.राखें । मेरो कुृरालाई मोहन चापागाई ईश्वरी प्रसाद खनाल, धर्मलाल भुसाल लगायतका साथीहरूले स्वीकार गरे । समर्थन गरे । हामी वी पी कोइरालालाई भेट्न सारनाथ पुग्यौं । उनको निवासमा पुग्यौं ।

घर परिवारको अनुमति पाए पछि हामी वी पी कोइरालाको निवासमा प्रवेश गर्यौं ।  त्यतित्रेला त्यहाँ वी पी कोइराला निवासमा नभएको अवस्था रहेछ । तर उनी केही समय पछि आउने कुरो रहेछ । हामीले उनको प्रतीक्षा गर्नु पर्ने भयो । वी पी को निबासमा केही राजनैतिक नेता वा कार्यकर्ता थिए । उनीहरूमा मैले सम्झे अनुसार देहरादुन घर बताउने बस्नेत वा खडका  निकै चर्ता पुर्जा जस्ता देखिन्थे । वी पी कोइुरालालाई पर्खिने बेलासम्म हाम्रो कुराकानी यिनैसित केन्द्रित रह्यो । वी पी को निवासमा उनकी बुृहारी र नातिनी थिइन् । नातिनीको नाम थाहा भएन । उनी मनिषा कोइराला पनि हुृन सक्छिन् । सक्थिइन् । बुहारी र नातिनीले हामीलाईै चिया बनाएर दिए । चिया साह्रै मीठो थियो । संझना हुृने खालकै थियो । 

केही बेर पछि वी पी कोइराला लमेक लमेक गर्दै आएको देख्यौ हामीले । उनी दुृब्ला पातला र निकै अग्ला देखिन्थे । उनले सर्ट सुरवाल लगाएका थिए जस्तो लाग्दछ । उनको व्यक्तित्व निकै आकर्षक देखिन्थ्यो ।  बी पी कोइराला आएर मेरै छेउमा बसे । उनी र मबीचमा टेबल थियो । हामीले उनलाई नमस्कार गर्दै आफ्नो परिचय दियौं ।

शुरुमा बोल्दै मैल छात्र संमेलनको सन्दर्भमा  बी पी कोइरालाको कमजारी झल्काउने शब्द प्रयोग गरेको हुनाले उनी  र मबीच निकै चर्का कुराकानी भयो । यस बिषयमा मैले छुट्टै लेख लेख्ने बिचार गरेको हुनाले यहाँ  त्यसका चर्चा गर्न चाहिन । पछि हामीहरूबीच शान्त र सौहार्दपूर्ण वाताबरणमा लामै कुृराकानी भयो ।  मैले वी पी कोइरालामा सामु बिशेष रुपमा राखेको कुृरा थियो.– तपाइं नेपालमा सशस्त्र क्रान्ति गर्ने कुृरा गर्नु हुन्छ । कम्युनिष्ट पनि त्यही भन्छन् । तपाइं कम्युनिष्ट नेतासित मिलेर किन नेपालमा क्रान्ति गर्नु हुन्न ?  यसका जबावमा वी पी कोइरालाले प्रष्ट भाषामा भनेका थिए – म कुनै कम्युनिष्टलाई चिन्दिनं । जान्दिनं । मैले चिनेको जानेको कम्युनिष्ट नेता पुष्पलाल मात्र हुृन् । उनीसित मेरो राम्रो सम्बन्ध छ ।  वलाबखत उनी मकहाँ आउने गर्दछन् । म पनि उनी कहाँ जाने गर्दछु ।  हामीबीच नेपालका क्रान्तिका बारेमा छलफल पनि हुने गर्दछ ।  पुष्पलाल भन्दछनु् नेपालका समस्या भनेको आर्थिक समस्या हो भन्दछन् । म भन्दछु नेपालका समस्या भनेको भनेको राजनैीतिक समस्या हो । यदि पुष्पलालल मेरा ेराजनैतिक कार्यक्रममा सही गरिदिन्छन् भने म उनको आर्थिक कार्यक्रममा सही छाप गरिदिन सक्दछु । हामी मिलेर नेपालमा क्रान्ति गर्न सक्दछौं । यस पछि वी पी कोइरालाले स्वतन्त्र रुपमा हामीसित बिशेष गरी अन्तराष्ट्रिय राजनीतिका बारेमा चर्चा गरेका थिए । हामीलाई कबुृल गर्न कुनै गाह्रो थिएन कि वास्तवमा वी पी धेरै अध्ययनशील बौद्धिक नेता थिए । चिन्तनशील व्यक्तित्व थिए । निकै क्षमता भएका नेता थिए ।  बी पी कोइरालासित मेरो दोस्रो र अन्तिम भेट पार्टी कार्यालय दशपुत्र गल्लीमा भयो । हामी केही साथीहरू पुष्पलालसित कुराकानी गरिरहेका थियौं । त्यहाँ अचानक वी पी कोइराला आउने कृुरा थाहा भयौ । हामी भूईंमा बसेर कुराकानी गरिरहेका थियांै । वास्तवमा त्यतिबेला कम्युनिष्टहरू कुर्सी टेबलमा बसेर होइन कि भूईमा नै बसेर कुराकानी गर्दथे । बी पी कोइराला आउने भने पछि हतार हतार टेबल कुर्सी खोज खन्तर गरेर तयार गर्नुूूू पर्ने भयो । एक छिन पछि वी पी कोइराला सुशिला कोइरालासित दशपुत्र गली स्थित पार्टी कार्यालयमा आए । पुष्पलाल र हामीहरूले उनको स्वागत गर्यौं । त्यतिबेला खासै राजनैतिक विषयमा कृुराकानी भएन । कृुराकानीको दौरानमा नजिककै चिया पसलबाट चिया चिया मगाइएको थियो । यही चिया पनि चर्चाको विषय बस्तु बन्यो । भारतमा चिया उत्पादन गर्ने मूल ठाउँ आसाम र दार्जीलिङ भए पनि बनारसको चिया नामी हुने गर्दछ ।  पुष्पलालले अफिसमा मगाउने गरेको चिया निकै मीठो हुृने गर्दथ्यो ।  त्यस दिन वी पी कोइराला र सुशिला कोइरालले मूलत चियाका बारेमा कुराकानी गरे । उनीहरूका कुृराकानीबाट थाहा भयो सुशिला कोइरुाला चियाकी निकै शौकिन रहिछन् । हामी शिलाङमा बस्ने नेपाली सबभन्दा बढी चिया पिउने. नेपालीमा पर्दछौं होला शायद  ।  शिलाङ ठण्डा ठाउँ भएकोले दिनको २० –२५ कप चिया पिउँँथ्यौं । कसैको घरमा गयो । चिया । कसैको अफिसमा गयो । चिया । बजारतिर डुल्न निस्क्यो । चिया । स्कूल कलेज गयो । चिया ।  चिया नै चिया । हामीलाई थाहा थियो पुष्पलाल चियाका ठूला शौकिन थिए । उनलाई अरुलाईभन्दा केही बढी ने चिया चाहिन्थ्यो । उनले चिया पिउने स्पेशल कप थियो । ठूलो कप । तर बिडब्नाको कुरा के थियो भने कति अवस्थामा पुष्पलालसित चिया पिउने पैसा पनि हुँदैनथ्यो ।  उनले कुृर्नुृ पर्दथ्यो कुनै कमरेड आएर चिया अफर गर्ने कुृरालाई । वास्तवमा कमरेडहरूलाई राम्ररी नै थाहा थियो पुष्पलालको  निम्ति चिया अत्यन्त प्रिय बस्तु हो । बनारसमा पुष्पलालको चिया पिउने एउटा खास चिया पसल पनि थियो । त्यसले पुष्पलाललाई मन पर्ने चिया तयार पारेर दिन्थ्यो । पुष्पलाल शिलाङ गएको बेलामा आशा राईकी खसिनी भाउज्यु रेजिनाले उनलाई बनाएर दिएको चिया र कमरेड अमर बहादुर क्षेत्रीकी श्रीमती खसिनी भाउज्यूले बनाएर  पुष्पलाललाई दिएको चिया उनलाई निकै मीठो लागेछ । उनले बनारसबाट यी दुई खसिनी भाउज्युृलाई उनले बनाएको चियाको प्रशंसा गरेर चिठी लेखेका थिए । पुष्पलालको चिठीमा लेखेको कृुराले उनीहरू निकै खुृशी भएका थिए । यस दुष्टिले हेर्दा त्यस दिनको विशेष गरी   सुशिला कोइरालाले गरेका चियाको चर्चा निकै सान्दिर्भिक र रोचक पनि भएको थियो । 

पुष्पलाल नपाल पत्र पार्टीको समाचार पत्रको रुपमा प्रकाशित गर्ने मनस् िथतिमा भएको बुझिन्थ्यो । मरो पुष्पलालसित सम्पर्क हुन बेलासम्म नेपाल पत्रका प्रकाशन बन्द भएको थियो । पुष्पलालको नतृत्वमा रहेका जनबर्गीय संघ संगठनले देश भित्र र देश बाहिरबाट धेरै नै पत्र पत्रिका प्रकाशित गर्दथे ,। त्यतिबेला मोदनाथ प्रश्रितका सम्पादनमा बनारसबाट मुक्ति मोर्चा प्रकाशित हुन्थ्यो ।  लक्ष्मण रायमाझीहरूको सम्पादनमा कलकत्ताबाट कर्नाल प्रकाशित हुन्थ्यो । मेरो सम्पादनमा शिलाङबाट पसिना प्रकाशित भएका ेथियो । धर्मलाल भूसाँँलको सम्पादनमा बिद्यार्थी आवाज प्रकाशित भएको थियो । ब.काठमाण्डौबाट रामचन्द्र भट्टराईको सम्पादनमा .सुस्केरा प्रकाशित हुन्थ्यो । 

पुष्पलालका अंग्रेजीमा लेखिएका लेखहरू गो्रखपुरबाट प्रा डा लालबहादुर बर्माको् सम्पादनमा प्रकाशित हुन्े पत्रिका इतिहास बोधमा प्रकाशित हुुन्थे । उनका लेख कलकत्ताबाट प्रकाशित हुने फरन्टिएर पत्रिकामा पनि प्रकाशित हुन्थे ।, भारतका चर्चित पत्रिका इकोनिक्स टाइम्सले पनि उनका लेृख प्रकाशित गरेको थियो ।

पुष्पलाललाई पार्टी पक्तिमा माइला दाईको नाममा चिनिन्थ्यो । पुष्पलालको बढी रुचि नेपालका इतिहास द्वन्ँद्वात्मक ऐतिहासिक भौतिकबादी विश्व दृष्टिकोणमा रही लेख्ने थियो । उनी जुनसुकै ठाउँमा पुगे पनि त्यहाँका पुस्ताकालयमा पुग्दथे र नपालका बारेमा लेखिएका सामाग्री खोजी खोजी पढ्थे । उनले बनारसको वी एच युका पुस्तकालयमा पुगी अध्ययन गर्दथे । कलकत्तामा पुगेको बेलामा प्रसीडेन्सी लाइब्रेरीमा पुगी अध्ययन गर्दथे । शिलाङमा पुगेको बेलामा उनले स्टेट सेँन्टरल लाइबे्ररीमा पुगी अध्ययन गरेका थिए । गुवाहाटीमा पुग्दा उनले रबिन्द्र पुस्तकालयमा अध्ययन गरेका थिए । 

पुष्पलालले द्वन्द्ववादी ऐतिहासिक भौतिकबादी विश्व दृष्टिकोणमा आधारित रही नेपालका जन आन्दोलन एक समीक्षा लेखेका छन् । नेपालको मातृसत्तात्मक समाजको इतिहासको रुपरेखा लेखेका छन् । उनले नेपालका ेइतिहास लेख्न नोट तयार पारेका थिए ।.तर उनको असामयिक मृत्युको कारणले उनको नेपालका इतिहास लेखन पुरा हुन सकेन ।.

पुष्पलाल आजभोलिका कम्युनिष्ट नेता जस्ता टिपन टापन अध्ययन गरेका नेता थिएनन् । उनी आफू पनि माक्र्सवादको गहिरो अध्ययन गर्दथे र हामी सबैलाई माक्र्सवादको गहिरो अध्ययन गर्ने सल्लाह दिन्थे । उनले दस्तावेजको अध्ययन कसरी गर्ने भन्ने सम्बन्धमा एउटा लेख नै लेखेका छन् । पुस्तिका नै लेखेका छन् । उनले त्यसमा भनेका छन् हामीले हाम्रो दस्तावेज बिरोधीको दस्तावेज वा आलोचनालाई संगै राखेर अध्ययन गर्नु पर्दछ । तब मात्र सही कुृरा के हो बुझिन्छ । बृुझ्न सकिन्छ । पुष्पलालको यो भनाइ हिन्दीका सन्त कवि कविरदासको दोहासित मेल खान्छ – हिन्दीका सन्त कवि कबीर दासल भनेका थिए –

निन्दक नियरे राखिए आँगन कुटी छवाय,

बिन पानी, साबुृन बिना, निर्मल करे सुभाय ।

( तिम्रा निन्दा गर्ने मान्छेलाई तिम्रै नजिक आंगनमा छाप्रो हालेर राख । उसको निन्दाले गर्दा तिमी पानी साबुन नलगाई धोइएर पखालिएर सफा हुन्छौ । निर्मल हुन्छौ । )

पु्ष्पलाल भन्दथे जसरी कोही बाइबल नपढी क्रिस्तान हुन सक्दैन । जसरी कोही कुृरान नपढी मृुस्लिम हुन सक्दैन । जसरी कोही गीता नपढी हिन्दु हुन सक्दैन । त्यसरी नै कोही कम्युनिष्ट पार्टीको घोषणापत्र नपढी कम्युनिष्ट हृुन सक्दैन । पुष्पलालले कम्युनिष्ट पार्टीका घोषणापत्र नेपालीमा अनुवाद गरेका थिए । वास्तवमा कम्युनिष्ट पार्टीको घोषणापत्रमा गागरमा सागर राखिएका पुस्तक हो । माओ त्से त्ुंगले. भनेका थिए उनी हरेक बर्ष एकपल्ट कम्युनिष्ट पार्टीका ेघोषणापत्र पढ्ने गर्दछन् । उनले जतिपल्ट कम्युनिष्ट पार्टीको घोषणापत्र पढ्दछन् त्यसमा नयाँ नयाँ कुृरा भेट्दछन् ।

पुष्पलालले नेपालको बारेमा लेखिएको अमेरिकी लेखक लिवो ई रोजको पुस्तक नपाल स्ट्रोटेजी फार सर्वाइभलको निकै प्रशंसा गर्दथे र हामीलाई त्यो पृुस्तक पढ्ने सल्लाह दिन्थे । यस पुस्तकमा दुई विशाल देश चीन र भारतको बीचमा रहेको नेपाल उसको दुबै देशबीच संतुलित विदेशी नीतिका कारण सुरक्षित रहन सकेको हो भनिएको छ  ।

पुष्पलाल आफ्नो जीवनको पछिल्लो चरणमा पंचतन्त्र अध्ययन गर्न थालेका थिए ।उनको भनाइ थियो हामी पंचपत्रको शिक्षा क्रान्तिको हितमा लगाउन सक्दछौं । आखिर पंचतन्त्रका काम बुृद्धि तिखार्ने नै त हो । बुद्धि नतिखारी क्रान्तिको अन्तिम बिन्दुसम्म पृुराउन सकिन्न ।

माओले भनेका छन् जनताको गुरु बन्नुभन्दा पहिले जनताको चेला बन । जनताबाट सिक र जनतालाई सिकाऊ । पुष्पलाल जनताबाट सिक्न सधैं तयार देखिन्थे । उनी आफ्नो कार्यकर्ता वा समर्थकबाट धेरै कुरा सिक्न खोज्दथे । 

छात्र फेडरेशनको संमेलन पछि हामी आसाम मेघालयबाट गएका साथीहरूले पुष्पलाललाई पार्टी कार्यालयमा भेटेका थियौं । त्यस बेला उनले हामीलाई भने – तपाइंहरूका काम सकियो होइन ?  मैले त्यसको जबाबमा भने – के सकिने बल्ल शुरु भएको छ । पुष्पलालले मेरो यस्तो सामान्य टिप्पणीको पुष्टिमा हामीलाई धेरै कृुरा बताए । उनले भने हामी पछि पर्नृुको एएटा कारण काम शुरु नहुु्दै काम सकियो भन्ने भावना राख्नु पनि हो । सम्मेलन सम्पन्न हृुनु काम सकिनु होइन । सँंमेलन त कामको शुृरु बिन्दुृ हो । कामका आरम्भ बिन्दुृ हो । यस कृरालाई मनन गरेर हामी काम गर्दै गयौं भने बल्ल सफल हृुन्छौं । संभा सम्मेलनका सफलता त्यसले अघि सारेको कामको सम्पन्नतासित सम्बन्धित हृुन्छ । सभा संम्मेलन सम्पन्न हुनासाथ हामी कोखिलामा हात  राखेर बस्यौ भने हामी कहिले आफ्नो लक्ष्यसम्म पृुग्न सक्दैनौं । 

मलाई लाग्दछ अझसम्म नपाली कांग्रेसमा वी पी कोइरालाको उचाइको नेता जन्मेको छैन । यही कुृरा कम्युनिष्ट नेताका बारेमा पनि भन्न सकिन्छ । पुष्पलालको हाइटका अझसम्म कुुनै कम्युनिष्ट नेता जन्मेका छैन । वास्तवमा पुष्पलाल हामीले कम्युनिष्ट नेता भन्दै नेताका पनि नेता हुन् । यद्पि कम्यृुनिष्ट भए पनि नभएन पनि नेपालमा धेरै न कम्युनिष्ट नेता छन् र उनीहरूले आफूलाई पुष्पलालका अनृुयायी पनि भन्दछन् । पुष्पलाललाई गुरु पनि मान्दछन् । तर उनीहरू पुष्पलालल देखाएका बाटोमा चलेको भने. देखिन्न । हिजो नपाली कांग्रेसले गणेश मान सिहलाई सर्वमान्य नेता मान्दथ्यौं । यद्पि यसलाई बिडम्बना नै मान्नु पर्दछ गणेशमान सिंहले आखिर आफूले ज्न्माएका. कांग्रेस पार्टींं नै छोडे । वास्तवमा पुष्पलाल कम्युनिष्टहरूका सर्वमान्य नेता हुन् ।

पुष्पलालले नेता प्रधान होइन नीति प्रधान हो भनेका छन् । साथ साथै उनले के पनि भनेका छन् भने नीतिलाई मान्ने नेतालाई पनि हामीले मान्नु पर्दछ । यसको अर्थ के हो भने नीतिमा नचल्ने नेता नता हुृन सक्दैन ।

भनिन्छ मोहन बिक्रम सिंहले धेरैलाई कम्युनिष्ट बनाए । तर बिडम्बना उनल धेरै कम्युनिष्टलाई आफूसित अडाएर राख्न सकेनन् । यही कुृरा पुष्पलालका सम्बन्धमा पनि साँचो हो । पृुष्पलालले धेरै व्यक्तिलाई कम्युनिष्ट बनाए । तर उनीहरूलाई उनले लामो समयसम्म आफूसित टिकाएर राख्न सकेनन् । हृुन त त्यसको निम्ति समय परिस्थिति पनि जिम्वेवार हुन सक्दछ । फेरि पनि पुष्पलालको सम्बन्धमा के कुृरा साँचो हो भने उनले आफ्नो सम्पर्कमा आएका पार्टी कार्यकर्ता वा समर्थकलाई सन्यासोले जस्तै समातेर राख्न खोज्दथे । उनीहरूलाई व्यक्तिगत रुपमा चिन्दथे र  निरन्तर सम्पर्क राख्ने प्रचेष्टा गर्दथे ।

निश्चित रुपमा वी पी कोइरालाका तुलनामा पुृष्पलाल कम पढेका व्यक्ति थिए । फेरि पनि उनको नेपाली भाषा र अंग्रेजी दृुबै भाषामा राम्रो ज्ञान थियो । उनले मलाई भनेका थिए मलाई नेपाली भाषामा भन्दा अंग्रेजी भाषामा लेख्न सजिलो लाग्दछ । वास्तवमा पुृष्पलालको अंग्रेजी निकै राम्रो थियो । त्यो कृुरा उनको अंग्रेजी लेखनमा झल्किन्थ्यो । उनी अंग्रेजी भाषाको उच्चाहरण निकै राम्रो गर्दथे । उनी अंग्रेजी बोल्दा लाग्थ्यो उनी धेरै पढे लेखेका मान्छे हुृन् । अंग्रेजी भाषाका विद्धान हुृन् ।  मैले एकपल्ट उनलाई सोधेको थिएँ – तपाइंको अंग्रेजी कसरी राम्रा भयो ? उनले मलाई जबाब दिएका थिए जब उनी नेपाली कांग्रेसको पार्टी कार्यालयमा बस्दथे उनले हिन्दी र अंग्रेजीका समाचार पत्र एकसाथ पढ्दथे । त्यसरी नै उनको अंग्रजी राम्रो भएको हो ।  या कृरा सत्य होला । तर मलाई मलाई लाग्दछ उनको अंग्रेजी दुई कारणले राम्रो भयो । पहिलो कारण हो उनले धेरै अंंग्रेजी भाषामा लेखिएका पृुस्तकहरूको अध्ययन गरे । त्यस अध्ययनले उनको अंग्रेजी भाषा राम्रो भयो । अर्को कारण हो उनको संगत राम्रो अंग्रेजी बोल्ने व्यक्तिहरूसित हुन गयो जसले गर्दा उनले अंग्रेजी कसरी राम्रो बोल्न सकिन्छ भन्ने कुरा सिके । पुष्पलाल भारतका ठूला नेता वा विद्धानसित बोल्ने परे. ह्रिन्दी वा अंग्रेजी भाषामा बोल्दथे । राम्रा अंग्रेजी भाषा बोल्ने मान्छेसित र्संवाद गर्दा राम्रो अंग्रेजी बौल्न सकने हुनु स्वभाविक नै हो । ब्रिटिश कै जमानामा वी ए वी एल पढेका वी पी कोइरालाका अंग्रेजी भाषामा राम्रो दखल हृुनु स्वभाविक कृुरा हो ।

राजनीतिमा भाषाको पनि त्यत्तिकै आव्श्यकता पर्दो रहेछ । माओ त्से तुंगले ६ंंं० बर्ष काटे पछि भन्दथे उनले पश्चिमा साम्राज्इवादसित लड्न अंग्रेजी भाषा सिक्न परेको छ । 

भारतमा सशस्त्र क्रान्ति गर्न निर्वासित भएका वी पी कोइराला ज्यानलाई जोखिममा राखेर अन्ततः राजाका घाँटीसित मेरो घाँटी जोडिएको छ  भनेर  नेपाल फर्के ।  राजाले वी पी कोइरालाको ज्यान लिनुको सट्टा ज्यान बचाउन उपचार्थ अमेरिका पठाए ।  राजाको यो स्वागतयोग्य र्नै कदम थियो । नेपालमा नयाँ जनवादी सशस्त्र क्रान्ति गर्न भारतमा निर्वासित जीवन बिताइरहेका पुष्पलालको दिल्लीमा मृत्यु हुँदा उनको लाश त के खरानी पनि ल्याउन दिइएकोृ थिएन । यसैले उनको खरानी भए पनि जहाजबाट गोप्य रुपमा काठमाण्डौमा उतार्नृु पर्ने अवस्था सृजित भएको थियो ।

वी पी दुई दुृईपल्ट सत्तामा पुगेको हृुनाल त्यतिबेला उनले गरेका राम्रा काम पनि छन् । खराब काम पनि छन् । भारतसित गरिएको राष्ट्रघाती गण्डकी सन्धिलाई वी पी कोइरालाका पालामा भएको खराब काम भन्न सकिन्छ । राष्ट्रघाती काम भन्न सकिन्छ ।  वी पी कोइरालाले चीनमा गएर चाउ एन लाई र माओ त्से तुंगलाई भेटेर सगरमाथाको समस्या हल गरे र सगरमाथा नेपालका हो भन्ने कृुरा स्थापित गरे यो उनले गरेको राम्रो काम हो ।  पुष्पलाल कहिले सत्तामा गएनन् । सरकारमा गएनन् । यसैले. उनीबाट सरकारमा गएर खराब काम गर्ने कुरा पनि भएन । राम्र्रो काम गर्ने कृुरा पनि भएन ।  उनले जे जति काम गरे त्यो हो  कम्युनिष्ट पार्टीको निर्माण , संगठनको विस्तार, क्रान्तिकारी सिद्धान्त तथा बिचारको प्रचार प्रसार र नेपालको तत्कालीन प्रतिक्रियावादी सत्ताको बिरोधमा विभिन्न प्रकार एवं रुपका जन आ्न्दोलनको नेतृत्व । पुष्पलाल नेपालको कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनका जग हुन् ।  

पुष्पलालले पछिल्लो चरणमा तीन सका सिद्धान्त अघि सारेका थिए । ती थिए – संघर्ष संंगठन र सिद्धान्त ।  उनको भनाइ थियो हामीले शाषित पीडित जनतालाई बिभिन्न नारा र कार्यक्रम अघि सारे्र र्सघर्षमा उतार्नुृ पर्दछ । संघर्षमा उत्रेर खारिएका जनतालाई संगठित गर्न थाल्ुन पर्दछ । फेरि संगठित जनतालाई असल कम्युनिष्ट बनाउन उनीहरूको सैधान्तिकीकरणप्रति उचित र आवश्यक ध्यान दिन आवश्यक हु्न्छ । पुष्पलाल भन्दथे हामीले गास वास र कपासको लागि संघर्ष गर्नु पर्दछ । पुष्पलालको मान्यता थियो जनताका जल्दा बल्दा समस्यालाई साथमा लिएर संघर्ष गर्दा नै संगठन बिस्तार गर्नाका साथसाथै उनीहरूलाई सैधान्तिक रुपले लैश पनि बनाउन सकिन्थ्यो । सैधान्तिक रुपले जुधारु पनि ब्नाउन सकिन्थ्यो । क्रान्ति भनेको एक दृुई जनाले गरेर हुने कृुरा होइन आम जनतालाई साथमा लिएर मात्र सुसम्पन्न गरिने कृुरा हो ।

१९–५–२०७८

 
















 

Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा