Skip to main content

स्वतन्त्रता



कुरा त्यतिबेलाको हो 

म बन्दी बनेको थिएँ

व्यारेकभित्र 

काँडेतारभित्र 

बिना कुनै हातमा हत्कडीे

बिना कुनै खुट्टामा नेल

बिना कुनै आँखामा कालो पट्टी

म बन्दी बनेको थिएँ

बिना कुनै यातना 

बिना कुनै प्रताडना

हो, पुरै स्वतन्त्र थिएँ म

व्यारेकभित्र

काँडेतारभित्र 

यत्ति हो

बस भनेको ठाउँमा म बस्नु पर्दथ्यो 

बस्न मन लागे पनि नलागे पनि

सृुत बनेको ठाउ्रँमा म सुत्न पर्दथ्यो 

निंद लागे पनि नलागे पनि 

खा भनेको कुरा मैले खान पर्दथ्यो 

खान मन लागे पनि नलागे पनि 

खाना दिने सिपाही भन्दथ्यो 

अलि बढी जोर गरेर खानुहोस्

खाना घटाउँदै गर्नु भएको छ

दुब्लाउनृु होला

म बसेको ठाउँमा 

सिपाही चिया लिएर आउँदथ्यो

भन्दथ्यो एक्लै बस्नु पर्दा बोर  लाग्यो होला

चिया पिएर भुल्नुहोस् 

सुवदार साहेब भन्दथे 

मेजर साहेवले माथि पठाए तपाइलाई गाह्रो पर्ला 

यहीबाट छोडिदिए राम्रो हुन्थ्यो

मेजर साहेब भन्दथे 

पृुलिसले तपाइलाई समातेको कुरा पनि हामीलाई थाहा थियो 

तपाइलाई समात्नु पर्दछ भन्ने उजुरीहरू नपरेका होइनन् 

तर पनि हामीले बेबास्ता गरेका थियौं

माथिबाट नै आदेश भएकोले तपाइंलाई समात्न परेको हो 

संकटकालको बेला 

मान्छे बेपत्ता भएका भई थिए 

मान्छे मारिएका मारी नै थिए 

कतिबेला का कहाँ कसरी बेपत्ता हुने हो थाहा थिएन

कति बेला को कहाँ कसरी मारिने हो थाहा थिएन

कति बेला कहाँ के हुृने हो थाहा थिएन 

कतै कुनै न क्ुनै दुर्घटना नघटेको दिन थिएन

जब म व्यारेकको एक कुनाबाट 

बाहिर साम्न्नेको खृुला सडकमा हेर्दथें

बिनारोकटोक

बिना छेकथुन

स्वतन्त्रतापूर्वक

मान्छे ओहोर दोहोर गरेको दृश्य देख्दथें

रेक्सा चलेको दृश्य देख्दथें 

साइकल मोटर साइकल क्ुँदेको दृश्य देख्दथें

गाडीहरू गुडेको दृश्य देख्दथें

मलाई स्वतन्त्रता के. हो भन्ने कुराको गहिरो अनुभुति हुन्थ्योे त्यतिबेला

मलाई स्वतन्त्रता के चीज हो भन्ने कुराको गहिरो आभास  हृुन्थ्यो त्यतिबेला

मलाई स्वतन्त्रता त बाहिर सडकमा फिंजिएको छ जस्तो लाग्दथ्यो 

मलाई स्वतन्त्रता त व्यारेक बाहिर फैलिएको छ जस्तो लाग्दथ्यो 

मलाई स्वतन्त्रता त काँडतार बाहिर झांगिएको छ जस्तो लाग्दथ्यो 

यो कुरा बेग्लै हो कि 

देश नै  स्वतन्त्र नभएको. बेलामा 

आखिर सडक कति स्वतन्त्र होला 

देश नै स्वतन्त्र नएको बेलामा 

आखिर सडकमा ओहोर दोहोर गर्ने मान्छहरूे कति स्वतन्त्र होलान् 

देश नै स्वतन्त्र नभएको बेलामा 

आखिर सडकमा गुड्ने रेक्शा साइकल मोटर साइकल र गाडीहरू कति स्वतन्त्र होलान् ?

२२–५–२०७८ 

७–९–२०२१



 




  

 


Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...