किन हो कुन्नि कमरेडरू आज यस्ता भए
कमरेडहरू नै कमरेड होइन कि जस्ता भए
कत्रो नाम थियो कमर्ेडहरूको हिजो यहाँ
आज कमरेडहरू कति हो कति सस्ता भए
बुझ्नै साह्रै्र गाह्रो भो आज सारा जगलाई
कस्ता कमरेडहरू कसरी आज कस्ता भए
मुृक्ति कि मृत्यु भन्दै अघि बढेका कमरेडहरू
अँध्यारेोमा हराएकालाई डोराउने रस्ता भए
बिग्रेको त अझै छैन केही सुधारी आफृलाई
संसार बदल्ने योद्धाहरूका अग्रिम दस्ता भए ।
१५–६–२०७८
Comments
Post a Comment