आकारमा भए पनि जति सानो देश हाम्रो नेपाल
झृुक्न सक्दैन शत्रु सामु यसको उच्च शीर हिमाल
भएन कहिले पनि यो मुलुक कसैको पनि दास
पर्दैन दिन कसैले यसलाई धाक धम्की र त्रास
सक्दैन मेटाउन कुनै शक्तिले देसको इतिहास
आफ्नै धरतीमा नयाँ युृगका योे गर्दछ शिलान्यास
आफ्नै खृुट्टामा अडिन्छ अविचल आफ्नै बलमा बाँची
आउँछ कोही .दिन टक्कर भने दिन्छ ढाँड नै बाँची
अन्यायको गर्दछ बिरोध सधै न्यायको बकालत
फेर्दछ कसेर कम्मर देशको खस्किंदो यो हालत
सहँदैन यो कसैको थियो मिेचो डटी न गर्छ सामना
स्वतन्त्र े देशलाई स्वतन्त्र राख्ने यही राख्छ कामना
हुन्न केही गरी पुरानै कुराको भजन र किर्तन
नयाँ मान्छे अघि सर्नु पर्छ अब नयाँ लिई चिन्तन ।
१६–६–२०७८
Comments
Post a Comment