Skip to main content

पोका पुन्तरा

 

 

मान्छेहरू देखेमा

पोका पुन्तराहरू 

नाक खुम्चाउने गर्दछन् 

हुन पनि कसलाई पो मन पर्दछ र 

पोका पुन्तराहरू

आखिर चाहिने  नचाहिने चीजबीचको संगालो त हो 

पोका पुन्तरा भनेको

शायद कसैका नजर नपरुँन भनेर राख्दछन्

बुढा बुढीहरू पोका पुन्तराहरू

यतै उतै कतै थन्काएर

म सोेंंच्दछु 

म गंभीर भएर साेंच्दछु 

बिचार गर्दछु 

चिन्तन मनन गर्दछु 

मलाई लाग्दछ 

जाने श्रीखण्ड

नजाने खुृर्पाका बिंड त हुन् पोका पुन्तराहरू

वास्तवमा पोका पृुन्तरा गाढ धन हुन् 

ठूला खजाना हुन् 

हो , म पनि पोका पृुन्तराको ठूलै मालिक हूँ

धेरै छन् मेरा घरमा पोका पुन्तराहरू

गनेर र भनेर नसकिने पोका पृुन्तराहरू छन्  

यता गयौ पोका पुृन्तरा 

उता गयो पोका पृुन्तरा

जता गयो उतै पोका पृुन्तरा 

लाग्दछ म पोका पुृन्तराको गोदाममा बसेको छु 

म पोका पुन्तराको संग्रालयमा बसेको छु 

म पोका पेुन्तराको म्युजियममा बसेको छु 

म पोका पुन्तराको संसारमा बसेको छु 

हरेक चीज हुन्छन् पोका पृुन्तरामा 

कतै हुन्छन् दुर्लभ फोटाहरू

मेरा पोका पुन्तरामा

कतै हुन्छन् अमूल्य चित्रहरू

मेरा पोका पुन्तरामा

कतै हुन्छन् महत्वपूर्ण चीठी पत्रहरू 

मेरा पोका पुन्तरामा 

कतै हुन्छन् महत्वपूर्ण पत्र पत्रिकाहरू

मेरा पोका पुन्तरामा

कतै हुन्छन् महत्न्वपूर्ण पुस्तकहरू 

मेरा पोका पुन्तरामा 

कतै हुन्छन् महत्वपूर्ण लिखतहरू 

मेरा पोका पुन्तरामा 

कतै हुन्छन् महत्वपूर्ण दस्तावेजहरू

मेरा पोका पुन्तरामा 

कते हुन्छन् गोप्य सर्कुलरहरू 

मेरा पोका पृुन्तरामा 

कतै हुन्छन् महत्वपूर्ण नोटहरू

मेरा पोका पुन्तरामा 

कतै हुन्छन् महत्वपूर्ण सूचनाहरू

मेरा पोका पुन्तरामा

कतै हुन्छने अध्ययन अनुृसन्धानका महत्वपुर्ण सामाग्रीहरू

मेरा पोका पृुन्तरामा 

कतै हुन्छन् प्रतिबन्धित कागजपत्रहरू 

मेरा पोका पुन्तरामा 

कतै कविताका खेस्रा हुन्छन्

मेरा पोका पृुन्तरामा

कतै कथाका प्लट हृुन्छन् 

मेरा पोका पुन्तरामा

कतै लेख निबन्धका बृुँदा हुृन्छन्

मेरा पोका पृुन्तरामा 

कतै संस्मरणका सूची हुन्छन्

मेरा पोका पुृन्तरामा

कतै यात्रा बर्णनका गाथा हृुन्छन् 

मेरा पोका पुन्तरामा 

उसरी चलन चल्तीका नगद मोहर पनि हुन सक्छन्

मेरा पोका पुृन्तरामा 

उसरी सुन चाँदीका गर गहना पनि हुन सक्दछन्

मेरा पोका पृुन्तरामा 

उसरी चेक बुकका ठुटा पनि हुन सक्दछन्

मेरा पोका पुन्तरामा 

उसरी लेनदेनका बही खाता पनि हुन सक्दछन् 

मेरा पोका पुन्तरामा

मन लाएर खोज्ने हो भने

ध्यान दिएर खोज्ने हो भने 

संसारमा भए नभएका के चीज हुन्नन् र 

म्ेोरा पोका पृुन्तरामा 

यत्ति हो भनेका बेलामा आवश्यक चीजबीजहरू

नभेटिन पनि सक्दछन् 

मेरा पोका पुन्तरामा 

यत्ति हो नचाहिने  बेलामा आवश्यक चीजबीजहरू

भेटिन पनि सक्दछन्

मेरा पोका पुन्तरामा

कुनै पनि चीज खोजेको बेला र ठाउँमा भेटियोस् भनेर नै 

राख्दछु म प्राप्त अप्राप्त चीजबीजहरू

पोको पारेर 

तर पनि मेरा पोकाहरू

पोकाहरू कै खातमा हराएका हृुन सक्दछन्

बिडम्बना

मैले खोजेका कुराहरू 

पोको खोलेर हेर्दा भेटिन्नन्

सट्टा भर्नामा मैले नखोजेका चीजबीजहरू भेटिन्छन्

खोजेको बेलामा मैले खोजेका चीजबीजहरू नभेटिने र 

नखोजेका चीजबजिहरू भेटिने 

मेरा पोका पुन्तराको खास विशेषता हो 

फेरि पनि म के कुराको ग्यारेन्टी गर्न सक्दछु भने

खोजेको बेलामा नपाए पनि 

हरेक कुृराको स्टक रहेकै हुृन्छ 

मेरा पोका पृुन्तरामा

म भन्दछु 

म घोषणा गर्दछुृृ 

पोका पुन्तरा

उपेक्षा गर्ने चीज होइन कसैले पनि 

हेला होचो गर्ने चीज होइन कसैले पनि 

छि छी दूर दुर गर्ने चीज होइन कसैले पनि 

यस कारण पनि कि

जिन्दगी आफैमा एउटा बिराट पोका पुन्तरा हो 

कृष्णको बिराट रुप झंैं बिराट पोका पुृन्तरा हो 

जिन्दगीलाई खोलेर हेर्ने हो भने दखिन्छ त्यहाँ 

असंख्य। असंंख्य पोका पृुन्तराहरू

जिन्दगीको खान तलाशी लिने हो भने भेटिन्छन् त्यहाँ 

असंख्य असंख्य प्रतिबन्धित अप्रतिबन्धित सामाग्रीहरू

बलिया गाँठाहरू पारी पारी 

यता उता सर्वत्र 

थन्काएर राखेका बस्तुहरू 

पोका पुन्तराहरू

यसैले पनि पोका पुन्तरा भनेर हुृँदैन 

पोका पुन्तराहरू

स्याहार संभार गरेर राख्न पर्ने 

जतन गरेर राख्नु पर्ने 

हिफाजत गरेर राख्नु पर्ने

अमूल्य खजाना हुन् 

गाढ धन हुन् 

श्रीसं्म्पति हुन् 

केही नभएर पनि सबकुछ हुन् 

सर्वस्व हुन् ।


१५–७–२०७८

१–११–२०२१




 




 


  


Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...