Skip to main content

पुष १ गते


अणु नाटक

                 

                  दृश्य एक

(  मंचमा जनता अल्लमल्ल ) 

(  पंंचको प्रवेश ) 

पंचः आखिर पंचायती चुनावमा नाक रगडन आउने इतरहरू हेरौं कसरी पुष १ गते मंचमा उभिएर व्यवस्थाको बिरोधमा रुन्चे स्वर निकाल्न सक्ने रहेछन् ।

( पंच जान्छ । कांग्रेसको प्रवेश )

कांग्रेस ः पंचहरूलृ सोचे होलान् हामी पुष १ गतेको कार्यक्रममा भाग लिएर आफ्नो जात फाल्छौं । पुष १ गतेको कार्यक्रममा भाग लिनु भनेको आफ्नो मलाम आफै जानु हो । आफ्नो सतिगति आफैले गर्नु हो । हामी बहिस्कार गर्छौ । गर्छौ । 

( कांग्रेस जान्छ । जनपक्षको प्रवेश ) 

जनपक्षः पंचायतको पंचमा उभिएर पंचायत कै खोेइरोे खन्छौं । हामी त यसमा भाग लिन्छौं । लिन्छौं । 

( जनपक्ष जान्छ । बहिस्कारको प्रवेश )  

बहिस्कार ः पंचायतलाई टाढैदेखि नमस्कार । पंचायतसित पोइल जाने इतरलाई पनि नमस्कार ।

(  बहिस्कार जान्छ )

             दृश्य दुई

( मंचमा उनै अल्मल्ल जनता )

( पंचको प्रवश ) 

पंच (  रिसाउँदै )ः कांग्रेसको यत्रो हिम्मत ! बहिस्कार ! कार्वाही गर्नु पर्छ । कार्वाही । निलम्बन । निस्कासन ।

( पंच जान्छ । कांग्रेसको प्रवेश ) 

कांग्रेस ः हामीमाथि कार्वाही ! निलम्बन ! निस्कासन ! मेलमिलाप होइन । संघर्ष गर्नु पर्दछ ! संघर्ष ! देश व्यापी संघर्ष !तर.. तर ...हामीले संघर्ष थालिदिए कम्युनिष्ट अघि बढ्छन् कि ? संघर्ष गर्न ठीक । संघर्ष गर्न बेठीक ।

( कांग्रेस जान्छ । वामपन्थको प्रवेश ) 

वामपन्थ ( यता उता हेर्दै ) ःकांग्रेसले कहिले संघर्ष छेंड्ला ? क्रान्ति गर्ने त हामीले नै हो !

(  वामपन्थ जान्छ । पर्दा खस्छ । )

( अणु पत्रिका अंक ६ ः  १८–१०–२०४४ बाट )



Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...