Skip to main content

भोज

 


अणु नाटक


 क्याम्पसमा खेलकूद पछि ठूलो भोज हुन्छ । त्यसमा विभिन्न बिषयसित सम्बन्धित प्राध्यापक प्राध्यापिकाबीच गफ चल्छ 

( बिषय वा प्रसंगले अर्को अर्थ नलागे बिषयक प्राध्यापक अथवा प्राध्यापिका बुझिने छ । )

बाएलोओजी ः(  मासुतिर हेर्दै ) खसीको मासुभन्दा कुखुराको मासु बढी स्वादिलो हुन्छ ,।

बोटनी ः(  मुलामा आँखा गाढी ) पाचनको लागि मुला निकै  राम्रो चीज हो ।

इतिहास ः मानिसहरू पहिला हरेक चीज काँचै खान्थे ।

इंगलिस ः( काँटा चम्चा बजाउँदै ) आज भोलि नेपालमा इंगलिस स्टायलमा भोज खुबाउन थालिएको छ ।

संस्कृति ः(  चिन्तित हुृँदै ) नेपाली संस्कृतिको दुर्गती हुँदै छ । हामीले टेबलमा बसेर होइन चकटीमा चाकल मारेर बसी खानु पर्ने । धोती फेरी, टोपी झिकी, बलो हाली, देउतालाई चढाई खाने चलन पनि हाम्रै हो ।

समाजशास्त्रः  पहाडतिर अझ पनि पुरानो चलन कायमै छ ।

भूगोल  ः मुस्ताङ मनांग जस्ता ठाउँमा ढृुंगा खाए पनि पच्छ ।

अर्थशास्त्र ः  कुनै होटलमा यही चीज खुवाउन परेको भए क्याम्पसको ढाँढ नै भाचिन्थ्यो ।

गृह विज्ञानः  नूत तेल मसालाको मात्रा ठीक मिलेमा मात्र भोजन स्वादिलो हुन्छ ।

कानूनः (  थप्दा भीड बढी घुचाटा घुचट चल्छ  ) लाम लाग्नुहोस् । हरेक कुरामा लाम लाग्नु पर्दछ ।

गणित ः हिसाब शान्तिले एक एकलाई मासु थपिदिउँ ।

साख्यिकी ः१५० जनाले भोज खाँदैछन् । यी मध्ये ५० जना अतिथि , ३० जना खेलाडी, २० जना कर्मचारी र ५० जना प्राध्यापक प्राध्यापिका छन् । पुरुषको संख्या १४० र महिलाको संख्या १० छ । औसत आयु ४३ बर्ष । 

नेपाली ःः अंग्रेजीमा होइन हामीबीच नेपालीमा नै कुराकानी हुँदै छ ।

राजनीति ः भोजमा ठूलो राजनीति घुसेको छ ।

खेलकूद ः  खेलकूद नभएको भए भोज नै हुने थिएन । 

( समाप्त )

(  अणु पत्रिका अंक ७ ,  २५–१०–२०४४ मा प्रकाशित ) 


 

Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...