Skip to main content

भोज

 


अणु नाटक


 क्याम्पसमा खेलकूद पछि ठूलो भोज हुन्छ । त्यसमा विभिन्न बिषयसित सम्बन्धित प्राध्यापक प्राध्यापिकाबीच गफ चल्छ 

( बिषय वा प्रसंगले अर्को अर्थ नलागे बिषयक प्राध्यापक अथवा प्राध्यापिका बुझिने छ । )

बाएलोओजी ः(  मासुतिर हेर्दै ) खसीको मासुभन्दा कुखुराको मासु बढी स्वादिलो हुन्छ ,।

बोटनी ः(  मुलामा आँखा गाढी ) पाचनको लागि मुला निकै  राम्रो चीज हो ।

इतिहास ः मानिसहरू पहिला हरेक चीज काँचै खान्थे ।

इंगलिस ः( काँटा चम्चा बजाउँदै ) आज भोलि नेपालमा इंगलिस स्टायलमा भोज खुबाउन थालिएको छ ।

संस्कृति ः(  चिन्तित हुृँदै ) नेपाली संस्कृतिको दुर्गती हुँदै छ । हामीले टेबलमा बसेर होइन चकटीमा चाकल मारेर बसी खानु पर्ने । धोती फेरी, टोपी झिकी, बलो हाली, देउतालाई चढाई खाने चलन पनि हाम्रै हो ।

समाजशास्त्रः  पहाडतिर अझ पनि पुरानो चलन कायमै छ ।

भूगोल  ः मुस्ताङ मनांग जस्ता ठाउँमा ढृुंगा खाए पनि पच्छ ।

अर्थशास्त्र ः  कुनै होटलमा यही चीज खुवाउन परेको भए क्याम्पसको ढाँढ नै भाचिन्थ्यो ।

गृह विज्ञानः  नूत तेल मसालाको मात्रा ठीक मिलेमा मात्र भोजन स्वादिलो हुन्छ ।

कानूनः (  थप्दा भीड बढी घुचाटा घुचट चल्छ  ) लाम लाग्नुहोस् । हरेक कुरामा लाम लाग्नु पर्दछ ।

गणित ः हिसाब शान्तिले एक एकलाई मासु थपिदिउँ ।

साख्यिकी ः१५० जनाले भोज खाँदैछन् । यी मध्ये ५० जना अतिथि , ३० जना खेलाडी, २० जना कर्मचारी र ५० जना प्राध्यापक प्राध्यापिका छन् । पुरुषको संख्या १४० र महिलाको संख्या १० छ । औसत आयु ४३ बर्ष । 

नेपाली ःः अंग्रेजीमा होइन हामीबीच नेपालीमा नै कुराकानी हुँदै छ ।

राजनीति ः भोजमा ठूलो राजनीति घुसेको छ ।

खेलकूद ः  खेलकूद नभएको भए भोज नै हुने थिएन । 

( समाप्त )

(  अणु पत्रिका अंक ७ ,  २५–१०–२०४४ मा प्रकाशित ) 


 

Comments

Popular posts from this blog

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...