( ८१ बर्ष पुग्नु भएका प्रगतिशील कवि युृद्ध प्रसाद मिश्रसित अणुले लिएको अन्तर्बार्ता )
अणु ः प्रगतिशील लेखक संघले के अब देशमा प्रगतिशील आन्दोलन सशक्त रुपमा अघि बढाउन सक्ला ?
मिश्रः प्रलेसको महासंगठनको साथसाथै अर्को प्रतिस्पर्धा ( राष्ट्रिय सांस्कृतिक मंच ) उत्पत्ति भयो । यस्तै अरु पनि उत्पत्ति हृुँदै गए भने प्रगतिशील साहित्य आन्दोलनको भविष्य प्रष्ट छ । आफै बिचार गर्नुहोस् ।
अणु ः प्रगतिशील साहित्यको खास कमजोरी के हो ?
मिश्रः प्रतिक्रियावादीहरूको नियन्त्रणबाट मुक्ति पाउन नसक्नु यसको खास कमजोरी हो ।
अणु यसको बर्तमान स्थिति कस्तो छ ?
मिश्रः मेघालयबाट नेपालीलाई लखेटेको जस्तो छ ।
( प्रस्तुत अन्तर्बार्ता अणु अंक ८ मा ३–११–२०४४ मा प्रकाशित भएको थियो )
?
Comments
Post a Comment