Skip to main content

सवाल सगरमाथाको

 

    

केही समयदेखि नेपालमा चीनले नेपालको भूभाग कब्जा गरेका समाचार आइरहेका छन् । ओली सरकारले यो समाचारलाई सत्य नभएको कुरा बतायो । हाल शेरबहादुर देउवाका पालामा पनि चीनले नेपालको जमीन कब्जा गरेर घरहरू समेत निर्माण गरेको समाचारले प्राथमिकता पाएको छ ।  यस सम्बन्धमा शेरबहादुर देउवाको सरकारले तत्परताकासाथ त्यसको अध्ययन गर्ने टोली बनाएर त्यहाँ पठायो पनि ।

केही बर्ष पहिले चीन  सरकार र मोदी सरकारले नेपालको जमीनबाट नेपालसित कुनै सम्पर्क नराखी भारत र चीनको व्यापारिक मार्ग निर्माण गर्ने सम्झौता गरे । यसको नेपाल सरकारले बिरोध गर्यो ।  नेपालमा त्यसको ठूलो विरोध भयो । 

निश्चित रुपमा आजको चीन माओको चीन होइन । सी जिन पिङको चीन हो । फेरि पनि अहिलेसम्म हामीले मान्दै र जान्दै आएको कुरा हो भारतले जसरी हाम्र्रो भूभागमा एक पछि अर्को कब्जा गर्दै गएको छ त्यसरी चीनले गरेको छैन । हामीले जसरी विस्तारवादी भारतको थिचो मिचो भोग्न परिरहेको छ त्यसरी चीनको थिचो मिचो सहन परेको छैन ।  हस्तक्षेप सहन परेको छैन । 

चीनले नेपालका भूभाग मिच्यो भनेर तराईबाट चीनको चर्को विरोध भएको देखियो । चीनले नेपालको भूभाग मिचेको अवस्थामा तराईबाट पनि सशक्त आवाज उठ्नु राम्रो कुरा हो । स्वागत योग्य कुरा हो । तर तराईबाट मधेसवादी नेता भारतले नेपालका भूभाग मिच्दा वा कब्जा गर्दा सास पनि नकाढ्ने अवस्थामा त्यताबाट चीनले नेपालको जमीन कब्जा गर्यो भनेर त्यसको चर्को बिरोध गर्दा कता कता कतै यो प्रायोजित कुरा त होइन जस्तो पनि लाग्ने । यद्पि यो कुरा पनि साँचो हो भारतले नेपालको भूभाग मिच्दा सबभन्दा बढी तराईका जनता नै पीडित भएका छन् । तराईका जनताले त्यसको मुकाबला पनि गरेका छन् । 

मैले लगभग चार दशक अघि जोधपुर विश्व विद्यायलका प्रोफेसरले नेपाल चीन सम्बन्धमा लेखेको किताब पढेको थिएँ । तिनले त्यस किताबमा लेखेका थिए – चीनले नेपालले जुन जमीन आफ्नो भागमा पर्दछ भन्यो मात्र होइन आवश्यक परे  आफूले दावी गरेको जमीन पनि नेपाललाई छोडिदिएर उससितको सम्बन्धलाई राम्रो पार्ने काम गर्यो । यो  उनको नकारात्मक टिप्पणी नै थियो ।  मैले यसमा केही सत्यता होला भन्ने ठानेको थिएँ । चीनले नेपाललाई फायदा पुग्ने गरी वा नेपाललाई संतोष दिलाउने  गरी सीमा विवाद हल गरेको होला भन्ने ठानेको थिएँ ।

हो मैले उतिबेला चीन र नेपालीबीच सगरमाथाको सवाललाई लिएर ठूला ेविवाद भएको कुरा पढेको थिएँ । हामीले सगरमाथा हाम्रो हो भने पनि चीनले सगरमाथा उसको हो भन्ने दावी गरेको समाचा   पढेको थिएँ । 

हालै मैले एउटा अन्तरबार्तामा कुनै युग नाथ शर्मा पौड्याल भन्ने व्यक्तिले सगरमाथाको विषयमा बोलेको कुरा सुनेको थिएँ । उनको दावी थियो सगरमाथा पुरै हाम्रो हो । चीनको होइन ।  सगरमाथमा   चीनको कुनै अधिकार छैन । उनले भनेको यो कुरा साँचो हो भने राम्रै हो । सगरमाथा पुरै नेपालको हुनु नेपालको लागि ठूलो गौरवको कुरा हो । म चाहन्छु युग नाथ शर्मा पौडेयालको यस दावीमा पुरै सत्यता होस् । यस्तो दाबी गर्ने युग नाथ शर्मा पौड्यालको मुखमा दूध भात जाओस् ।  तर पनि उनले त्यस अन्तवार्तामा व्यक्त गरेका बिचारदेखि म पुरै सहमत हुन सकिनं । मलाई कता कता उनले गफ गरे जस्तो लाग्यो । उनले झूठ बोलेको जस्तो लाग्यो । उनले प्रायोजित कुरा गरेको जस्तो लाग्यो ।   उनले भने सगरमाथा पुरै नेपालका ेहो । यस बारेमा कुरा गर्न वी पी कोइराला र गणेशमान सिंंह चीन पुगेका थिए । चीनमा चाउ एनलाईले सगरमाथा पृुरै चीनको हो भने पछि गणेशमान सिंह आक्रोशित भएर अरु कुराकानी नगरी फर्किने कुरा गरेका थिए । तर वी पी कोइरालाले हामी पाहुना हौं त्यसरी फर्किनु हुँदैन भनेर उनलाई सम्झाएका थिए । पछि उनको माओ त्से तुंगसित भेट भएको थियो.। उनीहरूसित कुरा नमिले पछि वी पी कोेइराला र गणेशमान सिंह सगरमाथाको बारेमा कुनै समझौता नगरी फर्केका थिए । उनले भने जस्तो यस्तो कुरा मैले  प्रथम पल्ट यिनै युग नाथ शर्मा पौड्यालको मुखबाट सुनेको हुँ ।  जब कि मैले सगरमाथा सम्बन्धी कुरा वी पी कोइरालाले चाउ एन लाई र माओ त्से तुंगसित कुृराकानी गरेर हल गरेका ह्ुन् भन्ने मान्यता राख्दै आएको थिएँ ।  सगरमाथाको दक्षिणपट्टिका भाग नेपाल र उत्तरपट्टिको भाग चीन नै भनिएको हो । यी युग नाथ शर्मा पौड्यालले थप अरु कुरा के पनि भने पनि राजा महन्द्रले चीनले भनेको कुरा मानेर सम्झौता गरेका हुन् । सगरमाथा सम्बन्धी चीनसित समझौता वी पी कोइरालाले होइन महेन्द्रले नै गरेका हुन् । 

मैले उहिले नै कलकत्ताबाट निस्किने एउटा अंग्रेजी पत्रिकामा भोला चटर्जीको लेख पढेको थिएँ । भोला चटर्जी नेपाली कांग्रेसका समर्थक र वी पी कोइरालामा मित्र थिए । उनले सगरमाथाको सम्बन्धमा वी पी कोइरालाले चीनसित समझौता गरी त्यस सम्बन्धी समस्या समाधान गरेको कुरा लेखेका थिए । मैले उनले लेखेको लेख आज भन्दा झण्डै पाँच दशक अघि पढेको भए पनि धेरै कुरा मेरो स्म्झना अझ पनि ताजै छन् । भोला चटर्जींले वी पी कोेइराला र माओ त्से तुंगबीच सगरमाथा बारेमा बार्ता र समझौता भएको थियो ।  उनले. लेखेका थिए – चाओ एन लाईसित कुराकानी भए पछि वी पी कोइरालाको भेट माओ त्से तुंगसित गराइएको थियो ।  उनीहरूबीच भएको सम्वाद यस प्रकार थिए –  वी पीले माओलाई भने – म सानो देशबाट आएको मा्रन्छे ।  त्यसको प्रतिक्रियामा माओले. भने – क भयो. त म ठूलो देशको मान्छे । तपाइं सानो देशको मान्छे । यसबाट त झन् तपाइंलाई फायदा छ । तपाइंले हामीलाई कुटे पनि कसैले विश्वास गर्दैन । भन्छ यति ठूलो देशका मान्छेलाई सानो देशको मान्छेले कसरी कुट्यो होला । हामीले तपाइलाई नछोए पनि तपाइंले कुटे भनेमा सबैले विश्वास गर्दछ ।  सानो देशको मान्छेलाई ठूलो देशको मान्छेले अवश्य कुटेको होला भन्दछ । सजिलै विश्वास गर्दछ  ।  त्यस पछि वी पीले भने माउन्ट एभरेष्ट हाम्रो हो । किनकि यसलाई नेपालीमा सगरमाथा भन्दछन् । त्यसको प्रतिकिैयामा माओले भने — माउन्ट एभरेष्ट हाम्रो हो ।  किनकि यसको नाम तिब्बती भाषामा  चोमोलुंंगमा हो । वी पी कोइरालाले भने नेपालको नक्शाले भन्दछ सगरमाथासम्म नेपाल हो । माओ ले भने – चीनको नक्शाले भन्दछ सगरमाथादेखि पाँच किलोमिटर परसम्म चीन हो । एक छिन पछि माओले फेरि भने – ल तपाइकै नक्शाले भनेको कुरा सदर भयो । तपाइको नक्शाले भन्छ  माउन्ट एभरेष्ट नेपालको सीमा हो । माउन्ट एभरेष्ट नेपालको सीमा भो । दक्षिणको भाग नेपालको भयो. । उत्तरतिरको भाग चीनका भयो. । यसको चुृचुरो नेपाल चीनको मितेरीको चुचुरो भयो. । भोला चटर्जीको भनाइ अनृुसार वी पी कोइरालाले नै सगरमाथाको समस्या समाधान गरेका थिए । चीनसित सगरमाथा सम्बन्धी सम्झौता गरेका थिए । तर युग नाथ शर्मा पौड्यालको भनाइ अनुसार राजा महेन्द्रले चीनसित समझौता गरेका थिए । सगरमाथा पृुरै नेपालको हो भन्नृ हाम्रो. दावी छोडिदिएका थिए । वी पी को दावी छोडिदिएका थिए ।  यसको अर्थ हो महेन्द्रले सगरमाथा सम्बन्धमा राष्ट्रघात गरेका थिए । सगरमाथाको खास अवस्था के हो यस बारे अध्ययन अनुसन्धान गरिनु राम्रो कुरा हो । सगरमाथाको सम्बन्धमा चीनसित गलत सम्झौता गरिएको रहेछ भन्ने त्यसलाई सच्चाउने प्रयास गर्नु पनि आवश्यक र उचित  कुरा नै हो । तर आरोपको लागि आरोप लगाउनवृु ठीक होइन । असत्य कृुरा गर्नु ठीक होइन ।  यदि वी पी कोइरालाले गरे पनि राजा महेन्द्रले गरे पनि चीनसित  गरेको सगरमाथा सम्ँबन्धी समझौता उचित र न्यायसंगत  छ भने त्यसमा आपत्ति जनाउनृुको कुनै अर्थ छैन । अहिलेसम्म दक्षिणतिर सगरमाथा आरोहण गर्नेहरूले  नेपाल सरकारको अनुमति लिने गरेका छन् भने उत्तरबाट सगरमाथा आरोहण गर्नेहहरूले चीन सरकारबाट अनुमति लिने गरेका छन् । यतिबेला सगरमाथाको सवाललाई लिएर चीन र नेपालबीच कुनै झै झगडा भएको जस्तो देखिन्न । गरेका जस्तो देखिन्न । 

निश्चित रुपमा भारतले नेपालको कालापानी लिम्पियाधुरा र लिपुलेक कब्जा गरेको छ । त्यति मात्र होइन उसले सुस्ता लगायत ७१ भन्दा बढी ठाउँमा सीमा अतिक्रमण गरेको छ । नेपालको भूभाग मिेचेको छ । यसको विरोध मधेसवादी दलहरूले पनि दह्रो रुपल ेगर्नु पर्ने देखिन्छ । यसको विरोध कांग्रेसले पनि दह्रो रुपले गर्नु पर्ने देखिन्छ । चीनले मिचेको भनिएमा वा पाइएमा मधेसवादी दल वा नेता कराउन थाल्ने तर भारतले मिच्यो भनिएमा वा पाइएमा मुख सिलाएर बस्ने प्रबुत्ति गलत  हो । सीमा अतिक्रमण चीनले गरे पनि त्यसको कडा विरोध गर्नु र भारतले मिचे पनि त्यसका कडा विरोध गर्नुृ हरेक देशभक्त नेपालीको कर्तव्य हो  राष्ट्रको हक र हितमा बोल्नु हरेक राष्ट्रवादी नेपालीको काम कर्तव्य र अधिकार हो ।

यहाँ नेर भन्नै पर्ने कुरा के छ भने चीन होस् वा भारत आफ्नो सीमाप्रति सचेत र सजग देखिन्छन् । तर नेपाल सरकार सीमा रक्षाको लागि कुनै दिलचस्ती लिदैन । चासो देखाउँदैन । आफ्नो सीमा स्तम्भको खोज तलाश पनि गर्दैन ।  सरकार र कर्मचारी समेत पैसामा बिकेर सीमा अतिक्रमणप्रति आँखा चिम्लेका हुन्छन् । हाम्रो सरकारको सीमा क्षेत्रमा कुनै दह्रो र भरपर्दो उपस्थिति नै छैन । सरकारको ध्यान सीमा रक्षाप्रतिभन्दा पनि क्ुर्सी रक्षाप्रति केन्द्रित भएको देखिन्छ । देश रहे पो कुृसी पनि सुरीक्षत रहला ।  

१६–६– २०७८    


    



Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा