Skip to main content

शंकरमानसितको झडप

 


हुन त यस विषयमा कलम चलाउने मेरो कुनै उद्देश्य वा योजना थिएन । सोंच थिएन । तर  कहिले आफूले नसोचेको विषय पनि लेखको  विषय बन्दछ । आफूले  कहिले  नसोचेको विषयमा पनि कलम चलाइन्छ । यस लेखको सम्बन्धमा यस्तै भएको छ ।  पटक पटक मेरा मित्र ऋषिराम भुसालले म त साह नि को प्रसंग उठाइरहेको र हालसालै भेट हुँदा पनि उनले यस प्रसंगलाई कोट्याएको हुँदा  यस विषयमा पनि कलम चलाउने सोंच मेरो बन्यो । त्यसैको परिणाम यो लेख हो । 

म जब योगीकुटीतिर निस्किन तालिम केन्द्रको आड  हुँदै  कालिकानगरको बाटो हिंड्छु त्यहाँ एकजना  चिर परिचित व्यक्तिको नाम रहेको पथ जाने संकेतको  बोर्ड राखेको बाटो देख्दछु । त्यस बाटो वा पथतिर मेरो नजर पर्दछ ।  त्यो पथ हो शंकरमान पथ ।  शंकरमान पथ देख्नासाथ मेरो मनमा अनेक कुरा खेल्न थाल्दछन् । मेरो अगाडि एउटा सिंगो इतिहास उपस्थित भए जस्तो लाग्दछ । 

मेरो वा हाम्रो शंकरमान श्रेष्ठसित पहिलो र अन्तिम भेट राजमार्ग चौराहामा भएको थियो । त्यतिबेला म भैरहवा बहुमुखी क्याम्पसमा पढाउँथे । भैरहवामा नै बस्दथें ।  कुनि के कामका लागि म र केशव घिमिरे बुटबल आएका थियौं । बुटबलमा साथीहरूले हामीलाई बुटबलमा बस्ने आग्रह गरे पनि हामी जसरी भए पनि राजमार्ग चौराहामा आएर जुनसुकै गाडी पाए पनि त्यसलाई राकेर भैरहवामा नै फर्किने सुरमा थियौं । 

काठमाण्डौबाट भैरहवा क्याम्पसमा इतिहास संस्कृति विषयको प्राध्यापकको पदमा जागिर पाएर आफ्नो घर छोडेर भैरहवा आएका थिए केशव घिमिरे । उनी पत्रकार रोचक घिमिरेका भाइ थिए । उनको विबाह धनगढीतिर भएको थियो ।  भैरहवा क्याम्पसमा अध्यापन गर्दा केशव घिमिरे मेरा आत्मीय साथी भएका थिए । हामी छुट्टीको बेलामा ठाउँ ठाउँमा घुम्दथ्यौं र खुब गफ गर्दथ्यौं । अचम्भको कुरा त के थियो भने जति गफ गरे पनि हाम्रा गफ कहिले सकिन्नथे । 

केशव घिमिरे र म  बुटबलबाट फर्किन थाल्दा निकै रात परिसकेको थियो । लगभग ११ बज्न थालेको थियो । त्यतिबेला बुटबल भैरहवामा चल्ने नियमित बस पाउन गाह्रो थियो ।  यसैले हामीले भैरहवा सुनौलीतिर जाने कुनै लामो दूरीका बस ट्रक वा जुनसुक्रै गाडी नामको चीज देखे त्यसलाई रोकेर लिफ्ट माग्ने पक्षमा थियौं ।  हामी चौराहामा खडा भएर भैरहवातिर तेर्सिन थालेका गाडीलाई हात दिएर धमाधम रोक्ने प्रयास गरिरहेका थियौं । तर कुनै पनि गाडी हामीले हात दिएर रोकिएको थिएन । यसैबीचमा अचानक एउटा जीप रोकियो । हामी निकै खुशी भयौं ।  कम्तीमा एउटा गाडीले हाम्रो मर्म बुृझ्यौ जस्तो लाग्यो हामीलाई । 

रोकिएको गाडीबाट चार पाँच जना व्यक्ति ओर्लिए र हाम्रो कुनै वास्ता नगरी पान पसलतिर लागे । म र कशव घिमिरे उनीहरू गएको पान पसलतिर लाग्यौं ।  लिफ्ट माग्दा उनीहरू भैरहवातिर जाने होइन रहेनछन् भन्ने कुरा थाहा लाग्यो । कुरो बुझे पछि म फेरि हाई वेमा आएर भैरहवातिर जान थालेका गाडी रोक्न खोज्दै थिएँ । केशव घिमिरे म भएतिर नआए पछि र उतै कुरा गरिरहेको देखेर फेरि फर्केर पान पसलतिर गएँ । त्यहाँ त केशव घिमिरे र गाडीबाला  व्यक्तिबीच भनाभन भइरहेका रहेछ ।  कुरा के परेछ भने गाडीबालाले हाम्रो गाडी रोक्ने त मुृर्ख रहेछस् भनेछ । केशव घिमिरेले म मुर्ख हो भने तँ महामुर्ख होस् भनेछन् । त्यस मान्छेले फेरि मेरो गाडी रोक्ने तँ उल्लु होस्  भनेछ । केशव घिमिरेले म उल्लु हुँ भने तँ महाउल्लु होस् भनेछन् । यसरी दुई जनाबीच झगडा हुँदा गाडीबालाले केशव घिमिरेमाथि हात हाल्छ कि भन्ने शंकाले मैले उल्टै केशव घिमिरेलाई  हाई वे तिर तान्दै हप्काए जस्तै गरी भने – तँपाईले व्यर्थमा  किन झै झगडा गर्न खोजेको ?

मैले केशव घिमिरेलाई जोगाउन तानेर वारि ल्याएको १ मिनट पनि न हुँदे त्यो  गाडीबाला फेरि वारि आएर केशव घिमिरेसित झगडा गर्दै भन्यो – मलाई महामुर्ख भन्ने मलाई महा उल्लु भन्ने तँ को होस् । केशव घिमिरेले त्यसको जबाब दिंदै भने मेरो नाम केशव घिमिरे हो । म भैरहवा बहुमुखी क्याम्पसको लेक्चरर हुँ ।  केशव घिमिरेले आफ्नो परिचय दिंदा पनि गाडीबालाले उनलाई गन्दै गनेन । पिट्ला जस्तो गर्न थाल्यो । हात छोड्ला जस्तो गर्न थाल्यौं ।  मैले उनलाई बचाउन तानेर छुट्टाउन खोजें । उनलाई छुट्टाउन थाल्दा गाडीबाला मतिर खनियो र मेरो पनि परिचय खोज्यो  । मैले भनें  म पनि भैरहवा क्याम्पसको लेक्चरर हुुँ । उसले फेरि मेरो नाम सोध्यो ।  मेले मेरो नाम दिल साहनी हो भने । उसले मेरो नाम दिल साह नि जस्तो सुनेछ । अर्थात दिल शाह नि जस्तो सुनेछ ।  मेरो नामको उसलाई यति छिटो सकारात्मक प्रभाव पर्यो कि उसले मलाई अंगालो हाल्दै भन्यो – ओ हो तपाइं शाह  । बाबु साहेव  । तपाइ त राजा साहेव पर्नु भयो । राजै तपाइको छ । उसले मलाई साहनी नठानेर शाह नि भने जस्तो ठानेर राजा साहेबको पगडी गुथाइदिएको कुराको चित्त त बुझेको थिएन । म उसलाई शाह हाइन । साहनी हुँ भन्न पनि चाहन्थें । तर उसले साहनी लाई शाह नि बुझ्दा मारपिटमा उत्रिन थालेको मुद्दा सजिलै झिसमिस हुन्छ भने मैले  किन आफ्नोे जात थर बारे खुलस्त पार्न पर्यो जस्तो लाग्यो मलाई  ।  यसैले चाहेर पनि आफ्नो जात थर सच्चाउन पट्टि नलागेर म चुप रहें । चुप रहनमा नै हाम्रो कल्याण संझें ।  यो उही महाभारतको नरो वा कुन्दरो हताहतको कुरो जस्तो भयो ।  त्यस पछि गाडीबालाले आफ्नो परिचयको गाँठो खोल्दै भन्यो –  तपाईहरूले अवश्य पनि मेरो नाम सुनेको हुनुपर्दछ । म र्शंकरमान श्रेष्ठ हुँ । दीपक बोहोरा त मेरो चेलो हो । म कसैको गाली गलौज सुन्न सक्ने मान्छे होइन । मुखभन्दा मेरो हात चल्ने मान्छे हुँ । म भन्न सक्दिन आज मैले किन मुख चलाउन छोडेर हात चलाउन पट्टि लागिन । जे भएछ राम्रै भएछ । मेरा यति धेरै साथीहरूको बीचमा तपाईले मलाई महामुर्ख महाउल्लु भन्दा पनि हात नछोडेकोमा म आफै आश्चर्यमा परिरहेको छु । मैले तपाईमाथि हात नउठाएर धेरै राम्रो काम गरेछु । असल काम गरेछु ।

गाडीबालाले आफ्नो नाम शंकरमान श्रेष्ठ भन्नासाथ मेरो अगाडि शंकरमान श्रेष्ठको इतिहास खडा हुन पुग्यो ।  मैले शंकरमान श्रेष्ठको नाम पोखराको पी एन क्याम्पसमा अध्यापन गर्ने बेलादेखि सुन्दै आएको थिएँ ।  पंचायतकालको बेला थियो ।  त्यतिबेला पी एन क्याम्पसमा नेवी संघ र अखिलबीच कुटाकृुट चलिरहेको थियो ।  ठूलो लडाई चलिरहेको थियो । अखिल नेवी संघलाई देखेी नसहने अवस्था थियो । त्यसरी नै नेवी संघ अखिलाई देखी नसहने अवस्था थियो ।  मैले सुनेको थिएँ नेवी  संघले अखिललाई कुटाउन स्याञ्जाबाट शंकरमान श्रेष्ठलाई समेत ल्याएका छन् । त्यसरी नै बुटबलमा पनि शंकरमान श्रेष्ठको बारमा सुनेको थिएँ यिनले दिउँसै पाल्पातिर बस रोकेर लुटेका थिए ।  उनले दिउँसै बस लुटेको कुरा कत्तिको साँचो हो त्यस बारे मैले कुनै खोध खोज भने गरेको थिइनं । छैन ।  जे होस् , शंकर श्रेष्ठ चानचुने व्यक्ति होइन भन्ने कुरा साँचो हो । ऊ खतरनाक व्यक्ति हो भन्ने कुरा पनि साँचो हो ।  कु्रा जे भए पनि , मेरो साहनी थरलाई उसले. शाह नि बुझिदिंदा त्यस दिनका दृुखान्तमा समाप्त हुन थालेको यथार्थ  नाटक पनि एक्कासी सुखात्मक हुन पुग्यो । ह्यापी एन्डिङ हृन पुग्यो । कहिलेकार्ही कसैले सही कुरालाई गलत बुझिदिंदा पनि राम्रै हुँदोरहेछ ।  कहिलेकार्ही गल्तीलाई गल्ती नै रहन दिएर सच्चाउनपट्टि नलागि आफू चुप रहिदिंदा पनि ठीकै हुँदोरहेछ । यसैमा हामी सबैको कल्याण रहेछ । 

४–३–२०७९


 


  

Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...