Skip to main content

निन्दकहरूको सही परिचालन

 



 

कतिबला मान्छको गलत सोंच नै उसको दुृश्मन बनेको हुन सक्दछ । यसैले पनि हामीले आफ्नो सोचलाई पनि परिवर्तन गर्नु पर्ने आवश्यता पर्दछ । हामीले हाम्रै फायदाको लागि पनि हाम्रो सोंचमा परिवर्तन ल्याउन आवश्यक पर्दछ । 

हामीले जहिले पनि राम्रा मान्छेहरूले मात्र राम्रा काम गरेको कुरा सोंच्दछौं । हामी कहिले यो कुृरा सोच्दैनौं कि नराम्रा मान्छेले  पनि राम्रा काम गर्न सक्दछन् । नराम्रा मान्छेले पनि राम्रा काम गरेका छन् ।  खराब मान्छोमा पनि असल गुण हुन सक्दछ । रत्नाकार डाँकुको नाम हो । रत्नाकार  हत्यारा तथा लुटेराको नाम हो । तर रत्नाकार डाँकु पछि ठूला कवि भए । बाल्मिकी भए । रामायणका लेखक बने । सम्मानीत व्यक्तित्व बने । पुजनीय व्यक्ति बने । 

रावण खराब मान्छे थिए । अझ राक्षस थिए । तर उनले सीतालाई अपहरण गरे पनि ससम्मान राखे । सुरक्षित राखे । महिलाहरूकै संरक्षणमा राखे ।  रावण रामका दुश्मन थिए । तर रामले लक्ष्मणलाई भने जाऊ मृत्युको मुखमा पुगेका रावणबाट ज्ञान गुण तथा शिक्षाका कुरा लिएर आऊ । रावण खराब मान्छे थिए । तर उनले  सुनको लंका बनाएका थिए ।  उनले दूधका नदी बगाउने लक्ष्य लिएका थिए । उनले स्वर्गमा जान सकिने लिस्नो बनाउने लक्ष्य लिएका थिए । 

दुर्योधन खराब मान्छे थिए । तर उनले उपेक्षित कर्णलाई एउटा राज्य दिएर उनको सम्मान बढाइदिएका थिए  ।  एउटा राजाको मान सम्मान दिएका थिए ।   कर्णलाई जुन सम्मान पाण्डवले दिन सकेनन् त्यो सम्मान दुर्याधनले दिए । दुर्योधनले कर्णको शक्ति र योग्यताको पहिचान गरेका थिए । त्यसको उचित र आवश्यक मूल्याँकन गरेका थिए । 

अंगुलीमाला खुँखार डाँकु थिए । उनको नाम सुन्न बित्तिकै मान्छेहरू आतंकित हुन्थे । उनको सामुन्ने खडा हुने र दुई शब्द उच्चाहरण गर्न सक्ने हिम्मत कसैको पनि हुने थिएन । यिनै व्यक्ति पछि  ब्ुद्धको शरणमा गए । धर्मको शरणमा गए । बुद्धका चेला भए । खराब मान्छेबाट असल मान्छेमा परिणत भए । रुपान्तर भए । खुँखार डाँकुबाट भिक्षु भए । 

जगबहादुर खराब मान्छे थिए । कोतपर्वका नायक वा खलनायक थिए ।  कार्ल माक्र्सका शब्दमा उनी अग्रेजका चौकीदार (   बाच डग अफ ब्रिटिश इम्पाएर ) थिए । तर यिनले अंग्रेजको चाकरी बजाएर भए पनि उनीहरूलाई खुशी पारेर भए पनि नयाँ मुलुक कैलाली कंचनपुर बाँके बर्दिया फर्काएका थिए ।  फिर्ता गराएका थिए । जंगबहादुर खराब मान्छे थिए । तर उनले आफ्ना श्रीमतीहरूलाई बनेका थिए उनी मरे भने कुनै पनि उनकी श्रीमतीहरू सती नजाउन्् । सति जान पर्दैन । तर पनि गर्भबती श्रीमती बाहेक सबै श्रीमती सति गए ।  वास्तवमा सती प्रथाको बिरोध गर्नु ठूलो साहसको कार्य थियो । क्रान्तिकारी बिचार थियो । जंगबहादुर खराब मान्छे थिए तर नेपालमा छापाखाना ल्याउने पहिलो व्यक्ति यिनै थिए । गिद्धे  छापाखाना स्थापना गर्ने व्यक्ति जंगबहादुर नै थिए ।  जंगबहादुर खराब व्यक्ति थिए तर नेपालमा लिखित ऐन चाहिन्छ भनेर मुलुकी ऐन ल्याउने व्यक्ति यिनै थिए । जंगबहादुर खराब व्यक्ति थिए तर नेपालमा चीनबाट विरुवा मगाएर चियाको खेती शुरु गराउने यिनै व्यक्ति थिए । जंगबहादुर खराब व्यक्ति थिए तर बेलायत जाँदा मलाई भारतका राजा रजौटाको जस्तो होइन एउटा स्वतन्त्र राज्यको प्रतिनिधिको दर्जा दिएर त्यस  अनुरुपको मान सम्पान नगर्ने भए  बेलायत जाँदिन भनेका थिए ।  अंग्रेज खराब थिए । लुटाहा थिए । मिचाहा थिए । बर्बर थिए । तर उनीहरू पाँच सय राजा भएको देशलाई एउटा भारत देश बनाए । आफनै स्वार्थका लागि भए पनि  भारतमा यातायातको जाल बिछाइदिए । दार्जीलिङ जस्तो पहाडी बाटोमा पनि रेल दगुराइदिए । हाफलुङ जस्तो पहाडी जिल्लामा पनि सुरुङ खनेर भए पनि रेल पुराइदिए ।  राणाहरू दुष्ट शासक थिए । तर उनीहरू अनेक सिंहदरबार बनाए जहाँ अहिले पनि नेपाल सरकारका कार्यालय धान्ने भवन भइदिएका छन् । सिंहदरबार जल्दा भारतको पत्रिका दिनमानले लेखेको थियो – सिंहदरबार इतना विशाल था कि उसके सामने अमेरिकी राष्ट्रपति भवन एक झोपडी सा लगता था । राणाहरु खराब शासक थिए । तर यिनीहरूकै पालामा नेपालमा सतिप्रथा हटेको थियो । यिनीहरूकै पालामा दास प्रथाको उन्मूलन भएको थियो ।  चन्द्र शमशेरल दास प्रथा उन्मुलन गरेका थिए ।  राणाहरूकै पालामा बिराटनगर जुट मिल बनेको थियो ।  कल कारखाना खुल्न थालेका थिए । 

यसैले खराब मान्छेबाट पनि राम्रो काम हुृन सक्दछ भन्ने कुरालाई पुष्टि गर्दछ । त्यही भएर कसैले पनि राम्रा मान्छे पाएँ भनेर खराब मान्छेलाई उपेक्षा गर्न हुँदैन । कुनै बेला खराब मान्छे पनि आफ्नो लागि राम्रो मान्छे बनिदिएका हुृन सक्दछन् । उनले राम्रो काम गरिदिएका हुृन सक्दछन् । यसैले नेपालीमा उखान बनेको छ आची पुछेर फालेको काठ पनि काम लाग्न सक्दछ ।  

यही भएर नै हिन्दीका प्रसिद्ध सन्त कवि रहिम दासले भनेका छन् – 

रहिमन  देखि बडेन को, लघु न दीजिए डारि ।

जहाँ काम आवे सुई, कहा  करै तरवारि  ।।

सन्त कवि रहिम दासको भनाइ के छ भने हामीले ठूला मान्छेलाई पायौ ंभनेर साना मान्छेलाई हेला गर्नु हुँदैन । उपेक्षा गर्नु हुँदैन ।  उनीहरूप्रति छी छी र दुर दुरको भावना राख्नु हुँदैन ।  किनभने  तलबारले गर्न नसकेको काम एउटा सियोले गर्न सक्दछ । ल्गा फाटा सिलउन पर्यो भने  हामीलाई चाहिने कुरा आखिर सियो नै हो तलबार होइन । सियोले नै लुगा सिलाउन सक्दछ । तलबारले हामी लुगा सिलाउन सक्दैनौं ।  लुगा सिलाउन आखिर हामीलाई अनिवार्यत सियोको नै आवश्यकता पर्दछ ।

हामीले हाम्रो प्रशंसा गर्ने मान्छेलाई निकै मन पार्दछांैं । रुचाउँछौ. । उसको निकै ठूलो स्वागत  गर्दछौं । उसको ठूलो खातिर गर्दछौं । उसको आदर सत्कार गर्दछौं । उसको मान मर्यादा गर्दछा्रै. । उसलाई पुरस्कार वा कोशेली दिन पनि पछि पर्दैनौं । तर जसले हाम्रो आलोचना गर्दछ उसलाई हामी गाली मात्र गर्दैनौं सकेसम्म सात डाँडा कटाउने गरी लखेट्न खोज्दछौं । समाजबाट वहिस्कार गर्दछौं ।  देश निकाला गर्दछौं । काला पानी वा साइबेरिया पठाउँछौ । जेल नेल गर्दछा्रैं । तर सन्त कति कबीर दासले भनेका छन् त्यस्ता हाम्रो निन्दा गर्ने वा हाम्रो विरुद्धमा विष बमन गर्ने मान्छेलाई टाढा टाढा लखेटेने हुँदैन ।  उनलाई त  आफ्नै घर आँगनमा कुटी बनाइदिएर राख्न्ु पर्र्दछ । त्यहाँ बस्न आग्रह गर्नु पर्दछ । यस कारण कि  उनको दिन दिनै  र छिन छिनैको निन्दा वा आलोचनाले हामी गंगा जल जस्तै पवित्र हृुन सक्दछौं । हामीभित्र थुप्रिएको फोहोर मैलो हामीमै थुप्रिएर रहँदैन । बस्दैन । हामीमा रहे भएको फोहोर मैला बिना साबुन पानी पखालिएर शुद्ध हुन्छ । चोखो हुन्छ । निर्मल हुन्छ । कंंचन हुन्छ । कवि कवीर दास भन्दछन्े–

निंदक नियरे राखिए, आँगन कुटी छवाय  ।

बिन पानी, साबुन बिना निर्मल करे सुभाय ।।

यसबाट के प्रष्ट हुन्छ भने हाम्रो निन्दा भत्र्सना गनैृ व्यक्ति हाम्रो दुश्मन होइन । बरु ऊ हामीमा भएको फोहेोर मैला फालिदिने निकाय हो । केन्द्र हो ।  हेडक्वाटर हो ।  यस्ता हाम्रो आलोचना गर्ने वा हाम्रो निन्दा गर्ने हेडक्वाटरलाई आफ्नो आँगनमा छप्रो हालेर राखेर मात्र नपुग्न सक्दछ । प्रयाप्त नहुन सक्दछ ।  सकिन्छ भने हामीले घर घरमा मात्र होइन गौडा गौंडामा पनि हाम्रो निन्दा गर्ने व्यक्तिलाई तैनाथ गर्न सक्नु पर्दछ । हामीले हाम्रो निन्दा भ्रत्सना गर्ने व्यक्तिहरूको एउटा पल्टनै खडा गर्नु पर्दछ । 

जे होस्, हामीले हाम्रो निन्दा भ्रत्सना गर्ने व्यक्तिलाई अब खराब 

उप्रान्त खराब मान्छेको सूचिमा होइन राम्रै मान्छेको सूचिमा राख्दा 

पनि राम्रै हुन्छ । 


२६–२–२०७९





Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...