Skip to main content

बालन शाहको शक्तिको स्रोत



 

 

यतिबेला नेपालको राजनीतिको चर्चाको शिखरमा छन् काठमाण्डौका मेयर बालन शाह । उनी पहिले पनि चर्चित व्यक्ति हुन् । ठूला ठूला पार्टीका उम्मेदबारलाई पछारेर काठमाण्डौ महानगरपालिकाको मेयरमा विजयी बने पछि बालेन शाहको चौतर्फी चर्चा हुनु स्वभाविक हो । उनी यतिबेला नेपाली राजनीतिका  बहुचर्चाका विषय बनेका छन् । व्यक्ति बनेका छन् । केन्द्र बनेका छन् । बास्तवमा ठूला ठूला पार्टीका उम्मेदवारलाई पछारेर मेयर पदमा विजयी हुनु चानचुने कुरा होइन पनि । थिएन पनि । बालेन शाहमा अद्भुत क्षमता भएर नै उनी विजयी भएका हुन् ।  हुन त कुनै पनि व्यक्ति बिजयी  एक  दुई कारणले मात्र बन्दैन । यसका अनेक कारणमध्ये एउटा कारण पार्टीप्रतिको जन आक्रोश पनि हुन सक्दछ । कारण जे भए पनि बालेन शाह यतिबला काठमाण्डौ महानगरपालिकाको मेयर पदमा शानदार रुपमा विजयी बनेका छन् । सत्य कुरा यही हो । 

विहानीले दिनको संकेत गर्दछ भने जस्तै उनले सर्वप्रथम बैठकलाई पारदर्शी बनाउने र काठमाण्डौको फोहोर व्यवस्थापनको समस्यालाई हल गर्ने दिशातिर पाइला चालेका छन् । यिनको काम गर्ने शैली पनि राम्रो र प्रभावकारी नै देखिन्छ । आकर्षक नै देखिन्छ । स्टक्चरल इंजिनियरिंङमा मास्टर गरेका बालेन शाह शहरको विकास बारे अनभिज्ञ छन् भन्न सकिन्न । उनको विकासको कुनै विजन  छैन भन्न सकिन्न । उनीसित विकासको योजना तथा नीति छैन पनि भन्न सकिन्न ।  तर पनि हुन त उनी फगत एउटा व्यक्ति ।  जसको कुनै जन आधार छैन । जनताले त उनलाई जिताएर पठाइदिए ।  त्योभन्दा बढी जनताले उनको सहयोग गर्नं सक्ने कुरा हुँदैन भन्दा पनि हुन्छ एक अर्थमा । त्यसैले उनले कसरी  आफ्नो योजना वा परिकल्पना लागू गर्न सक्लान् भन्ने प्रश्न उठ्नु गलत कुरा होइन । दलका उम्मेदबार विजयी भएमा पुरै दल आफ्ना प्रतिनिधिको पक्षमा काम गरिरहेको हुन्छ । यस्ता पदाधिकारीका पछि सिंगो पार्टी लागेको हुन्छ ।  फेरि कर्मचारीमा पनि पार्टीकै पकड हुन्छ । बालेन शाहलाई यो सुविधा उपलब्ध हुन संभव छैन । यसैले लोकप्रिय अत्यधिक मतबाट मेयर पदमा विजयी बनेका बालेन शाहलाई काम गर्न सजिलो छैन । उनका अगाडि चुनौती नै चुनौतीका पहाड खडा छन् । उनले यिनी चुनौतीको सामना गर्दै अघि बढ्नु पर्ने हुन्छ । 

हिन्दीमा एउटा उखान छ जसका कोही नहीं होता उसका खुदा होता है । बालेन शाहका पछि उनको पार्टी छैन । उनका पछाडि झोले कायंकर्ता छैनन् । उनका आफ्ना कर्मचारी छैनन् । छन् त  केवल उनलाई भोट दिने मतदाता । मतदाताले उनलाई साथ दिने भनेको पाँच बर्षमा एक दिन हो । एक दिनमा पनि एक घण्टा हो । एक घण्टामा पनि एक मिनट मात्र । मतपत्रमा छाप लगाएर मत पेटिकामा खसाल्ने बेलासम्म । अरु बेला त जे  गर्नु छ आफ्नै बल बुता र बुद्धिको बलमा गर्नु पर्ने हुन्छ ।  आफ्नै क्षमताको भरमा गर्नु पर्ने हुन्छ ।  आफ्नै कला र सीपको भरमा गर्नु पर्ने हुन्छ ।

बालेन शाहको अगाडि यतिबेला दुईबटा बिकल्प छन् । एउटा विकल्प हो कुनै एउटा आफूलाई मन परेको वा आफूले रोजेको पार्टीको पुच्छर समात्नु । अर्थात  कुनै एक चलेको पार्टीमा प्रवेश गर्नु  । कुनै एक पार्टीको अबीर लगाउनृु । टिका लगाउनृु । माला लगाउनृ । सिन्दुर पहिरिनु । काग्रेसमा प्रवेश गर्नु । एमालेमा प्रवेश गर्नु । माओवादीमा प्रवेश गर्नु । राप्रपामा प्रवेश गर्नु । आदि इत्यादि । अर्को बिकल्प हो कुनै पार्टीमा प्रवेश नगर्नु । कुनै पार्टीलाई नचिडाउनु । सबै पार्टीप्रति समदुरीको सिद्धान्तलाई अनुशरण गर्नु । कसैको नभए पनि सबैको भएको अनुभूति दिनु । यथार्थ अभिनय गर्नृु ।  अरु केही नभए पनि सबैको आर्शीवाद लिनु । यसो गरेमा कसैको नभएर पनि सबैको भएर काम गर्न सकिन्छ ।  उसरी उनी आफै एउटा नयाँ पार्टी पनि गठन गर्न सक्दछन् ।

बालेनका विजयले के कुरा पुनर प्रमाणित गर्यो कि चुनाव जित्नलाई दल चाहिदो रहेनछ । हुन त हाम्रो देशमा बहुदल र निर्दलबीच चुनाव.हुँदा दलले होइन निर्दलले विजय हासिल  गरेको थियो । निर्दल भनेको दलको प्रयायवाची शक्द होइन । विपरीतार्थक शब्द हो । जे होस्, बिगतले के बताउँछ भने हाम्रो देश भनेको दलले शासन गर्ने देश होइन । निर्दलले शासन गर्ने देश हो । त्यसैले त राणाहरूले कुनै दल बिना १०३ बर्ष नेपालमा राज गरे । एक छत्र राज गरे । बीचमा कुनि कसरी दल देखा परे । ईदको चाँद जस्तै । तर राजा महेन्द्रले दल यो देशको हावा पानी र माटो सुहाउँदो व्यवस्था होइन भनेर  बी पी नेतृत्वको दुई तिहाई भन्दा बढी मत ल्याएको सरकारलाई एक गास बनाइदिएका थिए । कराप झ्याप बनाइदिएका थिए ।  मुलकमा दल बिना नै शासन सत्ता चलाइदिएका थिए । त्या पनि एक दिन दुई दिन वा एक बर्ष दुई बर्षसम्म हो र पुरै तीस बर्षसम्म । बाह्र बर्षमा त खोला पनि फर्किन्छ भन्छन् । ०७ सालमा बल्ल बल्ल आएको बहुदल निर्दलीय पंचायती राजमा स्वतन्त्रतापूर्वक ३० बर्षसम्म चल्यो । तीन दशकसम्म चल्यो ।  बीचमा मृुलुकको दलको शासन रह्यो । दलको शासन भनेको एउटा पार्टीको शासन हो रहेछ । एउटा परिवारको शासन हो रहेछ । एउटा गुटको शासन हो रहेछ । एउटा व्यक्तिको शासन हो रहेछ । बहुदलमा पनि निर्दल हुँदो रहेछ ।  यसैको उपज हृुन बालेन शाह ।  नेपालको इतिहासमा बालन शाहको उदयलाई जंग बहादुरको उदयको रुपमा हेर्न नसकिने त होइन । बुझ्न नसकिने त होइन । तर दुबैको युग र शिक्षा दीक्षा फरक भएको हुँदा बालन शाहलाई जंगबहादुरसित तुलना गर्नु मुर्खता हुन्छ होला ।  कहाँका अनपढ अंगुठा छाप  जंगबहादुर कहाँका इंजिनियरिङमा मास्टर गरेका पढालेखा बालेन शाह ।  कहाँका बन्दुकको बलमा सत्तामा पुगेका बाहुबली जंगबहादुर । कहाँ जनमतको आधारमा शक्तिमा पुगेका बालेन शाह । कहाँ सिंगो नेपालका शासक जंगबहादुर । कहाँ काठमाण्डौ महानगरपालिकाका मात्र मयर । यी दृुई व्यक्तिको बीचमा आकाश पातालको फरक हुने नै भयो । 

जे होस्, बालेन शाहले यतिबेला सबैको मन जित्न सकेका छन् ।  समर्थको पनि मन जितेका छन् ।  बिरोधीको पनि मन जितेका छन् ।  दलको पनि मन जितेका छन् । निर्दलको पनि मन जितेका छन् । उनी ज्ञानेन्द्र शाहको अगाडि उभिएर फोटो खिचे भने राजावादी जस्ता देखिन्छन् । वास्तवमा उनको उत्पति पनि राजदरबार कै छेउछाउमा भएको रहछ । यसैले त्यसको केही न केही प्रभाव त उनमा पर्ने नै भयो । आखिर धरतीबाट अनन्त माइल टाढा रहका नौ ग्रहको प्रभाव यस धरतीका प्राणीहरूमा पर्न सक्दछ भने  दरबारका छेउछाउमा जन्मेका हुर्केका बालन शाहमा दरबारको प्रभाव पर्ने नै भयो । यो. अस्वाभाविक कुरा होइन । अनहोनी क्ुरा होइन । यिनले के पीको अगाडि उभिएर फोटो खिचे भने  यिनी दुरुस्त एमाले एमाले जस्ता देखिन्छन् । फेरि यिनले शेरबहादुर देउवाको अगाडि उभिएर फोटो खिचे भने यिनी काटीकुटी कांग्रेस कांग्रेस जस्ता देखिन्छन् । फेरि यिनले चिटिक्क लुगा लगाएर कमरेड प्रचण्डको अगाडि उभिएर एउटा फोटो खिचाए भने यिनी दुृरुस्त माओवादी माओवादी जस्ता देखिन्छन् ।  बास्तवमा यतिबेला बालेन शाह ५२ पत्तीका ५३ खेल जस्ता देखिन्छन् । तासका जोकर जस्ता पनि दखिन्छन् ।  ईटामा राख्दा ईटा जस्ता । पानमा राख्दा पान जस्ता । चिडियामा राख्दा चिडिया जस्ता । हुकुममा राख्दा हुकुम जस्ता ।  हुन त तासको जोकर भन्दा नराम्रो सुनिन्छ । तर पनि तासको जोकर ह्ुनु भनेको जता पनि फिट हृुन सक्नु हो । बालेन शाहको भलो र भविष्य तासको जोकर हुनुमा नै छ । जता पनि फिट ह्ुन सक्नुमा नै छ ।  कसैको पनि नभएर पनि सबैको हुनुमा नै छ ।  समदुरीको सिद्धान्तमा कायम रहनुमा नै छ । यदि उनले कुनै एउटा खास पार्टी रोजे भने अर्को पार्टीको सहयोग पाउन गाह्रो छ ।  बहुदलकालमा

 बालन शाह निर्दल हुनु नै उनको शक्तिको स्रोत हुन सक्दछ । 

२४–२–२०७९

    

 

 





 ।


 

Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास