Skip to main content

मेरो ओइलाएको फुल कथाको कथा प्रसंग

 

 

म आसामको दरंग  ( हाल शोषितपुर ) जिल्लामा अवस्थित चार दुवार हाई स्कुलमा अध्ययन गर्दा आफूले लेखेका कविता मेरा कक्षाका नेपाली विद्यार्थीहरूमाझ पढेर सुनाउँथे ।   साथसाथै मैले मेरा लेख रचना एकजना बंगाली विद्यार्थी मृणाल पुरकायस्थ गौतमलाई पनि सुनाउँथे । यस कारण कि मृणाल पुरकायस्थ गौतम नेपाली भाषा बोल्ने बुझ्ने विद्यार्थी थिए । सहपाठी थिए । मेरा आत्मीय मित्र थिए । मैले  उनलाई मेरा लेख रचना सुनाउने क्रममा मलाई उनले भने मैले उनलाई मेरा लेख रचना सुनाउनुभन्दा एकजना उनले चिनेका नेपालीलाई सुनाउन राम्रो होला । ती नेपालीसित उनले मेरो परिचय गराइदिने छन् । उनले धेरै सल्लाह सुझाव दिन सक्दछन् । मृणाल पुरकायस्थ गौतमले मलाई चिनाइदिएका व्यक्ति थिए निधिप्रसाद उपाध्याय । 

आसामको हालको  शोषितपुर जिल्लाको विहाली गहपुर÷ तेलीगाँव गाउँका निधिप्रसाद उपाध्याय फिप्थ आसाम राईफल्समा क्लर्क रहेछन् । उनी कथाकार पनि रहेछन् । उनी केही बर्ष दिल्ली बसेका रहेछन् । दिल्लीमा बस्दा उनको केही नपाली साहित्यकारहरूसित संगत पनि भएको रहेछ । उनी नेपाली भाषामा प्रकाशित हुने सोभियत भूमिकाका सम्पादक शिव प्रसाद उपाध्यायका साला रहेछन् । शिव प्रसाद उपाध्यायसित दिल्ली बस्दा उनले नेपाली कथा लेखेर सोभियत भूमि तथा सैनिक समाचारमा प्रकाशित गरेका रहेछन् । उनीसित परिचय भए पछि मैले आफ्ना कथा उनलाई सुनाउन थालें । उनले मलाई भने मेरो नेपाली भाषामा हिन्दी भाषाको बढी प्रभाव  रहेको छ । मैले नेपाली भाषा पनि हिन्दी पाराले लेख्ने गरेको छु । मैले उनलाई मैले लेखेका कथा सुनाउँथें भने उनले पनि उनले लेखेका कथा मलाई सुनाउँथे । उनले मलाई त्यतिबेला पढेर सुनाएको एउटा कथाको नाम हो जुठेल्नाको मस्को ।  उनले आफ्नो कथामा चित्रण गरेको एउटा बिम्व अझ पनि मेरो मन मस्तिष्कमा अंकित रहेकै छ । उनले आफ्नो कथामा चित्रित गरको एक पात्रको  बिम्व थियो — मच्छेददानीभित्र बसेर पाखुरा सुर्किने व्यक्ति । जे होस्, उनकै सल्लाह अनुसार मैले लेखेको कथा दिल्लीबाट प्रकाशित हुने सैनिक समाचारमा पठाइदिएको  थिएँ । नेपाली भाषामा प्रकाििशत हुने सैनिक समाचार पत्रिकाका सम्पादक एकजना पंजावी थिए । मैले सैनिक समाचारमा प्रकाशित गर्न पठाएको कथाको शिर्षक थियो ओइलाएको फूल ।  ओइलाएको फूल सैनिक समाचारमा प्रकाशित भएको थियो ।  सैनिक समाचार प्रकाशनले मेरो नाममा मेरो कथा प्रकाशित सैनिक समाचार पत्र त पठाइदिएन ।  उसले चारदुवार पोष्ट आफिस मार्फत मेरो  प्रकाशित कथाकोँ पारिश्रमिक स्वरुप मेरा नाममा  १५ रुपियाँको मनी अर्डर  पठाइदिएको थियो । त्यतिबेलाको जमानामा विद्यार्थी कालमा पन्द्रह रुपियाँ पारिश्रमिक पन्द्रह सय रुपियाँभन्दा धेरै थियो । 

अहिले बिचार गर्दा मेरो ओइलाएको फूल सामान्य कथा थियो । यो मेरो प्रारम्भिक चरणको कथा थियो । योे कथा सैनिक सेवामा भर्ती हुन चाहेको युवक छनौटमा फालिंदा उसमा परेको मानसिक पीडाको चित्रणसित सम्बन्धित थियो । 

पछि म आसामको लोकरा नयाँ राबरघारीबाट शिलाङमा रहन बस्न थालें । त्यतिबेला मेरो परिचय भयो शिलाङ वाह्रपत्थरका सेते क्षेत्रीसित । एस क्षेत्रीसित ।  एस क्षेत्री खेलकूदमा निकै रुचि राख्दा रहेछन् । उनले पत्र पत्रिकामा खेलकूद सम्बन्धमा लेख लेख्दथे । समाचार लेख्दथे ।  खेलकूद सम्बन्धमा बराबर कलम चलाउँथे । एक दिन उनीसंगको भेटमा उनले मलाई भनेका थिए उनीसित मेरो कथा प्रकाशित भएको सैनिक समाचार छ । उनले  मलाई त्यो सूचना दिए पछि मैले उनलाई मलाई त्यो सैनिक समाचर पत्र उपलब्ध गराइदिन अनुरोध गरको थिएँ । उनले मलाई तत्काल नै त्यो पत्रिका उपलब्ध गराइदिएका थिए पनि । मैले त्यस सैनिक समाचारपत्रलाई जतन गरेर राखेको थिएँ । 

तर म शिलाङको नङथुमाईमा बस्दा मेरो कोठाको चिसोमा परेर सैनिक समाचार पत्र नष्ट हुन पुगेछ । यसैले यतिबेला मसित न त मेरो ओइलाएको फूल कथाको पाण्डुलिपि नै उपलब्ध छ । न त मलाई शिलाङमा एस क्षेत्रीले दिएको सैनिक समाचार नै उपलब्ध छ । यसको अर्थ यही हो मेरो प्रारम्भिक चरणमा लेखेको र सैनिक समाचरपत्रमा १९६४ तिर प्रकाशित कथाको कुनै अस्तित्व रहेको छ जस्तो मलाई लाग्दैन । हुन त सोधखोज गर्दै जाने हो भने कतै त कतै मेरो ओइलाएको फूल कथा प्रकाशित भएको सैनिक समाचार भटिन पनि सक्दो हो । तर त्यसको लागि सानो तिनो खोज तलाशले पुग्दैन । जे होस्, ओइलाएको फूल कथाको प्रकाशित अंक कतै उपलब्ध हुन नसके पनि तथा त्यसको पाण्डुलिपि मसित सुरक्षित नरहेको भए पनि त्यसको कथा भने मेरा मन मतिष्कमा अमिट र्सझना भएर अंकित हुन पुगेको छ । त्यसलाई मेटाएर मेटाउन सकिन्न । त्यसलाई हराएर हराउन सकिन्न ।  मैले विर्सन सकेको छैन कसरी मेरो बंगाली मित्र मृणाल पुरकायस्थ गौतमले मलाई आसाम बिहाली गहँपुर ÷ तेलीगाँवका निधिप्रसाद उपाध्यायसित भेट गराइदिएका थिए । परिचय गराइदिएका थिए । मैले बिर्सेको छैन कसरी मलाई निधिप्रसाद उपाध्यायले मेरो कथा ओइलाएको फूल सैीनक समाचारमा प्रकाशित गर्न पठाउने सल्लाह दिएका थिए । मैले विर्सेको छैन कसरी मैले चार दुवार हाई स्कुलमा अध्ययन गर्दा चारदुवार पोष्ट अफिसबाट मेरो ओइलाएको फूल कथा सैनिक समाचार पत्रिकामा प्रकाशिति भए बापत १५ रु. पारिश्रमिकको रकम प्राप्त गरेको थिएँ ।  मैले बिर्सेको छैन मलाई कसरी शिलाङका खेलकूद प्रेमी एस क्षेत्रीले मलाई मेरो कथा ओइलाएको फूल  प्रकाशित भएको पत्रिका सैनिक समाचार उपलब्ध गराएका थिए ।  मैले बिर्सेको छैन कसरी मलाई एस क्षेत्रीले उपलब्ध गराएको पत्रिका म शिलाङको नङथुमाईमा बस्दा मेरो कोठाको चिसोमा परेर मेरो ओइलाएको फूल भएको सैनिक समाचारपत्र ओइलाउन पुग्यो ।  नष्ट हुन पुग्यो । 

यसै प्रसंगमा म के कुरा पनि  यहाँ उल्लेख गर्न चाहन्छु भने आफूले लेखेका कुनै कुरा सुरक्षा र संरक्षण पाएर वर्षाै वर्षसम्म पनि टिकिरहन सक्दा रहेछन् । चाहेको वा खोजेको बखतमा फेला पर्दो रहछन् । फेरि कति लेख रचना वा पत्र पत्रिका जतन गर्दा गर्दै पनि नष्ट हुन पुग्दा रहेछन् । गायब हुन पुग्दा रहेछन् ।  मैले कति उहिले गल्कोटमा बस्दा विद्यार्थी कालमा लेखेका अप्रकाशित कविता अझ पनि मसित सुरक्षित नै छन् । त्यसरी मैले १९६३ तिर गुवाहाटीमा बस्दा कोरेका अप्रकाशित कविता पनि मसित अझसम्म सुरक्षित नै छन् । त्यसरी नै मेले लोकरा नयाँ राबरघारी बस्दा कोरका कति अप्रकाशित कविता अझ पनि कापीका पानामा लिपिबद्ध भएर रहेका छन् । त्यसरी नै मैले उहिले शिलाङमा रहँदा बस्दा कोरेका लेख रचना आदि अझ पनि जस्ताको तस्तै रहेका छन् । त्यतिबेला मैले कोरेका कुरा साहित्यिक स्तर तथा मूल्य मान्यताको हिसाबले खासै महत्वपूर्ण नहुन पनि सक्दछन् । फेरि पनि मैले सिकारु अवस्थामा कोरका कुरा म चारै चौरास हिंड्दा डुल्दा वा पुग्दा पनि सुरक्षित रहिरहन सक्नु ठूलै कुरा हो ।  महत्वपूर्ण कुरा पनि हो ।  जे होस्, आफूले लेखेका कुरा खासै महत्वपूर्ण नभए पनि वा प्रारम्भिक चरणका वा सिकारु सययका भए पनि तिनलाई तिरस्कार गर्न सकिने रहेनछ ।  तिनलाई जतन गरेर नै राखिदों रहेछ । तिनलाई आफ्नो ठूलो सम्पति जस्तो गरेर राखिने रहछ । जति मूल्यहीन भए पनि अमूल्य निधिको रूपमा राखिंदो रहेछ ।  आखिर ती लेख रचना वा सृजना आफ्नो बिकासका प्रारम्भिक खुडकिला नै त हुन् । शायद हजारौं माइलका ेयात्रा पहिलो पाइलोबाट शुरु हुन्छ भनेकै यही हो ।  आफ्ना प्रारम्भिक चरणकाम रचना आफ्नो लेखनको विकास क्रमका विभिन्न चरणको साक्षी बस्न पनि आवश्यक हुन्छन् नै ।

५—११—२०८० ÷ १७—२—२०२४


Comments

Popular posts from this blog

संस्कृत भाषा सम्बन्धमा मेरो अवधारणा

  मलाई संस्कृत भाषाको अध्ययनप्रति निकै रुचि थियो । शायद साहित्यप्रति रुचि राख्ने व्यक्तिको संस्कृत भाषा साहित्यको ज्ञान हुनु पर्दछ भन्ने भावनाले उत्प्रेरित भएर पनि होला । मैले आसामको दरंग ( हाल शोणितपुर ) जिल्लामा स्थित चारदुवार एच ई स्कुलमा अध्ययन गर्दा एक विषय संस्कृत भाषा लिएको थिएँ । अर्को एक विषय हिन्दी लिएको थिएँ । आसाम ( असम ) सरकारले आसाममा हाई स्कुलदेखि स्नातकसम्म नेपाली विषय लिने स्वीकृति दिएको थियो । तर  चारदुवार एच ई स्कुलले नेपाली विषय अध्ययन अध्यापन गर्न दिने व्यवस्था गरेको थिएन । उसरी आसामका अधिकांश हाई स्कुलमा नेपाली विषय अध्यापन गर्ने व्यवस्था गरिएको थिएन । यसैले मैले नौ दश कक्षामा नेपाली वा आसामी भाषाको सट्टा  हिन्दी विषय लिन परेको थियो । मलाई कक्षा नौ दशमा हिन्दी अध्यापन गराउने कुनै शिक्षक नभएको हुनाले मैले स्वाध्ययनबाट हिन्दीको विषयको परीक्षा दिन परेको थियो । स्कुलमा राष्ट्रभाषा हिन्दीका प्रथमादेखि प्रवोधसम्मका कक्षा अध्यापन गर्ने एकजना नेपाली तारा उपाध्याय हिन्दी शिक्षकको रूपमा कार्यरत त थिए । तर उनले नौ दश कक्षाको हिन्दी विषय अध्यापन गर्दैनथे । कुरा ...

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कलम

  म देख्दछु एउटा गोठालोले हर हमेशा हँसिया खुर्पेटो भिरेर हिंड्दछ । एउटा हलीले हमेशा हलो जुआ बोकेर हिंड्छ । एउटा किसानले हमेशा एउटा कुटो कोदालो लिएर हिंड्छ । एउटा मजदुरले हमेशा एउटा हथौडा लिएर हिंड्दछ । एउटा भरियाले हमेशा एउटा नाम्लो लिएर हिंड्दछ । एउटा शिकारीले हमेशा एउटा बन्दुक बोकेर हिंड्दछ । एउटा सिपाहीले हमेशा एउटा खुकुरी भिरेर हिड्दछ । एउटा दमाईले हमेशा एउटा सुजेरो लिएर हिंड्दछ । एउटा काठकर्मीले हमेशा आरी , थेवे तथा रंजा बोकेर हिंड्दछ । एउटा इेलेक्ट्रेशियनले हमेशा एउटा टेस्टर लिएर हिंड्छ । एउटा शिक्षकले हमेशा चक डस्टर लिएर हिंड्दछ । एउटा पुरोहितले हमेशा पोस्तकको कुटिरो बोकेर हिंड्दछ । एउटा ज्योतिषले हमेशा एउटा पात्रो बोकेर हिंड्दछ । एउटा भिक्षुले हमेशा एउटा माला बोकेर हिड्दछ ।  एउटा विद्यार्थीले हमेशा स्कुल व्याग बोकेर हिंड्दछ । एउटा भिखारीले हमेशा एउटा झोली बोकेर हिंड्दछ । एउटा पार्टीको कार्यकर्ताले हमेशा एउटा पम्पलेट बोकेर हिंड्दछ । एउटा व्यापारीले हमेशा एउटा क्याटलग बोकेर हिंड्दछ । एउटा जलेरीले हमेशा एउटा जाल बोकेर हिंड्दछ । एउटा खेलाडीले हमेशा बल बोकेर हिंड्दछ । एउटा ...