Skip to main content

मेरो ओइलाएको फुल कथाको कथा प्रसंग

 

 

म आसामको दरंग  ( हाल शोषितपुर ) जिल्लामा अवस्थित चार दुवार हाई स्कुलमा अध्ययन गर्दा आफूले लेखेका कविता मेरा कक्षाका नेपाली विद्यार्थीहरूमाझ पढेर सुनाउँथे ।   साथसाथै मैले मेरा लेख रचना एकजना बंगाली विद्यार्थी मृणाल पुरकायस्थ गौतमलाई पनि सुनाउँथे । यस कारण कि मृणाल पुरकायस्थ गौतम नेपाली भाषा बोल्ने बुझ्ने विद्यार्थी थिए । सहपाठी थिए । मेरा आत्मीय मित्र थिए । मैले  उनलाई मेरा लेख रचना सुनाउने क्रममा मलाई उनले भने मैले उनलाई मेरा लेख रचना सुनाउनुभन्दा एकजना उनले चिनेका नेपालीलाई सुनाउन राम्रो होला । ती नेपालीसित उनले मेरो परिचय गराइदिने छन् । उनले धेरै सल्लाह सुझाव दिन सक्दछन् । मृणाल पुरकायस्थ गौतमले मलाई चिनाइदिएका व्यक्ति थिए निधिप्रसाद उपाध्याय । 

आसामको हालको  शोषितपुर जिल्लाको विहाली गहपुर÷ तेलीगाँव गाउँका निधिप्रसाद उपाध्याय फिप्थ आसाम राईफल्समा क्लर्क रहेछन् । उनी कथाकार पनि रहेछन् । उनी केही बर्ष दिल्ली बसेका रहेछन् । दिल्लीमा बस्दा उनको केही नपाली साहित्यकारहरूसित संगत पनि भएको रहेछ । उनी नेपाली भाषामा प्रकाशित हुने सोभियत भूमिकाका सम्पादक शिव प्रसाद उपाध्यायका साला रहेछन् । शिव प्रसाद उपाध्यायसित दिल्ली बस्दा उनले नेपाली कथा लेखेर सोभियत भूमि तथा सैनिक समाचारमा प्रकाशित गरेका रहेछन् । उनीसित परिचय भए पछि मैले आफ्ना कथा उनलाई सुनाउन थालें । उनले मलाई भने मेरो नेपाली भाषामा हिन्दी भाषाको बढी प्रभाव  रहेको छ । मैले नेपाली भाषा पनि हिन्दी पाराले लेख्ने गरेको छु । मैले उनलाई मैले लेखेका कथा सुनाउँथें भने उनले पनि उनले लेखेका कथा मलाई सुनाउँथे । उनले मलाई त्यतिबेला पढेर सुनाएको एउटा कथाको नाम हो जुठेल्नाको मस्को ।  उनले आफ्नो कथामा चित्रण गरेको एउटा बिम्व अझ पनि मेरो मन मस्तिष्कमा अंकित रहेकै छ । उनले आफ्नो कथामा चित्रित गरको एक पात्रको  बिम्व थियो — मच्छेददानीभित्र बसेर पाखुरा सुर्किने व्यक्ति । जे होस्, उनकै सल्लाह अनुसार मैले लेखेको कथा दिल्लीबाट प्रकाशित हुने सैनिक समाचारमा पठाइदिएको  थिएँ । नेपाली भाषामा प्रकाििशत हुने सैनिक समाचार पत्रिकाका सम्पादक एकजना पंजावी थिए । मैले सैनिक समाचारमा प्रकाशित गर्न पठाएको कथाको शिर्षक थियो ओइलाएको फूल ।  ओइलाएको फूल सैनिक समाचारमा प्रकाशित भएको थियो ।  सैनिक समाचार प्रकाशनले मेरो नाममा मेरो कथा प्रकाशित सैनिक समाचार पत्र त पठाइदिएन ।  उसले चारदुवार पोष्ट आफिस मार्फत मेरो  प्रकाशित कथाकोँ पारिश्रमिक स्वरुप मेरा नाममा  १५ रुपियाँको मनी अर्डर  पठाइदिएको थियो । त्यतिबेलाको जमानामा विद्यार्थी कालमा पन्द्रह रुपियाँ पारिश्रमिक पन्द्रह सय रुपियाँभन्दा धेरै थियो । 

अहिले बिचार गर्दा मेरो ओइलाएको फूल सामान्य कथा थियो । यो मेरो प्रारम्भिक चरणको कथा थियो । योे कथा सैनिक सेवामा भर्ती हुन चाहेको युवक छनौटमा फालिंदा उसमा परेको मानसिक पीडाको चित्रणसित सम्बन्धित थियो । 

पछि म आसामको लोकरा नयाँ राबरघारीबाट शिलाङमा रहन बस्न थालें । त्यतिबेला मेरो परिचय भयो शिलाङ वाह्रपत्थरका सेते क्षेत्रीसित । एस क्षेत्रीसित ।  एस क्षेत्री खेलकूदमा निकै रुचि राख्दा रहेछन् । उनले पत्र पत्रिकामा खेलकूद सम्बन्धमा लेख लेख्दथे । समाचार लेख्दथे ।  खेलकूद सम्बन्धमा बराबर कलम चलाउँथे । एक दिन उनीसंगको भेटमा उनले मलाई भनेका थिए उनीसित मेरो कथा प्रकाशित भएको सैनिक समाचार छ । उनले  मलाई त्यो सूचना दिए पछि मैले उनलाई मलाई त्यो सैनिक समाचर पत्र उपलब्ध गराइदिन अनुरोध गरको थिएँ । उनले मलाई तत्काल नै त्यो पत्रिका उपलब्ध गराइदिएका थिए पनि । मैले त्यस सैनिक समाचारपत्रलाई जतन गरेर राखेको थिएँ । 

तर म शिलाङको नङथुमाईमा बस्दा मेरो कोठाको चिसोमा परेर सैनिक समाचार पत्र नष्ट हुन पुगेछ । यसैले यतिबेला मसित न त मेरो ओइलाएको फूल कथाको पाण्डुलिपि नै उपलब्ध छ । न त मलाई शिलाङमा एस क्षेत्रीले दिएको सैनिक समाचार नै उपलब्ध छ । यसको अर्थ यही हो मेरो प्रारम्भिक चरणमा लेखेको र सैनिक समाचरपत्रमा १९६४ तिर प्रकाशित कथाको कुनै अस्तित्व रहेको छ जस्तो मलाई लाग्दैन । हुन त सोधखोज गर्दै जाने हो भने कतै त कतै मेरो ओइलाएको फूल कथा प्रकाशित भएको सैनिक समाचार भटिन पनि सक्दो हो । तर त्यसको लागि सानो तिनो खोज तलाशले पुग्दैन । जे होस्, ओइलाएको फूल कथाको प्रकाशित अंक कतै उपलब्ध हुन नसके पनि तथा त्यसको पाण्डुलिपि मसित सुरक्षित नरहेको भए पनि त्यसको कथा भने मेरा मन मतिष्कमा अमिट र्सझना भएर अंकित हुन पुगेको छ । त्यसलाई मेटाएर मेटाउन सकिन्न । त्यसलाई हराएर हराउन सकिन्न ।  मैले विर्सन सकेको छैन कसरी मेरो बंगाली मित्र मृणाल पुरकायस्थ गौतमले मलाई आसाम बिहाली गहँपुर ÷ तेलीगाँवका निधिप्रसाद उपाध्यायसित भेट गराइदिएका थिए । परिचय गराइदिएका थिए । मैले बिर्सेको छैन कसरी मलाई निधिप्रसाद उपाध्यायले मेरो कथा ओइलाएको फूल सैीनक समाचारमा प्रकाशित गर्न पठाउने सल्लाह दिएका थिए । मैले विर्सेको छैन कसरी मैले चार दुवार हाई स्कुलमा अध्ययन गर्दा चारदुवार पोष्ट अफिसबाट मेरो ओइलाएको फूल कथा सैनिक समाचार पत्रिकामा प्रकाशिति भए बापत १५ रु. पारिश्रमिकको रकम प्राप्त गरेको थिएँ ।  मैले बिर्सेको छैन मलाई कसरी शिलाङका खेलकूद प्रेमी एस क्षेत्रीले मलाई मेरो कथा ओइलाएको फूल  प्रकाशित भएको पत्रिका सैनिक समाचार उपलब्ध गराएका थिए ।  मैले बिर्सेको छैन कसरी मलाई एस क्षेत्रीले उपलब्ध गराएको पत्रिका म शिलाङको नङथुमाईमा बस्दा मेरो कोठाको चिसोमा परेर मेरो ओइलाएको फूल भएको सैनिक समाचारपत्र ओइलाउन पुग्यो ।  नष्ट हुन पुग्यो । 

यसै प्रसंगमा म के कुरा पनि  यहाँ उल्लेख गर्न चाहन्छु भने आफूले लेखेका कुनै कुरा सुरक्षा र संरक्षण पाएर वर्षाै वर्षसम्म पनि टिकिरहन सक्दा रहेछन् । चाहेको वा खोजेको बखतमा फेला पर्दो रहछन् । फेरि कति लेख रचना वा पत्र पत्रिका जतन गर्दा गर्दै पनि नष्ट हुन पुग्दा रहेछन् । गायब हुन पुग्दा रहेछन् ।  मैले कति उहिले गल्कोटमा बस्दा विद्यार्थी कालमा लेखेका अप्रकाशित कविता अझ पनि मसित सुरक्षित नै छन् । त्यसरी मैले १९६३ तिर गुवाहाटीमा बस्दा कोरेका अप्रकाशित कविता पनि मसित अझसम्म सुरक्षित नै छन् । त्यसरी नै मेले लोकरा नयाँ राबरघारी बस्दा कोरका कति अप्रकाशित कविता अझ पनि कापीका पानामा लिपिबद्ध भएर रहेका छन् । त्यसरी नै मैले उहिले शिलाङमा रहँदा बस्दा कोरेका लेख रचना आदि अझ पनि जस्ताको तस्तै रहेका छन् । त्यतिबेला मैले कोरेका कुरा साहित्यिक स्तर तथा मूल्य मान्यताको हिसाबले खासै महत्वपूर्ण नहुन पनि सक्दछन् । फेरि पनि मैले सिकारु अवस्थामा कोरका कुरा म चारै चौरास हिंड्दा डुल्दा वा पुग्दा पनि सुरक्षित रहिरहन सक्नु ठूलै कुरा हो ।  महत्वपूर्ण कुरा पनि हो ।  जे होस्, आफूले लेखेका कुरा खासै महत्वपूर्ण नभए पनि वा प्रारम्भिक चरणका वा सिकारु सययका भए पनि तिनलाई तिरस्कार गर्न सकिने रहेनछ ।  तिनलाई जतन गरेर नै राखिदों रहेछ । तिनलाई आफ्नो ठूलो सम्पति जस्तो गरेर राखिने रहछ । जति मूल्यहीन भए पनि अमूल्य निधिको रूपमा राखिंदो रहेछ ।  आखिर ती लेख रचना वा सृजना आफ्नो बिकासका प्रारम्भिक खुडकिला नै त हुन् । शायद हजारौं माइलका ेयात्रा पहिलो पाइलोबाट शुरु हुन्छ भनेकै यही हो ।  आफ्ना प्रारम्भिक चरणकाम रचना आफ्नो लेखनको विकास क्रमका विभिन्न चरणको साक्षी बस्न पनि आवश्यक हुन्छन् नै ।

५—११—२०८० ÷ १७—२—२०२४


Comments

Popular posts from this blog

जय फासीवाद

जमीनबाट बर्खे च्याउ जस्तै उम्रिने होइन फासीवाद आकाशबाट असिना जस्तै बर्सिने होइन फासीवाद कुनै राजा महाराजाका बाहुलीबाट तुल काटेर आउने होइन फासीवाद कुृनै मंत्री महोदयका कर कमलबाट पानस बत्ती बालेर आउने होइन फासीवाद कुनै हातमा जलका करुवा समातेका पंच कन्यालाई अघि लाएर आउने होइन फासीवाद कुनै मठ मंदिरमा मण्डपमा बेदका ऋचा पढेर गीता पाठ गरेर शख घण्टी बजाएर बाजा बजाएर कर्नाल फुकेर नरा लगाएर ढोल पिटेर कुनै अग्लो डाँडाबाट हाको हालेर राँको बालेर हो हल्ला मच्चाउादै घोषणा गर्दै आउने होइन फासीवाद लोकतन्त्र कै जामा पहिरिंदै आउँछ फासीवाद लोकतन्त्र कै गीत गाउँदै आउँछ फासीवाद लोकतन्त्रकै नारा भट्टाउँदै आउँछ फासीवाद लोकतन्त्र कै झण्डा बोकेर आउँछ फासीवाद शान्ति सुरक्षाको नाममा आउँछ फासीवाद अमन चैनको नाममा आउँछ फासीवाद ऐन कानून संविधान कै नाममा आउँछ फासीवाद जति गैर कानूनी भए पनि कानूनी राजकै नाममा आउँछ फासीवाद लोकतन्त्र कै गर्भबाट जन्मिन्छ फासीवाद लोकतन्त्रकै अभ्यासबाट हुर्किन्छ फासीवाद लोकतन्त्रक्रै पक्ष पोषणबाट फैलिन्छ फासीवाद लोकतन्त्रकै संम्बद्र्धन संरक्षणबाट झंिगिन्छ फास...

कविताको फुलबारी

  कहिले कहिले मलाई  रोजी रोटीको यो संसार चटक्क बिर्सिदिएर केवल कविताको फुलबारीमा डुलौं जस्तो लाग्छ केवल कविताको फुृलबारीका भुलौं जस्तो लाग्छ कविताको फुलबारीबाट सुन्दर सुन्दर कविताका फूलहरू टिपेर  कविताका सुन्दर सुन्दर माला गुथुँ जस्तो लाग्छ  तर रोजी रोटीको यो व्यस्त जीवनमा  रोजी रोटीको यो संघर्षमय जीवनमा  कहाँ संभव छ र  कविताको फृुलबारीमा डुलिरहने कविताको फुलबारीमा भुलिरहने  कविताका फुलबारीम रमाइरहने कविताको फुलबारीमा हराइरहने कविताको फुलबारीबाट कविताका सुन्दर सुृन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने शायद यही भएर होला  कविताको फुलबारीमा डुलिरहने रहर कविताका फुलबारीमा भुलिरहने रहर  कविताको फुलबारीमा रमाइरहने रहर  कविपताको फृुलबारीमा हराइरहने रहर कविताका फूलका सुन्दर सुन्दर फूलहरू टिपेर  कविताका मालाहरू गुथिरहने रहर  केवल एउटा रहर मात्र रहन गएको छ  हो व्यस्त जिन्दगीबाट पनि अलिकति समय निकालेर  डुल्न पनि भ्याएको हुँला कविताको फुलबारीमा भुल्न पनि पाएको हुृँला कविताको फुुलबारीमा  रमाउन पनि लागेको हुँला ...

डा शान्ति थापाका सम्बन्धमा केही कोर्न पर्दा

म नेपालबाट गुवाहाटीमा १९६३ सालमा पुगेको थिएँ । गुवाहाटीमा मेरा काका कर्ण बहादुर साहनी नर्थ इस्टर्न रेलवेमा आर पी एफमा काम गर्नु हुन्थ्यो । रेलवे पुलिस फोर्समा काम गर्नु हुन्थ्यो । उहाँले काम गर्ने नर्थ इस्टर्न रेलवेको हेड क्वाटर मालिगाउँमा थियो । काका मालीगाउँमा रेलवे कोलोनीमा बस्नुहुन्थ्यो । मलाई मालीगाउँ कहाँ पर्दछ भन्ने थाहा थिएन । जानकारी थिएन । यसैले म रेलबाट सिधै गुवाहाटी रेलवे स्टेशनमा झरें । मैले एकजना अपरिचित  रेलवे पुलिससित हिन्दीमा कुराकानी गर्दै काकाको बारेमा सोधें । उनलाई भने उहाँ पनि आर पी एफ हो । रेलवेको हेडक्वाटर मालिगाउँमा बस्नुहुन्छ । उनले भने तपार्इं उतै मालिगाउँतिर ओर्लिनु पर्दथ्यो । फर्केर जानु पर्दछ ।  रेलवेका कर्मचारीलाई बोकेर सटल ( रेल ) पाण्डुतिर जान्छ । त्यसैमा चढेर जानुहोला र मालिगाउँमा ओर्लिनु होला । म रेलवे पुलिसले भने अनुसार रेलवेका कर्मचारीलाई बोकेर पाण्डुतिर लाग्ने सटलमा चढें र मालिगाउँ रेलवे हेडक्वाटरमा पुगें । काकालाई भेटे । काका रेलवेको क्वाटरमा बस्नुहुन्थ्यो । वरिपरि धेरै जसो बंगालीका क्वाटर थिए । केही दिन हामीले क्वाटरको नजिकै बसोवासो गर्ने...