Skip to main content

शिलाङका डी आर सुब्बाका संझनामा



म लोकरा चारदुवारबाट आसाम सरकारले संचालन गरेको गाडी चढेर लोकराबाट तेजपुर गएको थिएँ । लोकराबाट तेजपुर पुग्न यस्तै ४५ मिनट लाग्दथ्यो । तेजपुर त्यतिबेला दरंग जिल्लामा पर्दथ्र्यो । अहिते त्यो शोणितपुर जिल्लामा पर्दछ । तेजपुर आसामको एउटा ऐतिहासिक शहर हो । यो आसामका अति सुन्दर शहर पनि हो ।  मैले हाई स्कुलका परीक्षा यसै शहरबाट दिएको थिए । तेजपृुरको गर्वन्मेन्ट हाई स्कुलबाट दिएको थिएँ ।  म तेजपुर गएको थिएँ कवि पुष्पलाल उपाध्यायलाई भेट्न । उनीसित चिनाजानी गर्न । कवि पुष्पलाल उपाध्याय तेजपुरको नेपालीपट्टिमा बस्दथे । तेजपुरको नेपालीपट्टिमा नेपालीहरूको बाक्लो बसोबासो थियो । 

म नेपालीपट्टि पुष्पलाल उपाध्यायको घरमा पुग्दा उनी त्यहाँ नभएको अवस्था रहेछ । घर परिवारबाट थाहा भयो उनी त्यतिबेला तेजपुरकै चाँदबारीमा अधिवक्ता खेमराज अधिकारीको घरमा गएका रहेछन् । त्यहाँ आसाम गोर्खा लिगको केन्द्रिय कमिटिको बैठक हुँदै रहेछ । त्यसमा उपस्थित हुन शिलाङबाट डी आर सुब्बा पनि आएका रहेछन् । मैले डी आर सुब्बाको नाम आशा (  १९६४ ) पत्रिकाबाट सुनेको थिएँ । उनको प्रा गोपीनारायण प्रधानको सम्पादनमा प्रकाशित आशा पत्रिकामा उनको भनाइ पनि पढेको थिएँ । उनी भवानी भिक्षुको पहलमा शिलाङमा स्थापित नेपाली साहित्यकार सम्पर्क समितिको अध्यक्ष थिए । उनी साहित्य कला क्षेत्रका कुनै ठूला लेखक कवि नभए पनि मलाई उनी निकै ठूला लेखक साहित्यकार होलान् जस्तो लागेको थियो । शायद म त्यतिबेला पुष्पलाल उपाध्यायलाई भेट्न भन्दा पनि डी आर सुब्बालाई भेट्न निकै उत्साहित भएँ । म दौडिदै चाँदबारी पुगे । अधिवक्ता खेमराज अधिकारीको घरमा पुगें । 

त्यहाँ गोर्खा लिगको केन्द्रिय समितिको बैठक चलिरहेको थियो । बैठको अध्यक्षता सेते रानाले गरेका रहेछन् ।  सेते राना लाहुरे भएर नोकरी छोडेर शिलाङमा सामाजिक काममा क्रियाशील भएका सामान्य व्यक्ति रहेछन् । तर पनि निकै जुधारु स्वभाव र समर्पित व्यक्ति भएकोले पनि होला उनी आमाम गोर्खा लिगको अध्यक्ष समेत भएका रहेछन् ।  त्यतिबेलासम्म मैले आसाम गोर्खा लिगको बारेमा केही जानकारी राखेको थिइनंं । 

त्यस आसाम र्गार्खा लिगको बैठकमा मलाई पनि दुई चार शब्द बोल्न मन लाग्यो । मैले सर्वप्रथम पुष्पलाल उपाध्यायलाई भेट्ेन नपालीपट्टि आएको र त्यहाँबाट शिलाङबाट डी आर सुब्बा पनि आउनुृ भएको छ भन्ने सृुनेर उहाँहरूलाई भेट्ेन चाँदबारीमा आएको सुनाएँ । दुबै जना खुृशी भए । खुशी अरु त्यहाँ उपस्थित  व्यक्ति पनि भएका थिए । मैले. सभाको अनुमति लिएर दुई चार शब्द बोल्ने चाहेको कृुरा जाहेर गरें । सभाले सहर्ष मलाई त्यस आसाम गोर्खा लिगका केन्द्रिय बैठकमा बोल्ने अनुमति दियो । मैले बोल्ने अनुमति प्राप्त गरें ।

मैले भनें आसाम गोर्खा लिगको नाम मैले सुनेको थिइनं । यो क्रियाशील भएको भए म बसेको ठाउँ गाउँ लोकरा नयाँ राबरघारीसम्म पनि यो संगठन पुगेको हुँदो हो । यसैले मलाई यसले कागजमा मात्र काम गर्दोरहेछ जस्तो लाग्यो । मलाई लाग्दछ कि यसले हामी विदेशमा बस्ने नेपाली (  प्रवासी नेपाली ) बीच यसले सक्रियतापूर्वक काम गर्न आवश्यक छ ।  म यसरी बोल्दा बोल्दै मलाई बीचमा बोल्दै सेते रानाले जंगिदै भने हामी कसरी विदेशी भयौं । यस्तो शब्द प्रयोग गरेको हुनाले यिनलाई  उमेर पुगेको छ भने पकडाउ गर्नु पर्दछ ।  म बडो अन्यमनस्क अवस्थामा पुगें । के भनौं के नभनौंं जस्तो भएँ । तर त्यहाँ अधिवक्ता खेमराज अधिकारी जस्ता धेरै बुद्धिजीवीको उपस्थिति पनि थियो. । उनीहरूले मेरो प्रतिरक्षामा भने यिनी बाबु  शायद नेपालबाट हालै यहाँ आएको होलान् । त्यसैले यहाँको जानकारी नभएर पनि आपत्ति जनक शब्द प्रयोग गरेका होलान् । उनीहरूले मलाई सोधे पनि भाइ तपाई नेपालबाट आएको. हो ?  मैले जबाबमा भने– हो म नेपालबाट आएको. हुँ । म लोकरा चार दुबारको हाई स्कुलको दश क्लासको विद्यार्थी हुँ । मैले यति भने पछि स्थिति सामान्य भयो. । 

त्यसको केही महिना पछि दरंग जिल्लाको गढपालमा भएको अखिल आसाम  गोर्खा  लिगको सम्मेलनमा भाग लिन  राबरधारीका एकजना पेन्सनर प्रतिनिधिसित म पनि प्रतिनिधि कै रूपमा पुगेको थिएँ ।  त्यस संमेलनले अखिल गोर्खा लिगको नाम परिवर्तन गरेर अखिल गोर्खा सम्मेलन नामाकरण  गर्न खोज्दा सर्वप्रथम त्यसको  चर्को विरोध गर्ने व्यक्ति म नै थिएँ ।  त्यस  सभामा डि आर सुब्बा र सेते रानाको पनि उपस्थिति थियो । पछि शिलाङमा मेरो  सेते रानासित राम्रै सम्बन्ध स्थापित भएको थियो । उनले शिलाङ म्युनिसिपिलिटीको बार्ड सदस्यमा विजय प्राप्त गरेको खुशीयालीमा नेपालीहरूले निकालेको विजय जुलुसमा म पनि सामेल भएको थिएँ । 

शिलाङ पुगेर त्यहाँ बस्न थाले पछि मलाई डी आर सुब्बा बारे धेरै कुरा थाहा हुन पुग्यो । म केही समय शिलाङको नेपालीहरूको बाक्लो बस्ती भएको बाह्रपन्थर बस्दा यिनै डी आर सुब्बाको छिमेकी पनि भएको थिएँ । 

म बुझ्दै गएँ मैले लोकरामा ठूलै साहित्यकार मानेका डी आर सुब्बा एकजना साधरण व्यक्ति मात्र रहेछन् ।  उनी कुनै बेला फौजमा भर्ती पनि भएका रहेछन् । लाहुरे पनि भएका रहेछन् । तर बीचमा नोकरी छोडेका रहेछन् । शिलाङमा उनी सामाजिक कार्यमा क्रियाशील भएका रहेछन् । 

नेपालबाट भवानी भिक्षु शिलाङ पुगेको बेलामा यिनकै पहल र प्रेरणामा नेपाली साहित्यकार सम्पर्क समितिको स्थापना गरिए पछि डि आर सुब्बालाई पनि यसमा समावेश गरिएको रहेछ । शायद यस कारणले कि यिनले कनीकुथी एक दुई कथा पनि लेखेका रहेछन् ।

डी आर सुब्बाका कुनै सन्तान रहे भएको मैले चाल पाइनं । उनको खासै कुनै परिवार भएको जस्तो पनि मलाई लागेन । उनी बाह्पत्थरमा स्थित एउटा ठूलै घरमा बस्दथे । घर उनको निजी थियो वा त्यो संस्थाको मलाई खासै थाहा भएन । 

भवानी भिक्षुको पहलमा खोलिएको नेपाली साहित्यकार सम्पर्क समितिको कार्यालय शिलाङका तारापति खरेल (   पछि काठमाण्डौ बसोबासो गर्न थालेका ) का घरमा राखिएको थियो । यही संस्थाले प्रा गोपी नारायण प्रधानको सम्पादनमा आशा पछि हाम्रो आशाका तीन अंक जति प्रकाशित गरेको थियो । शायद नेपाली साहित्यकार सम्पर्क सामितिसित कसैले पनि सरोकारा राख्न छोडे पछि यसको कार्यालय तारापति खरेलको घरबाट उठाएर यिनै डि आर सुब्बाका निवासमा पुराइएको थियो । त्यतिबेला यसका पदाधिकारी जो जे निर्वाचित भएका भए पनि त्यसका असली मालिक वा संरक्षक यिनै डी आर सुब्बा भएका थिए । यिनै डी आर सुब्बाले बेबारिस भएको हाम्रो आशाको सम्पादन गर्न गोरखा हाई स्कुलका प्रधान अध्यापक भोलानाथ गुरुङ र मलाई सम्पादक नियुक्ति पत्र दिएका थिए । तर हामी दुबैले यस कार्यलाई अघि बढाएनौं ।

मैले ठूलो साहित्यकार ठानेका डी आर सुब्बा त एकजना समर्पित समाजसेवी रहेछन् । नेपाली जातिका हित चिन्तक रहेछन् ।  

मैले देखे अनुसार १९६६ मा हालको शोणितपुर जिल्लाको गढपालमा भएको दार्जीलिङका डम्बर सिंह गुरुङको पहलमा  स्थापित गरिएको आसाम गोखा गोर्खा लिगको नाम परिवर्तन गरी आसाम गोर्खा सम्मेलन बनाउने अविभाजित आसामका दिग्गज नेता डिग्बोईका दल बीर सिंह लोहार, बिहाली शोणितपुरका तत्कालीन एम एल ए विष्णुलाल उपाध्याय, डिग्बोईका चर्चित नेता सी वी क्षेत्री, शिलाङका नेपालीका नेता धुर्वनाथ जोशी , तेजपुरका वकील खेमराज अधिकारी , गुवाहाटीका चर्चित लेखक लील बहादुर क्षेत्री , शिलाङका पटक पटक अध्यक्ष बनेका सेते राना भए पनि आसाम गोर्खा सम्मेलनको संचालक त यिनै डी आर सुब्बा रहेछन् । आसाम गोर्खा सम्मेलनका हर्ताकतौ त यिनै डी आर सुब्बा नै रहेछन् । वास्तवमा आसाम गोर्खा सम्मेलन भन्नु नै डि आर सुब्बा रहेछन् ।  उनको घर नै आसाम गोर्खा सम्मेलनको हेड क्वार्टर रहेछ  । आसाम गोर्खा सम्मेलन यिनै डी आर सुब्बालाई केन्द्र मानेर यिनकै वरिपरि परिक्रमा गर्दोरहेछ ।

डी आर सुब्बा कुनै पढेलेखेका व्यक्ति थिएनन् । तर पनि उनी टाइप राइटर चलाउँथे । आवश्यक सामाग्री आफै लेख्थे । आफै टाइप गर्दथे ।  आफै पोस्ट गर्दथे । पिउन चौकीदारको काम उनी आफै गर्दथे । क्लर्क र हाकिमको काम उनी आफै गर्दथे ।  उनी आसाम गोर्खा सम्मेलनका सबकुछ थिए । के थिएनन् र उनी ।

कुनै समय लाहुरे भएका डी आर सुब्बाका सम्बन्धमा मेरो जानकारी सीमित छ ।  उनको बारेमा जान्ने बुझ्ने मान्छेले उनको बारेमा केही कोरेको मैलै कतै पढ्न पाएको छैन । मलाई लाग्दछ डी आर सुब्बा अविभाजित आसामका नेपालीले सम्झनु पर्ने नै व्यक्ति हुन् उनी । 

१७—११—२०८० (  २९—२—२०२४  )


Comments

Popular posts from this blog

लालबीन क्षेत्रीको सम्झनामा

  हालै नागालैण्डको डिमापुरमा लालबीन क्षेत्रीको असामयिक मृत्यु भएको खबर पाएँ  । दुखित भएँ ।  उहाँको मृत्युको खबरले मलाई  सर्वप्रथम शिलाङ पुरायो । हाम्रो भेट र चिनाजानी शिलाङमा भएको थियो । अझ कुरा खु्लाएर भन्नु पर्दा हाम्रो प्रथमभेट गल्फलिंकमा भएको थियो । एशिया कै नामूद गल्फ फिल्ड गल्फ लिंकमा भएको थियो । त्यहाँ हामी पिकनिकमा उपस्थित थियौं । कुनि कताबाट mाालबीन क्षेत्री त्यहाँ झुल्किए । उनका साथमा अन्य कुनै व्यक्ति पनि हुनु पर्दछ । तर म स्मरण गर्न सकिरहेको छैन । जे होस्, लालबीन बडो रमाइलो व्यक्ति रहेछन् । नाच गान जानेका व्यक्ति रहेछन् । उनी त्यस पिकनिकमा नाचे गाए ।  शायद त्यही नाचगानले गर्दा नै उनी मेरो नजरमा परे । मेरो सम्झनामा रहे ।  हाम्रो त्यो भेटले पछि राजनीतिक सम्बन्ध समेत स्थापित  गर्यो । उनी बाम राजनीतिमा सम्पर्कित भए । पुष्पलालको नेतृत्वको कम्युनिष्ट पार्टीका नजिक भए । उनी डिमापुरमा सामाजिक साहित्यिक र सांस्कृतिक कार्यमा पनि क्रियाशील रहे ।  लालबीन क्षेत्रीको पुख्र्यौली घर स्याञ्जा हो ।  तर उनी स्या)ञ्जा पुगेको मलाई त्यति सम्झना छैन ।  पछि लालबीन क्षेत्रीको विबाह त्यतिबेला गुवाहा

त्यो फेरि फर्केला कथातिर फेरि फर्किंदा

     ।  मैले गल्कोटमा विद्यार्थी कालमा त्यो फोरि फर्केला कथा अध्ययन गरेका थिएँ । मलाई त्यस कथाले निकै नै प्रभावित पारेको थियो । मेरो बाल्यकालमा नै  लोककथाप्रति निकै धेरै रुचि भए पनि आधुुनिक कथाका सम्बन्धमा मेरो कुनै खासै ज्ञान थिएन । त्यतिबेला म शायद भवानी भिक्षुको नामसित परिचित भएको थिएँ थिएन त्यो पनि मलाई थाहा छैन । तर पनि उनको त्यो फरि फर्केला कथाले मलाई निकै प्रभावित पारेको थियो । हो, मलाई त्यो फेरि फर्केला कथाले त्यसरी नै प्रभावित पारेको थियो जसरी मलाई मैले आसाममा हाई स्कूलमा अध्ययन गर्दा अंग्रेजी पाठ्य  पुस्तकका दुई कथा लिउ टल्सट्वायको  हाउ मच लैण्ड डज ए म्यान निड र अमेरिकी कथाकार वाशिंगटन आरभिङको  रिप भ्यान विंकल तथा हिन्दी पाठ्य पुस्तक गद्य माधुरीेको  चन्द्रधर शर्मा गुलेरीले लेखेको कथा उसने कहा थाले प्रभावित पारेका थिए । भनिन्छ चन्द्रधर शर्मा गुलेरीले जम्मा दुईबाट कथा लेखेका थिए । अर्को कथा पढ्ने मौका त मैले पाइनं । खोजेर  पढिन पनि । तर मलाई उसने कहा था कथा एउटा जीवन्त कथा जस्तो लागेको थियो । मलाई कता कता उसने कहाँ था र त्यो फेरि फर्केला उस्तै उस्तै कथा लाग्दछन् ।  फरक यत्ति हो

सुमिनाको वागी स्त्रीको आत्मकताको एक अध्ययन

  सुमिनाको बागी स्त्रीको आत्मकथा नाममा उनको २०८० सालको पहिलो कविता संकलन प्रकाशित भएको छ । शायद यो बर्षको महिला हस्ताक्षरको यो एउटा सबभन्दा बडी चर्चित तथा महत्वपूर्ण साहित्यिक कृति हो । यो कुनै एक व्यक्तिको आत्मकथाको पुस्तक जस्तो सुनिन्छ । कसैको निजी आत्मकथा जस्तो लाग्दछ । तर कुरो यसो होइन । यो कविता संकलन हो । कविले मुख्यत महिलाहरूका समस्या र वेदनालाई आफ्ना कवितामा वाणी दिएको हुनाले यसलाई आत्मकथा पनि  भन्न सकिन्छ । तर यो आत्मकथा कुनै एक खास महिलाको जीवनमा आधारित नभएर आम महिलाको जीवनसित सम्बन्धित छ पनि भन्न सकिन्छ । यस कविता संकलनका कविताले कुनै एक खास महिलाको आवाजलाई बुलन्द गरेको देखिए पनि यसले आम महिलाको जीवनलाई प्रतिनिधित्व गरेको देखिन्छ । यस कविता सकलनले महिला कुनै न कुनै रूपमा पुरुषद्वारा पीडित भएको कुरालाई प्रतिबिम्बित गर्दछ । यस कविता संकलनमा मुख्यत पूँजीवादी समाजमा हुर्के बढेका महिलाहरूको चित्रण गरेको छ । उनीहरूको व्यथा कथालाई वाणी दिएको छ  ।  महिला सदा सर्वदा पुरुषद्वारा शोषित पीडित रहे भएको कुरा भने साँचो होइन । यस समाजलाई माक्र्सले मुख्यत ६ युगमा विभाजित गरेका छन् ।  आदिम सा